हङकङ नेपाली महासंघको अध्यक्षमा हेम लिम्बु (+Photo)

March 31st, 2008

एचकेनेपाल डट कम, मार्च ३१-
लामो वहस, अन्तरद्वन्द्व र कसरतपछि हङकङ नेपाली महासंघको दुई वर्षे कार्यकालका लागि कार्यसमितिको नयाँ मेजर बडी चयन भएको छ।


नेपाली युथ क्लव हङकङका तर्फबाट हेम लिम्बु हङकङ नेपाली महासंघको अध्यक्षमा चयन भएका छन्।

जोर्डनस्थित इण्डिया क्लवमा मार्च ३० तारिख आइतबार सम्पन्न महासंघको छैंठौ अधिवेशनले दुई वर्षको लागि नयाँ कार्यसमितिको चयन गरिएको हो। नयाँ कार्यसमितिको मेजर बडीमा नेपाली युथ क्लव हङकङका तर्फबाट हेम लिम्बु हङकङ नेपाली महासंघको अध्यक्षमा चयन भएका छन्। त्यसै गरी, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः हर्क राना -हेभन्ली पाथ, वसन्त निरौला - भोजपुर समाज, दुर्गा तामाङ - तामाङ घेदुङ, टंक राना - मगर संघका रहेका छन्।

तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

हङकङ नेपाली महासंघको छैंठौ महाधिवेशनको पूर्व सन्ध्यामा एचकेनेपाल डट कमले प्रकाशित गरेको समाचारमा उल्लेख गरेको टिप्पणीमा झै अधिवेशनले केही विवादित व्यक्ति भनिनेहरुलाई कार्यसमितिको मेजर बडीमा राखिएका छैनन्। महासंघभित्र बसेर सामाजिक सदभावलाई विकास गर्नुको साटो समाजमा विखण्डन ल्याउने केही व्यक्तिहरुलाई कुनै पनि हालतमा समितिको मेजर बडीमा नराख्न एक थरी समूहले ठूलो कसरत गर्नु परेको थियो। अन्ततः लामो वहस र अन्तरद्वन्द्वहरुलाई पार गर्दै अधिवेशनले नयाँ कार्यसमिति गठन गर्न सफल भएको छ। हिजो पनि महासंघको कार्यसमितिभित्र रहेका सबैजना नराम्रा थिएनन्। तर केही व्यक्तिहरुको मनपरी र दादागिरी तन्त्रले महासंघ बदनाम भएको थियो। यस पटकको अधिवेशनले त्यस्ता पक्षहरुबाट महासंघलाई मुक्त गराउंन भरमग्दुर प्रयास गरेको थियो र सफल पनि भएको छ। यसले नेपाली समाजमा नयाँ उत्साह र आशाको तरंग पैदा गराएको छ।

‘अबको महासंघ विवादरहीत, भेदभावरहीत भएर सबैसंग सहकार्य गरी अगाडि बढ्ने छ।’ - महासंघका नवनिर्वाचित अध्यक्ष हेम लिम्बूले एचकेनेपाल डट कमसंग कुरा गर्दै भने। ‘हामी महासंघको बिग्रेको छविलाई सुधार्ने पक्षमा छौं। हामी के छापा, के अनलाईन सबै मिडीयाहरुसंग पनि सहकार्य गरेर अगाडि बढ्छौं’ लिम्बूले भने। महासंघभित्रका केही साथीहरुले अरुका कुरा नसुन्दा महासंघ अप्ठ्यारोमा परेको स्वीकार गर्दै यसले सामाजिक सद्भावमा असर परेको लिम्बूले बताए। केही समयअघि महासंघले एचकेनेपाल डट कमलगायतका अन्य अनलाइन पत्रिकाहरुको औचित्यमाथि प्रश्न उठाउंदा महासंघ विवादको घेरामा फंसेको थियो भने महासंघले चारैतिरबाट आलोचनाको सामना गर्नु परेको थियो।

मगर संघ हङकङका अध्यक्ष नेत्र पहराई मगरले अबको महासंघले सामाजिक सदभावलाई कायम गर्दै सबै संघसंस्थाहरुसंग सहकार्य गरेर अगाडि बढ्नु पर्ने सुझाब दिए। एचकेनेपाल डट कमसंग कुराकानी गर्दै अध्यक्ष पहराईले समाजमा योङ्ग जेनेरेशनको ठूलो भूमिका रहेकाले तिनीहरुलाई राम्ररी संयोजन गरेर महासंघ अगाडि बढ्नु पर्ने बताए।

महासंघबाट अपेक्षित सहयोग पाउनुभन्दा बढी उपेक्षाको सामना गरिरहेको हङकङ एकीकृत नेपाली समाजले अहिले गठित महासंघको नयाँ मेजर बडीको स्वरुप देखेर खुशी व्यक्त गरेको छ। समाजका अध्यक्ष बुद्धिबहादुर थापाले महासंघ सुधारको बाटोबाट अघि बढ्नेमा आफू विश्वास्त रहेको बताए।

महासंघको पर्दा पछाडि बसेर अनेक तानाबाना बुन्ने किसन राईले क्या. चन्द्रबहादुर गुरुङ अध्यक्ष पदमा उठ्ने अवसर पाएमा आफूले महासचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको एचकेनेपाल डट कमलाई बताए। ‘पर्दा पछाडि बसेर मात्र के गर्ने अब नेतृत्वमै जाने मनस्थिति बनाएको थिएं। तर क्या. गुरुङको उम्मेदवारी नै रद्द भएकोले उम्मेदवारी दिईंन।’ राईले भने।

महासंघको अध्यक्ष पदमा क्या. चन्द्रबहादुर गुरुङ र भोलानाथ थापाले उम्मेदवारी दिइने भनिए पनि भोलानाथ थापा अधिवेशनमा उपस्थित भएनन् भने क्या. गुरुङ महासंघको विधान सम्मत नभएकोले गुरुङको उम्मेदवारी रद्द भएको थियो। विधान अनुसार उम्मेदवारीका लागि कम्तीमा १ वर्ष कुनै संघसंस्थाको कार्यसमितिमा रही काम गरिसकेको हुनु पर्नेमा क्या. गुरुङ त्यो क्राइट एरियाभित्र परेका थिएनन्। यद्यपि सोही समयमा विधान संशोधन गरी क्या. गुरुङलाई उक्त पदको लागि उम्मेदवारी दिने प्रयास चाहिं भएको थियो। पछि विधान संशोधन गरिने या नगरिने भन्ने विषयमा वहसहरू भएका थिए। विधान संशोधन गर्ने सहमतिमा १७ मत र नगर्ने गोप्य मतदानमा जाने २७ मत खसेका थिए। पछि गोप्य मतदान गरी विधान संशोधन गर्ने या यथावत राख्नेबीच मतदान भएको थियो। ३७ मतदाताले विधान यथावत राख्नु पर्ने र २७ मतदाताले विधान संशोधन गर्नेमा मतदान गरेका थिए।

Popularity: 7%

Entry Filed under: हङकङको समाचार

23 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. jd  |  March 31st, 2008 at 8:07 pm

    je bho ramro bho. takpare tiwari natra gotame, k ho kishan bro ko tarika? ganesh ji kai pachhi ho. hami jatika baatha hk ma kohi chhainan bhanne mitrahahu kina bahiriyechhan ?

  • 2. Dev Gurung  |  March 31st, 2008 at 9:17 pm

    Congratulation Hem ji and other Committee members.
    You guys won the HK Nepalese’s heart and i hope you will run the federation very smoothly with out any problems..

  • 3. bijaybegha  |  March 31st, 2008 at 11:52 pm

    Congratulation to u hai Nepali mahasangh ko Chairmain hunu bhayeko ma…..aba chai yo sangh kahi ubho laagcha ki. Jun jogi aye pani kaan nai chireko jasto chai nahos..tapai lai dherai dherai badhai cha…

  • 4. DAMBER  |  April 1st, 2008 at 2:37 am

    khai k vanne ho.j bho ramrai bho hola

  • 5. maila  |  April 1st, 2008 at 9:58 am

    manche haru ke halat bhayo ke taha la hera bhaela garnu ,party khanu ani neta hunu hana koshle banayo yesto lai hong kong nepali mahashangh ko president ,i have no idea umh may be tehi pan jana milera sagnstha kholeko hola

  • 6. Khem  |  April 1st, 2008 at 10:19 am

    Jun yogi aayepani kanai chireko ho kyare!Taipani Saphaltako Shubhakamana hai !!!!!!!

  • 7. radha  |  April 1st, 2008 at 2:52 pm

    badhai chha hai hemdai lai

  • 8. dj  |  April 1st, 2008 at 6:18 pm

    garchhan bhanne chahi biswas chahi chhaina “siyeko damai dekheko bista ” niraula broko arthik sankalan garne khubi chahi ramro chha aru bhanda pani koshma baseramro hunethiyo. mahasanghma yogya byaktiharu chahi janu parne ho, tara yogya byaktiharu le pani nettrutwa garekai hun. kehi nai garenan. matra bibad hune kambhanda.

  • 9. Dhruba dutta  |  April 1st, 2008 at 11:14 pm

    hem dai , congratulations for be come a chairman of the mahasang .

  • 10. prakash  |  April 1st, 2008 at 11:59 pm

    Congratulations Hem Dai, Its me Prakash Bhai, you already told me you are going to win when we meet in HK. heartly congratulated you,. You’ll bring Nepalese unity In HK . you are the hope of There Nepalese PPls. do good job for them. PRAKASH DAHAL

  • 11. Ram  |  April 2nd, 2008 at 8:15 am

    First of all congratulation to all new committee members and we all hope you will do better job and it will be suuccessful than ever. But I often worried that chairman was the general secretary in the previous committe member as he was saying that he will improve (HKNF ko bigreko chhabi) how can he say that and is he capable of making improvement because he himself was committe member with Hejen and why he could not do better job at that time. If he can not produce good set or examplery set of pragati bibranh then how can he manage HKNF well. His presentinon was worse than very small organisation which we can not beleive andif he can not do his secretary job well then how can he manage or lead the committee members. DO not take it is only the ASAN GRAHAN and finish your job.

    Bye the way i wish you all very best of luck and have successful time with HKNF.

  • 12. Hari Shrestha  |  April 2nd, 2008 at 10:10 am

    Mr.Hem Sir, Congratulation For be come Head Cheirman of theNelese Mahasangh,wish you all the best…………..

  • 13. Puspa Puri  |  April 2nd, 2008 at 11:32 am

    सहरमा कृष्णे निकै खोक्दै थियो,दरो धुलो चाटेछानी /

  • 14. Bikram Kirat हङकङ  |  April 2nd, 2008 at 10:01 pm

    कृष्णेले धुलो चाटेकोबेला पुष्पले के चाट्यो नि , रछ्‌यान त होला होईन?

  • 15. ram rai  |  April 3rd, 2008 at 12:08 am

    नया कार्य समितिलाई शुभ कामना
    आउदा दिनहरुमा गयको कार्यकाल भन्दा राम्रोकाम गरेर देखाउनेछ भन्ने आशा गर्दछु र महासंघ राईहरुको मात्र होर? भन्ने आरोप थियो त्यो अन्त्य भएकोमा अझ खुशि ब्यक्त गर्दछु।
    ram

  • 16. sailung  |  April 3rd, 2008 at 1:32 pm

    Janjati Mahasang = Congress and UML Sang Ho
    Use less

  • 17. kamara rai  |  April 4th, 2008 at 3:09 am

    k hevenly pawath napali ho ?

  • 18. Amit  |  April 4th, 2008 at 10:43 am

    mahasang bhaneko sabai nepali ko sajha sanstha ho bhancha khai ta yo samite li sabai barga area sametna sakeko? mahasanga ko Chairmain ma sadai purba ko matra kina? Pashim ko kohi chaina? Ki purba ko sathi haru li pashim ko lai dinu hunna bhanne chal ho? Ahili aayera kohi napayara Hem Limbu jasto lai
    Chairmain? Hi…Hi…Hi…

  • 19. kamara rai  |  April 4th, 2008 at 5:36 pm

    hem limbu mitra , pahelay ko mahashang lay k begarako thyo ra mitra lay k saparnah , pl’s hame lai pani jaankaree hos

  • 20. Arjun  |  April 6th, 2008 at 12:27 am

    Hem Bhailai badhaichha ani Kisan chahi kin khokekoni? Patrakar ta paisha kharcha garepachhi Everestko Chairman bhai halyo. Tara yo line ma ta yashto murkha lai kashle patyaunchha? Patrakar ko kam ta jani najani jabarjashti shuneko bharma lekhchha aru ta ke nai garna shakchha? Bichara …. yak choti aaphno anuhar yainama herekochha?

  • 21. M Limbu  |  April 13th, 2008 at 12:58 am

    hongkong nepali mahasang ka nirbachit adyakchya hem limbu sathai aru padadhikari haruma mero hardik bhadhai cha.hongkong nepali mahasangko yo body le pakkai pani hongkong basi nepaliharuma naya ayam lyaune cha bhanne biswas gareko chu. yo bodyma raheka sabai le afno swarthlai tyagera nispakchya dhangle kam garne kamana pani garda chu.
    M limbu
    canterbury
    uk

  • 22. megh  |  April 13th, 2008 at 1:29 pm

    hem dai congratulation for your post.

    megh tabebung
    shorncliffe,folkestone
    kent
    uk

  • 23. Pratap Rai  |  April 16th, 2008 at 4:26 am

    Dear Harka, Sewangmee !
    What a wonderful piece of news withen our Heavenly Path organization. This must be the power of MANG and Guru Hajur’s blessing that you have been appointed as avice chairman of the Nepali Assciation Hong Kong. Your brillint victory fills our heart- with much delight, our heart- felt congratulations to yoy on this happy occasion.
    It is the culmination of your hard work done by you during last few years. The competition was tough and there were many candidates with big recommendations and lead the association in a professional manner.
    On behalf of the Heavenly Path uk has join in sending you our best wishes and love.

    PRATAP RAI
    SALISBURY UK
    07832430458

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts