हङकङमा साकेला उधौली

December 18th, 2011

एस / एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर ।किरात राई यायोक्खा हङकङले आइतबार विविध कार्यक्रमसहित साकेला उधौली सम्पन्न गरेको छ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष मैनबहादुर थापामगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ‘यलम्बर नाइट-४’का लागि नेपालबाट आमन्त्रण गरिएका गायक, गीतकार, संगीतकार तथा साहित्यकार गणेश ‘रसिक’लाई विशेष आतिथ्य प्रदान गरिएको थियो।


तस्वीरः जगतअम्बु गुरूङ

विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष शशिमदन राईले साकेलाको विषयमा संक्षिप्त व्याख्या गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संचालक सचिव पिताम्बर राई रहेका थिए।


संस्थाका अध्यक्ष किसन राईको अध्यक्षतामा सम्पन्न औपचारिक समारोहमा प्रमुखअतिथि, विशेष अतिथि, हङकङ नेपाली महासंघका अध्यक्ष दीप थापा, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्णराज लाओती र हङकङ तामाङ घेदुङका अध्यक्ष दुर्गा तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मन्तव्यको क्रममा चुम्लुङका अध्यक्ष लाओतीले हङकङमा उधौली र उभौली किरातजन्य संस्थाहरुले संयुक्त रुपमा मनाउन सके सान्दर्भिक हुने विचार व्यक्त गरेका थिए।

सोही समारोहमा कथाकार लक्ष्मी राई (थापा) ‘लारा’को प्रथम कथा संग्रह ‘पात्रहरुसंग एक साँझ’ विशेषअतिथि गणेश ‘रसिक’ले विमोचन गरेका थिए।

औपचारिक कार्यक्रमको अन्तमा सिली नायक (सिली मोपा) युककृष्ण राईलाई अध्यक्षले पगरी गुथाएका थिए भने नेपालबाट आएकी गायिका हर्ष राईले सिली नायिका (सिली मोमा) पवित्रा राईलाई बर्को ओढाएकी थिइन्। प्रमुखअतिथि र विशेषअतिथिले ढोल बजाएर सिली उद्घाटन गरेका थिए।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in December, 2011

Most Popular Posts