हंगकंग नेपाली महासंघको पाँचौ महाधिवेशन सम्पन्न

March 15th, 2006

एचकेनेपाल डट कम, मार्च १५-
हंगकंग, हंगकंगको सामाजिक ऐन अन्तर्गत दर्ता भएका २७ वटा नेपाली संघ संस्थाहरुको साझा छाता संगठन हंगकंग नेपाली महासंघको पाचौं महाधिवेशन यहि मार्च १२ मा जोर्डनस्थित इण्डिया क्लवमा सम्पन्न भयो।

सदस्य संस्थाका ७८ जना प्रतिनिधि तथा ३० जना पर्यवेक्षक सहभागी रहेको उक्त अधिवेशनले आगामी दुइवर्षको लागि हेजेन राईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमितिको चयन गरेको छ।




कार्यसमितिको उपाध्यक्षमा स्याङ्गजा जनसेवा समितिका भक्तवहादुर गुरुंग, महासचिवमा नेप्लिज युथ क्लवका हेम लिम्बु, सचिवमा मोनाका इन्द्र थापा र कोषाध्यक्षमा मित्तेरी समाजका मानप्रसाद गुरुंगलाई चयन गरेको छ।

महासंघले नयाँ कार्यसमितिको निर्वाचनको लागि आफ्नो विधान अनुसार निर्वाचन आयुक्त भक्त गुरुंगको अध्यक्षतामा इन्द्र वनेम र भरत थापा सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो । महासंघको निर्वाचन सम्पूर्ण प्रतिनिधिहरु र विघटित कार्यसमितिका पदाधिकारीहरुको दूरदर्शीपूर्ण सोंच र सहयोगबाट निर्विवादित रुपमा सर्वसम्मतीले सम्पन्न हुन सकेको कुरा निर्वाचन आयुक्त गुरुङले बताउनुभयो।



अधिवेशनले हेमवहादुर तामाङ्गको अध्यक्षतामा प्रेमचन्द्र राई र उत्तरमान लिम्बु सदस्य रहेको अध्यक्ष मण्डल पनि गठन गरेको थियो । अधिवेशनले महासंघको विधान संसोधन प्रस्ताव तथा आगामी कार्यक्रमहरुको दस्तावेजलाई वृहत छलफलपश्चात संशोधन सहित पारित गरेको छ । यसपूर्व उद्घाटन समारोहमा कार्यवाहक महावाणिज्यदूत हिमलाल भट्टराईले प्रमुख अतिथिको आसनबाट महासंघको सफलताको लागि शुभकामना दिनुभएको थियो। विभिन्न सदस्य संस्थाका अध्यक्षहरु, शानेवानि, एनआरएन र वाणिज्यसंघका प्रतिनीधिहरुले महासंघको सफलताको लागि शुभकामना दिनु भएको थियो।

उद्घाटन समारोह महासंघका निवर्तमान अध्यक्ष गणेश इजमको अध्यक्षतामा सम्पन्न भएको थियो।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरूंग र मातृदीप राई। थप फोटो हेर्नका लागि यहां क्लिक गर्नुहोस्।

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

9 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. अधि राज राई"प्रकास'  |  March 15th, 2006 at 4:00 pm

    महासंघ नेपालीहरुको अभिभाबक भएर
    अघि बढोस भन्ने कामना गर्दछु । ।। ।।।

  • 2. kshatra dhoj shreesh  |  March 15th, 2006 at 4:35 pm

    Yas mahasang le ramrao kam gardai jaosh bhandai yas mahasang ma nirbachit sabai padadhikari haru lai subhkamana takrauchhu.dhannebad.
    Kshatra dhoj shreesh
    Caliphornia(sanfrancisco)
    USA

  • 3. guruss  |  March 18th, 2006 at 9:57 am

    khusi lageo nepali haru ko bicg ma bina partispradh nirbirodh chuniyeko ma sabai padhadhikari haru lai mero badhai,ra naba nirbachit karya samiti le samasta nepli haru lai euta disa pradan dine cha bhanne lageko cha
    thank you.

  • 4. SUNIL  |  March 23rd, 2006 at 10:03 am

    ********************************************
    ********************************************
    ********************************************

    (एचकेनेपाल डट कमका एक पाठकले माथिको प्रतिक्रियाप्रति आपत्ति जनाउंदै यसले समाजमा नकरात्मक प्रभाव पार्न सकिने भएकोले उहांकै अनुरोधमा यो प्रतिक्रियालाई डिलिट गरिएको छ। सं.)

  • 5. Kadur online team  |  March 23rd, 2006 at 7:41 pm

    क्षत्रध्वज श्रीस् ज्यू,
    तपाईं एकताका नेपाल मगर संघ केन्द्रिय समिति (नेपाल) को सदस्य हुनु हुन्थ्यो जस्तो लाग्यो, कृपया यहाँ सँग पत्राचार गर्ने इच्छा भएकोले तलको इमेल ठेगानामा संपर्कको लागि हार्दिक अनुअरोध गर्दछौ ।

    धन्यबाद,

    शुभेच्छुक्
    कादुर् अनलाइन् टीम् kaduronline_team@yahoo.com
    हङकङ्

    (एके नेपाल डट कम् लाई सादर धन्यबाद)

  • 6. Kadur online team  |  March 23rd, 2006 at 7:47 pm

    sorry, sanyogbas khabar apuro bhayekole punah submit gareka chhau pachhillo submitted comment lai sthan dinu hola bhanne anurodha gardachhu.

    क्षत्रध्वज श्रीस् ज्यू,
    तपाईं एकताका नेपाल मगर संघ केन्द्रिय समिति (नेपाल) को सदस्य हुनु हुन्थ्यो जस्तो लाग्यो, कृपया यहाँ सँग पत्राचार गर्ने इच्छा भएकोले तलको इमेल ठेगानामा संपर्कको लागि हार्दिक अनुरोध गर्दछौ ।

    धन्यबाद

    शुभेच्छुक्
    कादुर् अनलाइन् टीम्
    हङकङ्
    mail to: kaduronline_team@yahoo.com

    (एके नेपाल डट कम् लाई सादर धन्यबाद)

  • 7. dewan  |  March 27th, 2006 at 3:10 am

    I know most of the hk guys hate ‘’nepali maha sang’.they think
    its not usefull to any of us.thanx

  • 8. pradip  |  March 27th, 2006 at 3:13 am

    DEWAN….. i am really on your side.

  • 9. tamu association  |  April 9th, 2006 at 3:27 pm

    no 4 को बारेमा मेरो नाम किटान गरी अप्रिय घटना होस भन्ने नियतले मेरो र गुरुङ समाजलाई पनि असर पर्ने गरि प्रतिक्रियामा लेखेको यस्तो किसिमको काम कोहि कसैमाथि नगरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
    गुरुङ समाज

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in March, 2006

Most Popular Posts