पोखरेली झ्याल कप रेसुङ्गा क्लवलाई
December 25th, 2011
पोखरेली झ्याल कप रेसुङ्गा क्लवलाई
एस / एचकेनेपाल डट कम-
हङकङ, २५ डिसेम्बर । पोखरेली झ्याल कप सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि रेसुङ्गा फुटबल क्लवले जितेको छ।
डिसेम्बर २५ तारिख कोलुन पार्कस्थित फुटबल ग्राउण्डमा सम्पन्न प्रतियोगितामा धरान फुटबल क्लवलाई १ को विरूद्ध ८ गोलले पराजित गर्दै रेसुङ्गाले पोखरेली झ्याल कप २०११ को उपाधि जितेको हो। ट्रफी, प्रमाणपत्रसहित रेसुङ्गा क्लवले १० हजार र फस्ट रनरअप धरान फुटबल क्लवले ५ हजार हङकङ डलर प्राप्त गरे।

प्रतियोगिता अवधिभर १० गोल गरेर रेसुङ्गाका याम गुरूङ टप स्कोरर, राइजिङ स्टार लोमस पुन पोखरा फुटबल क्लव, बेष्ट प्लेयर धरान फुटबल क्लवका समिन श्रेष्ठ, बेष्ट टिम पोखरा फुटबल क्लव र फेयर प्ले टिम एभरेष्ट क्लव घोषित भए।
आयोजक मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले पोखरेली झ्याल कप प्रतियोगितालाई अझ प्रभावकारी र धेरै क्लवहरूलाई सहभागी गरिदै लैजाने बताए।
——————————————————-
पोखरेली झ्याल कप डिसेम्बर २५ मा
एस / एचकेनेपाल डट कम-
हङकङ, ८ डिसेम्बर । पोखरेली झ्याल कप २०११ डिसेम्बर २५ तारिख कोलुन पार्कस्थित फुटबल ग्राउण्डमा हुने भएको छ।
मितेरी सेवा समिति हङकङ पोखराको आयोजनामा हुने सिक्स ए साइड फुटबल प्रतियोगिता डिसेम्बर २५ तारिख हुने समितिका अध्यक्ष तुलसीकुमार गुरुङले बताए।
बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा करीव १३ /१४ वटा टिम सहभागी हुने गुरुङले एचकेनेपाल डट कमसंग कुराकानी गर्दै बताए। गुरुङका अनुसार विजेता तथा उपविजेता टिमले ट्रफी, प्रमाणपत्रसहित क्रमशः १० हजार र ५ हजार हङकङ डलर प्राप्त गर्ने बताए।
प्रतियोगिताका पोखरेली तारा (बेष्ट प्लेयर), टप स्कोरर र राइजिङ स्टारले ट्रफी, प्रमाणपत्रसहित ५ सय डलर प्राप्त गर्नेछन् भने बेष्ट टिम र फेयर प्ले टिमलाई ट्रफी प्रदान गरिने छ।
वर्षेनी आयोजना हुंदै आएको पोखरेली झ्याल मेला अन्तर्गत सिक्स ए साइड फुटबल प्रतियोगितासमेत आयोजना हुंदै आएको हो। हङकङमा हुदै गरेको पोखरेली झ्याल यस वर्ष गत सेप्टेम्बर बेलायतमा सम्पन्न भएको थियो भने अर्को साल पोखरामा गरिने भएको छ।
पोखरेली झ्याल मेलालाई व्यापक गरिदै लैजाने योजनाअनुसार यो वर्ष बेलायतमा गरिएको र अर्को साल पोखरामा आयोजना गरिने अध्यक्ष गुरुङले बताए।
Recent Videos:
Popularity: 3%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed