उल्लेरी-नेपाने पहिरोपीडितहरुको सहयोगार्थ समिति गठन

July 21st, 2006

एचकेनेपाल डट कम सम्वाददाता-
हङकङका युवाहरुले कास्की जिल्ला उल्लेरी-नेपानेको पहिरोपीडितहरुको सहयोगार्थ सुन्दर गुरुङको संयोजकत्वमा ३५ सदस्यीय उल्लेरी नेपाने पहिरोपीडित सहयोग समिति गठन गरेको छ।

२०६३ साल आषाढ ३० गते शुक्रवारका दिन गएको भीषण बाढीपहिरोले कास्की जिल्ला दाङसिङ गाविस वडा नं. ९ नेपाने गाउँलाई पहिरोले सखाप पारेको थियो। आधा दर्जन व्यक्तिहरुको लास भुरुङ्गदी खोलामा लड्न पुगे भने थप एघार व्यक्तिहरुको लास पहिरोमा परी अझै वेपत्ता छन्।

करोडौं धनजनको क्षति भएको यस हृदयविदारक घट्नाले भावविव्हल हुंदै हङकङमा रहेका सबै दाजूभाई दिदीवहिनीहरुमा उक्त अकल्पनीय र अपुरणीय क्षतिमा परेका दाजूभाई दिदीबहिनीहरुलाई आ-आफ्नो क्षमता अनुसार मानवीय भावनाले नगद अथवा जिन्सी सहयोग गरिदिन समितिले हार्दिक अनुरोध गरेको छ।

समितिले हङकङवाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले सम्बन्धित पीडितहरु समक्ष पुर्‍याउन आ-आफ्नो तवरले सल्लाह, सुझाव, सहयोग गरिदिन पनि समस्त नेपाली दाजूभाई दिदीवहिनीहरुमा हार्दिक अपील गरेकोछ।

समितिका सचिब गणेश गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसार जिन्सी संकलन गर्ने स्थानहरु निम्न छन्:
१) शुभकामना स्टोर्स जोर्डन
२) पशुपति स्टोर्स जोर्डन

विस्तृत जानकारीको लागि सम्पर्क नम्बरः
भक्त गुरूंगः 6736 2930
गणेश गुरूंगः 6090 8694



Popularity: 61%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in July, 2006

Most Popular Posts