स्वर्ण पदक विजेता चीनियाँ खेलाडीहरु हङकङमा
August 31st, 2008
एस, हङकङ / एचकेनेपाल डट कम, अगट ३१ -
बेइजिङ २००८ ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जितेर चीनको गौरव र प्रतिष्ठा बढाउने सिलेब्रेटी खेलाडीहरु हङकङ भ्रमणमा व्यस्त रहेका छन्।
स्वर्ण पदक विजेता चीनियाँ खेलाडीहरु हङकङ सरकारको निमन्त्रणामा शुक्रबार हङकङ आई पुगेका हुन्। उनीहरुले हङकङ भ्रमणका क्रममा ओलम्पिकमा आफूहरुले प्राप्त गरेको सफलताका अनुभव र खुशीका अनुभूतिहरु हङकङेलीहरुसंग साटेका थिए।
चीनियाँ खेलाडीहरुले अगष्ट २४ तारिख आफ्नो देशको बेइजिङमा सम्पन्न ओलम्पिकमा ५१ स्वर्ण पदकसहित २१ रजत र २८ कास्य पदक गरी जम्मा १ सय पदक जितेर खेलकुदको विश्व महासंग्राममा चीनलाई विश्वकै सर्वश्रेष्ठ र शक्तिशाली राष्ट्रको रुपमा उभ्याउन सफल भएका थिए।
हङकङका कार्यकारी प्रमुख डोनाल्ड च्याङले स्वर्ण पदक विजेताहरुलाई हङकङ विमानस्थलमा स्वागत गर्दै स्वर्ण पदक विजेताहरु चीनको गौरव र हङकङेलीहरुको हिरो भनेर संज्ञा दिएका थिए।
ती खेलाडीहरुले आफूहरुले ओलम्पिकमा प्रदर्शन गरेका खेलका नमूनाहरु प्रदर्शन गर्नुका साथै अनौपचारिक रुपमा यहाँका खेलाडीहरुसंग खेलेका थिए। खेलाडीहरु हङकङका प्रमुख पर्यटकीय ठाउंहरु ओसियन पार्क, डिज्नी आईल्याण्डलगायतको भ्रमणपछि चीनको अर्को विशेष प्रशासनिक क्षेत्र मकाउ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
हङकङ सरकारले ४ वर्षअघि सन् २००४ मा पनि एथेन्स ओलम्पिकमा पदक जितेपछि चीनियाँ खेलाडीहरुलाई हङकङमा निमन्त्रणा गरी उनीहरुको भव्य स्वागत गरेको थियो।
Popularity: 4%
Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. L.b.pun. | September 16th, 2008 at 11:18 pm
Very good,very-very good….
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed