हङकङभर ओलम्पिक टर्च रीले (+Photo)

May 2nd, 2008

हङकङभर ओलम्पिक टर्च रीले (+Photo)
एचकेनेपाल डट कम, मे २ -
२९ राष्ट्र घुमेर हङकङ आईपुगेको ओलम्पिक टर्च - पवित्र ज्योतिलाई शुक्रबार हङकङका चिफ एक्जेक्युटिभ डोनाल्ड चाङ, ओलम्पिक गोल्ड मेडालिस्ट ली लाई शान, फिल्म स्टार एन्ड्री लाउलगायत १ सय १९ जनाले बोकेर हङकङका मूख्य ठाउंहरुमा घुमाए।


Photo Courtesy: RTHK / Reuters..
सडक वरपर हजारौ समर्थकहरु रातो टिसर्टमा चीनको राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गीतहरु गाउंदै बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुदको समर्थनमा खुशीयाली व्यक्त गरेका थिए। अधिकांश ठाउंहरुमा ओलम्पिक टर्च रीलेमा सहभागीहरु पैदल दौडमा थिए भने केही बाटाहरुमा सवारी साधन र पानी जहाज प्रयोग भएका थिए। बेइजिङ ओलम्पिक खेलकुदलाई विशेष महत्वका साथ हेरिएको हङकङका चिनीयाँहरुले बेइजिङ ओलम्पिकको पक्षमा व्यापक समर्थन देखाउने अवसरका रुपमा यस दिनलाई लिएका छन्।

अन्य केही देशहरुमा फ्री तिब्बतको पक्षमा प्रदर्शन भए जस्तै हङकङ पनि अछुतो रहन सकेन। चीनको केन्द्र सरकारको विरोधमा यहाँका केही ठाउंहरुमा विरोध प्रदर्शनहरु भएका छन्। सुन्तला र पहिलो रंगका भेष्टहरु लागएका प्रदर्शनकारीहरुले ओलम्पिक टर्च रीलेलाई बाधा खडा गर्ने प्रयाश भए पनि त्यस्तो कुनै अप्रिय घटना घटेन। विरोध प्रशदर्शनमा उत्रेका क्रिश्टिना चाङलगायत केही प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ।

तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
———————————————————————-

ओलम्पिक टर्च हङकङ आइपुग्यो…
एचकेनेपाल डट कम, अप्रिल ३० -
बेइजिङ ओलम्पिकको टर्च (पवित्र ज्योति) भियतनामको राजधानी हो चि मिङ शहरबाट आज दिउंसो विशेष विमानद्वारा हङकङ ल्याइएको छ।

ओलम्पिक टर्च (पवित्र ज्योति) मे २ तारिख शुक्रबारका दिन हङकङका विभिन्न ठाउंहरुमा घुमाईने कार्यक्रम रहेको छ। ओलम्पिक टर्च २९ वटा राष्ट्र घुमेर हङकङ आईपुगेको हो। विशेष विमानबाट उत्रने बेलामा बेइजिङ ओलम्पिक समितिका कार्यकारी उपाध्यक्ष याङ शुवानले पवित्र ज्योति बोक्नुभएको थियो।

पवित्र ज्योतिको स्वागत गर्न हङकङ विमानस्थलमा हङकङका लागि चीनका केन्द्रीय सरकारको सम्पर्क कार्यालयका प्रमुख काउ स रन, हङकङ विशेष प्रशासनिक क्षेत्रको नागरिक मामिला ब्यूरोका प्रमुख चङ द छङ, हङकङ ओलम्पिक समितिका अध्यक्ष टिमोथी फोकलगायत सयौं व्यक्तिहरुको उपस्थिति रहेको थियो। ओलम्पिक ज्योतिको स्वागतार्थ स्कुले विद्यार्थीहरुले चीनको राष्ट्रिय झण्डाहरु फर्फराएका थिए।

त्यसै गरी बेइजिङ ओलम्पिक खेलकुद सुरु हुन आज अप्रिल ३० तारिखका दिनदेखि १०० दिनमात्र बाँकी रहेको छ। सोही अवसरमा आज चीनका विभिन्न शहरहरुमा हर्षोल्लासका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन्।

Popularity: 4%

Entry Filed under: खेलकुद

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. bidhya  |  May 4th, 2008 at 10:55 pm

    ka … yau, ka…yau ka…yau hip hip hurrre

  • 2. maximshk  |  May 8th, 2008 at 4:07 pm

    Free Tibbet!!! Free Tibbet!!!

  • 3. mohan  |  May 13th, 2008 at 1:29 am

    all the best u r activites thanks ]

  • 4. bidhya  |  May 13th, 2008 at 11:14 pm

    aba ta olampic game china ma hudaina hola hagi hatti aayo hatti aayo fussa jasto po vayo yo vukamppa le garda bhagwan pani katti nisthuri ni yeti dherai ko jjyan gayo

  • 5. bidhya  |  May 13th, 2008 at 11:14 pm

    aba ta olampic game china ma hudaina hola hagi hatti aayo hatti aayo fussa jasto po vayo yo vukamppa le garda bhagwan pani katti nisthuri ni yeti dherai ko jjyan gayo

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Most Recent Posts

Most Popular in May, 2008

Most Popular Posts