हङकङमा चासोक तङनाम
December 12th, 2011
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, ११ डिसेम्बर । किरात लिम्बू जातिहरुको न्वागी पूजा अर्थात चासोक तङनाम हङकङको मंकी हिलमा पूजाआजा गर्दै विविध कार्यक्रमहरुसहित यहाँ रहेका लिम्बू समुदायले डिसेम्बर ११ तारिख आइतबारका दिन मनाएका छन्।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
किरात याक्थुङ चुम्लुङको आयोजनामा गएका वर्षहरुमा जस्तै यसपालि पनि यहाँ रहेका लिम्बू तथा अन्य नेपाली समूदायले लिम्बूहरुको महान चाड चासोक तङनामको अवसरमा भेटघाट, शुभकामना आदन प्रदान गर्दै मनाएका थिए।
गएका वर्षहरुमा जस्तै सबै नेपालीहरुले आयोजना गर्ने मंकी हिलमा लिम्बूदाजुभाइ, दिदीबहिनीहरु जातीय भेषभुषामा उपस्थित भइ पूर्व नेपालको उहिल्यै पुषे मेलाको याद आयो भन्दै उनीहरु रमाइलो गरिरहेका थिए।
विशेषतयः लिम्बू जातिहरुको खाद्यपरिकारहरु, उनीहरुसँग सम्बन्धीत खेलहरु गीत, संगीत अनि धान समेत नाच्न भ्याएका थिए। हङकङमा साह्रै चलनमा रहेको बीबीक्यूहरु संस्थाले सशुल्क उपलब्ध गराएको थियो।
कार्यक्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। संस्थाका अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव नन्द चङ्सूले संचालन गरेका थिए।
हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा प्रमुख अतिथि रहेको कार्यक्रममा आदिवासी जनजाति महासंघ हङकङकी रीता गुरुङ विशेष अतिथि एवं अन्य जातीय संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए।
कार्यक्रममा हङकङमा नाम चलेका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम राति अवेरसम्म चलेको थियो।
थप तस्वीरहरूको लागि यहाँ क्लिक गर्नुहोस्।
Recent Videos:
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed