हङकङका कवि र कविताहरु भव्यताका साथ सम्पन्न (+Photo)

August 17th, 2008

एचकेनेपाल डट कम, अगष्ट १७ -
हङकङमा अक्सर आसन र भाषणबाट सञ्चालन हुने गरेका कार्यक्रमहरुको परम्परालाई तोड्दै आसन र भाषणबिना नितान्त साहित्यिक माहौलमा “हङकङका कवि र कविताहरु” कार्यक्रम जोर्डनस्थित कङगन रेष्टुरेण्टमा आज अगष्ट १७ तारिख आइतबारका दिन सम्पन्न भयो।

अधिकांश साहित्य अनुरागीहरुको जमघट भएको उक्त कार्यक्रमलाई साहित्यकार कमल पौडेलले आफ्नै रेष्टुरेण्टमा आयोजना गर्नुभएको थियो। पौडेल अन्तर्राष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरका उपाध्यक्षसमेत हुनुहुन्छ। यसअघि उहाँले गत फेब्रुअरी १७ तारिख यस्तै साहित्यिक कार्यक्रम आयोजना गर्नुभएको थियो। यो सोही कार्यक्रमको निरन्तरता - दोश्रो श्रृंखला हो। अर्धवार्षिकी रुपमा सुरु गरिएको अर्को तेश्रो श्रृंखला फेब्रुअरीको मध्यतिर आयोजना गरिने कवि पौडेलले बताउनुभएको छ।

प्रायः पार्टी, भोज भतेरले खचाखच हुने रेष्टुरेण्ट आज साहित्यमय बनेको थियो। साहित्यिक कार्यक्रम - साहित्यिक संस्थाले मात्र आयोजना गरिनु पर्छ भन्ने मान्यता तोड्दै आयोजित कार्यक्रममा हङकङका नयाँ तथा पूराना कवि कवियत्रीहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए। कविता वाचन कार्यक्रममा कमल पौडेल, प्रकाश केसी, राजाराम शाही, हेमकला राई, मोती चाम्लिङ, राजेन्द्र कुमार थापा, अनिता गुरुङ, केवल गंगा गुरुङ, दिनेश सुब्बा, सुशिलकुमार लम्साल, उत्तम न्यौपाने, आशा दाहाल, जयकुमार राई, भोगेन एक्ले, सुमलकुमार गुरुङ, डीबी. पालुङ्वा, केशवप्रसाद भट्टराई, चन्द्र मादेन, मिङ्मा मादेन, गणेश पराजुली, यशोदा पराजुली, नागेन्द्र श्रेष्ठ, सुरेन लिम्बू, प्रदिप कन्दङ्वा, आकाश राई, प्रकाश राई, टंक साम्बाहाम्फे र पशन तमूलगायतका कवि तथा कवियत्रीहरूले आफ्ना र अरु कविहरुका कविताहरु वाचन गरेर सुनाएका थिए।

करीव ४ घण्टा सञ्चालित “हङकङका कवि र कविताहरु” को तेश्रो संस्करण ६ महिनापछि फेब्रुअरी मध्यतिर सोही ठाउंमा आयोजना गरिने जानकारी आयोजक कमल पौडेलले दिनुभएको छ।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

Entry Filed under: हङकङको समाचार

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Maya Rana  |  August 17th, 2008 at 10:58 pm

    ramro chha

  • 2. bijaybegha  |  August 28th, 2008 at 11:18 pm

    Khai ta kavi, ra kaviyatri haru kasailai pani chinna sakiyena ta.baristha haru gayenan ki kya ho?

  • 3. bheshraj pathak  |  November 14th, 2008 at 12:48 am

    ati ramro

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2008

Most Popular Posts