कमेडी शो सफल पार्न ८० हजार संकलन (+Photo)

September 7th, 2007

एचकेनेपाल डट कम, सेप्टेम्बर १ -
गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङद्वारा आगामी २३ सेप्टेम्बर युन लोङ थियटर हलमा प्रदर्शन गर्न गै रहेको कमेडी शो तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सहयोग रकम करिव ८० हजार हङकङ डलर संकलन गरिएको छ।

एनआरएन हङकङद्वारा गत शनिवार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित जानकारी सभामा उक्त रकम संकलन गरिएको हो। एनआरएन हङकङका अध्यक्ष यामकुमार गुरुङ, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य प्रितम श्रेष्ठ र विनोद कुमार भिमसारियाले १० / १० हजार हङकङ डलर सहयोग प्रदान गर्नु भएको थियो। सोही दिन कार्यक्रममा उपस्थित भएका सहभागीहरुले उपलव्ध गराइएको सहयोग रकम जम्मा ७६ हजार २ सय हङकङ डलर संकलन भएको थियो।


जानकारी सभामा मन्तव्य प्रकट गर्नुहुदै प्रमुख अतिथि का. वा. महावाणिज्यदूत हेमलाल भट्टराई। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य गणेश इजमले कार्यक्रममा कमेडी शो - प्रथम हिमालय हांस्य संगालो २००७ को बारेमा जानकारी दिनुका साथै आगामी अक्टोबर १४ देखि १७ तारिखसम्म आयोजना हुन गै रहेको एनआरएनको तेस्रो विश्व सम्मेलन र गैर आवासीय नेपाली सम्बन्धि हालै सरकारले पारित गरेको बिधेयकबारेमा जानकारी दिनु भएको थियो। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य प्रितम श्रेष्ठले पनि कार्यक्रममा एनआरएनका विषयमा प्रकाश पार्नु भएको थियो।

एनआरएन अध्यक्ष यामकुमार गुरुङको अध्यक्षतामा सम्पन्न जानकारी सभाको प्रमुख अतिथिमा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई र विशेष अतिथिमा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई रहनु भएको थियो। जानकारी सभामा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष प्रकाश पुन र एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य दीपक खड्काको समेत उपस्थिति रहेको थियो। कार्यक्रमलाई एनआरएन हङकङका सचिव विश्वजंग गुरुङले सञ्चालन गर्नु भएको थियो भने अर्थ संकलन कार्यमा एनआरएन हङकङका उपाध्यक्ष सुमलकुमार गुरुङको विशेष सक्रियता रहेको थियो।

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in September, 2007

Most Popular Posts