हङकङका उच्च अधिकारीहरुसंग नेपालीको अर्न्तक्रिया
एचकेनेपाल डट कम संवाददाता -
हङकङ, यहाँका नेपालीहरुका समसामायिक समस्या समाधान तथा जानकारी लिन र दिनका लागि नेपाली जनसरोकार समाजले स्थानीय चिनीयाँ अधिकारीहरुसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ।
हङकङ बिधान सभाका अध्यक्ष तथा हङकङको सबैभन्दा लोकप्रिय डिएवि पार्टीका संस्थापक अध्यक्ष छँङ्ग योक सिं र सोही पार्टीका अल्पजाति समन्वय समितिका अध्यक्ष अलबर्ट लाम सो छलफलमा सहभागी थिए।
नेपाली सामुदायिक घर, नेपाली नागरीकलाई हङकङमा लगाईएको अनिवार्य भिसा नीति, नेपाली वालवलिकाहरुको शैक्षिक योग्यताको मान्यता तथा प्रमापिकरण र हङकङमा रहेका नेपाली मजदुरहरु सम्बन्धि समस्याका बारेमा छलफल भएको थियो।
हङकङ सरकारको स्थानीय अल्पसंख्यक जातिलाई हेर्ने स्पष्ट अख्तियारवाला निकाय हालसम्म स्थापना नभएकोले हरेक मामलालाई सो प्रकृति अनुरूप सम्बोधन गर्न पर्ने वाध्यता रहेको र कतिपय आवश्यकिय कुराहरुको सम्वोधन हुन नसकेको तर डिएबि पार्टीले सो प्रकारको निकायको ब्यबस्था गर्नका लागि सरकारमा पहल गर्ने जानकारी अधिकारीहरुले दिए।
हङकङमा नेपालीहरुबीच साझा सवालमा पनि एकता कायम हुन नसकेकाले कतिपय जायजमाग पनि किनारामा परेको र सोको परिणाम स्वरुप नेपाली सामुदायिक घरको माग चोटिलो बन्न नसकेको हुनसक्ने राय पनि उनीहरुले राखे। अल्पजातिय समुदायिक घर हङकङमा वेलायती उपनिवेश हुँदाको नीति रहेको तर वर्तमान सरकारको सो प्रकारको प्रावधान नरहेता पनि तत्काल कुनै प्रयोगमा नरहेको कुनै सरकारी भवन तथा जग्गा पत्ता लगाउन सकिएमा नेपाली समुदायिक घरको लागि पहल गरिदिने बचन दिए।
तात्कालिन परिस्थितिको आधारमा नेपाली नगारिकमा अनिवार्य अग्रिम भिसा नीति लागु भएतापनि हाल नेपालको परिस्थिति परिवर्तन भएकोले सोमा पुनर्विचार हुन सक्ने सम्भावना रहेको र आफ्नो तर्फबाट कोशिश गर्ने बताए। तथापि, नेपाली महावाणिज्य दूतावास तथा समाजको तर्फबाट अध्यागमनका सरोकारवाला संग पत्राचार तथा छलफल गर्ने सुझाव दिए। अन्तर्क्रियामा अन्य विविध विषयमा ब्यापक छलफल तथा जानकारी लिने दिने कार्य सम्पन्न भएको थियो।
स्मरण रहोस् बिधान सभाका अध्यक्ष छँङ्ग योकसिंले एक पटक नीजि र एक पटक अर्ध सरकारी भ्रमणबाट नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति डा. रामवरण यादव लागायतका उच्च पदस्त अधिकरी संग आपसी सौहाद्रता भेट गरिसकेका छन्। साथै उनले सन २००९ मा नेपाली पर्यटन लागि नेपाली महावाणिज्यदुतावासका साथ हङकङस्थित ट्रभल एजेन्सीको ब्यापक भेलागरी प्रवर्धन गर्ने पहल पनि गरेका थिए।
करीव ३ धण्टा चलेको उक्त कार्यक्रममा नेपाली जनसरोकारको तर्फबाट अध्यक्ष बिष्णु गुरुङ, एनेकपा माओवादी हङकङका सचिब तथा समाजका सल्लाहकार पुर्ण लोक्सोम लगायतका १६ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
Recent Videos:
Popularity: 7%
2 comments May 31st, 2011