१२ वर्षपछि पानथर मञ्च हङकङको प्रथम अधिवेशन (+Photo)
August 6th, 2008
एस, हङकङ / एचकेनेपाल डट कम -
पानथर मञ्च हङकङको १२ वर्षपछि पहिलो पटक प्रथम अधिवेशन अगष्ट ३ तारिखका दिन याउ मा तेई कम्युनिटी हलमा सम्पन्न भएको छ। पानथर मञ्च हङकङ तदर्थ समितिका अध्यक्ष कृष्णराज लावतीको अध्यक्षतामा प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराईलगायत विभिन्न संघसंस्था प्रतिनिधिहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।
खुल्ला सत्रमा आमन्त्रित अतिथि गणहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै आफना विचारहरु राख्नु भएको थियो। आमन्त्रित अतिथि गणहरुमा प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराई, एभरेष्ट साप्ताहिकका सम्पादक तथा किरात राई यायोक्खाका उपाध्यक्ष किसन राई, एचकेनेपाल डट कम तथा अनेसास हङकङ च्याप्टरबाट जगत अम्वु गुरुङ, नेपाली महासंघका अध्यक्ष हेम लिम्वू, हेभन्ली पाथका अध्यक्ष तथा एन्जेल वालकुमार राई, फियोनाका तर्फबाट कर्ण गुरुङ, खोटाङ समाजका अध्यक्ष भोगेन राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष नीरप्रसाद लिम्वू, आदिवासी गीतकार समाजका अध्यक्ष तथा सृजनशील साहित्य समाजका तर्फबाट प्रदिप कन्दङ्वा र मगर संघ हङकङका तर्फबाट प्रतिनिधि उदय थापा मगर, साउदर्न चाइना डेमोक्र्याटिक एलाइन्सका अध्यक्ष वाइमान चिनिया समेतको उपस्थिति रहेको थियो।
दोश्रो कार्यक्रम अन्तर्गतको वन्द सत्रमा अध्यक्ष मण्डलका संयोजक भूपेन्द्र चेम्जोङ, अध्यक्ष मण्डलका सदस्यहरु मोती चाम्लिङ र हेम लावतीबाट सञ्चालन भएको थियो। तदर्थ समितिबाट प्रस्तुत गरिएको सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिले पस्तुत गरेको विधानउपर गहन छलफलपछि सर्वसम्मतीबाट पास भएको थियो।
त्यसपछिको कार्यक्रम निर्वाचन मण्डलका निर्वाचन अधिकृत ओमराज सम्वाहाम्फे, सदस्यहरु हांगयुग अज्ञात र पुष्पा नेम्वाङवाट संचालन भएको थियो। निर्वाचन मण्डलवाट आवेदनको लागि आव्हान भएपछि निवर्तमान तदर्थ समितिका अध्यक्ष कृष्णराज लावतीद्वारा आफूलगायत अन्य सदस्यहरुको पनि मनोनयन पत्र निर्वाचन अधिकृत समक्ष दर्ता गराएका थिए। मनोनयन पत्रमाथि निर्वाचन मण्डलले दिएको दावी विरोधको समय समाप्त भएपछि निर्वाचन मण्डलद्वारा कृष्णराज लावतीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको नामावली घोषणा भएको थियो। निर्वाचित सदस्यहरुको नामावली निम्नानुसार रहेका छन्। अध्यक्ष कृष्णराज लावती, उपाअध्यक्ष हर्कप्रसाद राना मगर, सचिव प्रतापकुमार कोयू राई, सहसचिव कल्पना तुम्रोक, कोषध्यक्ष कुमार गुरुङ, सदस्यहरु कमानध्व्ज लावती, गजुरमान जवेगु, पुष्पा राई, शिव सम्वाहाम्फे, टिकाराम माखिम र इन्द्र काम्वाङ।
हङकङमा वसोवास गर्ने पानथरेहरुको पानथर मञ्च १२ वर्षछिमात्र गठन हुनुमा सही दिशा निर्देश तथा समायोजनको अभाव नै सत्यतथ्य किटानी गर्दै पानथर मञ्च गठनका लागि अनेसास हङकङका नवनिर्वाचित वर्तमान अध्यक्ष मोती चाम्लिङको हङकङ आगमनले सो मञ्चको यथार्थता तथा औचित्यता पूरा भएको सारगर्भित विचारहरु पर्यवेक्षकहरुले समेतले औल्याएका थिए। वास्तवमै पानथर मञ्च यति ढिलो गरी गठन हुनुमा जिल्लावासीहरुमा समायोजनको एउटा अभाव खट्केको वास्तविकता कसैले नकार्न मिल्दैन।
तस्विरः जगत अम्बु गुरुङ, एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
मञ्चको ऐतिहासिक अधिवेशन संगीतमय वातावरणमा सम्पन्न भएको थियो। स्वागत गीत तथा पानथर जिल्लाको व्याख्यामा समेटिएको अर्को गीत हलमा गुञ्जिरहदा आमन्त्रित तथा सम्पूर्ण पानथरेहरु भावविभोर वनेका थिए। गस्त संगीतमा साथ दिने संगीतकार जेपीटी हङकङका सदस्य सन्तमान राई, हङकङका स्थानीय कलाकार कमल राईको संगीतमा गायक मोती चाम्लिङले दुइवटा गतिहरु प्रस्तुत गर्नुभएको थियो। अधिवेशनका खुल्ला सत्र कार्यक्रमको सञ्चालन प्रतापकुमार कोयू राईले गर्नुभएको थियो।
Popularity: 5%
Entry Filed under: हङकङको समाचार

14 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. puspa rai | August 6th, 2008 at 7:42 am
panthar forum lai dhanebat dilo bhaye pani panthar forum jamai chodnu bhayekoma ati khusi bekta gardchu yesari panthar mancha lai hurkai badai garde jan hami sabai panthar basi hru pakai pachi parne chana ra hat ma hat milayera fulawne ra falawne kosis garaw banne sabai panthar basi hru lai awahan garda chu dhanebat.
2. dj | August 6th, 2008 at 2:55 pm
la hai panthare sathiho shubhakamana, karya saphaltako lagi. 12 barsa pachhi uniu phulyo ……ko gandha nahos. dhilai bhaepani chhorai hoshai . moti chamling ji ko hong kong aagamanle matra panthar manchko janma huna gayo bhane sunda buddijibi panthare mitraharulai kasto lagchha hola????
3. Bimal Rai | August 6th, 2008 at 9:39 pm
dj sriman, Yesto kura sunda sabailaai ramrai laagnu parne ho kina bhane satya laai chhopna kathin chha, satya ta tito nai hunchha ni. huna pani ho, moti chamling hk aayepachhi matra panthar manch baneko ho.
sunnelai sunko mala, bhannelai fulko mala, yo kura bujhe dj bhai baikuntha jala.
bimal
4. moti Chamling | August 6th, 2008 at 10:05 pm
Bimal and dj mitraharu,
Namaste
Yo bibaad ko bisaya hoina, sabaiko prayaas le nai panthar forum creat bhayeko chha. Junsukai kura maa pani bibad khada nagari nahune hamro sanskaar laai tyagnu jaruri chha. Huna sakla dherai thorai sabaiko sahayog bhayera nai panthar forum baneko chha, chhito dhilo huna maa prabidhik kathinaai thiye holan, tar pani aba banisakeko chha panthar forum yahi nai khusiko kura ho. yas bisaya maa bibad nagare ramro ho. hami panthare matra kina? hk kaa sabai nepaliharuko ekataa hunuparchha, sakesamma milera jaanu nai ramro ho.
Tapaiharuko hitaishi
Moti chamling
5. lawati | August 6th, 2008 at 11:08 pm
panthar forum hong kong ko karyakaram ma swagat vice chairman HARKA RANA (MAGAR) le garnu vayeko thiyo sathai kabita SUNITA RANA le bachan garnu vaye ko kura chuteko kura jankari garaudha chhu .
lawati
6. Jems panthare | August 7th, 2008 at 12:01 am
Moti, think befoe u die , otherwise u will go hell.
why are you killing on your self ?
7. Rocket Panthare | August 7th, 2008 at 12:06 am
Tengbe…….Lato Ladchha ek paldhyang batho Ladchha das
paldhyang .
8. pratap koyu panthare | August 7th, 2008 at 12:27 am
bhoolharu swikarera aghi badhno nai panthareharuko
hit chha. purkhaharule Gorako desko lagi lade khali kutta
swadesh janu pryo tara Panateele British Citizen paye.
9. rubens panthare | August 7th, 2008 at 12:57 am
Ho ni tengbe, adhibesan hall bhitra batho ladeko pani thuprai ankhaharule dakhyo.
10. कल्पना तुम्रोक | August 8th, 2008 at 8:47 pm
हामी सम्पुर्ण पाचथरबासीहरुको यो गौरवको कुरा हो कि पाचथर मन्च गठन भएकोछ । यसकोलागी हामि सबै पाचथरवासीहरुको अथक प्रयास रहेको हुदा हुदै पनि कृष्ण लावती, प्रताप कुमार राई र गजुरमान जबेगुको बिषेश पहल र योगदानलाईलाई कसैले भुल्न सकिन्दैन । हामी सबैको यो साझा घरलाई राम्ररि सम्हाल्नु हाम्रो कर्तब्य हो ।
11. dj | August 10th, 2008 at 4:45 pm
kalpana g tapaile ta hamro moti g ko yogdanlai chatta bhulnu bhaechha ni kina ???
12. loyem | August 15th, 2008 at 12:44 am
panthar manch hangkangma janmiyar kati barsh yatra garyo tyo ta thahabhayan tara kumbakarnako nindra liyar 12barsh sam nidaycha dhukhako kura ho yo ta aba utheko naya josa naya utsahle tenjingko rup bhri pragatiko 8848m. chumosa mabhari yo lai kamana
13. shanti rai | August 18th, 2008 at 9:51 pm
o my god asto ramro jilla ko nam bigarera kina kehi napayera pariwar niyojan ko sadhan ko nam rakheko hau aarinnee mulai ta saram lago hau panthar re panchthar po thik thiyo ta …hahahahahah
14. E-Max | August 19th, 2008 at 10:35 pm
सबैलाई धन्यवाद अनि अभिवादन
यो मानेमाकी कम्तिमा आफ्नो बिचारको ध्यानाकर्सन गर्नुभएको छ / मेरो निबेदन यती मात्र हो की तपाईहरुलेअहिले जुन र जति आफ्नो समय र विचार दिनु भएको छ आउने दिनहरुमा त्यों भन्दा पनि बढ़ी अझ उच्च विचार र सुझावहरु निरंतर दिनु भयो भने बल्ल यो आजको सबै कुराहरुको सार्थकता हुनेछ /
हंगकंगमा धेरै धेरै संस्थाहरुको उदय भएको सबैलाई थाहानैछ र अबका दिनहरुमा फेरी धेरै संस्थाहरू अस्तायेमान देखिन्छन / समय र घटनाक्रम्हरूले garda कुनै नौलो कुरा पनि होइन / तर यातिका सबै कुराहरु सुनेर देखेर बुझेर फेरी पनि अर्को एउटा संस्थाको किन जन्म हुन्छ ? यो प्रश्न पन्थरे संपूर्ण मित्रहरुको लागी कतिको माने राख्छ मलाई थाहा छैन तर गंभीर भएर समयमा नै सोच्न सके भलो नै होला / कुनै पदको वारिस हुने रहरहरुले मात्र नभए अति सुंदर हुने थियो/ उखान छ कुरा गर्नु मिठो हुन्छ रे तर करेला खादा चाही तितो हुन्छ रे/ बिधानमाँ के छ त्यों त एउटा आखा मात्र हो संसार त समितीले देख्नु र सम्हाल्नु पर्नेछ मेरो अर्को निवेदन भनेको आफु संग आखा भएको थाहा चाही आफुलाई निश्चित रुपमा हुनु पर्यो नत्र थाहै नपाई लदियेला हेक्का राख्नु होला /
अस्तु
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed