Archive for April, 2011

हङकङमा कला सुब्बा र पवित्रा सुब्बालाई सम्मान

देवराज राई / एचकेनेपाल डट कम-
नेपाली गायन क्षेत्रमा संलग्न पवित्रा सुब्बा र नेपाली मोडलिङ र संचार क्षेत्रकी चर्चित संचारकर्मी कला सुब्बाको सम्मानमा धरान ८ समाज हङकङले अप्रिल २८ तारिख साँझ रात्रिभोजको आयोजना गरी सम्मानसहित हङकङमा स्वागत गरेको छ।



कला र पवित्रा, तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

कंगन रेष्टुरेण्ट हङकङमा आयोजित कार्यक्रममा धरान ८ क्षेत्रका छरछिमेकी, दाजुभाइ दिदीबहिनीहरुले उनीहरुलाई स्वागत् सत्कार गरेका थिए।

विशेष गरी हङकङ स्थाई परिचयवाहक दुबै दिदी बहिनीहरुलाई धरान ८ समाजका पदाधिकारीहरुले पूष्प गुच्छा, खदा ओडाई सम्मान गरेका हुन्।

समाजका अध्यक्ष खड्ग मावो लिम्बूको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रममा संचारकर्मी कला सुब्बा र गायिका पवित्रा सुब्बाले कृतज्ञता मन्तव्य व्यक्त गरे। मन्तव्यको क्रममा कला सुब्बाले हङकङ आफ्नो दोश्रो घरजस्तै भएको बताइन्।


नेपाली मोडलिङ क्षेत्र र संचार क्षेत्रमा महिलाहरुमा अग्रपंक्तिमा रहेकी कला काठमाण्डौमा र गायिका पवित्रा सुब्बा ब्रुनाईमा बस्दै आएका छन्।

कार्यक्रमको संचालन समाजका विष्णु पाख्रिनले गरेका थिए।

धरान ८ समाजले धरानमा ल्याब्रेटोरी माध्यमिक विद्यालय, पुस्तकालाय, युवा शसक्तिकरण एवं धरान हङकङ मञ्चसँग सहकार्य गर्दै रंगशाला मूलद्वार एवं विभिन्न दैवी प्रकोपहरुमा समेत सहयोग प्रदान गर्ने जस्ता आफ्नो गाउँठाउँकालागि उल्लेख्य काम गर्दै आएको छ।

Recent Videos:

Popularity: 8%

Add comment April 29th, 2011

नेपाल च्याम्बर अफ कमर्शको शुभकामना आदनप्रदान कार्यक्रम

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, नेपाल च्याम्बर अफ कमर्श हङकङले नेपाली नयाँ वर्षको २०६८ सालको उपलक्ष्यमा २१ अप्रिलका दिन शुभकामना आदन प्रदान सहित एक रात्रिभोजको आयोजना गर्यो।

कंगन रेष्टुरेण्टमा आयोजना भएको कार्यक्रममा नेपाली व्यवसायी उद्यमी तथा विदेशी पाहुनहरुबीच कार्यक्रम सम्पन्न भएको थियो।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हङकङस्थित नेपाली महावाणिज्यदूत विनोदकुमार उपाध्याय प्रमुख अतिथि रहेको कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा, एनआरएन हङकङ अध्यक्ष त्रिलोक गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र तिनका परिवारहरु रात्रिभोजमा सरिक थिए।


नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष जेएन ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव डासुराम पराजुलीले संचालन गरेका थिए। कार्यक्रममा उपस्थित व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा मनोरञ्जनात्मक खेलहरु र आकर्षक पुरस्कारहरुको व्यवस्था गर्दै खुसियाली मनाएका थिए। मनोरञ्जनात्मक कार्यक्रमको संचालन राजेन्द्र थापाले गरेका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 23rd, 2011

हङकङमा नेपाल भ्रमण वर्षको प्रचार अभियान

एस / एचकेनेपाल डट कम-
हङकङ, नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसारको लागि सरकारी पक्ष उदासिन रहेको बेला नीजि तवरबाट प्रचार अभियान सुरू भएको छ।

फिस्टेल टुर्स एण्ड ट्राभल्सले शनिवार गैरआवासीय नेपाली संघको समन्वयमा हङकङको रमणिय तथा पर्यटकले व्यस्त भिक्टोरिया पिकबाट नेपाल भ्रमण वर्षको प्रचार अभियान सुरू गरेको छ।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

फिस्टेलले पर्यटक बोक्ने कम्पनीको गाडीमा नेपाल भ्रमण वर्ष २०११ लाई टेवा पुग्ने प्रचार साम्रागी, स्टिकर व्यानर टाँगेर साँकेतिक रूपमा मोटर र्र्यालीसहित प्रचार अभियान सुरू गरेको हो।

भिक्टोरिया पिकबाट सुरू भएको मोटर र्र्याली वान चाइ, सेन्ट्रल, चिमसा चुइ हुंदै वेष्ट काउलुनस्थित वाटर फ्रन्टमा पुगेर विसर्जन भएको थियो।

हङकङस्थित नेपाली महावाणिज्यदूत बिनोदकुमार उपाध्यायले गैरआवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष जीवा लामिछानेलाई गाडीको चावी हस्तान्तरण गरि हङकङमा नेपाल पर्यटन वर्ष २०११ को प्रचार अभियान सुरू भएको थियो।

फिस्टेल टुर एण्ड ट्राभल्सका प्रोपाइटर तथा गैरआवासीय नेपाली संघ हङकङ प्रतिनिधि कृष्ण पाण्डेले अब हङकङको अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका प्रमुख स्थानहरूमा सो गाडी दिनहूँ गुड्ने बताए। ‘नेपाल भ्रमण वर्षको प्रचार सामाग्री अंकित उक्त गाडीले नेपाल भ्रमण वर्ष २०११ को बारेमा केही हदसम्म पर्यटकलाई जानकारी दिनेछ’, उनले भने। ‘हङकङमा प्रसारप्रचार गर्नु त हुदै हो, साथै संसारभर ५७ राष्ट्रमा रहेका नेपालीले यसको अनुशरण गरिउन् भन्ने गैरआवासीय नेपाली संघको चाहना हो’ -पाण्डेले भने।

महावाणिज्यदूत विनोदकुमार उपाध्यायले एचकेनेपाल डट कमसंग बोल्दै नेपालको लागि नेपालीले नै गर्नु पर्ने बताए। ‘नीजि क्षेत्रबाट नेपाल पर्यटन वर्षको प्रसार अभियान सुरू हुनु खुसिको कुरा हो’, उपाध्यायले भने। अहिले नेपाल भित्रिने पर्यटकको संख्या अत्याधिक बृद्धि हुदै गएको उनले बताए। ‘दैनिक १०० जति पर्यटकले महावाणिज्यदूतावासबाट भिषा लिने गरेका छन्’ उपाध्यायले भने।


कार्यक्रममा सहभागी एनआरएन केन्द्रीय उपाध्यक्ष जिवा लामिछानेले हङकङबाट सुरू भएको प्रचार अभियानलाई अगाडि बढाउन विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीसंग आग्रह गरेका छन्। ‘विश्वभर छरिएर रहेका ३० लाख नेपालीले सानो मात्र प्रयाश गरे नेपाल भ्रमण वर्ष सफल हुन्छ’ उपाध्यक्ष लामिछानेले बताए। ‘यस वर्ष १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने एनआरएनले लक्ष्य राखेको छ’, लामिछानेले भने।

नेपाल वायु सेवा निगम हङकङका क्षेत्रिय प्रवन्धक किरण पन्तले नेपाल भ्रमण वर्षको प्रभाव परेको बताउंदै हङकङ हुंदै नेपाल भित्रिने पर्यटकको संख्या ७० /७२ बाट ८७ प्रतिशतसम्म बढेको बताए। ‘हामीले विशष गरेर चाइना, ताइवान, हङकङ र कोरिया हेर्दै आएका छौं। ८ महिना यता नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि हुंदै गएको छ’, पन्तले बताए।

त्यसैगरी, कफी व्यापारी तथा अंकल रस क्याफेका प्रोपाइटर वाई बी राईले नेपालको पर्यटन वर्षको अवसर पारेर हङकङबाट नेपालमा गल्फ टुर्नामेन्ट लाने तयारी भैरहेको बताए। राई डिस्करी वे रेसिडेण्सल क्लव सोसाइटीका अध्यक्षसमेत हुन्।

नेपाल भ्रमण वर्षको प्रचार अभियानलाई एचकेनेपाल डट कमले विशेष भिडियो रिपोर्ट तयार पारेको थियो। त्यस भिडियोको केही अंशलाई कान्तिपुर टेलिभिजनले समेत प्रसारण गरेको थियो।

भिडियो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 7%

1 comment April 18th, 2011

नेपाली डान्स आइडलको अडिसन राउण्ड सम्पन्न

नेपाली डान्स आइडलको अडिसन राउण्ड सम्पन्न
फाइनल मे १५ मा हुने

एस / एचकेनेपाल डट कम-
हङकङको सबैभन्दा जेठो नेपाली संस्था सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना हङकङ) द्वारा नेपाली नयां वर्षको अवसरमा आयोजना गरेको तेश्रो नेपाली डान्स आइडल २०११ को अडिसन राउण्ड स्थानीय मंकी हिलको बिबिक्यू स्पटमा अप्रिल १७ तारिख आइतबारका दिन सम्पन्न भएको छ।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

२००९ मा शुरु गरिएको नेपाली डान्स आइडल यस वर्ष तेश्रो पटक आयोजना गरिएको हो। प्रतियोगितामा संस्थागत सहभागिता रहने सो प्रतिस्पर्धामा वर्षेनी सहभागितामा वृद्धि हुनुको साथै जनमानसमा समेत चासोको विषय बन्दै गइरहेको छ।

फियोनाको सांस्कृतिक विभागका प्रमुख एवं तेश्रो नेपाली डान्स आइडलका संयोजक भीम गुरुङका अनुसार यस पटकको प्रतियोगितामा गैरनेपालीको समेत सहभागिता रहेको छ। उनका अनुसार १५ वटा संस्थाबाट जम्मा २५ प्रतियोगीहरु सामेल भएको सो अडिसन राउण्डबाट निर्णायकहरुको राय एवं आयोजक फियोनाको निर्णय अनुसार १४ जनालाई आगामी १५ मे मा याउ मा तेइस्थित हेनरी जी ल्युंग कम्युनिटी सेन्टरमा आयोजना गरिने फाइनल राउण्डको लागि छनौट गरिएको छ।

फाइनल राउण्डमा छनौट भएका प्रतियोगीहरुको लागि विभिन्न चरणमा नृत्य प्रशिक्षणका साथै फाइनलको लागि निशुल्क कपडा एवं तैयारी सामग्री उपलब्ध गराइनेछ।

नेपाली युवा तथा किशोर किशोरीबीच नेपाली संस्कृति र भेषभुषा लोकप्रिय रहोस् अनि विदेशमा जन्मी हुर्के बढेका हाम्रा नानीहरुले आफ्नो संस्कृतिलाई नबिर्सिउन् र विदेशमा समेत नेपाली संगीत र संस्कृतिको प्रचार प्रसार होस् भन्ने उद्धेश्यले विशुद्ध नेपाली गीतमा नृत्य प्रतियोगिताको कार्यक्रम आयोजना गरिएको कुरा फियोना उपाध्यक्ष गंगा खतिवडाले जानकारी दिए।

सो अवसरमा फियोना अध्यक्ष गणेश गुरुङले सहभागी तथा दर्शकहरुलाई नयां वर्ष २०६८ को शुभकामना दिएका थिए। त्यसैगरी, उनले प्रतिकूल मौसमको बावजुद कार्यक्रममा सहभागी हुने सबैलाई फियोनाको तर्फबाट धन्यवाद दिएका थिए।

व्यापक जनसहभागिता रहेको सो अडिसन राउण्डमा प्रतिकूल मौसमको बावजुद दर्शक तथा सहभागीहरु बेलुका अबेरसम्म नयां वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गरिरहेका देखिन्थे। कार्यक्रममा आयोजक संस्थाको तर्फबाट सहभागी तथा दर्शकहरुलाई निशुल्क बिबिक्यू प्याक वितरण गरिएको थियो।

कार्यक्रममा फियोना हङकङका सदस्य, शुभचिन्तक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन फियोना, नेपाली निर्माण कामदार युनियन, नेपाली घरेलु कामदार युनियन, हङकङ नेपाली गोर्खा सेक्युरिटी युनियनका पदाधिकारी, सदस्यहरुद्धारा स्वयं सेवकको रुपमा सहभागीहरुलाई सेवा पुर्याइएका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 18th, 2011

हिन्सको कार्यालय भवनको उद्घघाटन

एस/ एचकेनेपाल डट कम-
हङकङ, हङकङ एकीकृत नेपाली समाज (हिन्स) को याउ मा तेईस्थित ३९६ सांघाई स्ट्रिटमा रहेको कार्यालय उद्घाटन गरिएको छ।

हङकङ सरकारद्वारा उपलव्ध गराइएको समाजको कार्यालय भवनको उद्धाटन होम अफियर्स डिपार्टमेन्टका असिष्टेन्ट डाईरेक्टर सुश्री डोरा फुले एक कार्यक्रमको बिच उद्घघाटन गरेकी हुन्।

उद्घघाटन कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाली महावाणिज्यदूत बिनोदकुमार उपाध्याय, याउचीमोङ डिष्ट्रिक अफिसर विक्की कोक, डिएबि एथेनिक मेनोरिटी कमिटी अध्यक्ष अल्बर्ट लाम उपस्थित थिए।

कार्यक्रमका अन्य अतिथिहरूमा वान चाई डिष्ट्रिक काउन्सिल मेम्बर मिस केनी ली, कोङ तोङ डिष्ट्रिक काउन्सिल मेम्बर पुन चुन युन, याउचिमोङ डिभिजनका चिफ ईन्सपेक्टर मिस म्यागी ल, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापालगायत नेपाली संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरू थिए।

कार्यालय स्थानको उद्घघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिस डोरा फुले नेपाली नयाँ वर्षको शुभ कामना दिदैं उपलब्ध यस स्थानले नेपाली समुदाय लाभान्बित हुने कुरामा आफू विश्वस्त रहेको बताईन्। नेपाली महावाणिज्यदूत बिनोदकुमार उपाध्यायले हङकङ सरकारद्वारा प्रदान गरिएको यस स्थानले नेपाली समुदाय लाभाम्बित हुने बताए।

हिन्सका अध्यक्ष बुद्धिबहादुर थापाले कार्यक्रममा बोल्दै हङकङमा रहेका अन्य नेपाली संघ संस्थालाई हिन्सलाई प्राप्त यस स्थानलाई उपयोग प्रयोग गर्न अनुरोध गरेका थिए।

Popularity: 4%

Add comment April 17th, 2011

ठकुरी समाज हङकङको वेव साईट सार्वजनिक

एस/ एचकेनेपाल डट कम-
ठकुरी समाज हङकङले एक कार्यक्रमको आयोजना गरी समाजको वेब साइट www.hkthakuri.org सार्वजनिक गरेको छ।

सेन्ट्रलस्थित गोल्डेन स्तूपा रेष्टूरेण्टमा नयाँ वर्षको शुभ कामना आदान प्रदान कार्यक्रमसहित समाजको वेव साईट सार्वजनिक गरेको हो। हङकङस्थित नेपाली महावाणिज्यदूत बिनोदकुमार उपाध्यायले समाजको वेव साईट सार्वजनिक गरेका हुन्।

समाजका सदस्य भविन्द्र खाँडद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिनय शाहले गरेका थिए। कार्यक्रममा महावाणिज्यदूत बिनोदकुमार उपाध्याय तथा धर्मपत्नी, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, नेपाली जनजाति महासंघकी उपाध्यक्ष रीता गुरूङ, हङकङ एकीकृत नेपाली समाज (हिन्स)का अध्यक्ष बुद्धिबहादुर थापालगायत उपस्थित थिए।

सोही कार्यक्रममा अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा योगदान पुर्र्याउने अरविन केसीको एल्बम “बिर्सनेको यादमा” सार्वजनिक गरिएको थियो।

कार्यक्रममा सन्तोष तामाङले माओवादी नेता प्रचण्डको क्यारिकेचर प्रस्तुत गरेका थिए। राति अबेरसम्म जारी कार्यक्रममा सहभागीहरू गीत संगीतमा झुम्दै नयाँ वर्षको शुभ कामना आदान प्रदान गरेका थिए।

Popularity: 3%

Add comment April 17th, 2011

साहित्यकार ईन्द्रबहादुर राई हङकङ आउदै

एस / एचकेनेपाल डट कम -
हङकङ, तेस्रो आयाम र लीला लेखनका अभियन्ता ईन्द्रबहादुर राई हङकङ आउने भएका छन्।

हङकङ नेपाली महासंघको आयोजना र नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा सम्पन्न हुन गइरहेको ‘हङकङमा नेपाली साहित्य र विचार गोष्ठी’मा सहभागी हुन राई हङकङ आउन लागेका हुन्।

राईसंगै उनका धर्मपत्नी मायादेवी राई बुधवार हङकङ आइपुग्ने हङकङका साहित्यकार देश सुब्बाले एचकेनेपाल डट कमलाई जानकारी दिए।

सुब्बाका अनुसार अप्रिल २२ तारिख साँझ याउ मा तेइ कम्युनिटी हलमा हुने कार्यक्रममा प्रतियोगितात्मक कविता गोष्ठी, हङकङबाट उत्पादित विचार गोष्ठी र प्रमुख अतिथि इन्द्रबहादुर राईबाट तेस्रो आयाम, लीला लेखन र विश्व साहित्य, दर्शनमा बोल्ने कार्यक्रम रहेको छ।

Popularity: 3%

Add comment April 15th, 2011

हङकङमा ‘धरान एक परिचय बृत्तचित्र’ प्रदर्शन

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, अप्रिल १० तारिख दिन धरानबाट हङकङ आई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु हसिला देखिन्थे। उनीहरुको मुहारमा धरानप्रतिको सद्भाव र माया प्रष्ट झल्कन्थियो।

यसको प्रमुख कारण थियो, धरान चौकीबारी समाजले निर्माण गरेको धरान र त्यस आसपासका सम्पूर्ण विषयवस्तुलाई समेटेर तयार पारेको बृत्तचित्र धरान एक परिचयको प्रदर्शनी।



तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

शिक्षा, स्वास्थ्य, विकास, धार्मिक, साहित्य तथा साँस्कृति विषयलाई एकै ठाउँमा राखेर निर्माण गरिएको बृत्तचित्र धरान एक परिचयको प्रथम प्रदर्शनी याउ मा तेइ कम्युनिटी सेण्टरमा बेलुकी एक विशेष समारोह बीच भएको थियो।

लगभग २ घण्टा ३० मिनेट समयावधिको त्यस बृत्तचित्रमा ऐतिहासिक, पौराणिक विषयवस्तुहरु पनि प्रशस्तै समेटिएको थियो।

नेपाल भ्रमण वर्ष २०११ लाई सहयोग गर्न नेपालको सरकार र स्थानीय सरकारलाई नै सहयोग पुग्ने बृत्तचित्र धरानवासीहरुले व्यक्तिगत पहलमा निर्माण गरेका हुन्। विशेष गरी विभिन्न मुलुकहरुमा रहेका नेपालीहरु तथा विदेशीहरु माझ पुर्‍याउने उद्देश्यसहित निर्माण भएको बृत्तचित्र नेपाल तथा अन्य मुलुकहरुमा समेत प्रदर्शनी गरिने यस बृत्तचित्र निर्माण गर्ने धरान चौकीबारी समाजले जनाएको छ।

बृत्तचित्रको प्रथम प्रदर्शनी गर्नअघि एक छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। समाजका अध्यक्ष रोहित सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान हङकङ मञ्चका उपाध्यक्ष मधुकुमार राई प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको समेत विशेष उपस्थिति रहेको थियो।

विभिन्न संघसंस्थाका प्रतिनिधिहिरुको उपस्थिति रहेको कार्यक्रममा धरान एक परिचय बृत्तचित्रको डिभिडी कपी प्रमुख अतिथि राई, समाजका अध्यक्ष रोहित सुनुवार र बृत्तचित्र निर्माण नियन्त्रक जित राईले एकसाथ सार्वजानिक गरेका थिए।

विभिन्न समयमा छायाँकन गरिएको बृत्तचित्रको अन्तिम चरणको सम्पादन तथा मिक्सिङ कार्य बृत्तचित्र निर्माणमा लामो अनुभव संगालेका श्यामसुन्दर थापाले गरेका थिए।

Popularity: 3%

1 comment April 11th, 2011

संखुवासभा जिल्लावासीको भेला हङकङमा

देवराज राई/ एचकेनेपाल डट कम-
हङकङ, अप्रिल १० तारिखको दिन पूर्वी नेपालको संखुवासभा जिल्लाबाट हङकङ आएका संखुवासभावासीहरुले पनि नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गर्यो। जिल्लावासीहरुले आफ्नो संस्थाको मुखपत्र हाम्रो संखुवासभा सार्वजानिक गरेका थिए।



तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

संखुवासभा समाज हङकङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा उपेन्द्र कोरंगी, लालबहादुर गुरुङ, लवकुमार गुरुङ लगायतका व्यक्तिहरु अतिथिको रुपमा उपस्थित थिए।

विविध साँस्कृतिक कार्यक्रमहरुसहित सम्पन्न भएको कार्यक्रमको अध्यक्षता प्रेमकुरमा कोरंगीले गरेक थिए। समाजका उपाध्यक्ष मनोज गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संस्थाका सल्लाहकारहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन समाजका सहसचिव कुमार गुरुङले गरेका थिए।

नयाँ वर्षको चहल पहलः पुन समाजको भेटघाट कार्यक्रम
नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल १० तारिख पुन समाज हङकङले भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गर्यो। मंकी हिलमा आइताबारको विदाको दिन पारेर आयोजित कार्यक्रममा पुन जातिका नेपालीहरुको अधिक उपस्थिति रहेको थियो।

भातृत्व विकास गर्न वार्षिक भेलाको रुपममा आयोजना गरिएको कार्यक्रममा एक छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। नेत्र पहराईको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमलाई पुन समाजका अध्यक्ष राजु पुनले गरेका थिए। जसवहादुर पुनले स्वागत मन्तव्य व्यक्त गरेको भेलामा दलबहादुर पुन, नेत्र पहराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सम्पूर्ण कार्यक्रमको संचालन देबेन्द्र पुनले गरेका थिए।

बीबीक्यू र नेपाली परिकारहरुको विशेष व्यवस्था गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसमेत उपस्थित रहेका थिए।

Popularity: 3%

Add comment April 11th, 2011

हङकङमा प्रथम जनआन्दोलन दिवस

एस/ एचकेनेपाल डट कम-
हङकङ, नेपाली जनसरोकार समाज हङकङले यउमा तेइस्थित हिन्सको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रथम जनआन्दोलन दिवस मनाएको छ।

प्रथम जनआन्दोलन उत्कर्षमा पुगेको दिन २४ चैत्र २०४६ लाई स्मरण गर्दै एनेकपा माओवादीले देशविदेशमा भब्यतम रुपमा पहिलो जनआन्दोलन दिवस मानाई रहेको जनकारी दिदै सचिब किशोर महराले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमका अध्यक्षता नेपाली जनसरोकार समाज हङकङका नवनिर्वाचित उपाध्यक्ष धिरेन्द्र राईले गरेका थिए भने प्रमुख अतिथि एनेकपा माओवादी हङकङ जिल्ला सेक्रेटरी पुर्ण लोक्सोम थिए। त्यस्तै, विशेष अतिथिमा सोही समितिका वरिष्ठ अध्यक्ष कृष्णबहादुर लिंखा, वरिष्ठ उपाध्यक्ष ज्ञानु मेन्याङ्गवो रहेका थिए भने पार्टी सहसचिव पवन बस्नेत समेत कार्यक्रमको उत्तरार्धमा उपस्थित भएका थिए। करीव ३ घण्टा चलेको सो कार्यक्रम वरिष्ठ सदस्य केशव राईको अर्थपूर्ण स्वागत मन्तब्यवाट शुरु भएको थियो।

नेपाली आकाशमा पहिलो जनआन्दोलको उत्कर्षको दिन २४ चैत्र २०४६ इतिहासमा सदा स्मरणीय रहने र सोको राप अनि १० वर्ष महान जनयुद्धको जगमा भएको दोश्रो जनआन्दोलनको फलस्वरुप देशमा सामान्ती राजसंस्थाको देहावसान तथा गणतान्त्रिक नेपालको स्थापना भएको कुरा प्रमुख अतिथि लोक्सोमले स्मरण गराएका थिए। साथै सउथ ब्लकले १९५० को आपसी देशमा खुलेआम बसोबास गर्न पाउने बुंदाको दुरुपयोग गरी जनमत संग्रहमार्फत नेपाललाई सिक्किमिकरण गर्ने सोचमा अघि बढेको र स्वधिनताको मुद्दा प्रत्येक नेपालीको प्रमुख मुद्दा बनेको जिकिर पनि गरे।

वक्ता गोपाल गुरुङले आफ्नो सारगर्भित मन्तब्यमा एकता, संर्घष अनि रुपान्तरणको प्रकृयाबाट नै हङकङमा संगठनलाई अघिबढाउन पर्ने कुरा औल्याएका थिए भने वरिष्ठ उपाध्यक्ष मेन्याङ्गवोले ३० बर्षे पंचायती ब्यवस्थाको अन्त्य गर्नमा प्रथम जनआन्दोलनको भूमिका रहेको कुरा चर्चा गरेका थिए। काउलुन क्षेत्रिय समिति अध्यक्ष रविन नाल्बो , सरोकार समाज कोषाध्यक्ष मानप्रसाद गुरुङले आगामी दिनमा गरीने कार्यनीतिका वारेमा सल्लाह दिएका थिए भने वरिष्ठ सदस्य तथा नेपाली जनसरोकार समाज पूर्व कार्यावाहक अध्यक्षले विगतका अनुभव तथा आगामी दिशानिर्देषका वारेमा विश्लेषण गरेका थिए। साथै कार्यक्रम अध्यक्ष धिरेन्द्र राइले समापनको क्रममा आफ्नो जोसिलो मन्तब्य मार्फत आगामी १४ मा जनसंबिधान, जनताको अनिवार्यता रहेको बताएका थिए।

Popularity: 2%

Add comment April 7th, 2011

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category