हङकङबाट सहारालाई आर्थिक सहयोग प्रदान (+Photo)
November 29th, 2006
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
पोखरा, बुधबार आयोजना गरिएको पत्रकार सम्मलेनमा पूर्व राष्ट्रिय खेलाडी एवं क्लवका प्रशिक्षक विल तामाङ र प्रकाश गुरुङद्वारा संकलित करिव ३० हजार रुपैया सहारा क्लवलाई आर्थिक सहयोग प्रदान गरिएको छ। प्रकाश गुरुङले सम्मेलनमा क्लवका अध्यक्ष विक्रम थकालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो।

प्रकाश गुरुङले सो अवसरमा हङकङमा आफ्ना साथीहरुबाट उक्त रकम संकलन गरिएको बताउनुभयो। सहारा क्लवले एकेडेमीको लागि आर्थिक सहयोग जुटाउदै आइरहेको छ। सोही सन्दर्भमा हङकङ निबासी यस क्लबका शुभचिन्तक प्रकाश गुरुङ, बिल तामाङ, जोन गुरुङ (मनकामना स्टोर्स, हङकङ) श्रीमती पार्वती गुरुङलगायतले संकलन गरी पठाउनुभएको ३० हजार रुपैयाँ नगद हस्तान्तरण पनि भयो।

कार्यक्रममा क्लबका मानार्थ सदस्य बिष्णु बास्तोला, सल्लाहकार प्रकाश शेरचण, कृष्ण बहादुर थापा, नारायण कार्की, कृष्ण थापा, पत्रकार महासंघ कास्कीका पूर्व सभापति पुण्य पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
फोटोः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।



Popularity: 5%
Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. ramu lal | November 30th, 2006 at 5:53 pm
Woooo. Well done
Keep it up we always help u guys.
but u forgot to telll me next time i will help u ok
ramu
2. becks23[kazi] | December 1st, 2006 at 9:14 pm
thats a realy good job kep on goin
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed