हङकङमा लिम्बुवानी परिचयात्मक कार्यक्रम
January 8th, 2012
हरिस्चन्द्र लावती / एचकेनेपाल डट कम-
हङकङ, ८ जनवरी । “संघीयता, स्वायत्तता, समावेशी अभियान, दिगो शान्ति, समृद्धि, संखुवाखोला - अरुण - सप्तकोशी पूर्व लिम्बुवान।” भन्ने मूल नाराको साथ लिम्बुवानी परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले मंकी हिल बिबिक्यू स्पटमा आइतबार सो कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा चुम्लुङ हङकङका उपाध्यक्ष हस्त लिबाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ समितिका अध्यक्ष एम बि थोप्रा, सनराइज साप्तहिकका सम्पादक तथा जनजाति महासंघका भुपू अध्यक्ष भुपेन्द्र चेम्जोङ, लिम्बु भाषाका बरिष्ठ गायककार भगत सुब्वा, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष त्रिभुवन लुङफुङ्वा, किरात राई यायोख्खा हङकङका अध्यक्ष तथा एभरेष्ट साप्तहिकका सम्पादक किशन राई अतिथिको रुपमा उपस्थित थिए।
त्यसै गरी, मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समितिका बरिष्ठ सल्लाहकार प्रदिप कन्दङ्वा, मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति कैं सल्लाहकारहरु भगिराज चोङवाङ, नबिन सांवा मञ्चमा आशिन थिए।
मन्तब्यको क्रममा सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ्ले म लिम्बु हु, त्यसैले सर्वप्रथम लिम्बुवानवासी र त्यसपछि मात्र नेपाली हुं भने। आदिवासी लिम्बुहरुको सम्पूर्ण हकअधिकार कायम गर्नका लागि लिम्बुवान स्वायत्त राज्य बाहेक अर्को बिकल्प नभएको उनले बताए।
चुम्लुङ हङकङका उपाध्यक्ष हस्त लिबाङले लिम्बुहरुको भाषा, लिपी, संस्कार कानूनी रुपमा संरक्षण गर्नको लागि लिम्बुवान स्वायत्त राज्य हुनु पर्ने बताए। त्यस्तै लिम्बु भाषाका बरिष्ठ गायक भगत सुब्वाले लिम्बुवानवादी संगठनहरु विभाजित भएको बताउंदै विभाजन हुनुको मुख्य कारण वैचारिक र सैद्धान्तिक भिन्नता रहेको बताए। सैद्धान्तिक रुपमा फरक भए पनि लिम्बुवानको साझा मुद्धामा एक जुट हुनुपर्ने सुब्बाले बताए।
मन्तब्य कैं क्रममा मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका बरिष्ठ सल्लाहकार प्रदिप कन्दङ्वाले संविधान सभाले वनाउन लागेको नेपालको नयां संविधान संघीयता र राज्यपुनर्संरचनाको सवालले नै अल्झेको छ, संघीयता विरोधी र एकात्मकवादीहरुकैं कारण नैं संविधान सभावाट अग्रगामी संविधान नवनाई यथास्थिति वि.सं. २०४७ सालकैं संविधान जस्तो वनाउन लागि परेका बताए। मन्तब्यको अन्त्यमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा नेपाल लिम्बुवानका केन्द्रिय नबराज काम्बाङले भन्नुभयो लिम्बुवान प्राप्तिको लागि लिम्बुवानमा नैं गएर प्रत्यक्ष रुपमा जनजागरण, जनचेतना र संगठन विस्तार गर्नु पर्ने बताए। विदेशमा कुनै कार्यक्रम गरेर मात्र लिम्बुवान प्राप्त गर्न नसकिने बताउंदै लिम्बुहरुको भाषा, लिपी, धर्म, संस्कार र आफ्नो लिम्बुवान भूमि मुक्तिको लागि आफ्नै लिम्बुवानवाट सृजित भएको झण्डा उठाउनु पर्ने राय व्यक्त गरे। ठूला पार्टीका नेताहरुले लिम्बुवान राजनैतिक संगठनको कुनै सिद्धान्त र विचार विनाको भन्ने गर्दछन्। त्यसैले अब लिम्बुवानले आफ्नै सिद्धान्त, विचार र अर्थतन्त्र विकास गरेको छ, उनले भने। लिम्बुवानमा नै विकास भएको संघीय सह-अस्तित्ववाद, इको इकोनमी अर्थतन्त्र र लिम्बुवानी राष्ट्रवादवाट मात्र लिम्बुवानको मुक्ति हुन सक्दछ। उनले भने, लिम्बुवान भुमी मुक्तिको लागि विदेशवाट भित्र्याइएको विदेशीवाद र सिद्धान्तले लिम्बुवानलाई झुक्याउने, षडयन्त्र गर्ने, ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्र्यउने, लिम्बुवानी जनतालाई भोट बैंकको रुपमा प्रयोग गर्ने र सधै एकात्मककरण गर्ने गर्दछन्।
परिषदका का.बा. सचिब हरिस्चन्द्र लावतीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका उपाध्यक्ष बिष्णु इङ्नामले व्यक्त गरेका थिए। लिम्बुवानी सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा गत मंसिर १० गते केन्द्रिय कार्य समितिले लाखौको संख्यामा बिराटनगरमा सम्पन्न भएको कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने लिम्बुवान प्रेमी महानुभावहरुलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय कार्य समितिले पठाएको प्रशंसा धन्यवाद पत्र परिषदका अध्यक्ष नबराज काम्बाङ्ग र उपाध्यक्ष उपाध्यक्ष विष्णु इङ्नाम मार्फत हस्तान्तरण गरेका थिए। कार्यक्रम मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा केन्द्रिय सदस्य नबराज काम्बाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो।
Recent Videos:
Popularity: 6%
Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Himalee | January 26th, 2012 at 11:48 am
भुपेन्द्र चेम्जोंगजी,
मेरो केहि जिज्ञासा :
१. “साप्ताहिक सनराइज” नेपालीमा प्रकाशन गर्नु भएको? लिम्बु भाषामा किन नगर्नु भएको?
२. तपाइलाई कसैले Where are you from? भन्यो भने के भन्नु हुन्छ?
३. तपाइँ हरेक दिन साथीभाई संग कुराकानी किन नेपाली भाषामा गर्नु भएको?
हो जनजातीहरुलाई बिगतमा अन्याय भएको छ (अहिले पनि हुदै नै छ) तर त्येसको उपचार मंकीहिलमा बेसुरको राग अलापेर हुदैन /
2. kharbuja | February 15th, 2012 at 8:04 pm
Bhupendra keta nepali bhasa nabolera kun bhasa bolnuta bhai ,, timro bhasata boka le pathi chhekejasto wo wo ow ow mya may jasto chha testo pani ke bhasa bhai?
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed