धरान ८ समाज हङकङको आठौं वार्षिक उत्सव
January 7th, 2012
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, ७ जनवरी । धरान ८ समाज हङकङ स्थापनाको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम सहित शनिवार इण्डियन क्लवमा सम्पन्न भयो।
आत्मीय भाइचारा अभिवृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको कार्यक्रममा धरानका विभिन्न क्षेत्रबाट हङकङ आई कार्यरत नेपालीहरुको उपस्थितिमा पाँचौ वर्षगाठ सम्पन्न भएको थियो।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
धरानका अन्य वडाहरुलाई समेत संगठित भई सक्दो धरानलाई सहयोग गर्न आहृवानसहित आयोजित कार्यक्रममा धरान हङकङ मञ्चका अध्यक्ष बुद्धिमान सुनुवार प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
समाजका अध्यक्ष सन्तोष पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धीरज लिम्बू र धर्मराज मगरले औपचारिक कार्यक्रमको संचालन गरेका थिए। धरान ८ समाजका उपाध्यक्ष शमसेर लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि बुद्धिमान सुनुवार, अतिथिहरु धरान १७ का राजु राई, हङकङ नेपाली महासंघका उपाध्यक्ष विष्णु पाख्रिनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विविध मनोरञ्जनसहित रात्रिभोजको आयोजना गरिएको थियो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
Recent Videos:
Popularity: 6%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed