एचकेएनटिएको दसौँ वार्षिक उत्सव सम्पन्न
February 20th, 2012
एस/ एचकेनेपाल डट कम-
हङकङ, १९ फेब्रुअरी । हङकङ नेपाली तेक्वान्दो संघले दसौँ वार्षिक उत्सव काउलन पार्क गेमहलमा सम्पन्न भएको छ।
प्यट्रन तथा स्पाइरिङ प्रतियोगितामा हङकङ नेपाली तेक्वान्दो संघका ५ वटा क्लव (डोजाङ) गरि अरु केही स्थानिय नेपाली तेक्वान्दो क्लव थिए भने स्थानीय चाइनिज र गोन्जाउ र सेन्जेन्का दुइवटा क्लवहरुले समेत गरि १७ वटा क्लवले भाग लिएका थिए। प्रतियोगिता कार्यक्रममा चुङ डो क्वान न्यू जेनेरेसनको सहभागिता जनाएन।
तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
बिहान ८ बजे सरु भएको प्रतियोगितामा प्यट्रन तथा स्पाइरिङ खेलाडीको कूलसंख्या ३७३ रहेको थियो भने प्यट्रन तर्फ २३ वटा श्रेणी र स्पाइरिङ तर्फ २० वटा श्रेणीमा खेल विभाजन गरिएको थियो।
दसौँ वार्षिक उत्सवको विशेष अवसरमा अध्यक्ष तुलसीकुमार गुरुङको मन्तव्यसहित विगुल फुकेर कार्यक्रमका सम्पूर्ण्लाई स्वागत गरिएको थियो। यहि संघका परिकल्पनाकार तथा पहिलो वार्षिक उत्सव २००३ का पदक प्रायोजक श्रीमती गंगा कुमारी गुरुङलाई संघले विशेष स्वागत गरेको थियो।
प्रमुख अतिथिमा नेपाल वाणिज्यदूत किरण शाक्य, र अन्य विशेष अतिथीमा इन्डोनेसीयन कन्सुलर र सोपाल समाजका अक्षय धरम् गुरुङ सहित अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो।
विगत वर्षरुमा भन्दा निकै व्यवस्थित किसिमले आयोजना गरिएको प्रतियोगितामा आधुनिक विधुतीय उपकरणहरुको प्रयोग गरिएको थियो। तर सहभागिताअनुसार कार्यक्रम स्थल सागुरो भएकाले निकै भिडको अनुभव भएको थियो। स्पाइरिङको अन्तिम चरणतिर एकजना महिला खेलाडी टाउकोमा किक् लागेर ढल्न पुगेकी थिइन् भने अक्सिजनको प्रयोग गर्दै अस्पताल लैजानेक्रममा केही क्षण कार्यक्रम रोक्नुपरेको थियो।
प्रतियोगितापछि सम्पूर्ण विजयी खेलाडीलाई पदक विभिन्न विशेष अतिथिका बाहुलीबाट पालैपालो वितरण गरिएको थियो। स्मरण रहोस् गतसाल समयाभावका कारण कार्यक्रममा पदक वितरण गर्न नभ्याउँदा अधिकाँश मास्टर र खेलाडीहरु असन्तुट रहेका थिए। यस प्रतियोगितामा न्यू जेनेरेसनको सहभागिता नदेखिएता पनि ०१ में २०११ हङकङ तेक्वान्दो संघले आयोजना गरेको राष्ट्रिय स्तरको खेलमा गोकुल तामाङले स्वर्ण, ओमप्रसाद गुरुङ कास्य पदक जितेका थिए। सन् २००५ सालपछि यस्तो स्तरको स्वर्ण पदक जित्ने नेपाली न्यू जेनेरेसनका खेलाडी हुन्।
Recent Videos:
Popularity: 4%
Entry Filed under: खेलकुद

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed