हङकङमा तीज कार्यक्रम (+Photo)
September 16th, 2007
एचकेनेपाल डट कम सेप्टेम्बर १६ -
एकीकृत नेपाली समाज हङकङ र चोमालोङमा बहूसाँस्कृतिक सामुदायिक केन्द्रको संयुक्त आयोजनामा आइतबार युन लोङ टाउन हलमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
त्यसै गरी, हङकङ नेपाली घरेलु कामदार युनियनले पनि सोही दिन याउ मा तेइ कम्युनिटी हलमा तीज कार्यक्रम भव्यताका साथ मनाएको छ।
तस्विरः प्रार्थना गुरुङ / एचकेनेपाल डट कम। हङकङ नेपाली घरेलु कामदार युनियनद्वारा आयोजित तीज कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
हङकङमा रहेका नेपाली चेलीबेटीहरु एकै ठाउंमा भेला भै तीज पर्व मनाउने उद्धेश्यले हङकङ नेपाली घरेलु कामदार युनियनद्वारा आयोजित तीज कार्यक्रममा तीजका गीतहरुमा नाँचगान गरिएको थियो। श्याममाया लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई शोभा लामा र गायत्री थापाले संयुक्त रुपले सञ्चालन गरेका थिए। कार्यक्रममा फियोना महिला विभागकी अध्यक्ष बसन्तकुमारी राईले तीजको उपलक्ष्यमा आफ्ना मन्तव्य प्रकट गर्नुभएको थियो। कार्यक्रममा गृहमामिला विभागबाट प्रतिनिधिका रुपमा अरूणा गुरुङको उपस्थिति रहेको थियो।
दुबै कार्यक्रमहरुमा नेपाली महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
एकीकृत नेपाली समाज हङकङद्वारा सेप्टेम्बर १६ तारिख युन लोङ टाउन हलमा आयोजित कार्यक्रममा हङकङका नेपाली समाजमा योगदान गरेका केही नेपाली महिलाहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मान गरिने महिलाहरुमा पूर्णश्री गुरुङ, लक्ष्मी थापा राई, कान्त राई, भगवती मल्ल, कुमारी थापा, खेममाया पुन, ममता गुरुङ, इन्द्रकुमारी गुरुङ र बबिकुमारी गुरुङ रहेका छन्। सम्मानित महिला व्यक्तित्वहरुलाई प्रमुख अतिथि, अतिथि र अध्यक्षले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। एकीकृत नेपाली समाज हङकङद्वारा आयोजित तीज कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
कार्यक्रममा गृह मामिला विभाग रेस रिलेशन युनिटकी सिर्ली चान र कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो।
हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईलगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बुद्धिबहादुर थापा र सञ्चालन अशोक गहतराजले गर्नुभएको थियो।
रेन्बो महिला भोलन्टियर टिमका महिला दिदीबहिनीहरुले सो कार्यक्रममा तीजका गीतहरुमा नाँच गान गरेका थिए।
करिव ३ घण्टा लामो सो कार्यक्रमलाई हङकङमा पहिलो नेपाली इन्टरनेट पत्रिका एचकेनेपाल डट कमले पहिलो पटक सार्वजनिक कार्यक्रमलाई कार्यक्रम स्थलबाट प्रत्यक्ष भिडीयो प्रसारण गरिएको थियो। परीक्षणको रुपमा प्रसारण गरिएको उक्त कार्यक्रमलाई देश विदेशका करिव ३ हजार दर्शकले प्रत्यक्ष हेरेका थिए।
हङकङमा आयोजना गरिने अन्य कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्थाहरुले कार्यक्रम आयोजना गरिने दिनभन्दा दुई दिन अघि एचकेनेपाल डट कमसंग सम्पर्क गर्न सकिने पनि एचकेनेपाल डट कमले जनाएको छ।
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. nishan056 | September 20th, 2007 at 11:01 pm
हङ्गकङ्गमा पनि दुई तिज……………?
2. amrit baskune | September 21st, 2007 at 12:19 am
म यो साईटमा नेपालको म्याग्दी जिल्लादेखि रिपोर्टिङ गर्न चाहन्छु।
……………………………………………………………….
स्वागत छ, अमृत जी, hknepal2@gmail.com / info@hknepal.com मा समाचार पठाउंन सक्नु हुन्छ। थप जानकारीको लागि http://hknepal.com/wp/?page_id=3235
3. mina | September 21st, 2007 at 5:05 pm
Hinsle hamila ko mahan teej parba bhanera purus le programme chalaune dekhi liyera savapatiko ani pramukh athi pani sabai herda sutkeriko nam ma tauko khayeko ta hoina ?
anyway badai chha Hins ka buddi jibiharulai
4. tu tamu | September 23rd, 2007 at 3:21 pm
FIONA group pls try to know what is TEEJ . you know the programe which you show last week that is NOT known as teej. i hope next year you will show us pure traditional teej dance. pls be consider about this this matter. thanks
5. lekhnata rijal | October 2nd, 2007 at 4:11 pm
thanks for this site
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed