चारभञ्जाङ समाजद्वारा शुभकामना आदनप्रदान
January 7th, 2012
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, ७ जनवरी । तमुहरूको महान चाड ल्होछारको उपलक्ष्यमा चार भञ्ज्याङ समाज हङकङले विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई लक्षित गरी शनिवार इण्डियन क्लवमा एक शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
विशेषतः गुरुङ समुदायका नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा तमू ट्यो हृयूलका अध्यक्ष अर्जुन गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यहाँ स्थापना भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली भेषभूषामा उपस्थिति भएका नेपालीहरु बीच राफल चिठ्ठा लगायतका मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो।
संस्थाका अध्यक्ष नारायण प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरवहादुर गुरुङ, हेमबहादुर गुरुङ, विसन गुरुङ, दुर्गा गुरुङ, पदमकुमारी गुरुङ तथा अर्जुनकुमार गुरुङले ल्होछारको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
Recent Videos:
Popularity: 6%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed