एचकेनेपाल बडीबिल्डिङको परिचयात्मक कार्यक्रम (+Photo)

May 2nd, 2008

एचकेनेपाल डट कम, मे १ -
एचकनेपाल बडीबिल्डिङ एशोसियसनले मे १ तारिख विहीबार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आफ्ना सदस्यहरुको परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गर्‍यो।

नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मेख गुरुङले गर्नुभएको थियो। सचिव लोकराज लिम्बूद्वारा सञ्चालित औपचारिक कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार रोशन लिम्बूले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा नेपाल च्याम्बर्स अफ कमर्स हङकङका अध्यक्ष तेजबहादुर राई, नेपाली जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, वरिष्ठ संगीतकार दिनेश सुब्बा, एचकेनेपालका पशन तमू र नेपालएचकेका प्रकाश केसी अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा एशोसियसनका सदस्यहरुलाई शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा च्याम्बर्सका अध्यक्ष तेजबहादुर राईले आफू बडीबिल्डरहरुको सामुन्ने फुच्चे देखिएको ठट्यौली गर्दै शारीरिक सुगठनतर्फ लाग्दा राम्रै हुने धारणा व्यक्त गर्नुभयो। उहाँले एचकेनेपाल बडीबिल्डिङ एशोसियसनमा आवद्ध रहेका साथीहरुले असल काममा लागेर न्यु जेनेरेशनलाई उदाहरण देखाउनु पर्छ भन्नुभयो। वरिष्ठ संगीतकार दिनेश सुब्बाले समाजमा सबैको आ-आफ्नो भूमिका रहेको औल्याउंदै सबै नेपालीहरु आ-आफ्नो क्षेत्रबाट नेपाली समाजको राम्रो संरचनाको लागि लाग्नु पर्ने बताउंनु भयो। एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमूले नेपालीहरु हङकङमा आफ्नो अस्तित्वको खोजमा लागी रहेको बताउंदै हामीले आ-आफ्ना क्षेत्रबाट जे गरिरहेका छौं त्यो नेपाली समाजको लागि हो भन्नुभयो। जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङले गायक प्रकाश ओजाको जाउं क्यारे जिमखाना .. गीतको स्मरण गराउंदै आफूलाई पनि शारीरिक सुगठनतर्फ लाग्ने रहर जागेको बताउंनु भयो। शारीरिक सुगठनले युवकहरुलाई आकर्षक देखाउंदो रहेछ, उहाँले भन्नुभयो। कार्यक्रममा अर्का वक्ता फिलिपिनो मूलका पूर्व मिस्टर हङकङ सेकेण्ड रनरअप अरमाण्डोले शुभकामना व्यक्त गर्दै नेपाली बडीबिल्डरहरुसंगको सहकार्यप्रति गर्व लागेको बताउनुभयो।

कार्यक्रममा गत मार्च २६ तारिख सम्पन्न अधिवेशनबाट छानिएका एशोसियसनका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रमसमेत राखिएको थियो। कार्यसमितिमा अध्यक्ष मेख गुरुङ, उपाध्यक्ष हेमन्त कृष्ण लिम्बू, सचिव लोकराज लिम्बू र कोषाध्यक्ष दिलिप पोमुको परिचय गराइएको थियो। कार्यसमितिका सदस्यहरु प्रेमकुमार पुन, अनिल बिक, विशाल गुरुङ, तारा सुब्बा, गणेश गुरुङ, शिवकुमार पुन, लोकेन्द्र परियार, कैलाश गुरुङ, मधुकमल राई, रोहित राईका साथै विक्रम गुरुङ, शम्भु तामाङ, लोक गुरुङ र लक्ष्मी चुङवाङको परिचय गराइएको थियो।


ड्रिम्स अनलिमिटेडकी संयोजिका लक्ष्मी थापा राईले सोही अवसरमा मेघा मोडल कन्टेस्ट - ‘ट्यालेन्ट हण्ट’को निरन्तरता जारी रहने औपचारिक घोषणा गर्दै ट्यालेन्ट हण्टको चौंथो संस्करण आगामी अगष्टको अन्तिम साता आयोजना हुने बताउनुभयो। उहाँले ट्यालेन्ट हण्ट आयोजकलाई विगतमा झैं यस पटक पनि एचके बडीबिल्डिङ एशोसियशन र अन्य क्षेत्रबाट सहयोग मिल्ने अपेक्षा राख्नुभयो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

Entry Filed under: हङकङको समाचार

10 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. rshsan part  |  May 3rd, 2008 at 6:31 pm

    guys great job.see you guys.

  • 2. aron gurung from uk  |  May 4th, 2008 at 3:49 am

    congratulation to hong kong nepal body building association . its great job from you guys . now time to show . specially thanks to chairman mekh bro you have good job , well done .we are so proud . we are back side of you. i think nepalese body builders are really popular in hong kong right now. this association will be top in hk and in nepalese societys.

  • 3. rina limbu  |  May 4th, 2008 at 4:36 am

    congratulation you guys its great news . i like body builder guy thats why i support to you guys so could you tell me how to be body builder ? oh my god you all guy is looks strong , musculars and handsome. i think may be you all guys do body guard job . pls invite to me next time in your party i will be join thx.

  • 4. Angela  |  May 6th, 2008 at 1:41 pm

    Hi Joshua,
    Its me angela ,you have done a fantastic job must hav worked very hard to make those arms ya? you are looking very good , keep it up.

  • 5. Harry Bro  |  May 6th, 2008 at 3:06 pm

    hey..hey..Mekh bhai,Josu…gud luck..enjoy…keep it up..Josua plz..plz…dance more effective..ok….not only band ur knee mike….

  • 6. nihil  |  May 7th, 2008 at 4:18 pm

    hey, u all hunks guys wanna meet u yar….all of u so handsom and big arms i love it

  • 7. mekh hong kong  |  May 8th, 2008 at 10:09 pm

    thanks for your comment harry dai .anyway thanks to watched hong kong nepal body building association’s new year party’s pictures. i think you are with us even you stay in uk thanks.

  • 8. BIR MASAN  |  May 10th, 2008 at 10:19 pm

    I DON CARE ANY………….OTHER THINGS……………..
    I LIKE D BODY………………………….
    I LOVE………………………………………..

  • 9. bro  |  May 20th, 2008 at 11:46 pm

    Yhee ! Yhee! good looking sterio body but imagine how would you look like with out it ?

  • 10. kali  |  May 24th, 2008 at 11:58 pm

    hey, everybody congrats on ur hard labour as well as success. Specially i’d like to thanx hknepal for revealing second one pic caz it has ………..

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in May, 2008

Most Popular Posts