यलम्बर नाइट-४ सम्पन्न

December 25th, 2011

एस / एचकेनेपाल डट कम-
हङकङ, २५ डिसेम्बर । किरात राई यायोक्खा हङकङको आयोजनामा ‘यलम्बर नाइट-४’ आइतबार युनलङ थियटरमा सम्पन्न भयो।

नेपाली सप्ताह अन्तर्गतको कार्यक्रमको संयोजन हङकङ नेपलीज फाउण्डेसनको रहेको थियो।

तस्वीरहरूः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

कार्यक्रम संयोजक तथा संस्थाका सहसचिव रजिन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सर्वप्रथम किरात राई संस्कृतिमा आधारित साकेला सिली प्रदर्शन गरिएको थियो। सोही अवसरमा यायोक्खाले तयार पारेको डीभीडी ‘साकेला सिली प्रशिक्षण-भाग १’ गीतकार, संगीतकार तथा गायक गणेश ‘रसिक’ले विमोचन गरेका थिए।

कार्यक्रमको पहिलो प्रस्तुति बान्तवा भाषिक गीत सन्तमान राई र विमला राईले प्रस्तुत गरेका थिए। त्यसपछि गायक विनोद खम्बूका गीतहरु रहेका थिए। उनले आफ्नो प्रस्तुति आफैद्वारा संगीतबद्ध ‘सेली आई लभ यू’बाट शुरु गरेका थिए। खम्बूले दोस्रो प्रस्तुति ‘कस्तो माया’को लागि गायिका हर्ष राईलाई स्टेजमा निम्ताएका थिए। त्यसपछि ‘बसमा छैन मन’ र ‘बुटवलकी हौ कि… -’ गाएका खम्बूले ‘बसमा छैन मन’ पुन दोहोर्‍याएका थिए।

अतिथि कलाकारका रुपमा रहेकी हर्ष राईले ‘चेलीको सिन्दूर पुछियो’ र ‘परदेशी’ बोलका दुइ गीत पस्केकी थिइन्। ‘इलाम बजार घुम्ने रहर’संगै मञ्चमा उत्रिएका भुवन सुप्तिहाङले ‘आईडी छ कि छैन बैनी’, ‘यस्तै भा’छ मायालु’, ‘छिटको गुन्यू’, र ‘मायाको फूल टिपी’ गाएका थिए।

नयाँ गीत ‘कि बाच्न देउ’बाट गायन शुरु गरेका धिरज राईले उनको बहुचर्चित गीत ‘सेक इट बेबी’मा अन्त गरेका थिए। त्यसबीचमा उनले ‘तिमी रुदा’, ‘वान साइडेड लभ’, ‘सोइ ढोले सोइ’ र ‘मिस्टि्रयस गर्ल’ प्रस्तुत गरेका थिए।

स्थानीय कलाकार श्री गुरुङ, सन्ध्या गुरुङ, रितु गुरुङलगायतका नृत्यसमेत रहेको कार्यक्रमको अन्तमा गणेश ‘रसिक’का प्रस्तुति रहेका थिए। दिनेश सुब्बाको संयोजनमा स्थानीय वाद्यवादक राजु गुरुङ, यादव राई, कृष्णभक्त महर्जन, कमल राई र हरि श्रेष्ठले उनलाई साथ दिएका थिए।

राष्ट्रिय गीत ‘मलाई प्यारो लाग्छ मेरो देश’बाट शुरु भएको ‘रसिक’को प्रस्तुति ‘घर छोडि परदेश’, ‘उकालीमा हिड्दा हिड्दै’ हुदै ‘कुखुरी काँ’मा पुगेर टुङ्गिएको थियो। उनलाई विमला राईले स्वरमा साथ दिएकी थिइन्।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

यलम्बर नाइट-४ को भिडियो झलकः

Recent Videos:

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in December, 2011

Most Popular Posts