इङनाम इवाहाङ बिकास समितिको बार्षिक कार्यक्रम सम्पन्न
January 27th, 2012
श्याम इङनाम / एचकेनेपाल डट कम-
हङकङ, इङनाम इवाहाङ बिकास समिति हङकङले जनवरी २३ तारिखका दिन मंकी हिलमा समितिको वार्षिक कार्यक्रम भब्यताकम साथमा सम्पन्न गरेको छ।
छोटो औपचारिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष बिष्णु इङनामले गर्नुभएको थियो। लाजेशा फेदापहाङ भगत सुब्बाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा किरात हाङसाम माङहिम, इवाको आजीबन सदस्यहरुलाइ आजीवन सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो।
प्रमुख अतिथि लाजेशा फेदापहाङ भगत सुब्बा र अतिथिदय तेह्रथुम मञ्चका अध्यक्ष त्रिभुवन लुङफुङवाले धन्यबाद मन्तब्य र समितिका बरिष्ठ सललाहकार अबिचन्द्र इङनामले स्वागत मन्तब्य राख्नु भएको थियो।
बि.बि.क्यु.को साथमा सम्पन्न उक्त कार्यक्रमको अन्तिम चरण बिभिन्न नाचगानका साथमा समापन भएको थियो।
Recent Videos:
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed