ओलम्पिक सपोर्ट कार्यक्रममा नेपालीहरु (+Photo)
August 17th, 2008
देवराज राई, हङकङ / एचकेनेपाल डट कम, अगष्ट १७-
बेइजिङ २००८ ओलम्पिकलाई साथ दिने उद्धेश्यले हङकङ नेपाली महासंघको आयोजना तथा याउ चिम जिल्ला परिषद हङकङको प्रायोजनमा अगष्ट १७ तारिखका दिन हेनरी जी लेउङ सामुदायिक केन्द्रमा एक विशेष कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा नेपाली सांस्कृतिक कार्यत्रमका साथै विभिन्न मार्शल आर्ट खेलहरुका डेमोन्सट्रेसन प्रदर्शन गरिएका थिए। ओलम्पिक कमिटी हङकङको सदस्य तथा स्पोर्ट्स फेडरेशनका कार्यकारी निर्देशक जोशेफ लेउङ र हङकङस्थित नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईको उपस्थितिमा विभिन्न जिल्ला पार्षद सदस्यहरुको समेत उपस्थिति रहेको थियो।
दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो भागमा औपचारिक तथा दोश्रो भागमा जातिय नृत्यहरु, विभिन्न खेहरुका प्रदर्शनी खेलहरुलाई यहाँस्थित नेपाली समुदायमा सकृय समूहहरुले प्रदर्शन गरेका थिए। विभिन्न संघसंस्था तथा खेलकुद संस्थाहरुले सक्रिय सहभागिता जनाएको कार्यक्रममा महासंघका अध्यक्ष हेम लिम्बूले कार्यक्रमको उद्धेश्यका बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, ओलम्पिक कमिटी सदस्य जोशफ लेउङ, डीएबी पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला पार्षद मिस स्टारी लीले सम्बोधन गरेका थिए।
विश्वनै ओलम्पिकमय भइरहेको अवस्थामा आयोजना गरिएको कार्यक्रममा जिल्ला पार्षदहरु मिस्टर बेन्नी, मिस्टर कान चाई हो, मिस्टर डेरेकको पनि उपस्थिति रहेको थियो। नेपालीहरुको तर्फबाट महासंघका संस्थापक अध्यक्ष मणिकिरात बान्तावा, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष तेजवहादुर राईलगायतको उपस्थिति रहेको थियो।
सांस्कृतिक कार्यक्रमहरुमा किरात राई यायोक्खाले साकेला, किरात याक्थुम चुम्लुङले च्याब्रुङ, तामाङ एशोशिएशनले सेलो, तमू एशोशिएसनले नेपाली, नेवार समाजले लाखे नाँच प्रस्तुत गरेका थिए। कार्यक्रमका हिमालयन टोन्स म्युजिक एकेडेमीको तर्फबाट २ वटा गीत, ट्यालेण्ट हण्टबाट नृत्य, आईकेटी कलेजका नेपाली विधार्थीहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा सितोरियो कराते डो जीसीले कराते खेलको प्रदर्शनी गरेका थिए भने एचकेएनटीए र एभरेष्ट तेक्वान्दो एकेडेमीले तेक्वान्दो खेलको डेमो प्रदर्शन गरेका थिए। उता हङकङ नेपाली बडिबिल्डङ एशोशिएसनका बडी बिल्डरहरुले शारीरिक सुसगठन खेललाई पदर्शन गरेका थिए। कार्यक्रममा किरात राई यायोक्खाको तर्फबाट मोति चाम्लिङले वादो रियो कराते खेलका केही नमूनाहरु प्रदर्शन गरेका थिए।
तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
Entry Filed under: हङकङको समाचार, खेलकुद

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. nirbahadurraut | August 20th, 2008 at 5:07 pm
good and also thanks your pratix mor good
2. kaila gurung | August 25th, 2008 at 6:48 am
nepaliharu body bulder photo rakhne dekhaune olympic aunu vanda medal takne tara khelma sahavagi hunu paye tyo vagyawani thanne khelma jiro kina vag lina gayeko hola ni?
3. modan kumar rai | August 27th, 2008 at 10:57 pm
it is really nice to done, i congretulate
madan rai, usa
4. ramu k.c | October 2nd, 2008 at 9:08 pm
hi ramro cha yo sahet kuse lagya herda?
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed