हङकङमा पुर्खादिवस भव्य रुपमा सम्पन्न (+Photo)

April 5th, 2008

देवराज राई / एचकेनेपाल डट कम -
अप्रिल ५ तारिखका दिन प्रथम तथा दोश्रो विश्ययुद्ध एवं अन्य युद्धहरुमा मृत्युवरण गरेका पुर्खाहरुको स्मरणमा विगत ४ वर्षदेखि हङकङमा आयोजना हुँदै आएको पुर्खा दिवस यसपालि पनि बृहत नेपालीहरुको उपस्थिति एवं जनचासोका साथ गोर्खा सिमेट्री हङकङमा सम्पन्न भएको छ।

कार्यक्रममा हङकङका सरकारी तथा नीजि विद्यालयका विधार्थीहरु, तिनका अभिभावक, विभिन्न सरकारी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय नेता, भूपू सैनिकहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

विश्वव्यापी रुपमा पुर्खा दिवस सम्पन्न गर्दै लैजाने क्रमममा काठमाडौंमा पनि आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा पहिलो पटक पुर्खादिवस सम्पन्न भएको छ। यता हङकङमा भने ‘आत्माबलिदानी पुर्खाहरुलाई सधैँ सम्मानले सम्झौँ ।’ भन्दै पुर्खादिवस २००८ सम्पन्न भएको थियो । कार्यक्रममा दोश्रो विश्व युद्धमा हताहत भएका पुर्खाहरुको नामावली रहेको समाधि पुस्तक अंक ३ समेत सार्वजानिक गरिएको थियो। गत वर्षप्रथम विश्वयुद्धमा हताहत भएका पुर्खाहरूको नामावली तथा समाधिस्थलका बारेमा जानकारी समेटिएको समाधि अंक २ सार्वजानिक गरिएको थियो ।

स्थानीय विद्यालयहरुमा पुर्खादिवसलाई विद्यालयको वार्षिक कार्यक्रम बनाइएको कारणले विद्यालयहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयहरुका विधार्थीहरुले तयार पारेका पुर्खा सम्बन्धी लेख रचनाहरका पाठ गर्नुका साथै उनीहरुले तयार पारेका लगभग ३ सय प्रोजक्ट वर्कहरु, विभिन्न युद्धका तस्बिरहरु समेत प्रदर्शनीमा राखिएको थियो।

पुर्खाहरुको सम्मानकालागि पुष्पगुच्छा अर्पण गरिएको थियो । यसरी पुष्पगुच्द्धा अर्पण गर्नेहरुमा आयोजकका साथै भूपू सैनिक संघका अध्यक्ष तथा अन्यपदाधिकारीहरु, हङकङ नेपाली महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीहरु, पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपल एवं विधाथीहरु, पीके कलेजका शिक्षक तथा विधार्थीहरु, आइकेटी कलेजका शिक्षक तथा विधार्थीहरु, तुनकुन प्राथमिक विद्यालयका शिक्षक तथा विधार्थीहरु, डेलिया मेमोरियल स्कुलका विधार्थीहरु, सर एलिस कादुरी स्कुलका विधार्थीहरु, सगरमाथा किन्डर गार्टेनको प्रिन्सपल, शिक्षकहरु विधार्थी तथा तिनका अभिभावकहरुले सम्मानका साथ क्रम अनुसार पुष्प गुच्छा अर्पण गरेका थिए ।

गोर्खा सिमेट्री ट्रष्टको आयोजनामा तथा हङकङ नेपलीज फाउण्डेशनको संयोजन सम्पन्न भएको पुर्खादिवस २००८ कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष हेम तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो। हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू अतिथि रहनु भएको कार्यक्रममा गोर्खा समाधिस्थल रहेको सान तिन रुरल कमिटिका अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर मान फु वानको पनि उपस्थिति रहेको थियो। पुर्खालाई सम्मान चढाउने क्रममा उहाँले आफूले गोर्खाहरुसँग बिताएको क्षणहरुको स्मरण गर्दै समाधिस्थल संरक्षण तथा यसको विकासमा सहयोग गर्ने आश्वासन दिनु भएको थियो। उहाँले आफ्नो मन्तव्यको क्रममा गोर्खा सिमेट्री ट्रष्टसँग काम गरिरहेको जानकारी दिनु भएको थियो।

ट्रष्टका अध्यक्ष एकराज राईले सम्बोधन गरेपछि शुभारम्भ भएको पुर्खादिवस २००८ लाई हेम तामाङ, हेम लिम्बूले समेत सम्मान मन्तव्य व्यक्त गर्नु भएको थियो। हङकङ शिक्षा विभागबाट प्रायोजित पुर्खादिवसमा आउन जानकालागि युनलङबाट ६ वटा बसको निशुल्क व्यवस्था गरिएको थियो। कार्यक्रम २ बजेदेखि शुभारम्भ भई ४ बजे समाप्त भएको थियो।

आयोजक गोर्खा सिमेट्रीज ट्रष्टले पुर्खादिवसलाई विभिन्न देशहरुमा पनि सम्पन्न गर्दै लैजानकालागि पहल गर्ने एवं विशेष दुइ समरमा हताहत भएका गोर्खाहरुको स्मरणमा काठमाण्डौमा एक स्तम्भतल खडा गर्न पहल गर्ने जानकारी दिएको छ । यस वर्षमलेसिया तथा अष्ट्रेलियामा समेत पुर्खादिवस मनाइएको थियो । आगामी वर्षा युके तथा अन्यदेशहरुमा समेत आयोजना हुने भएको छ। पुर्खाहरुलाई सम्झने एक विशेष दिनको रुपमा यसको विकास गर्नु पर्ने अवधारण अगाडि बढ्ने अनुमान गरिएको छ।

तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।



Popularity: 6%

Entry Filed under: हङकङको समाचार

14 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Jit  |  April 2nd, 2008 at 4:35 pm

    I am very impressed , I’ll be there..
    Jaya Gorkha

  • 2. acharya prabha  |  April 3rd, 2008 at 12:01 am

    पुर्खाले दिएको आशिर्वादले त आज को नेपालीले आफ्नो छात्ती उच्च राखन समर्थ छ/पुरखा को आत्मा को चिर शान्ति को लागी हमी सबै मिलेर दिवंगत आत्मा को कामना गरु /
    आचार्य प्रभा

  • 3. G Gurung  |  April 3rd, 2008 at 5:32 pm

    Yo saharai khushiko kura ho,kina bhane hamile hamra purkha
    haru jasle hk ma jan-anjan rakal-akkalma aphna jyan gumaunnu bhayo uhan haruka samjhanama yasta karyakram haru hunu jaruri
    thiyo tara bhai raheka thienan ra dhilai bhaepani hk bashi Nepali haruko yo kadam le malai pani bado utshahit banyo.Yadi ma hk ma
    bhaeko bhae yo karyekram sathai kam chhodera bhaepani hajir
    dinethiyen.Je hos hamra purkhaharuka name ma je jati tyanhan hajir
    hunchhan tapain haru sabaile ramro sanga phool-mala,batti ra one
    minite maundharan gari dinuhola,sabai lai subhakamana.

    G Gurung
    (Iraq).

  • 4. G Gurung  |  April 3rd, 2008 at 5:41 pm

    Sathiharu aja hami je chhaun/jati gariraheka chhaun yi sab purkhale dinubhaeka ashirbat le garda nai chhaun,tyeskaran tapain
    hk bashi dajyu-bhai/didi-bahini harule 5th apr lai purkha diwas manaunnu lagnu bhaeko rahechha,sarai khushi lagyo.Ke garne ma
    pani yo samaema tyahin bhaeko bhae jasari pani hajir huntyen,tara
    je bhaepani je-jati sathiharu hajir hunchhan hamra purkha harulai ramro sanga dhup,dhaja ra one minite maun dharana garera ashir
    bad magnush,mero subhakamana.

    G Gurung
    (Iraq)

  • 5. dilip  |  April 4th, 2008 at 6:27 am

    purkha harulai samjani gareko ma dherai khusi lageko tesko lagi sampurna aayeojak committee layi mero dhanya baat
    dililp

  • 6. syam Rai  |  April 6th, 2008 at 10:01 am

    Great Job… Great Vision … Great Reponsibility … Great people

    It is the most Greatest work and my BIG THUMP to them..

    Gurkha is our Ancester, our history, our pride and our identity.

    It must be preserve, promote and protected by us, or nobody will do for us.

    Good job

  • 7. Tan  |  April 7th, 2008 at 12:31 am

    It’s good to remember our forefathers did splendid job that’s why you are there to salute them.

    Thanks
    Tan Sikkim

  • 8. Rupa  |  April 7th, 2008 at 1:48 pm

    Really doing a good job.I think it impressed to most of us and make feel proud to all of us.As I am feeling so after watched video.Thanks to everyone there,Plz keep it up.

  • 9. PIMMUK  |  April 7th, 2008 at 5:25 pm

    My heartfelt congratulation to the Gurkha Cemeteries Trust run under the Chairmanship of Mr Ekraj Rai and members for their magnificent work that I have seen on the “ANCESTOR DAY 2008″. I much appreciate to all those who are giving hard afford to preserve the Gurkha Cemeteries situated at near the Cassino Camp,Shan Tin Wai, NT,(Hong Kong). Mojor of the participants were ladies and school children. Seen one/two representatives of Nepalese Organisations. Day was hot, programme was announced in loud voice. Some time the announcer step up in hot voice reflects there may be some differences among the Nepalese Organisations! If so,this should not be happen on this kind of work. Gurkha means we all not only one or two. Because of lack of toilet facility some of the participants find difficult. Suggested for a toilet room is more important in human life. Also suggested for a sit shade for ladies accompanied by babies in particular. Lastly, I may have not seen grave yard stone dated prior 1962. Suggested, it would be more meaningfull in history if First/Second World War veteran grave yard stone could be preserved in this Cemetery. Thank you and Jai Gurkha!!

  • 10. limbu bisnu  |  April 7th, 2008 at 10:16 pm

    i am heppythanks alot toorganaizer

  • 11. Bal bahadur  |  April 9th, 2008 at 11:06 am

    Its SHAME HK ex servicemen . It is your (ex Gorkha Association) obligation to look after this cemetary. But why it is being done by others ?????? SHAME

  • 12. Mr Right  |  April 15th, 2008 at 10:42 am

    U R 100% right Mr Balbahadur. Afule garnu parni kam, arule garidiy ko ma lure lure jana LAZ pani nalagya BHUPUs. CHHI……..

    by the way … is there any Bhupub haruko sanstha ??? I feel so SAD that someone making mony out of this cemetary.

  • 13. Arjun KC  |  April 20th, 2008 at 10:19 pm

    दिबंगत हाम्रा बीर गोर्खालिको आत्माले सदा सदा शान्ति पावस
    यो धरत्ती आकाश रहे सम्म तपाईहरुको तपस्या, बलिदान र बीरता अमर रहोस,

    कार्यक्रम संचालक तथा सहभागिहरुमा आभार प्रकट गर्दछु !
    armykc
    United States

  • 14. paul yaksho  |  June 13th, 2008 at 10:20 pm

    This is the Message for world that we GURKHALI are fight for honestly and we became HERO of this world war,and now we are looking for our compansation for our ancester’s “BLOOD AND SWEAT”

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts