Archive for December, 2011

हङकङमा युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकी

एस /एचकेनेपाल डट कम-
हङकङ, २७ डिसेम्बर । नेपाली सप्ताह २०११ को तेस्रो दिन नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकी तथा साहित्यिक गोष्ठी डिसेम्बर २७ तारिख युनलङ टाउन हलमा सम्पन्न भयो।

हङकङ नेपाली साहित्य परिषद्को आयोजना र हङकङ नेपलिज फाउण्डेसनको संयोजना रहेको कार्यक्रमका प्रमुखअतिथि साहित्यकार गणेश ‘रसिक’ रहेका थिए। परिषद्का अध्यक्ष पशन तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुवातमा युगकविको तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएका थिए।

उक्त अवसरमा प्रमुखअतिथि ‘रसिक’ले भाषा भनेको मानिसको पहिचान रहेको र त्यसको जगेर्नाको लागि व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउदै भने, ‘भाषा, साहित्य, संस्कृति नारालेमात्र बाच्दैन र सरकारलेमात्रै पनि बचाउन सक्दैन। तिनको जगेर्नाको लागि व्यवहारमा लागू गर्न आवश्यक छ। नेपालमा हेर्नुहोस् संस्कृतको लागि सरकारले करोडौं खर्च गरिरहेको छ, तर त्यो भाषा प्राय मृत छ।’

मन्तव्यकै क्रममा उनले हङकङमा गरिने नेपाली साहित्यिक कार्यक्रमले नेपालको विषय, नेपाली साहित्य र साहित्यकारको बारेमा जानकारी दिने र नेपाली भाषा र साहित्य पुस्तान्तरणमा सहयोग पुग्ने विचार व्यक्र गरेका थिए।

सोही क्रममा उनले युगकविसंग जोडिएका क्षणहरुलाई स्मरण गरेका थिए। उनले आफ्नो जन्मस्थल र क्षेत्रलाई कवितामा व्यक्त गर्ने प्रथम नेपाली कवि सिद्धिचरण श्रेष्ठ रहेको दावी गरेका थिए। उनका अनुसार अहिले पनि युगकविका कविताहरु सान्दर्भिक र आम नेपालीका लागि प्रेरणादायी रहेका छन्।

हङकङ नेपलीज फाउण्डेसनका अध्यक्ष किसन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जनजाति साहित्य समूहका संयोजक भूपेन्द्र चेमजोङले परिषद् र फाउण्डेसनले नेपाली जनजाति साहित्यकारलाई पनि सम्झेर कार्यक्रम तय गर्नु पर्ने सुझाउ दिएका थिए।

त्यसैगरि नेपाली साहित्य प्रतिष्ठानका सदस्य देश सुब्बाले सिद्धिचरण श्रेष्ठको शतवार्षिकी नेपालपछि दार्जिलिङले मनाएको र त्यसैको नक्कल गरिएको आशंका गर्दै आउदा दिनमा परिषद्कोतर्फबाट मौलिक कार्यक्रम गर्नु पर्ने विचार व्यक्त गरेका थिए।

समारोहमा सिर्जनशील साहित्य समाज हङकङका सचिव नरेश सुनुवारले भाषा, साहित्य, कला र संस्कृतिभित्र मानिस बाँचेको हुन्छ भन्दै ती चिज मानिससंगै सर्ने विचार व्यक्त गरेका थिए।

परिषद्का सचिव नन्दलाल थोकरको संचालन रहेको कार्यक्रममा राजेन्द्र थापा, कमल पौडेल, राजेन्द्र केरुङ, विष्णुनन्द चाम्लिङ, पुष्प लामा, नरजीत राई, मोति चाम्लिङ, बालकवि निस्सिमा राई, चन्द्र मादेन, देश सुब्बा, नरेश सुनुवार, लक्ष्मी राई र शरण लिम्बूलगायतले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए। संचालक थोकरले कार्यक्रमको शुरुवातमा युगकविको संक्षिप्त परिचय दिएका थिए।

सोही अवसरमा लक्ष्मी राईले बेलायतका नेपाली सर्जकहरुद्वारा लेखिएका कृतिहरु परिषदका अध्यक्ष तमूलाई उपहारस्वरुप हस्तान्तरण गरिएका थिए।

Recent Videos:

Popularity: 4%

Add comment December 27th, 2011

संखुवासभा प्रतिभा पुरस्कार घोषणा

एस / एचकेनेपाल डट कम-
हङकङ, २६ डिसेम्बर । संखुवासभा समाज हङकङले “संखुवासभा प्रतिभा पुरस्कार”को घोषणा गरेको छ।

समाजको डिसेम्बर २६ तारिख बसेको बैठकले संखुवासभा प्रतिभा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो।

अध्यक्ष प्रेम कुमार कोरङगीले रु. चार लाख रकमको एउटा अक्षय कोषको स्थापना गरी उक्त रकमको ब्याजबाट बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई संखुवासभा समाज हङकङको प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने जानकारी दिए।

हालै जिल्लाको सदरमुकाम खांदवारी पुगी सो अक्षय कोषको वारेमा जिल्ला प्रशासन कार्यालयसंग छलफल गरी सोको सम्पूर्ण जिम्वेवारी बरुण बहुमुखी क्याम्पस खांदवारीका क्याम्पस प्रमुख टिकाराम गुरुङलाई दिइएको अध्यक्ष कोरंगीले बताए।

उक्त पुरस्कार कुनै एउटा क्षेत्रलाई मात्र नसमेटी सम्पूर्ण क्षेत्रका ब्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले स्थापना गरिएको बताए।

कोष सञ्चालनको लागि जिल्लाबाट ५ जना र हङकङबाट ४ जना गरी ९ सदस्यीय एउटा छुट्टै उपसमिति रहने र हरेक वर्षफरक फरक बिधामा एक महिला र एक पुरुषलाई वितरण गरिने छ।

समाजले आफ्नो विधानमा उल्लेखित धारा ३ को उपधारा क अनुसार जिल्लावासीहरुलाई गत सेप्टेम्वर महिनामा वितरण गरिएको आजीवन सदस्यताबाट संकलित रकमलाई नै अक्षय कोषको रुपमा राखिने समाजका सचिव अजम्वर घलेले जानकारी दिए।

अक्षय कोषको स्थापनाले जिल्लासंगको सुमधुर सम्वन्ध सदैब स्थापित रहि रहने र जिल्लाको विकासमा संखुवासभा समाज हङकङले एउटा इटा थप्ने कार्य गरेको समाजका सल्लाहकारहरु लाल बहादुर गुरुङ, उपेन्द्र कोरङगी डम्वर घले (अर्सइ) र सल बहादुर कोरङगीले बताए।

सो पुरस्कार आगामी २०६९ सालबाट वितरण गरिने समाजले जनाएको छ।

Recent Videos:

Popularity: 3%

1 comment December 26th, 2011

पोखरेली झ्याल कप रेसुङ्गा क्लवलाई

पोखरेली झ्याल कप रेसुङ्गा क्लवलाई
एस / एचकेनेपाल डट कम-
हङकङ, २५ डिसेम्बर । पोखरेली झ्याल कप सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि रेसुङ्गा फुटबल क्लवले जितेको छ।

डिसेम्बर २५ तारिख कोलुन पार्कस्थित फुटबल ग्राउण्डमा सम्पन्न प्रतियोगितामा धरान फुटबल क्लवलाई १ को विरूद्ध ८ गोलले पराजित गर्दै रेसुङ्गाले पोखरेली झ्याल कप २०११ को उपाधि जितेको हो। ट्रफी, प्रमाणपत्रसहित रेसुङ्गा क्लवले १० हजार र फस्ट रनरअप धरान फुटबल क्लवले ५ हजार हङकङ डलर प्राप्त गरे।


प्रतियोगिता अवधिभर १० गोल गरेर रेसुङ्गाका याम गुरूङ टप स्कोरर, राइजिङ स्टार लोमस पुन पोखरा फुटबल क्लव, बेष्ट प्लेयर धरान फुटबल क्लवका समिन श्रेष्ठ, बेष्ट टिम पोखरा फुटबल क्लव र फेयर प्ले टिम एभरेष्ट क्लव घोषित भए।

आयोजक मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले पोखरेली झ्याल कप प्रतियोगितालाई अझ प्रभावकारी र धेरै क्लवहरूलाई सहभागी गरिदै लैजाने बताए।

——————————————————-

पोखरेली झ्याल कप डिसेम्बर २५ मा
एस / एचकेनेपाल डट कम-
हङकङ, ८ डिसेम्बर । पोखरेली झ्याल कप २०११ डिसेम्बर २५ तारिख कोलुन पार्कस्थित फुटबल ग्राउण्डमा हुने भएको छ।

मितेरी सेवा समिति हङकङ पोखराको आयोजनामा हुने सिक्स ए साइड फुटबल प्रतियोगिता डिसेम्बर २५ तारिख हुने समितिका अध्यक्ष तुलसीकुमार गुरुङले बताए।

बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा करीव १३ /१४ वटा टिम सहभागी हुने गुरुङले एचकेनेपाल डट कमसंग कुराकानी गर्दै बताए। गुरुङका अनुसार विजेता तथा उपविजेता टिमले ट्रफी, प्रमाणपत्रसहित क्रमशः १० हजार र ५ हजार हङकङ डलर प्राप्त गर्ने बताए।

प्रतियोगिताका पोखरेली तारा (बेष्ट प्लेयर), टप स्कोरर र राइजिङ स्टारले ट्रफी, प्रमाणपत्रसहित ५ सय डलर प्राप्त गर्नेछन् भने बेष्ट टिम र फेयर प्ले टिमलाई ट्रफी प्रदान गरिने छ।

वर्षेनी आयोजना हुंदै आएको पोखरेली झ्याल मेला अन्तर्गत सिक्स ए साइड फुटबल प्रतियोगितासमेत आयोजना हुंदै आएको हो। हङकङमा हुदै गरेको पोखरेली झ्याल यस वर्ष गत सेप्टेम्बर बेलायतमा सम्पन्न भएको थियो भने अर्को साल पोखरामा गरिने भएको छ।

पोखरेली झ्याल मेलालाई व्यापक गरिदै लैजाने योजनाअनुसार यो वर्ष बेलायतमा गरिएको र अर्को साल पोखरामा आयोजना गरिने अध्यक्ष गुरुङले बताए।

Popularity: 4%

Add comment December 25th, 2011

यलम्बर नाइट-४ सम्पन्न

एस / एचकेनेपाल डट कम-
हङकङ, २५ डिसेम्बर । किरात राई यायोक्खा हङकङको आयोजनामा ‘यलम्बर नाइट-४’ आइतबार युनलङ थियटरमा सम्पन्न भयो।

नेपाली सप्ताह अन्तर्गतको कार्यक्रमको संयोजन हङकङ नेपलीज फाउण्डेसनको रहेको थियो।

तस्वीरहरूः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

कार्यक्रम संयोजक तथा संस्थाका सहसचिव रजिन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सर्वप्रथम किरात राई संस्कृतिमा आधारित साकेला सिली प्रदर्शन गरिएको थियो। सोही अवसरमा यायोक्खाले तयार पारेको डीभीडी ‘साकेला सिली प्रशिक्षण-भाग १’ गीतकार, संगीतकार तथा गायक गणेश ‘रसिक’ले विमोचन गरेका थिए।

कार्यक्रमको पहिलो प्रस्तुति बान्तवा भाषिक गीत सन्तमान राई र विमला राईले प्रस्तुत गरेका थिए। त्यसपछि गायक विनोद खम्बूका गीतहरु रहेका थिए। उनले आफ्नो प्रस्तुति आफैद्वारा संगीतबद्ध ‘सेली आई लभ यू’बाट शुरु गरेका थिए। खम्बूले दोस्रो प्रस्तुति ‘कस्तो माया’को लागि गायिका हर्ष राईलाई स्टेजमा निम्ताएका थिए। त्यसपछि ‘बसमा छैन मन’ र ‘बुटवलकी हौ कि… -’ गाएका खम्बूले ‘बसमा छैन मन’ पुन दोहोर्‍याएका थिए।

अतिथि कलाकारका रुपमा रहेकी हर्ष राईले ‘चेलीको सिन्दूर पुछियो’ र ‘परदेशी’ बोलका दुइ गीत पस्केकी थिइन्। ‘इलाम बजार घुम्ने रहर’संगै मञ्चमा उत्रिएका भुवन सुप्तिहाङले ‘आईडी छ कि छैन बैनी’, ‘यस्तै भा’छ मायालु’, ‘छिटको गुन्यू’, र ‘मायाको फूल टिपी’ गाएका थिए।

नयाँ गीत ‘कि बाच्न देउ’बाट गायन शुरु गरेका धिरज राईले उनको बहुचर्चित गीत ‘सेक इट बेबी’मा अन्त गरेका थिए। त्यसबीचमा उनले ‘तिमी रुदा’, ‘वान साइडेड लभ’, ‘सोइ ढोले सोइ’ र ‘मिस्टि्रयस गर्ल’ प्रस्तुत गरेका थिए।

स्थानीय कलाकार श्री गुरुङ, सन्ध्या गुरुङ, रितु गुरुङलगायतका नृत्यसमेत रहेको कार्यक्रमको अन्तमा गणेश ‘रसिक’का प्रस्तुति रहेका थिए। दिनेश सुब्बाको संयोजनमा स्थानीय वाद्यवादक राजु गुरुङ, यादव राई, कृष्णभक्त महर्जन, कमल राई र हरि श्रेष्ठले उनलाई साथ दिएका थिए।

राष्ट्रिय गीत ‘मलाई प्यारो लाग्छ मेरो देश’बाट शुरु भएको ‘रसिक’को प्रस्तुति ‘घर छोडि परदेश’, ‘उकालीमा हिड्दा हिड्दै’ हुदै ‘कुखुरी काँ’मा पुगेर टुङ्गिएको थियो। उनलाई विमला राईले स्वरमा साथ दिएकी थिइन्।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

यलम्बर नाइट-४ को भिडियो झलकः

Popularity: 15%

Add comment December 25th, 2011

हङकङमा साकेला उधौली

एस / एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर ।किरात राई यायोक्खा हङकङले आइतबार विविध कार्यक्रमसहित साकेला उधौली सम्पन्न गरेको छ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष मैनबहादुर थापामगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ‘यलम्बर नाइट-४’का लागि नेपालबाट आमन्त्रण गरिएका गायक, गीतकार, संगीतकार तथा साहित्यकार गणेश ‘रसिक’लाई विशेष आतिथ्य प्रदान गरिएको थियो।


तस्वीरः जगतअम्बु गुरूङ

विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष शशिमदन राईले साकेलाको विषयमा संक्षिप्त व्याख्या गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संचालक सचिव पिताम्बर राई रहेका थिए।


संस्थाका अध्यक्ष किसन राईको अध्यक्षतामा सम्पन्न औपचारिक समारोहमा प्रमुखअतिथि, विशेष अतिथि, हङकङ नेपाली महासंघका अध्यक्ष दीप थापा, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्णराज लाओती र हङकङ तामाङ घेदुङका अध्यक्ष दुर्गा तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मन्तव्यको क्रममा चुम्लुङका अध्यक्ष लाओतीले हङकङमा उधौली र उभौली किरातजन्य संस्थाहरुले संयुक्त रुपमा मनाउन सके सान्दर्भिक हुने विचार व्यक्त गरेका थिए।

सोही समारोहमा कथाकार लक्ष्मी राई (थापा) ‘लारा’को प्रथम कथा संग्रह ‘पात्रहरुसंग एक साँझ’ विशेषअतिथि गणेश ‘रसिक’ले विमोचन गरेका थिए।

औपचारिक कार्यक्रमको अन्तमा सिली नायक (सिली मोपा) युककृष्ण राईलाई अध्यक्षले पगरी गुथाएका थिए भने नेपालबाट आएकी गायिका हर्ष राईले सिली नायिका (सिली मोमा) पवित्रा राईलाई बर्को ओढाएकी थिइन्। प्रमुखअतिथि र विशेषअतिथिले ढोल बजाएर सिली उद्घाटन गरेका थिए।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 3%

Add comment December 18th, 2011

ट्यालेन्ट हण्टको शीर्ष उपाधि फिलिपिनो युवतीलाई

एस/ एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर । नेपाली आयोजक रहेको ट्यालेन्ट हण्ट प्रतियोगिताको शीर्ष उपाधि फिलिपिनो युवतीले जितेकी छन्।

क्यारिटास सोसियल सेन्टर प्रिन्स एडवर्डमा आइतवार साँझ सम्पन्न प्रतियोगितामा फिलिपिन्सकी सर्मी मार्कोसले ८ प्रतिस्पर्धीहरूलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन्।

प्रतियोगितामा नाइजेरियाली जोय जेमिना फस्ट रनरअप र नेपाली कल्पना लिम्बू सेकेण्ड रनरअप भए।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

उपाधिसंगै मिस क्याटवाटको उपाधिसमेत जितेकी सर्मीले १० हजार हङकङ डलर नगद पुरस्कार प्राप्त गरिन् भने जोयले ३ हजार र कल्पनाले दुई हजार हङकङ डलर जिते।

प्रतियोगितामा शीतल आलेले मिस फोटोजेनिक, चिजा पुनले मिस पपुलारिटी र एलिस क्वानले मिस पर्सानाल्टी उपाधि जिते।

कार्यक्रमको भिडियो झलकः


_________________________________________

ट्यालेन्ट हण्ट हङकङ २०११ को पत्रकार सम्मेलन
एस/ एचकेनेपाल डट कम-
हङकङ, १ डिसेम्बर । आयोजक ट्यालेन्ट हण्टले विहीवार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गरी मिस ट्यालेन्ट हण्ट हङकङ २०११ प्रतियोगिताबारे जानकारी गराएको छ। कार्यक्रममा स्थानीय पत्रकारहरूसहित ट्यालेन्ट हण्टका प्रतियोगीहरू उपस्थित थिए। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

View more photos:

डिसेम्बर १८ मा मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता
एस/ एचकेनेपाल डट कम-
हङकङ, नोभेम्बर २९ । यस पटक मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता नहुने हो कि भन्ने आशंका भैरहेको बेला यसका प्रतियोगीहरू भने गुपचुप र अथक परिश्रमका साथ तयारीमा जुटेका छन्। विगत ६ वर्षदेखि निरन्तरता पाएको ट्यालेन्ट हण्ट प्रतियोगिता यस वर्ष डिसेम्बर १८ तारिख आयोजना हुने भएको छ।

क्यारिटास सोसियल सेन्टर प्रिन्स एडवर्डमा आइतवार साँझ ७ बजे सुरू हुने प्रतियोगितामा नेपाली, चिनीयाँ, नाइजेरियन, कोलम्बियन, पाकिस्तानी र फिलिपिनो गरी १० जना प्रतियोगीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै छन्।

ट्यालेन्ट हण्ट प्रतियोगिताका आयोजक बसन्ती पुनले यस वर्ष कुल ५० हजार हङकङ डलर बराबरको पुरस्कार राशि रहेको बताइन्। मिस ट्यालेण्ट हण्ट २००७ को उपाधिसमेत जितेकी पुनले विभिन्न विधामा टाइटल जित्ने प्रतियोगीहरूलाई नगद पुरस्कार र ताजसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरूको व्यवस्था हुने बताइन्।

नेपाली युवा युवतीहरूलाई लक्षित गरी २००५ मा सुरू भएको ट्यालेन्ट प्रतियोगितामा गत वर्षदेखि अन्य देशका युवा युवतीहरूलाई समेत सहभागी गराइएको हो।

युवा युवतीहरूको प्रतिभा प्रदर्शनको लागि आयोजना हुदै गरेको ट्यालेन्ट हण्ट प्रतियोगितामा सन् २००५ मा दिप्ती थापा, २००६ मा बसन्ती पुन, २००७ मा सुस्मिता गुरूङ, २००८ मा रिना गुरूङ, २००९ मा अञ्जु घिसिङ र २००९ मा मेलिजा एनी (फिलिपिनो) ले मिस ट्यालेन्ट हण्टको उपाधि जितेका थिए।

ट्यालेन्ट हण्ट २०११ का प्रतिस्पर्धीहरूः


तस्वीरः कमल थापा, पुरण थापा र सन्देश गुरूङ

Popularity: 6%

1 comment December 18th, 2011

हङकङमा चासोक तङनाम

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, ११ डिसेम्बर । किरात लिम्बू जातिहरुको न्वागी पूजा अर्थात चासोक तङनाम हङकङको मंकी हिलमा पूजाआजा गर्दै विविध कार्यक्रमहरुसहित यहाँ रहेका लिम्बू समुदायले डिसेम्बर ११ तारिख आइतबारका दिन मनाएका छन्।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

किरात याक्थुङ चुम्लुङको आयोजनामा गएका वर्षहरुमा जस्तै यसपालि पनि यहाँ रहेका लिम्बू तथा अन्य नेपाली समूदायले लिम्बूहरुको महान चाड चासोक तङनामको अवसरमा भेटघाट, शुभकामना आदन प्रदान गर्दै मनाएका थिए।

गएका वर्षहरुमा जस्तै सबै नेपालीहरुले आयोजना गर्ने मंकी हिलमा लिम्बूदाजुभाइ, दिदीबहिनीहरु जातीय भेषभुषामा उपस्थित भइ पूर्व नेपालको उहिल्यै पुषे मेलाको याद आयो भन्दै उनीहरु रमाइलो गरिरहेका थिए।

विशेषतयः लिम्बू जातिहरुको खाद्यपरिकारहरु, उनीहरुसँग सम्बन्धीत खेलहरु गीत, संगीत अनि धान समेत नाच्न भ्याएका थिए। हङकङमा साह्रै चलनमा रहेको बीबीक्यूहरु संस्थाले सशुल्क उपलब्ध गराएको थियो।

कार्यक्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। संस्थाका अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव नन्द चङ्सूले संचालन गरेका थिए।

हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा प्रमुख अतिथि रहेको कार्यक्रममा आदिवासी जनजाति महासंघ हङकङकी रीता गुरुङ विशेष अतिथि एवं अन्य जातीय संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए।

कार्यक्रममा हङकङमा नाम चलेका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम राति अवेरसम्म चलेको थियो।
थप तस्वीरहरूको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

Add comment December 12th, 2011


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category