हंगकंगमा बुद्ध जयन्ती
June 20th, 2006
एचकेनेपाल डट कम सम्वाददाता-
भगवान गौतम बुद्धको २५५०औं जन्मजयन्ती हंगकंगमा भव्यताका साथ सम्पन्न भयो। नेपाली बौद्ध समाज हंगकंगको आयोजना र तमु ट्हो हयुल हंगकंग, मगर संघ हंगकंग, एन.आर.एन. हंगकंग, पुन मगर समाज हंगकंग, थकाली समाज हंगकंग, मितेरी सेवा समिति पोखरा हंगकंग, सोंपाल समाज हंगकंग तथा नमो बुद्घ आमा समूह हंगकंगको सहआयोजनामा याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा र हंगकंग उर्गेन दोर्जे छ्योलिङ्ग बुद्धिष्ट सेन्टरको आयोजनामा युन लोङस्थित टाउन हलमा छुट्टाछुट्टै कार्यक्रम गरी भगवान गौतम बुद्धको जन्म जयन्ती मनाए।

बिहान युन लोङ टाउन हलमा र दिउंसो याउ मा तेइ कम्युनिटी सेन्टरमा सम्पन्न बुद्ध जयन्ती समारोह गत ११ जुन आइतबारको दिन सम्पन्न भएको थियो। युन लोङ टाउन हलमा सम्पन्न बुद्ध जयन्ती समारोह बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा र धर्मगुरुहरु श्री फुग्याल्गे शेर्पा, श्री प्रेम बहादुर गुरूंग, श्री राम बहादुर गुरूंग र श्री भेष बहादुर गुरूंगको उपस्थितिमा पुजाआजा गरी भव्यताका साथ सुसम्पन्न भएको थियो। त्यसैगरी याउ मा तेइ कम्युनिटी सेन्टरको हलमा बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेज्यूको प्रमुख आतिथ्य र बरिष्ठ धर्मगुरु प्रोफेसर डा. श्री किरण तुलाचन खेन्पोज्यूको आतिथ्यमा २५५० औं बुद्ध जयन्ती समारोह भव्यताका साथ सुसम्पन्न भएको थियो।

कार्यक्रमको थालनीमा समाजको निमन्त्रणालाई सहर्षस्वीकार गरी सिंगापुरबाट पाल्नु भएका बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेज्यू तथा ताईवानबाट पाल्नु भएका बरिष्ठ धर्मगुरु प्रोफेसर डा. श्री किरण तुलाचन खेन्पोज्यू र धर्मगुरु श्री फुग्याल्गे शेर्पा तथा अन्य लामागुरुहरुद्वारा बुद्धको पुजाआजा गरी धार्मिक कार्यक्रमको सुरुवात गरिएको थियो।

प्रमुख अतिथि बरिष्ठ धर्मगुरुद्वारा शान्तिप्रेमी श्रद्धालु भक्तजनहरुलाई बुद्घ धर्ममा वाङ्गको महत्व विषयमा प्रवचन दिनु भएको थियो। श्रद्धालु भक्तजनहरुले धुपबत्ती बालेर प्रमुख धर्मगुरुबाट वाङ्ग ग्रहण गरेका थिए । सबैका लागि समाजले खादा, प्रसाद (छो) तथा खानपिनको व्यवस्था पनि गरेको थियो।
हंगकंगकस्थित कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको समारोहमा आयोजक तथा सहआयोजक संस्थाका पदाधिकारीहरुका साथै श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समाजका उपाध्यक्ष अर्जुन गुरूंग र सचिव विश्वजङ्ग गुरूंगले गर्नुभएको थियो।
थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्। एचकेनेपाल डट कमको लागि सबै फोटोहरु जगत अम्बु गुरुंग।
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. lalit thapa magar | June 20th, 2006 at 9:01 pm
SANTI KO SANDES FIJAUNE GAUTAM BUDHHA KO GANAM NEPAL MA VAYETA PANI UHA KO SANDES LAE AJ SANSAR VARI AM MANCHE HARULE MANDAI AEKA 6AN… HONG KONG MA PANI PAERWASI NEPALI HARU LE UHA PARTI KO SARDA LAI DEKHDA MALAE KHUSI LAGEKO6…. YESARI NAI HAMILE AFNO DES KO NAM SANTI PURNA NEPAL VANERA CHINAUNU PAR6… THANKS….
2. parbati | June 20th, 2006 at 9:06 pm
Buddha Jayanti ramrari manaunu bhayo hola sabaile. Tara ma chai jana maan honda honda pani jana payina. Kaaran. Sangai kaam garne sathiko bhanja ko funeral ceremory pani tyehi din paridiyo. Je hosh Gumbamai jana napayepani euta sathilai maddad ta gare. Bhanincha maan changa to kataurame Ganga. Buddham saranam gachchami.
3. jbnl | June 20th, 2006 at 9:48 pm
jaha khan milchha utai thik ho . parbati g.
4. Mr. Sukra B. Tamang | June 21st, 2006 at 6:46 am
To all committee members of NBSHK, and there supporting committee members I would like to take this opportunity to said thank you very much for heartly kind help to “NBSHK” where held on last sunday 11 june 2006 has been celebration successfully on his 2550 Birthday occation. I’m very pround to read the news where HKnepal.com online thank’s to the HKnepal as well. And specially Mr. Bishwa and Arjun were hard working for this association don’t warry the Gautam Buddha will consider you be long live and wish you and your whole families. Thank’s GOD AND JAI BUDDHA
5. sandhus gurung | August 14th, 2006 at 3:56 pm
budha gyan ko prapti ra karma ley nai jiban ma sukha shanti milcha ra nirvana (swarga) prapta huncha.
6. sandhus gurung | August 14th, 2006 at 4:08 pm
बुध्द्दा ज्ञान को प्राप्ती र कर्म मा नै सुख शान्ति मिल्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed