ट्यालेन्ट हण्टको शीर्ष उपाधि फिलिपिनो युवतीलाई
December 18th, 2011
एस/ एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर । नेपाली आयोजक रहेको ट्यालेन्ट हण्ट प्रतियोगिताको शीर्ष उपाधि फिलिपिनो युवतीले जितेकी छन्।
क्यारिटास सोसियल सेन्टर प्रिन्स एडवर्डमा आइतवार साँझ सम्पन्न प्रतियोगितामा फिलिपिन्सकी सर्मी मार्कोसले ८ प्रतिस्पर्धीहरूलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन्।
प्रतियोगितामा नाइजेरियाली जोय जेमिना फस्ट रनरअप र नेपाली कल्पना लिम्बू सेकेण्ड रनरअप भए।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
उपाधिसंगै मिस क्याटवाटको उपाधिसमेत जितेकी सर्मीले १० हजार हङकङ डलर नगद पुरस्कार प्राप्त गरिन् भने जोयले ३ हजार र कल्पनाले दुई हजार हङकङ डलर जिते।
प्रतियोगितामा शीतल आलेले मिस फोटोजेनिक, चिजा पुनले मिस पपुलारिटी र एलिस क्वानले मिस पर्सानाल्टी उपाधि जिते।
कार्यक्रमको भिडियो झलकः
_________________________________________
ट्यालेन्ट हण्ट हङकङ २०११ को पत्रकार सम्मेलन
एस/ एचकेनेपाल डट कम-
हङकङ, १ डिसेम्बर । आयोजक ट्यालेन्ट हण्टले विहीवार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गरी मिस ट्यालेन्ट हण्ट हङकङ २०११ प्रतियोगिताबारे जानकारी गराएको छ। कार्यक्रममा स्थानीय पत्रकारहरूसहित ट्यालेन्ट हण्टका प्रतियोगीहरू उपस्थित थिए। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
View more photos:
डिसेम्बर १८ मा मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता
एस/ एचकेनेपाल डट कम-
हङकङ, नोभेम्बर २९ । यस पटक मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता नहुने हो कि भन्ने आशंका भैरहेको बेला यसका प्रतियोगीहरू भने गुपचुप र अथक परिश्रमका साथ तयारीमा जुटेका छन्। विगत ६ वर्षदेखि निरन्तरता पाएको ट्यालेन्ट हण्ट प्रतियोगिता यस वर्ष डिसेम्बर १८ तारिख आयोजना हुने भएको छ।
क्यारिटास सोसियल सेन्टर प्रिन्स एडवर्डमा आइतवार साँझ ७ बजे सुरू हुने प्रतियोगितामा नेपाली, चिनीयाँ, नाइजेरियन, कोलम्बियन, पाकिस्तानी र फिलिपिनो गरी १० जना प्रतियोगीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै छन्।
ट्यालेन्ट हण्ट प्रतियोगिताका आयोजक बसन्ती पुनले यस वर्ष कुल ५० हजार हङकङ डलर बराबरको पुरस्कार राशि रहेको बताइन्। मिस ट्यालेण्ट हण्ट २००७ को उपाधिसमेत जितेकी पुनले विभिन्न विधामा टाइटल जित्ने प्रतियोगीहरूलाई नगद पुरस्कार र ताजसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरूको व्यवस्था हुने बताइन्।
नेपाली युवा युवतीहरूलाई लक्षित गरी २००५ मा सुरू भएको ट्यालेन्ट प्रतियोगितामा गत वर्षदेखि अन्य देशका युवा युवतीहरूलाई समेत सहभागी गराइएको हो।
युवा युवतीहरूको प्रतिभा प्रदर्शनको लागि आयोजना हुदै गरेको ट्यालेन्ट हण्ट प्रतियोगितामा सन् २००५ मा दिप्ती थापा, २००६ मा बसन्ती पुन, २००७ मा सुस्मिता गुरूङ, २००८ मा रिना गुरूङ, २००९ मा अञ्जु घिसिङ र २००९ मा मेलिजा एनी (फिलिपिनो) ले मिस ट्यालेन्ट हण्टको उपाधि जितेका थिए।
ट्यालेन्ट हण्ट २०११ का प्रतिस्पर्धीहरूः









तस्वीरः कमल थापा, पुरण थापा र सन्देश गुरूङ

Recent Videos:
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. unknown lims | December 1st, 2011 at 10:35 am
Good luck to all the girls …wohhh looking gorgeous …may u all win
thx for update…..
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed