दिलवहादुर लिम्वूको मुद्दा फैसला यसै महिनामा

May 23rd, 2010

दिलबहादुर लिम्वूको मुद्दा फैसला यसै महिनामा
श्रीमति र छोरीले परिचयपत्र पाउने प्रावधान छैन

भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, मे २३-
वहुचर्चित दिलवहादुर हत्या छानविनको परिणाम यसै महिनाको अन्तिम सातासम्ममा आउन सक्ने वताइन्छ।

इस्टर्न कोर्टको १५ नम्वर अदालतमा गत वर्षको सेप्टेम्वरदेखि सुनुवाई जारी रहेको मृत्यु छानविन मुद्दामा सम्वन्धित सवै साक्षीहरुलाई वयान लिने काम सकिसकेको छ। त्यस्तै पक्ष तथा विपक्षका अधिवक्ताहरुको अन्तिम भनाई जुरीहरु अगाडि राख्ने काम पनि अस्ति मंगलवार समाप्त भएको छ।

सोमवार मे २४ तारिख सोमवार सम्मलाई सुनुवाई स्थगित गरिएको छ। आगामी सोमवारको सुनुवाई यस मुद्दाको लागि अन्तिम तथा सवभन्दा महत्वपूर् हुनेछ । किनभने मृत्यु छानविन सुनुवाई गरिरहेको कोरोनर विलियम विङ सिङवाईले त्यसदिन जुरीहरुलाई कुन कुरामा फैसला गर्ने भनेर निर्देशन दिनेछन् । उनले निर्देशन दिएको परिधिमा वाहेक वाहिर गएर जुरीहरुले मुद्दाको फैसला गर्न पाउने छैनन् । जुरीहरु रहेतापनि मुद्दा हराउने वा जिताउने जुरीहरुको हातमा नभई कोरोनरको हातमा रहन्छ।

आगामी सोमवावार विहान र मंगलवार विहान दुइ दिनसम्म कोरोनरले जुरीहरुलाई निर्देशन दिने कार्यक्रम रहेकोछ। यो सुनुवाई सर्वसाधारणको लागि पनि खुल्ला गरिएकोले जो कोही पनि अदालतमा प्रवेश गर्न सक्छन्। जुरीलाई निर्देशन दिने काम मंगलवार विहान सकिएपछि सम्भवत वुधवार २६ मेका दिन जुरीहरुले फैसला सुनाउनेछन्। जुरीहरुले कोरोनरवाट निर्देशन पाई सकेपछि उनीहरुले कुनै व्यक्तिहरुसंग सम्पर्क गर्न दिइदैन । उनीहरुले फैसला नसुनाएसम्म छुट्टै कोठामा राखिन्छ।

मुद्दा सुरु हुँदा वखत यस मुद्दामा ३ वटा विकल्पहरु रहेको कुरा कोरोनरले वताएको थियो। ती विकल्पहरु हुन् १) हत्या कानुन सम्मत २) हत्या गैरकानुनी र ३) थाहा छैन । अदालतमा मुद्दा सुनिरहेका कोरोनरले ती ३ वटै विकल्पहरु जुरीको सामुन्ने राख्ने आशय व्यक्त गरिसकेकाछन्। जुरीहरुले यी तीनै विकल्पहरु मध्ये वहुमतले एक विकल्पलाई छान्नु पर्नेछ। यसो भएतापनि कसरी केको आधारमा निर्णय गर्ने निर्देशन दिन्छन त्यो जान्नलाई सोमवार सम्म पर्खनै पर्ने हुन्छ।

स्मरण रहोस्, केही हप्ताअगाडि क्यारिटास अस्पतालको अगाडि ढलेर मृत्यु भएका एक व्यक्तिको मृत्यु स्वभाविक मृत्यु देखाई अस्पतालको दायित्व नभएको फैसला सुनाउन कोरोनरले जुरीहरुलाई वाध्यता वनायो। त्यस्तै अर्को मुद्दामा अस्पतालका डाक्टरले रगतको क्यान्सर रोगीलाई गलत सुइ लगाएर मृत्युको मुखमा पारेको थियो। यस मुद्दामा पनि दुर्भाग्यपूर्ण मृत्यु भन्दै अस्पताललाई दायित्ववाट पन्छाउने प्रयत्न गरिएको थियो।

दिलवहादुरको मुद्दा पनि यसो नहोला भन्न सकिन्न। यदि यस्तो अवस्था आएमा के गर्ने र फैसलालाई कसरी लिने भन्ने विषयमा महासंघ र यहाँका स्थानीय सामाजिक कार्यकताहरुवीच छलफल भइरहेको छ।

यो मुद्दा केवल मृत्यु छानविन गर्ने मुद्दामात्र भएकोले यो मुद्दा हारेपनि जितेपनि सरकारसंग क्षतिपूर्ति वा लेनदेनको कारोवार हुनेछैन। यदि क्षतिपूर्तिको विषयमा जाने हो भने देवानी अदालत छुट्टै मुद्दा दायर गर्नुपर्ने हुन्छ।

मृत्यु छानविन मुद्दाको फैसला नै कस्तो हुने हो? पुनरावेदन गर्ने हो वा उच्च अदालतमा लग्ने भन्ने कुरा अनिश्चित रहेको अवस्थामा क्षतिपूर्तिको मुद्दा कहिले र कसरी सुरु हुन्छ भन्ने कुरा भविष्यको गर्भ मै रहेको छ।

दिलवहादुर लिम्वूको हत्या भइसकेपछि उनका श्रीमति र नेपालमै जन्मेको छोरीको हङकङ परिचयपत्रवारे के हुने भन्ने विषय हङकङको शीर्ष चर्चामा रहेको छ । यस सम्वन्धमा यहाँको विज्ञहरुसंग वुझ्दा हाल विद्यामान कानुनले श्रीमति तथा छोरी दुवैले हङकङको परिचयपत्र पाउने व्यवस्था नभएको भनेकाछन्। यस सम्वन्धमा एक्युट कन्सल्टेन्सीका सिनियर कन्सल्टेन्ट उत्तरमान लिम्वू भन्छन् ” १९९७ जुलाई १ भन्दा पछाडि जन्मेका यहाँको स्थायी वासिन्दाका छोरा छोरीहरुले स्थायी हङकङ परिचयपत्र पाउने व्यवस्था कानुनले गरेको छैन। उनीहरुलाई केवल डिपेन्डेन्ट भिसा मात्र पाउँछन्।”

दिलवहादुरकी छोरी तान्छोप्मा लिम्वू २००४ को जनवरीमा जन्मेकी हुन। दिलवहादुर राईको पत्नी सोनी राई र छोरी तान्छोप्मालाई डिपेन्डेन्ट गर्ने दिलवहादुर नै नरहेको अवस्थामा उनीहरुले परिचयपत्र पाउने सक्ने हङकङ कानुनमा प्रावधान नरहेको लिम्वूको राय रहेको थियो। उनकै भनाइमा यदि सरकारले दिलवहादुर लिम्वूकी छोरीमाथि उदारता अपनाउने हो भने विद्यार्थी भिसा दिन सक्ने प्रावधान अझै खुल्ला छ। छोरीले विद्यार्थी भिसा पाए भने आमा पनि अभिवावकको रुपमा वस्न पाउँछ । आमाछोरी ७ वर्ष बसे भने फेरिपनि हङकङ स्थायी परिचयपत्र आवेदन गर्न हङकङ कानुनले रोक लाउने छैन। यस वाहेक सरकारले चाहेमा जुनसुकै देशको व्यक्तिलाई वसोवासको दिन सक्ने अधिकार पनि छ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

न्युज अपडेटः दिलवहादुर लिम्बू हत्या छानविन प्रक्रिया अन्तिम चरणमा
भूपेन्द्र चेम्जोङ, हङकङ / एचकेनेपाल डट कम, मार्च ५-
दिलवहादुर लिम्वू मृत्यु छानविन प्रक्रिया अव अन्तिम चरणमा पुगेको छ।

अस्ति भर्खरै प्रहरी हातहतियार विज्ञ जोफ्री छोलाई वयान लिइएको थियो। उनको वयान सकिने वित्तिक्कै मृत्यु छानविन कै अन्तिम साक्षी प्रहरी प्रशिक्षक तथा वरिष्ठ निरीक्षक रिकी चेनलाई वयान लिन शुरु गरियो। अस्ति ३ मार्चका दिनदेखि वयान लिन शुरु गरिएकोमा अस्वस्थ्यको कारण दर्शाई चेन विहीवार र शुक्रवार दुइ दिन अदालतमा उपस्थित भएनन्।

३ मार्चमा लिइएको वयानमा उनलाई दिलवहादुरको हत्यामा संलग्न रहेको प्रहरी पीसी होई का केइको तालिम सम्वन्धी व्यक्तिगत विवरणहरुको विषयमा प्रश्नहरु गरिएको थियो। वयानको क्रममा पीसी होइले प्रशिक्षणको क्रममा गोली चलाउनु नपर्ने अवस्थामा समेत गोली चलाएको र कतिपय परीक्षामा असफल भएको रेकर्ड देखाईएको थियो। उनलाई कोरोनरको अधिकृतको तर्फबाट प्रश्न सोधिसकिएको छ भने पीडितको वकील नाइजेल क्याटको प्रश्न सोध्नेक्रम जारीछ। आगामी सोमवार ८ मार्चका दिन उनको वयान जारी रहनेछ। सम्भवतः उनको वयान ९ वा १० मार्चको दिन समाप्त हुनेछ।

पक्षको वकील नाइजेल क्याटले प्रश्न सोध्ने क्रममा कुन कुन क्षेत्रका प्रश्नहरु सोध्न पाइने वा कुन क्षेत्रको प्रश्न सोध्न नपाईने भन्ने विषयमा जुरीहरुको अनुपस्थितिमा छलफल भएको थियो।

रिकी चेनलाई प्रश्न सोध्नु अगावै जुरीहरुले कुनकुन कुरालाई लिएर फैसला गर्ने भन्ने विषयमा एक दिनभर वहस चलेको थियो। वहसमा पक्षको अधिवक्ता क्याटले निर्णय “हो” वा “होइन” भन्ने खालको छोटो मात्र दिन उचित नहुने भएकोले निर्णय गर्दा जुरीहरुले सविस्तार फैसला दिनुपर्ने माग राखेका थिए।

विपक्षका अधिवक्त शामले जुरीहरुले “कानुनी हत्या” र “”थाहा छैन” भन्ने विषयमा मात्र फैसला गर्न पाउँछ “गैर कानुनी हत्या” भएको भन्न पाउँदैन भन्ने जिकिर रहेको थियो। पीसी होइको आफ्नो आत्मा रक्षाको लागि गोली चलाएको भन्ने कुराको खण्डन नगरेसम्म गैर कानुनी हत्या नहुने भनाई शामको रहेको थियो। तर यस सम्वन्धी निर्णय कोरोनर विलियम विंसिं वाईले अहिले नदिने वताएका थिए।

साक्षीहरुको वयान सकिने वित्तक्कै वकीलहरुले आ-आफ्नो भनाईहरु राख्न दिइनेछ। सम्भवतः अन्तिम भनाई राख्न थप हप्तादिन जति लाग्न सक्छ। २५ दिन अनुमान गरिएको दिलवहादुरको मृत्यु छानवीन मुद्दा ५४ दिन लामो भइसकेकोछ। मुद्दा अरु १० दिन लाग्न सक्ने अनुमान गरिएको छ।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–
दिलवहादुर हत्या प्रकरणः ९० डिग्री कोणबाट टाउकोमा गोली छिरेको थियो..
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, फेब्रुअरी १२-
दिवहादुर लिम्वूको परिवार तर्फबाट वोलाइएको फरेन्जिक प्याथोलोजिष्ट प्रोफेसर सनलिप बेले दिलवहादुर लिम्वूको टाउकोमा गोली ९० डिग्रीको कोणमा प्रवेश गरी जमीनसंग समानान्तर भएर छिरेको वयान दिएकाछन्।

उनको लिखित वयानमा गोली हान्ने प्रहरी होई का केइले आफू लडेर हानेको भन्ने भनाई र गोलीको दिशा मेल खाँदैन भन्ने राय दिएको छ । गोली कानको पछाडिवाट छिरेर खप्परको कडा हड्डीमा ठोक्किएकोले गोली फुटेर टुक्रा टुक्रा भएको उनको अनुमान छ। गोलीको दिशाको विषयमा पहिलो चोटि पोष्ट मार्टम गर्ने डाक्टर चियाओ र उनको मत बाझेको छ। पहिलो डाक्टरले गोली कानको पछाडि लागेर निधारसंग समानान्तर भएर गएको ठहर गरेको छ भने प्रोफेसर बेले निधारसंग समानान्तर नभई गोली टाउकोको केन्द्र भागतिर गएको वताएकाछन् । प्रोफेसरको भनाईमा दिलवहादुरलाई गोली हान्दा उनको अनुहार प्रहरीतिर फर्केको नभई लगभई ९० डिग्रीको कोणमा निस्कने वाटोतिर फर्केको हुनपर्दछ भनेकाछन्।

त्यस्तै खुर्सानीको झोल छ्रयापेको विषयमा पनि उनलाई विषेशज्ञको रुपमा वयान लिइएको थियो । वयानमा उनले खुर्सानीको झोल छयापेको मान्छेले आँखा देख्न नसक्ने र त्यसको असर कम गर्नलाई करिव पनि १५ मिनेट जति लगातार धाराको पानीले पखाल्नु पर्ने उनको राय छ । हत्यामा संलग्न प्रहरीले दिलवहादुर लिम्वूलाई खुर्सानीको झोल छेपेपछि तुरुन्तै नजिकको वोतलमा रहेको पानी टिपेर आँखा पखालेपछि पुन आक्रमण जारी राख्दा गोली चलाएको उल्लेख छ। जुन कुरा खुर्सानीले पार्न सक्ने असरसंग मेल नखाने कुरा प्रोफेसर बेको लिखित वयानमा उल्लेख छ।

स्मरण रहोस प्रोफेसर बे केवल प्याथोलोजिष्ट मात्र हो खुर्सानीको झोल र गोलीको विषयमा विशेषज्ञको रुपमा वयान दिन सक्दैन भन्दै बेलाई वयान दिनवाट वन्चित गर्ने कोशिस विपक्षका अधिवक्तहरुले राय दिएका थिए । त्यसपछि प्रोफेसर बेले यस विषयमा वयान दिन सक्ने कि नसक्ने भन्ने विषयमा उनको योग्यताको विषयमा जुरीको अनुपस्थितिमा सुनुवाई भएको थियो। पछि कोरोनरले विषेशज्ञको रुपमा वयान दिन सक्ने निर्णय दिएको थियो । तर त्यसको पछिल्लो दिन कोरोनरले वयान दिन त सक्ने तर दिलवहादुर र प्रहरीलाई उल्लेख गरेर राय पेश गर्न नपाउने भएपछि प्रोफेसर बेको लिखित वयानमा उल्लेखित धेरै वुँदाहरु झिकिएको थियो । परिवारको तर्फबाट दोश्रो चोटि पोष्ट मार्टम गर्न वोलाइएको बेलाई अदालतले गोलीको कोण,खुर्सानीको झोल र वन्दुककोवाट निस्कने पदार्थ (गन शट रेसिड्यु)को विषयमा वयान दिन नपाउने कोरोनरले निर्णय गरेमा सोनीले अदालत त्यही दिनदेखि वहिष्कार गर्ने योजना गरेकी थिइन्।

हाल सम्मको वयानवाट के अनुमान गर्न सकिन्छ भने दिलवहादुर लिम्वूलाई कि त प्रहरीले उठेरै वा दिलवहादुर पनि वसेको अवस्थामा गोली हानिएको र खुर्सानीको झोलको कुनै अंश नभेटिएकोले उनलाई खुर्सानीको झोल नछेपेर सिधै गोली प्रहार गरेको हुन सक्ने अनुमान सुनुवाईमा उपस्थित हुने र्सवसाधारणले लगाएकाछन् । चीनिया नयाँ वर्षको विदापछि अव फेव्रुअरी १८ तारिख विहीवारदेखि सुनुवाई पुनः शुरु हुनेछ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

दिलवहादुर लिम्वू हत्या प्रकरण- ४० औं दिन मुद्दाको सुनुवाई
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, फेब्रुअरी ५ -
प्रहरीको गोलीवाट गत वर्षको मार्च १७ तारिख मारिएका दिलवहादुरको मृत्यु छानविन सम्वन्धी आज ४० औं दिन पनि जारी रहेको छ।

छानविनको क्रममा हिजो विहीवार मुद्दाको सुनुवाई गरिरहेका कोरोनरले दिलवहादुरको पक्षमा एक महत्वपूर्ण निर्णय दिएकाछन्। दिलवहादुर लिम्वूको मुद्दा छानविनमा परिवारको तर्फबाट वोलाइएका एकमात्र साक्षी डाक्टर वे स्वान लिपलाई गोलीले लिएको दिशा, खुर्सानीको झोलको प्रभावकारिता तथा गोली लागेको ठाउँमा भेटिएका वस्तुहरु (गन शट रेसिड्यु)को विषयमा वयान दिन पाउने भएकाछन्। न्यायधीशले रुलिङ गर्नु अगावै हत्यामा संलग्न प्रहरी र प्रहरी प्रमुख आयुक्तका प्रतिनिधि अधिवक्ताहरुले फरेन्जिक प्याथोलोजिष्टले माथि भनिएका विषयहरुमा एर्स्पर्ट वयान दिन सक्दैनन् भन्ने जिकिर गरेका थिए। कोरोनर विलियम विङसिङ वाईले यस विषयमा फैसला सुनाएपछि हङकङ विश्व विद्यालयका एशासियट प्रोफेसर वेलाई विहीवार दिउसोदेखि वयान लिन शुरु गरिएको थियो । कोरोनर अफिसर लुकको प्रश्न सोध्ने काम सिद्धिएपछि दिलवहादुर तर्फका वकील नाइजेल क्याटले प्रश्न सोध्ने क्रममा विपक्षी वकीलहरुले डाक्टर वेले प्रहरीलाई सापेक्ष वनाएर वयान दिन पाउँदैन भन्ने जिकिर गरेपछि कोरोनरले आफूले अस्ति गरेको निर्णयको विरोधमा अर्को निर्णय शुक्रवार गरेको थियो। उनले विपक्षीहरुको निवेदनमाथि रुलिङ गर्दै प्रोफेसरको महत्वपूर्ण निष्कर्षहरुलाई अदालतमा सुनुवाई हुन दिएन। यसपछि सुनुवाईले फेरि नयाँ मोड लिएको छ । पक्षका अधिवक्ता नाइजेल क्याटले यसमा घोर असहमति जनाएको थियो भने माइकेल भिडलरले यो राम्रो संकेत नभएको भन्दै नेपाली समुदायमा यस विषयमा छलफल गर्न सल्लाह दिएका थिए।

अस्ति विहीवारको रुलिङ विपक्षमा भएको भए सोनीले सुनुवाई वहिष्कार गर्ने लगभग निश्चित भइसकेको थियो । वहिष्कारको लागि पत्रकार सम्मेलन गर्ने तयारी लगभग पूरा भइसकेको थियो।

अदालतले वन्देज गरेका लिखित वयानमा गोली जमीनसंग सीधै समानान्तर भएर गएकोले गोली हान्ने प्रहरीले नालीमा लडेर हानेको भन्ने वयानसंग मेल खाँदैन भन्ने निष्कर्ष निकालेको थियो । त्यस्तै दिलवहादुर लिम्वूको मृत शरीर परीक्षण गर्दा खुर्सानीको झोल कतै नभेटिएकोले प्रहरीले गोली हान्नु अगावै खुर्सानीको झोल प्रशस्त मात्रामा अनुहार, आँखा र पाखुरामा छेपे भन्ने वयानसंग मेल खाँदैन भन्ने उल्लेख गरेकोछ।

यी महत्वपूर्ण कुराहरु जुरीको अगाडि राख्न शुक्रवारको रुलिङ भएपछि अस्ति विहीवार गरेको रुलिङलाई प्रायः निस्तेज वनाएकोछ। पक्षका अधिवक्त नाइजेल क्याटले यो रुलिङसंग असहमत जनाएकाछन् । डाक्टर वेको वयान आगामी सोमवार पनि जारी रहनेछ।

सुनुवाई लगभग फेव्रुअरीको अन्तिम हप्तासम्म रहने अनुमान गरिएकोछ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–
दिलवहादुर हत्या प्रकरण- सोनी राईले अदालत वहिष्कार गर्न सक्ने
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, फेब्रुअरी २ -
दिलवहादुर लिम्वूको मृत्यु सुनुवाईको क्रममा दोश्रो चोटि पोष्ट मोर्टन अटप्सी गर्ने हङकङ युनिभर्सिटीका एसोसियट प्रोफेसर डाक्टर बेको प्राविधिक ज्ञानको विषयमा वयान नसकिएकोले कोरोनर विलियम विङ सिङ वाईले डाक्टर बेलाई कुन हदसम्मको एस्पर्टीज वयान लिन सकिन्छ भन्ने निर्णय गर्न सकेन।

वरिष्ठ प्याथोलिजिष्ट प्रोफेसर बेले आफ्नो वयानमा दिलवहादुरको मृत शरीर अटोप्सी गरिसकेपछि आफूले पता लगाएको तथ्यहरुको आधारमा दिलवहादुर लिम्वूको कुनै पनि अंगमा वा लगाएको कपडामा खुर्सानीको झोल नलागेको र दिलवहादुरलाई हानिएको गोलीको दिशा लगभग जमीनसंग समानान्तर भएको टिप्पनी उनको लिखित वयानमा दिएपछि विपक्षी अधिवक्ताहरुले प्रोफेसर बेको यस विषयमा टिप्पणी गर्ने योग्यता नभएको भन्दै आपत्ति जनाएपछि प्रोफेसर यस विषयमा उनको ज्ञानको विषयमा वयान लिने कोरोनरले निर्णय सुनाएको थियो । अघिल्लो दिन प्रोफेसर बे भन्दा १८ वर्ष जुनियर सरकारी प्याथोलोजिष्ट डाक्टर चियाओलाई माथि भनिएकै विषयहरुमा प्रश्नहरु गर्न कोरोनरले अनुमति दिएको थियो।

कोरोनरले प्रोफेसर बेलाई प्रहरीले गोली हान्नु भन्दा अगाडि दिलवहादुरलाई छेपेको भनेको खुर्सानीको झोल र गोलीको दिशाको विषयमा वयान दिन अस्वीकार गरेमा दिलवहादुरकी श्रीमति सोनी राईले अदालत वहिष्कार गर्ने र पत्रकार माझ आफ्नो गुनासो राख्ने भएको छ। आजकै दिन कोरोनरले निर्णय सुनाउने सम्भावना भएकोले आज अदालतमा धेरै नेपालीहरुको उपस्थिति रहेको थियो। कोरोनरको निर्णय सुन्न भोलि दिउँसोसम्म पर्खनु पर्ने भएको छ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

दिलवहादुर हत्या प्रकरण- दिलवहादुर लिम्वूको मुद्दामा अर्को षड्यन्त्र शुरु
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, फेब्रुअरी १-
गत साल मार्च १७ का दिन प्रहरीद्वारा हत्या गरिएको दिलवहादुर लिम्वूको मुद्दामा अर्को षडयन्त्र शुरु गरिएको छ।

लिम्वूको पोष्ट मार्टन गर्ने सरकारी डाक्टर चियाओको वयान समाप्त भइसकेको छ भने पीडितका अधिवक्ताले सिफारिस गरेको स्व. लिम्वूको दोहोर्याएर पोष्ट मोर्टन गर्ने अर्का वरिष्ठ प्याथोलोजिस्ट डाक्टर बेको वयान भोलिदेखि शुरु हुने भएको छ। डाक्टर बेलाई आजदेखि वयान लिन शुरु गर्ने पहिलेको योजना भएपनि डाक्टर बे को वयानमा लेखिएका केही महत्वपूर्ण कुराहरुमा विपक्ष तर्फा अधिवक्ताहरुले आपति जनाएपछि आज उनको वयान हनु सकेन। स्वतन्त्र तथा वरिष्ठ मानिएका हङकङ युनिभर्सिटीका एसोसियट प्रोफेसर समेत रहेका बेले स्व. दिलवहादुर लिम्वूको शरीर परीक्षण गरेपछि उनले आफ्नो राय वयानमा लिखित रुपमा पेश गरेकथिए । उनको परीक्षणवाट लिम्वूको शरीर, अनुहार,हात वा कतै पनि खुर्सानीको झोल नछेपिएको कुरा पता लागेको उल्लेख गरेकाछन्। त्यस्तै दिलवहादुर लिम्वूलाई लागेको गोलीको दिशा कानवाट सीधै तेर्र्सो गएकोले हत्यामा संलग्न प्रहरीले लडेर गेली हानेको भन्ने वयानसंग मेल नखाने राय दिएपछि विपक्षका वकीलहरुले उनको वयानमा आपत्ति जनाएका हुन । तर डाक्टर बे भन्दा ठीक अगाडि वयान लिइएको सरकारी प्याथोलिजिस्ट डाक्टर जियाओले खुर्सानीको झोलको असर वारेमा र गोली लागेको दिशाको वारेमा वोल्न कोरोनरले अनुमति दिएको थियो।

आज दिनभर जस्तो नै डाक्टर बेले खुर्सानीको झोल र गोलीले लिएको वाटोको विषयमा दिएको लिखित वयानलाई समावेश गर्ने कि नगर्ने भन्ने विषयमा नै समय खर्च गरिएको थियो । पक्ष तर्फ वकील नाइजेल क्याटले खुर्सानीको झोल र गोली सम्वन्धमा डाक्टर चियाओको औपचारिक ज्ञान नभएपनि उनलाई यस विषयमा वोल्ने अनुमति दिइएकोले उ भन्दा वरिष्ट -डा.चियाओको परीक्षाको कपी जाँच्ने गुरु)लाई यस विषयमा राय राख्न पाउनु पर्ने जिकिर गरेका थिए। विपक्ष वकीलहरुले डाक्टर बे गोली र खुर्सानीको झोल विषयको ज्ञाता होइन भन्दै अत्तो थापेकाछन । कोरोनर विलियम विङसिङ वाईले पनि डाक्टर चियाओ र डाक्टर बेको कुरा फरक हो भन्दै जुरीहरुको अनुपस्थितिमा खुर्सानीको झोल र गोलीको विषयमा डाक्टर बेको ज्ञान जाँच्नु पर्ने निर्णय गरेको छ।

कोरोनरको रुलिङ वमोजिम डाक्टर बेको अन्तरवार्ता लिनेक्रम जारी छ। भोलि विहान केही घण्टासम्म उनको अन्तरवार्ता चल्ने छ।

सम्भवतः कोरोनरले विपक्षमा फैसला गर्नेछ। विपक्षमा फैसला गरेमा डाक्टर बेको राय जुरीहरुले थाहा पाउने छैनन्। जसले गर्दा उनीहरु वास्तविक तथ्यवाट वन्चित हुनेछन् । वास्तविक तथ्य विना जुरीलेको र्फैसला न्यायसंगत हुनेछैन भन्ने पर्यवेक्षकहरुको ठहर रहेको छ।

तसर्थ यदि खुसानीको झोल र गोलीको विषयमा डाक्टर बेको वयान राख्न नपाउने कोरोनरले निर्णय गरेमा तुरुन्तै मृतककी श्रीमति सोनी राईले अदालत वहिस्कार गर्ने योजना रहेको थाहा भएको छ। यही परिवेशमा सोनी राई र दिलवहादुर लिम्वूको मुद्दा शुरुदेखि सहयोग र मार्गदर्शन गर्दै आएका हङकङ नेपाली महासंघको संयोजनमा गठन गरिएको दिलवहादुर लिम्वू संघर्ष समितिले ऐक्यवद्धताको लागि भोलि विहानैदेखि अदालतमा वढीसे वढी नेपालीहरुले उपस्थित जनाईदिन आहृवान गरेकोछ।

भोलिको फैसला ज्यादै महत्वपूर्ण भएको भन्दै सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुमा नेपाली संर्घष समितिका संयोजक हेम लिम्वूले उपस्थितिको लागि अनुरोध गरेकाछन्।
अदालतः ठेगान साईवान हो एमटी आर एक्जिट ए
समयः ९ः३० देखि ५वजेसम्म

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

दिलवहादुर हत्या प्रकरण-
गोली हान्नु अगावै मरिचको झोल नहानेको पुष्टि

भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २७-
दिलवहादुर लिम्वूको मृत्यु छानवीन सम्वन्धि मुद्दाको सुनुवाई आज पनि जारी रह्यो। सुनुवाईको क्रममा हिजो र आज दुइ दिन दिलवहादुर लिम्वूको पोस्ट मोर्टन गर्ने सरकारी डाक्टर चियाओको वयान लिइएको थियो।

हिजो र आज दुइ दिन सम्मको वयानमा डाक्टर चियाओले दिलवहादुरको मृत्युको कारण गोलीको चोट वाहेक अन्य नभएको वताएकाछन्। उनको वयानमा गोली दिलवहादुरको कानका पछाडिपटि्ट कानको प्वालभन्दा एक सेन्टीमीटर पर भएर लगभग सीधा तेर्से छिरेर पछाडि पटि्टको दिमाग सम्म गोली पुगेको वताएकाछन्। गोली कन्चट पछिबाट छिर्ने वित्तिक्कै टुक्रिएको र चारवटा गोलीको ठूला चोइटाहरु मात्र फेला पार्न सकेको वाँकी निकाल्न नसकिएको वताए। पोष्टमोर्टनको क्रममा उनले गिदी मुटु कलेजो तथा शरीरका प्रमुख अंगहरुको सवै राम्रा भएका र तिनीहरुको वजन समेत वताएका थिए। दिलवहादुरको शरीरमा कुनै किसिमको विषालु पदार्थ नभेटिएको पनि वताएका थिए।

त्यस्तै दिलवहादुरको शरीरमा कतै पनि मरिचको झोल हानिएको लक्षण नदेखिएको परीक्षणवाट पत्तालागेको उनको दावी छ। स्मरण रहोस्, हत्यामा संलग्न प्रहरीले दिलवहादुरलाई गोली हान्नु अगावै खुर्सानीको झोलले हान्दा पनि नियन्त्र गर्न नसकी लगातार आक्रमण जारी राखेकोले गोली हान्न वाध्य हुनुपरेको वयान दिएका थिए। त्यस्तै गोली हान्ने वेलामा प्रहरी नालीमा लडिरहेको थियो भन्ने वयान दिएका थिए। डाक्टरहरुको रिपोर्ट अनुसार गोली लगभग कानवाट छिरेर सिधै तेर्र्सो गएकोले प्रहरीले सुतेर गोली हानेको पत्याउन गाह्रो हुने पर्यवेक्षकहरुको भनाई छ।

डाक्टरहरुको रिपोर्ट अनुसार दिलवहादुरको वायाँ हातमा र छातीमा केही चोटहरु भेटिएको छ भने प्रहरीकोमा कतै त्यस्तो आक्रमण छेक्न प्रयोग गर्दा चोटलागेको नभेटिएको वताएकाछन्।

दिलवहादुरको पोष्ट मोर्टनको पहिलो रिपोर्टमा चित्त नवुझेर दोश्रो चोटि पोस्ट मोर्टन गरिएको थियो। दोश्रो चोटि पोष्ट मोर्टन गर्ने डाक्टर बे को वयान २९ गते लिइनेछ अदालत कारणवस भोलि २८ गते विहीवार स्थगित हुने छ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

दिलवहादुर लिम्बू हत्या प्रकरण:
विषेशज्ञहरुको वयान जारी

भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २५-
दिलवहादुर लिम्वू र प्रहरीवीच झम्टा झम्टी हुने क्रममा प्रयोग गरिएको कुर्सी, मरिचको झोल छर्ने स्प्रे परीक्षण गर्ने सरकारी प्रयोगशालाका वैज्ञानिक डाक्टर टेरीको वयान २५ जनवरी सोमवारका दिन लिइएको छ।

अदालतको प्रतिनिधित्व गर्ने अधिवक्ता लुकले सोधको प्रश्नको उत्तर दिने क्रममा उनले कुर्सीलाई रेलिङमा हिर्काएर भाँचिएको कुनै संकेत नभएको वताए। त्यसै गरी लडाईको वेला खिचिएको भीडियोमा सुनिएका दुइ कडा वस्तुहरु ठोक्किएर निस्केको आवाज पनि प्रहरीको लट्ठी र काठवीच ठोक्किएर निस्किएको आवाज भनेर ठोकुवा गर्न नसक्ने वयान दिएको छ। घम्साघम्सीको वेला प्रयोग गरिएको भनिएका प्रहरीको लाट्ठी र कुर्सीसाथै कुर्सी रेलिङवीच नियन्त्रित परीक्षणकक्षमा आवाज पुनर्निमाण गरिएको थियो। यसरी निकालिएको आवाज भीडियोमा सुनिएको आवाज जस्तै जस्तै भएपनि व्याटन र कुर्सी बीच ठोक्किएर निस्केको आवाज भन्ने ठोकुवा गर्न नसकिने वताए। त्यस्तै गोली हान्ने प्रहरीको वुट डाक्टर टेरीले परीक्षण गरेको थियो तर उनको परीक्षणमा सिमेन्टमा रगडिएर खिइएको संकेत नभेटिएको वताए। हत्यामा संलग्न प्रहरीले वयानको क्रममा आफूले गोली चलाउनु अघि आफू नालीमा लडेर जुत्ता घस्रिएको भनेका थिए। वयानकै क्रममा दिलवहादुरले कुर्सी लिएर आक्रमण गर्न आउँदा आफूले व्याटनले छलेको भनेका थिए।

वैज्ञानिक टेरीले आफ्नो परीक्षणको परिणाम दुरुस्त वताएपछि विपक्षी वकीलहरु निक्कै हतास भएका थिए। सधैंको भन्दा सापेक्षित रुपमा डाक्टर टेरीलाई लामो प्रश्न गरेका थिए। भोलि दिलवहादुर लिम्वूको शरीरको अटोप्सी गर्ने डाक्टरको वयान लिइने छ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–
दिलवहादुर लिम्बू हत्या प्रकरण:
उसलाई हाक्चाई र आछा भन्ने गर्दथ्यो

भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २०-
दिलवहादुर लिम्वू र प्रहरी जवान होई का केइ वीचको झम्टा झम्टी भएको प्रत्यक्ष देख्ने अगाडि आएका साक्षीहरु मध्येका एक ङाई थाई किटको वयान आज समाप्त भएको छ।

घटना घटेकै दिन उनले मोवाइलमा रेकर्ड गरेको भिडीयो पत्रकारलाई दिएका थिए। तिम्रो समुदायमा दिलवहादुरलाई के भनेर वोलाइथ्यो भन्ने प्रश्नको उत्तरमा उनलाई धेरैजसो हाक्चाई र आछा भनेर वोलाउने गरेको उनले वताए । वयानको क्रममा दिलवहादुर लिम्वूले रुखमाथि चढेर धेरैचोटि आफ्नो फ्लाटतर्फ हेर्ने गरेको पनि वताए।

पक्षको अधिवक्ता नाइजेल क्याटले छडके जाँच्ने क्रममा लिम्वूले लगातार प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले लिम्वूलाई मरिचको झोलले छेपेको तर लिम्वूले तुरुन्त सेतो कपडाले पुछेपछि आक्रमण जारी राखेको देखेको उनले वताए। खुर्सानीको झोलले हान्दा लिम्वूले हातले अनुहार छेकेन भन्ने प्रश्नको उत्तरमा किटले भने पहिले त छोपेन तर झोल हानिसकेपछि छोप्यो। झोल हानिसकेपछि छेकेको हो भन्ने उत्तर दियो। उनले वयानको क्रममा लिम्वू र प्रहरी खेदाखेद हुँदा उनीहरु दुवैलाई कम्मरदेखि माथि देखेको र लिम्वूले रेलिङमा लगेर कुर्सी भाँचेएर प्रहरीमाथि आक्रमण गरेका वयान दिए। तर उनको लिखित वयानमा रातो सोफा त्यहाँ कुनामा भएको र कुर्सी रातो सोफाको छेउमा भत्काएको वताए।

यो भन्दा अगाडि जुरीको अनुपस्थितिमा दिलवहादुर लिम्वूको चालचलनको विषयमा वहस गर्न पाउने कि नपाउने भन्ने विषयमा पक्ष तथा विपक्ष वकीलहरुको वहस निक्कै लामो वेर चलेको थियो। यस विषयमा रुलिङ दिन समय लाग्ने भन्दै न्यायधीशले आज विहानको ११ वजेतिरै अदालत भोलिसम्मलाई स्थगन गरेको थियो।

भोलि विहान न्यायधीशको रुलिङ सकिएपछि सम्भवतः लिम्वूको मृत्युपछि आवश्यक प्रमाणको लागि परीक्षण गर्ने डाक्टर (फरेन्जीक एक्र्सपर्ट)को वयान सुन्न सकिने छ।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

दिलवहादुर लिम्बू हत्या प्रकरण:
भिडियो खिच्ने युवकको वयान

भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी १८-
दिलवहादुर लिम्वूको हत्या छानबिनको सुनुवाई इर्स्टन ल कोर्टस्मा जारी रहँदा जनवरी १८ तारिखका दिन प्रहरी र दिलवहादुर वीचको घटनाको प्रत्यक्ष भीडियो शुटिङ गर्ने व्यक्तिको वयान लिइएको छ।

थाई ङाई किट नाम गरेको २० वर्षीय युवकले गत वर्ष १७ मार्चको दिन होमान्टिनको रेड लाईट हिल भन्ने ठाउँमा प्रहरी कन्स्टेवल होई का केइ र दिलवहादुर लिम्वूवीच भएको द्वन्दको दृश्य उनको आफ्नो मोवाईल फोनवाट प्रत्यक्ष रुपमा खिचेका थसए। घटना स्थलवाट ४० मीटरको दूरीमा आफ्नो फ्लाट रहेको वताउने किटले घटना प्रत्यक्ष आँखाले प्रष्ट रुपमा देख्न सकेको वताए। साक्षीको रुपमा वयान दिने क्रममा उनले दिलवहादुर लिम्वूलाई २००८ सालदेखि नै त्यस डाडामा देख्दै आएको र उनले कुनै कुनै वेला जंगलको आँप र अम्वाहरु टिपेर खाँदै गरेको देखेको वताए।

वयानको क्रममा उनले कालो वर्णका विदेशीले कुर्सी उचालेर प्रहरीलाई धेरैचोटि आक्रमण गर्नुअघि प्रहरीको छातीमा घचेटेको र प्रहरीले उनको दुवै हात समातेर पछाडिपछि लगेर समात्न खोजेको तर त्यस विदेशी फुत्किन सफल भएको वताए। उनको हात फुत्केपछि काठको कुर्सि र कुर्सिको खुट्टाले आक्रमण गरेपछि प्रहरीले रिभल्भर निकालेको किटको वयान दिए। रिभल्भर निकालेर धेरैचोटि चेतावनी दिएपछि दिलवहादुरलाई पहिलो गोली प्रहार गरेको देखेको पनि वताए। पहिलो गोली हानेपछि पनि दिलवहादुरले प्रहरीलाई आक्रमण गर्न नछोडेपछि दोश्रो गोली हानेको वताए। गोली लागेर दिलवहादुर ढलिसकेपछि प्रहरीले सहायताको लागि विट रेडियोवाट फोन गरेको र उनले फोनमा आफ्नो नम्वर दिएर घटनाको जानकारी गराएको वताए।

स्मरण रहोस् फोन गरेको सुने भनिरहँदा उनी घटना स्थलवाट ३० देखि ४० मीटर पर रहेको आफ्नो घरको वरन्डामा भएको वताएका थिए। गत सेप्टेम्वरमा लिइएको हत्यामा संलग्न प्रहरी जवान होईको वयानमा दिलवहादुरको काँधमा हे भनेर धाप मार्दा एक्कासी फर्केर मुक्का हानेको बताएका थिए। वयानमा पहिलो गोली हानेपछि दुवैजना स्तव्ध भएको होईको वयानमा उल्लेख छ। कतिखेर भिडियो खिच्न शुरु गर्यौ भन्ने प्रश्नको जवाफमा किटले प्रहरीले खुर्सानीको झोल प्रयोग गरेपछि मात्र मोवाइल फोनवाट भिडियो खिच्न शुरु गरेको वताए । उनले खिचेको भिडियोको कपि खिचेकै दिन पत्रकारहरुलाई पास गरेका थिए।

ङाई किटको पहिलो दिनको वयान कतिपनि स्वभाविक देखिएको थिएन। उनको वयान भोलि १९ जनवरीमा पनि जारी रहनेछ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

दिलबहादुर लिम्बू हत्या प्रकरणः
कालो वर्णको विदेशीलाई धपाउन अनुरोध गरें

भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी १५-
आज प्रहरीलाई उजुर गर्ने मेडम युन वाईको वयान सकिएको छ। उनको वयान अनुसार लोकमान शान चुनको डाँडामा कालो वर्णका मानिस आछाले फोहोर मैला थुपारेकोले मच्छेरहरु आउन थालेपछि त्यस कालो वर्णका मानिसलाई धपाउन प्रहरीलाई अनुरोध गरेको वताइन्।

उनले पहिले काउलून सिटीको प्रहरी थानामा फोन गरिन । पछि त्यस थानाले त्यो क्षेत्र नहेर्ने भनेपछि हुङ हमको प्रहरीमा फोन गरेर उजुरी गरिन । उजुरीमा लोकमाना सान चुनमा रहेका कालो वर्णका विदेशीलाई धपाउन प्रहरीलाई अनुरोध गर्दा प्रहरीले आईडी कार्ड भएको मान्छेलाई धपाउन सकिन्दैन भने । मेडम वाईले आईडी कार्ड नभएको मान्छे जस्तो छ भने पछि । प्रहरी आउन तयार भएको वताइन् । अदालतमा वयानको क्रममा कसरी आईडी नभएको मान्छे भनेर भन्न सक्यो त भन्ने प्रश्नमा केही हदसम्म कालो वर्णका भएकोले र अर्को कुरा पहिलेको एक घटनामा घटना घटेको नजिकै चौतारीमा पानी पोखाएर वस्ने नहुने भएपछि वाईको साथीले प्रहरी वोलाउँछु भनेर मोवाइल फोन निकालेपछि भागेकोले त्यस्तो अन्दाज लगाएको वताइन्।

तिम्रो कुनै दक्षिण एशियालीहरु साथी छन् वा उनीहरुको विषयमा थाहा छ । भन्दा छैन भनी उत्तर दिएका थिए।

मेडम वाईको जवाफहरु स्वभाविक नभएर अरु कसैले सिकाएको जस्तो लाग्दथ्यो । उनको उजुरीको कारणले प्रहरीले गोलीवाट व्यक्तिको मृत्यु भएपनि दुःख नलागेको जस्तो देखिन्थ्यो । वयानको क्रममा प्रहरी र दिलवहादुर झम्टा झम्टी परेको वताइन्। दिलवहादुर लिम्वूले कुर्सी उचालेर प्रहरीतिर आक्रमण गर्दा प्रहरीको हातमा चोट लागेको वताइन्। दिलवहादुर लिम्वू कम्मरदेखि माथि नाङगै थियो तर प्रहरीले चहकिलो पाटे ज्याकेट लगाएको थियो । ज्याकेटको कारण लिम्वूभन्दा प्रहरीलाई राम्रोसंग देख्न सकिन्थ्यो नि भन्ने प्रश्नको उत्तरमा उनले होइन उस्तै उस्तै देखे भन्ने जवाफ दियो।

वाईले प्रहरी सामु दिएको लिखित वायनमा लिम्वूलाई आछा भन्ने शव्द प्रयोग गरिएकोले वादीका वकीलले त्यस क्षेत्रमा लिम्वूलाई अन्य कुनै नामले पनि पुकारिन्थ्यो कि भन्ने प्रश्न गर्न लाग्दा यो अदालत जातीय भेदभाव हेर्ने अदालत होइन भन्दै विपक्षी अधिवक्ताहरुले आपति जनाएका थिए । च्यार्म्वर्स हेयरिङमा पक्षका अधिवक्ता नाइजेल केटले यो एकदमै महत्वपूर्ण विषय हो, मेडम वाइले कालो वर्ण भएको आधारमा कुनै फरक व्यवहार गरेर प्रहरी वोलायो हो कि भन्ने विषयमा यो छानवीनले जवाफ दिनुपर्छ भने पछि प्रश्न सोध्न दिइएको थियो । अधिवक्ता नाइजेल केटलाई मेडम वाईको ठेगाना पनि सार्वजनिक गर्न दिएनन्।

लिम्वू यही जन्मेका हुन् उनको वावुले हङकङमा सेनाको रुपमा सेवा गरेका थिए भन्दा वाईको अनुहार एक्कासी परिवर्तन भएर गम्भिर भएको थियो। त्यसपछि उता यस सम्वन्धि प्रश्न केटलाई सोध्न दिइएन।

सोमवार भिडियो खिच्नेको वयान लिइने छ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

मृतक दिलबहादुरकी पत्नी सोनीसंग बयान
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी ८-
८ तारिख पनि साक्षीहरुको वयान सुन्ने क्रम जारी रह्यो तर आज भने साक्षीहरुको प्रत्यक्ष वयान भन्दा पनि लिखित वयान मात्र पढेर सुनाइयो। वयान सुन्ने क्रममा दिलवहादुरको पत्नी सोनी लिम्वूको वयान पनि पढेर सुनाएको थियो।

सोनीको वयानमा केही थपघट गर्नुपर्ने आवश्यक भएको उनकै वकील नाइजेल क्याटले वताएपछि आज आधादिन भन्दा वढी त्यही विषयमा वहस चलेको थियो । सोनीलाई वकीलहरुको प्रश्नको सामना गर्नपर्ने छैन तर उनको लिखित वयान भने सवैले सुन्न पाउनेछन् । सोनी भन्दा अगाडि दिलवहादुर लिम्वूको दाजु रामकुमार लिम्वूको वयान पढेर सुनाइएको थियो । रामकुमार वेलायती सेनामा कार्यरत भएकोले उनी वयान लिन आउन नसक्ने लिखित वयान दिएकाछन्। उनका अनुसार दिलवहादुर लिम्वू १९९६ सालमा हङकङ आएपछि चेपलापकोकमा संगै काम गरेको र केही वर्षसंगै वसेका थिए। निज रामकुमार वेलायत २००४ सालमा गएपछि पनि रामको श्रीमतिकै निगरानीमा दिलवहादुर वसेको वयानमा उल्लेख गरेको छ। उनी वेलायती सेनामा २००६ मा भर्ना भएपछि पनि वेला वेलामा श्रीमतिमार्फत दिलवहादुरको खवर थाहा पाउँदै आएकोमा उनकी श्रीमति पनि २००७ सालमा वेलायत प्रस्थान गरेपछि दिलवहादुर वेखवर भएको वयानमा उल्लेख छ। वयानमा हङकङमा दिलवहादुर नामको व्यक्ति मारिएको भाइ नै हो कि निधो गर्न भनेर नेपालवाट बा आमाले फोन गरेपछि हङकङमा रहेको देवकला लिम्वू (दिलवहादुरको लुङवाँ)लाई सर्म्पर्क गरेको र दिलवहादुरको आइडी नम्वर दिएर प्रहरीकहाँ वुझ्न जान अनुरोध गरेको उल्लेख छ।

राम भन्दा पहिले दिलवहादुरको मामाकी छोरी देवकला लिम्वूको पनि वयान पढेर सुनाइएको थियो। उनका अनुसार दिलवहादुर लिम्वूको वुवाले नेपाली वेवसाइटमा हङकङमा नेपालीको हत्या भएको हेरेपछि आफ्नो छोराको नामसंग मिल्दो जुल्दो भएकोले दिलवहादुरका वा आमाले उनलाई वुझिदिन भनेर फोन गरेको थियो। उनी चुनवान प्रहरीमा गएर उनको नाम र आइडी नम्वर दिएपछि मारिएको मानिस दिलवहादुर नै हो भन्ने निधो गरेकी वताएकी छिन्।

७ र ८ जनवरीमा दिलवहादुर लिम्वूबाट वरामद गरिएको उनले लगाएको नीलो जीन्सको पेन्ट, सातवटा विविध रंगका घडी, घटनाको वेला लगाइ राखेको एक खुट्टामा रातो रंगको र अर्को खुट्टामा रातो र कालो रंगको मोजा, जुत्ता, घाँटीमा लाउने प्लास्टिकको गहना आदि सवुतहरु अदालतमा पेश गरिएको थियो।

अदालत आगामी ११, १२, १३ र २९ जनवरीमा पूरै सुनुवाई स्थगित हुनेछ भने १९ तारिख लन्चपछि सुनुवाई नहुने वताइएको छ। नेपाली महासंघ दिलवहादुर हत्याकाण्ड संघर्ष समिति र लुम्फुङवा परिवारको अनुरोध वावजुद्ध पनि ७ र ८ तारिख अदालतमा नेपालीको उपस्थिति प्रायः शून्य नै रहेको थियो।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

अस्पताल आइपुग्दा पुरै अचेत थियो दिलवहादुर लिम्वू
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी ७ -
दिलवहादुर लिम्वूको हत्या छानवीनको क्रममा मृतक लिम्वूलाई गोली लागेपछि लगत्तै क्वीन एलिजावेथ अस्पतालमा लगिएपछि त्यहाँ आकस्मिक कक्षमा कार्यरत दुइजना डाक्टरहरुको वयान लिइएको छ।

वयानको क्रममा लिम्वूलाई आकस्मिक कक्षमा पुगेपछि पहिलो चोटि जाँच गर्ने डाक्टर ली किन यान र पछि परीक्षण गर्ने ल कोक केङलाई वयान लिइएको थियो । डाक्टर लीका अनुसार दिलवहादुर दिनको करिव साढे १ वजेतिर अस्पताल पुग्दा सम्ममा अचेत भइसकेको थियो भने उनको ग्लास कोमा स्केल ३ रहेको थियो अर्थात पूरै वेहोस अवस्थामा पुर्याइएको थियो। लिम्वूको देव्रेकान छेउमा गोलीले वनाएको गोलो घाउवाट रगत र हरियो रंगको तरल पदार्थ वगिरहेको वताए। उनको रक्तचाप १२०र७९ रहेको थियो भने नाडीको गति ६० प्रतिमिनेट रहेको थियो । आखाँको नानी पुरै फुलिएको थियो । उनलाई तुरुन्त एक्सरे कक्षमा लगियो र सीटी स्क्यान गरियो। एक्सरे र सीटी स्क्यानवाट फुटेको गोलीको टुक्राहरु टाउकोभित्र देखिएको थियो । दिमागमा अत्याधिक रक्तश्राव भएको कारणले उनको टाउकोको सल्यकृया गर्न नमिलेको डाक्टर लीले वताए। फलस्वरुप उनलाई परम्परागत उपचारमात्र गरिएको थियो । यही चोटको कारण त्यही दिने पौने सात वजेतिर दिलवहादुरको मृत्यु भएको थियो।
पछिवाट उपचार गर्ने डाक्टर ल कोक केङको वयान पनि डाक्टर लीसंग मिल्दो जुल्दो नै रहेको थियो।

पक्षका वकील नाइजेल क्याटले परीक्षणको समयमा लिम्वूको जीउमा कुनै चीजले पोलेको घाउ वा कुनै तरल भेटियो कि भेटिएन भन्ने प्रश्नमा त्यस्तो घाउ र कुनै तरल पदार्थ नभेटिएको कुरा डाक्टरव्दय ली र केङ दुवैले निधो गरेका थिए। विपक्षी हत्यामा संलग्न प्रहरीको अधिवक्ता शामले खुर्सानीको झोल प्रहरीले र्छर्के पनि उपचारको क्रममा धोइपखाली भएकोले अटोप्सी रिपोर्टमा नदेखिएको प्रमाणित गर्न भरमग्दुर प्रयास गरेका थिए भने पक्षको वकील नाइजेल केटले खुर्सानीको धुलो मृतकलाई गोली हान्न अगाडि र्छर्किएको थिएन भन्ने प्रमाणित गर्न निक्कै मेहिनेत गरेका थिए। स्मरण रहोस दिलवहादुरको अटोप्सी रिपोर्टमा खुर्सानीको झोल प्रयोग नभएको देखाइएको छ। तर हत्यामा संलग्न प्रहरीले आफ्नो वयानमा गोली हान्नु अगावै उसलाई खुर्सानीको धुलोले छेपेको वताएको छ।

अटोप्सी रिपोर्टमा दिलवहादुर लिम्वूको छाती, भुडी र पाखुरामा केही चोट लागेको उल्लेख छ।

हिजै दिलवहादुरलाई गोली लागेपछि लगत्तै घटना स्थलमा पुगेका प्रहरीहरुको वयान लिइएको थियो। धेरैजसो साक्षीहरुको वयानमात्र पढेर सुनाइएको थियो केहीको मात्र प्रत्यक्ष वयान लिइयो। घटना स्थलमा लगत्तै पुग्ने प्रहरीहरुले दिलवहादुर लिम्वू लम्पसार उतानो सुतिरहेको टाउकोवाट रगत वगिरहेको र अचेत अवस्थामा प्रहरी जवान होइका केइले टाउकोमा रगत थाम्न सेतो कपडा प्रयोग गरिरहेको वताए। त्यसभन्दा वढी केही वताउन चाहेनन्।
——————————————————————————–

दिलवहादुर लिम्वूको मुद्दा सुनुवाई जारी
भूपेन्द्र चेम्जोङ, हङकङ /एचकेनेपाल डट कम जनवरी ६ -
जनवरी ६, २०१० का दिन पनि साइवान हो स्थित इर्स्र्टन अदालतमा दिलवहादुर लिम्वूको मुद्दा सुनुवाई जारी रहेको छ।

आज पनि घटना घटेको दिन घटना नजिकै हुङहम प्रहरी कन्ट्रोल कक्षमा रहेका वरिष्ठ हवल्दार फङ र घटना स्थलमा पहिलो चोटि पुगेका होइ का केइका टीम इन्चार्ज महिला प्रहरी छोइका मेङलाई वयान लिइएको थियो । वयानको क्रममा महिला प्रहरी हवल्दारले आफू घटना स्थलमा पुग्दा दिलवहादुर उतानो परेर हात खुट्टा पसारेर लडिरहेको थियो। उनको कम्मरदेखि माथिको भागमा लुगा थिएन। नीलो रंगको जीन्स पेन्ट लगाएको देखेको वताइन। प्रहरी जवान होइ का केइले टाउकोमा वगिरहेको रगत कपडाले थिचेर थाम्ने कोशिस गरिरहेको देखिन् । घटना स्थल वरपर भाँचिएको कुर्सी, चस्मा र सोफा लगायतका सामानहरु रहेको वताए।

हत्यामा संलग्न होइका केइलाई अस्पताल पुर्याउन वरिष्ठ हवल्दारको पनि वयान लिइएको थियो।

दिउसोको खाना पछाडि, पक्ष र विपक्ष वकीलवीचमा होइका केइको वयानलाई लिएर टेवल ठोका ठोक परेको थियो। दिलवहादुरको वकीलले होइकाकेइ र उनको साथी घटना हुनु भन्दा पहिले कति चोटि गएका थिए भन्ने विषयमा विवाद हुँदा विपक्षीको वकीलले टेवल ठोकेका थिए।

न्यायधीशलगायत अन्य सवैपक्ष दिलवहादुरको मुद्दामा सकारात्मक नदेखिनु र चीनीया भाषामा सुनुवाई हुनु यस मुद्दाका विशेष अप्ठ्याराहरु आजसम्म पनि कायमै रहेकोछ।

स्व. दिलबहादुर अर्न्तर्गत संयोजक समिति हङकङ नेपाली महासंघ र लुङफुङ्वा परिवारको आग्रह वावजुद्ध पनि नेपालीहरुको उपस्थिति आज प्राय शून्य नै रहेको थियो।

दिलवहादुर लिम्वूको मुद्दाको सुनुवाई शुरु
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, जनवरी ४-
गत वर्षको मार्च १७ तारिख हङकङ प्रहरीको गोलीद्वारा हत्या गरिएका दिलवहादुर लिम्वूको मृत्यु छानवीन मुद्दा (कोरोनर्स इन्क्वेस्ट) ले ४ जनवरीदेखि पुनः निरन्तरता लिएको छ।

लगभग तीन महीनाको स्थगन पछि पुन सुनुवाई शुरु भएको दिन ४ जनवरीका दिन वकील र जुरीका सदस्यहरुले कुन कुन दिन अदालतमा नभ्याउने समयको जानकारी अदालतले दिएपछि दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवानको उपचार गर्ने डाक्टर फङको वयान लिइएको थियो। डाक्टर फङले प्रहरी जवान होइकाकेलाई चेङशा वानको केरिटास मेडिकल सेन्टरको आकस्मिक सेवामा दाहिने हात र दाहिने पु्ट्ठा दुखेको शिकायतमा परीक्षण गरेको थियो। होइका केइको एक सिक लिभ प्रमाणपत्रमा दाहिने हातको सट्टा वायाँ हात दुखेको उल्लेख गरिएको छ। त्यस विषयमा पनि डाक्टर फङलाई प्रश्न गरिएको थियो। डाक्टर फङले गल्तीले गर्दा दाहिने हात हुनुपर्नेमा देव्रे हात लेखिएको हुनुपर्दछ भन्ने जिकिर रहेको थियो। वयानको क्रममा डाक्टर फङले होइका केइले १७ मार्चको दिन काममा हुँदा चिप्लेर लडेको र उनको दाहिने नाडी र दाहिने चाक ठोकिएर दुखेको शिकायत गरेको वताएको थियो। तर जाँच गर्दा उनको दाहिने हातमा केही रातो भएको पाइयो भने दाहिने चाकमा कुनै चोटपटक भेटिएन।

दोश्रो दिन जनवरी ५ मा होइका केइलाई अस्पतालसम्म लग्ने व्यक्तिको वयान लिइएको थियो । वयानको क्रममा वरिष्ठ एम्वुलेन्स कर्मी क्वानलाई वयान दिन वोलाइएको थियो वयानको क्रममा उनले होइका केइलाई घटना स्थलमा प्राथमिक उपचार गराएको वयान दिएको थियो । उनको अनुसार होइका केइले दिलवहादुर लिम्वूले कुनै धातुको छडले आक्रमण गरेकोले आफू घाइते भएको वताएका थिए। होइका केइको वकीलले धातुको छड होइन कुर्सीले आक्रमण गर्यो भनेको थियो भन्ने भनाइमा क्वानले असहमत जनाउँदै भने मैले होका केइलाई धेरै चोटि सोधें तर उनले कुर्सी नभई धातुको छडले आक्रमण गरेको भनेर वताएका थिए। ५ तारिख दोश्रो दिन हुङहङ प्रहरी कन्ट्रोल रुममा कार्यारत प्रहरी निरिक्षको पनि वयान लिइएको थियो। त्यस्तै त्यही दिन २००८ मा दिलवहादुरलाई आईडी कार्ड नभएको निहूमा समात्ने अर्का प्रहरी जवानलाई पनि वयान लिएको थियो।

प्रहरी जवानले आफ्नो वयानको क्रममा लिम्वूलाई आफूले आइडी माग्दा सहजै दिएको र उ शिक्षित जस्तो देखिन्थे भनेका थिए।
दिलवहादुरलाई आईडी नभएको अभियोगमा २००८ सालमा दुइ चोटि पक्राउसमेत परेको कुरा वयानमा उल्लेख छ।

स्मरण रहोस्, साइवान हो स्थित कोरोनर्स अदालतले लगभग २५ दिनको सुनवुवाई पछि कोरोनर्स अदालतले न्याय विभागमा छानविनको लागि शिफारिस गरेपछि लगभग तीन महिना स्थगित भएको थियो। सुनुवाईको पहिलो दिन नेपालीहरुको अदालतमा उपस्थिति निक्कै वाक्लो रहेपनि दोश्रो दिन ५ तारिख ज्यादै कम मात्रामा उपस्थिति रहेको थियो।

विधुवा सोनीलाई सहयोग गर्न भ्याउने सवै नेपालीहरुलाई अदालतमा उपस्थित हुन नेपाली महासंघ र दिलवहादुरको पारिवारिक संस्था लुङफुङ्वा परिवारले हार्दिक अनुरोध गरेको छ। सुनुवाई यो हप्ताभरी जारी रहने छ भने अर्को हप्ता ११,१२ र १३ वकीलको अनुपस्थितिको कारण सुनुवाई हुने छैन। १४ देखि लगातार सुनुवाई जारी रहने अदालतले भनेकोछ। ५ तारिखदेखि जम्मा ३० दिनको लागि सुनुवाई तोकिएको छ।

सुनुवाई अनिश्चित कालका लागि स्थगित
देवराज राई, हङकङ /एचकेनेपाल डट कम, अक्टोबर ८-
प्रहरीको गोलीबाट मृत्य भएका दिलबहादुर लिम्बूको मृत्युको विषयलाई लिएर भइरहको अदालतको काम कारवाही हाल आएर अनिश्चितका लागि स्थगित भएको जनाइएको छ।

सुनुवाई गएको सेप्टेम्बर ७ देखि भइरहेको र आगामी अक्टोबर १३ तारिखसम्म सुनुवाईको तालिका बनाइएको थियो।
कोर्नसर्स कोटका न्यायधीश विलियम ङ सिं वाईले अक्टोबर ७ तारिख अपरान्हदेखि सुनुवाई बन्द गरिएको घोषण गर्नु भएको थियो।

मृतक दिलबहादुरको पत्नी र छोरी लुम्फुवा परिवारको रेखदेखमा बसिरहेका छन्। स्थगित गर्नु पर्ने कारण भने केही खुलाइएको छैन। सूचना तथा जानकारीको अभावमा हाल अदालत परिसरमा जाने नेपालीहरुलाई लुम्फुवा परिवारले अर्को सूचना जारी नभए सम्मका लागि अदालत नजान आग्रह गरेको छ।

——————————————————————————–

मैले आँखा चिम्लेर गोली हाने
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपालडट कम, सेप्टेम्बर २९-
दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवान हुइ का केइले दिलवहादुर लिम्वूलाई गत मार्च १७ तारिखका दिन आँखा चिम्लेर गोली हानेको बताएकाछन्।

प्रहरीको वयानमा दिलबहादुर लिम्वूले कुर्सी लिएर आक्रमण गरेपछि नालीमा परेर थुचुक्क वसेको र त्यतिनै खेर पहिलो गोली हानेको प्रहरी जवान हुइ का केइले बताए। गोली हान्नु अगावै उनले दुइ हातले रिभल्भर समातेर दिलवहादुर लिम्वू पटि्ट ताकेका थिए। आक्रमणवाट उनी लड्दा दाहिने चाक ठोकिएर झनन् भएको र त्यतिनै खेर पहिलो गोली आँखा चिम्लेर दिलवहादुर तिर हानेको वताएका छन्। पहिलो गोली हानेको दुइ सेकेन्डपछि दोश्रो गोली हान्दा आँखा चिम्लिनु भयो कि भएन भन्ने पीडितको वकील नाजेल केटले सोधेको प्रश्नमा उनले यो पटक आँखा नचिम्लेको तर झिमिक्क मात्र गरेको वताए। दिलवहादुरलाई गोली हानेपछि कसरी ढल्यो भन्ने प्रश्नको उत्तरमा प्रहरी जवानले मलाई याद छैन, प्रहरी जवान केइले भने।
यो भन्दा अगाडि दिलवहादुर लिम्वूलाई वन्दुक किन ताकेको भन्ने प्रश्नको उत्तरमा प्रहरी हुइले उसलाई नियन्त्रणमा लिन यसो गरेको हुँ भन्ने जवाफ दिएका थिए। किन रिभल्भर नै ताक्नु पर्यो भन्ने प्रश्नको उत्तरमा रिभल्भर वाहेक कुनै विकल्प मैले सोचिन भन्ने उत्तर दिएका थिए। तिमी थुचुक्क वसेको वेला लट्ठीले पनि आफूलाई वचाउन सक्थ्यौ नि भन्ने प्रश्नको उत्तरमा मलाई यस्तो अवस्थामा लठ्ठी चलाउने तालीम दिइएको थिएन भनेका थिए।

विशेषज्ञहरुको रिपोर्टमा गोली मृतक लिम्वूको कानको पछाडिवाट गएको छ नि भन्ने प्रश्न गर्न लाग्दा विपक्षीको वकीलले विशेषज्ञको रिपोर्टको आधारमा प्रश्न सोध्न पाइदैन भनी आपत्ति जनाएपछि न्यायधीशले विशेषज्ञको रिपोर्टलाई आधार मानेर श्री केटलाई प्रश्न सोध्न दिएन। तसर्थ, विशेषज्ञहरुको रिपोर्टलाई आधार नमानी अधिवक्ता केटले राखेको लिम्वूलाई कान पछाडि गोली लागेकोले उनलाई गोली लाग्दा तिमी तिर फर्केको थिएन वरु भाग्ने वाटोतिर फर्केको थियो भन्ने वाक्यमा प्रहरी जवानले सहमति जनाएको थियो।

पछिवाट प्रहरी जवानले पाँच हप्ता भन्दा वढी विरामी विदा विभिन्न अस्पतालहरुवाट प्राप्त गरेको प्रमाणपत्रहरु पेश गरिएको थियो। प्रमाण पेश गर्ने क्रममा डाक्टरहरुले लेखेको मेडिकल रिपोर्ट प्रहरी जवान हुइकै सहमतिमा प्रस्तुत गर्न लाग्दा हुइकै वकीलले आपति जनाएपछि न्यायधीश विलियम ङ सिङ वाइले यो रिपोर्ट प्रहरी जवानले तयार पारेको होईन भन्दै पक्षको वकीलको रिपोर्ट प्रहरी जवानलाई देखाउने निवेदन अस्वीकार गरेको थियो। सुनुवाईको अन्तमा मेडिकल रिपोर्टको वारेमा दुइवटा प्रश्न सोधेर प्रश्नावली सिध्याउने भन्ने केटको निवेदमा हुइको वकीलले भोलि मात्र अन्य प्रश्न सोधियोस् भनेपछि पक्षको अधिवक्ता नाइजेल केटको निवेदन अस्वीकार गर्दै हुइको वकीलको पक्षमा मत दिएर कोर्टको समय सकिन करिव आधाघण्टा अगावै न्यायधीशले अदालत वन्द गरेको थियो।

विलियम ङ सिङ वाईले आज पक्षवाट तीनवटा निवेदनहरु दिएकोमा तीनैवटा अस्वीकार गरेको थियो भने विपक्षका वकीलहरुको शत प्रतिशत निवेदन स्वीकारेको थियो। सुनुवाईकै सिलसिलामा हुइका वकील शामको विपक्षी वकीलप्रतिको व्यवहार अत्यन्तै अमर्यादित तथा अशोभनीय भएको समेत सर्वसाधारणले महसूस गरेकाछन्।

आजको सुनुवाईवाट दिलवहादुर लिम्वूलाई प्रहरीद्वारा प्रथम गोली हान्दा नलागेपछि उ भाग्न लागेको अवस्थामा दोश्रो गोली कानको पछाडिवाट जानी जानी हानिएको हुन सक्ने अनुमान पर्यवेक्षकहरुले गरेकाछन्। न्यायधिशले पक्षको निवेदनहरुलाई अस्वीकार गर्नु र बिपक्षको कुराहरुलाई सपोर्ट गरेर लैजानु आदिले पनि पर्यबेक्षकहरु सशंकित रहेका छन् भने न्यायधिशको यस्तै एक पक्षीय ब्यवहार हो र त्यही किसिमले निर्य भयो भने हंगकंग विश्वमै शान्त शहरमा गनिएको शहरको भविष्यमा धज्जी उडने समेत बताउँछन्।

दिलवहादुर लिम्वू
३० सेप्टेम्वर २००९, हङकङ । दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवान हुइ का केइको वयान आज समाप्त भएको छ। वयानको आज अन्तिम दिनमा उनले अदालतमा दिएको वयान र चिकित्सकहरुको रिपोर्ट नमिलेपछि उनलाई पक्षको वकील नाइजेल केटले प्रष्ट पार्न अनुरोध गरेका थिए। उनको अदालतको वयानमा दिलवहादुर लिम्वूसंग घम्साघम्सी पर्दा दाहिने हात चोट लाग्यो भनेको थियो भने उनको दुइवटा डाक्टरको विरामी विदाको प्रमाणपत्रमा वायाँ हातको नाडीमा चोट लागेको उल्लेख छ। यो कुरा विरामी विदाको लागि प्रहरी आयुक्तकहाँ पेश गर्नु अगावै थाहा थियो कि थिएन भन्ने प्रश्न गर्दा प्रहरी जवान हुइले थाहा थियो भनेका थिए। तिम्रो वायाँ हातमा चोट लागेको थियो भनी सोधिएको प्रश्नमा थिएन भन्ने जवाफ दिएपछि अधिवक्ता नाइजेल केटले तिम्रो वायाँ हातमा चोट नलागेको तर तिम्रो विरामी विदाको प्रमाणपत्रमा किन वायाँ हातमा चोट लेखियो भनी सोद्धा चिकित्सकहरु हतारमा हुन्छन् र दायाँ नाडी लेख्नुपर्नेमा वायाँ नाडी गल्तिले लेखेछन भन्ने सम्झे, भन्ने जवाफ दिएका थिए।

त्यसपछि आयुक्तको तर्फबाट अधिवक्त हुङले फ्रन्टलाईनमा रहने प्रहरीहरुको हतियार चलाउने निर्देशिकामा उल्लेखित प्रहरीले वलप्रयोग गर्न पाउने धारामा गएर प्रहरी जवान हुइलाई केही प्रश्नहरु गरेका थिए। उनले तीनवटा अवस्थामा प्रहरीले गोली चलाउन पाउँछ भन्ने जिकिर गरेका थिए । जस्तैः कसैले कसैको ज्यान लिन लागेको अवस्थामा वा आफ्नै ज्यान जोखिममा परेको अवस्थामा वचाउ गर्न, हुलदंगा नियन्त्रण गर्न र गम्भीर अपराधीलाई पक्रन वाधा अड्चन पुरयाइएमा। यी नियमहरु घटना घटेको दिन थाहा थियो भनी सोधिएको प्रश्नको उत्तरमा उनले थाहा थियो भन्ने उत्तर दिएको थियो। त्यसपछि प्रहरी जवान हुइको ११ दिन लामो वयान सकिएको थियो।

आजकै दिन हुइका केइसंगै मोटरसाइकल गस्तीमा हिडेका अर्का प्रहरी कङ यु यिनको वयान लिन शुरु गरिएको छ।
अदालत अगामी सोमवार मात्र फेरि वस्ने छ।

——————————————————————————–

न्युज अपडेटः गोली हान्नु अगावै मलाई वाध्य नबनाउ भनेको थिएँ
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपालडट कम, सेप्टेम्बर २५-
दिलवहादुर लिम्वूलाई १७ मार्चको दिन गोली हान्ने हुइ का केइले गोली हान्नु अगावै चीनीया भाषामा मलाई वाध्य नवनाउ भन्ने शव्द मात्र प्रयोग गरेका बताएका छन्।

दिलवहादुर लिम्वूको मृत्युको छानविनको १४ औं दिनमा प्रहरी जवान होईले गोली हान्नु अगावै रिभल्भर निकालेर क्यान्टोनिज भाषामा मलाई वाध्य नबनाउ भन्ने शव्द मात्र प्रयोग गरेको वयान दिएका छन्। तर लिम्वूले उक्त चीनीया शव्द वुझे कि वुझेनन् भन्ने विषय आफूलाई थाहा नभएको वताएका छन्। तिमीले कसरी तिम्रो चेतावनी लिम्वूले वुझ्यो भन्ने सम्झनु भो? भन्ने प्रश्नको जवाफमा मेरो हाउभाउ,मेरो ठूलो स्वरले नै मेरो चेतावनी वुझ्यो भन्ने सम्झें। उसलाई वयानको क्रममा मोवाईलमा खिचिएको भिडियो देखाएर लिम्वू र उनी कुनकुन वेला कहाँ कहाँ पुगेको थियो भन्ने वताउन लगाउँदा धेरैजस्तो समयमा थाहा छैन, भिडीयो राम्रारी देखिंन, भन्ने जवाफ दिएका थिए। हुइको वयानको वीचमा टाइमा रेकर्ड गर्ने प्रहरी क्वानलाई वयान दिन वोलाइएको थियो। उनको वयानले समय समाप्त गरेकोले हुइको वयान आज पनि सकिन्न पाएन। प्रहरी जवान हुइले वोलेको भ्वाईस रेकर्डको समयलाई प्रमाणित गराउन छुट्टीमा रहेका प्रहरी जवान क्वानलाई आज विहान अचानक वोलाईको थियो।

प्रहरी क्वानको वयानपछि केहीवेर प्रहरी जवान हुइलाई वयान लिइएको थियो। त्यसपछि पीडित पक्षका वकील नाइजेल क्याटले सोमवार यहुदीहरुको धार्मिक पर्व परेकोले त्यस दिन आउन नसक्ने निवेदन न्यायधीश समक्ष दिएको थियो। उनले निवेदन दिने क्रममा प्रहरी जवान हुइको वयान नसकिएकोले मंगलवार मात्र उनलाई जाँच गर्ने व्यवस्था मिलाइयोस र सोमवार अन्य साक्षीहरुलाई वोलाइयोस वा अदालत सोमवार विदा गरियोस् भन्ने विकल्प पेश गरेका थिए। विपक्षका वकीलहरुको पनि कुरा सुनेपछि कोरोनर (न्यायाधीश) विलियम ङ सिं वाईले अदालत २९ गते मंगलवार सम्मका लागि स्थगित गरेको थियो। २९ गते प्रहरी जवान हुइले वयान जारी राख्नेछ। दिलवहादुर लिम्वूको मृत्यु छानविन सम्वन्धी मुद्दा ७ सेप्टेम्वरदेखि साईवान हो स्थित इर्स्र्टन कोर्टको अदालतमा सुनुवाई भइरहेको छ।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

न्युज अपडेटः लिम्वूलाई नै दोषी बनाउने प्रहरीको प्रयाश
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपालडट कम, सेप्टेम्बर १७-
दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवान होइ का केइले दिलवहादुर लिम्वूको मृत्यु उनकै कारणले भएको भन्ने पुष्टि गर्न हर प्रयास गरिरहेका थिए।

अस्ति विहीवारको वयानमा दिलवहादुर लिम्वूले भाँचिएको चुच्चो कुर्सीले लगातार आक्रमण गरी आफू नालीमा लडेकोले ज्यान जोखिममा भएको कारण गोली चलाएको वयान दिएको छ। संघर्षको क्रममा एकजना नजिकैको वासिन्दावाट मोवाइलफोनवाट खिचिएको दृश्यलाई निज प्रहरी जवान हाईलाई पर्दामा हेन दिइएको थियो। भीडीयोको आवाजलाई ५ गुणा र २५ गुणा ठूलो वनाएर फिल्म देखाइ रहँदा दुइ चोटि गोली चलेको आवाजले दिलवहादुरकी श्रीमति सोनीले आफूलाई थाम्न सकिनन्। उनी रुन शुरु गरिएपछि उनका सहयोगीहरुद्वारा केहीवेर अदालत वाहिर लगिएको थियो। भीडीयोमा लिम्वू र होईको संघर्ष रुखहरुले छेल्नाले स्पस्ट देख्न सकिन्नथ्यो। भीडीयोमा प्रहरीको मात्र आवाज सुन्न सकिन्छ भने दिलवहादुरको कुनै आवाज पनि सुन्न सकिदैन। प्रहरी जवान होईका अनुसार लगभग दुइ मिनेट लामो त्यो भिडीयो खिच्दा वखतमा आफूले रिभल्भर निकालि सकेको थियो।

आज विहान कोरोनरको अधिकृतले प्रहरी जवानको वयान लिन समाप्त गरेपछि पीडित परिवारको तर्फबाट नाइजेल केटले छडके परिक्षण शुरु गरेको थियो। छडके परीक्षणको शुरुमा होई अत्यन्तै असहयोगी देखिन्थे। उनलाई सोधिएको कुनै पनि प्रश्नहरुको सीधा उत्तर दिएनन्। वरु प्रश्न वुझिन भन्थे। कहिले तिमीले यो प्रश्न सोध्न आवश्यक छैन भन्थे भने कहिले प्रति प्रश्न गर्दथे। यसरी सम्पूर्ण हलला वेन्च तथा उपस्थित पत्रकार तथा र्सवसाधारणलाई दिक्क लाग्ने प्रहरीको वानी छोटो व्रेक पछि केही सुध्रिएको भेटिएको थियो। अदालतमा साक्षी दिन शुरु गरिसकेपछि कुनै वोल्न मनाही गरिएको हुन्छ । आफ्नै वकीलहरुसंग पनि वोल्न नहुने नियम हुन्छ । तर प्रहरीको व्यवहारमा एक्कासी आएको परिवर्तनले कसैले उनलाई प्रश्नहरुप्रति वढी सकारात्मक हुन सल्लाह दिएको स्पष्ट देख्न सकिन्थ्यो।

वयानको क्रममा ३० वर्षीय प्रहरी जवान होइका केइ १९९७ मा भर्ति भएको र उनको प्रथम गस्ति चिम्साचुइको चुङकिङ मेन्सनमा रहेको वताए। उनी चुङ किङ मेन्सनमा गस्ती गर्दा नेपाली पाकिस्तानी र इन्डियनलगायत विभिन्न राष्ट्रका मानिसहरुसंग व्यवहार गरेको वा देखेको वताए। घटना घटेको दुइ घण्टापछि फेरिपनि घटना स्थलमा आफू फर्केर गई आफू भन्दा माथिल्ला दर्जाका अधिकृतहरुलाई घटनामा गएको भनेता पनि उसले घटनाको विषयमा क-कस्लाई कति चोटि भन्नुभयो भनेर प्रश्न सोध्दा कहिले उत्तर दिएन। अधिवक्ता नाइजेलले मृतक लिम्वूको आईडीकार्डको फोटोकपी र उनलाई घटनाअघि नै आई नभएकोले उनलाई समातेको अभिलेख प्रहरी सामु सार्वजनिक गर्दै दिलवहादुर लिम्वूसंग त्यस क्षेत्रमा प्रहरीहरु परिचित थिए भन्ने प्रमाणित गर्न खोजेका थिए।

दिलवहादुर लिम्वूको मृत्यु छानवीन साईवान हो स्थित इर्स्टन मेजिस्ट्रिसीको १५ नम्वर अदालतमा सुनुवाई जारी रहँदा नेपाली संघसंस्था, नेपाली पत्रकार भन्दा भारतीय, तथा अन्य अल्पसंख्यक जातिहरुका पत्रकार तथा समाजसेवीहरुले वढी चासो देखाएका थिए।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–
न्युज अपडेटः दिलवहादुर हत्या प्रकरण सम्वन्धी सुनुवाई जारी…
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपालडट कम, सेप्टेम्बर १६
यसै वर्षको १७ मार्चका दिन दिलवहादुर लिम्वू हत्या काण्डका प्रमुख पात्र प्रहरी कन्स्टेवल हुइ का केइको वयान दोश्रो दिन पनि बुधवार वयान जारी रहेकोथियो।

उनले वयानको क्रममा दिलवहादुर लिम्वूले भाँचिएको कुर्सीको लगातार आक्रमणले नालीमा लडेपछि दिलवहादुर लिम्वूमाथि दुइ चोटि गोली चलाएको मध्ये एक गोलीले दिलवहादुरको टाउकोमा गोली लागेर ढलेको वयान दिएको छ। वयानको क्रममा दिलवहादुर नजिकै पुगेपछि आईडी मागे। आईडी छैन भन्दै दिलवहादुर हिडन लागेपछि होईले रोक भने। लिम्वू नरोकेपछि उनले कुममा धाप मार्दै हे भनेर वोलाए। दिलवहादुर लिम्वूले तुरुन्त एक मुक्का हनेपछि होई पछि हटे । उनले कुर्सी टिपेर आक्रमण गर्न थाले। त्यस पछि कुर्सीलाई भचाएर भाचिएको एच आकारको चुच्चोले आक्रमण जारी राखे । मैले लट्ठी लुकाए र हातले छल्न थाले किनभने लट्ठी भन्दा हात नै वलियो ठाने। मैले रिभल्भर निकालेर उतिर ताक्दै भनें ए रोक नचल पुलिस हुं तलाई गोली हान्छु भने। तर आक्रमण जारी राख्यो। त्यसपछि कुर्सीले लगातार आक्रमण गरेपछि उनी नालीमा ढले। नालीमा ढलेपछि पनि भाँचिएको कुर्सिको तीखो भागले आक्रमण गर्न छोडेन। अन्ततोगत्वा एक गोली हाने। एक गोली हान्ने वित्तिक्कै दिलवहादुरले ठूलो स्वरमा कराए। दुवैजना एकछिन शान्त भए। फेरि दिलवहादुर लिम्वूले आक्रमण जारी राखे। पहिलो गोली छोडेको केही सेकेन्डमै दोश्रो गोली हान्यो। दिलवहादुर ढले। ढलेपछि चलमल गरेनन्। श्वास फेरि रहेको थियो। होईले नजिकैवाट एक सेतोरंगको भेष्ट टिपे र आफ्ना साथीहरुलाई यहाँ छु भनेर जनाउ दिनको लागि हल्लाए। केही वेरपछि त्यही भेष्टले दिलवहादुर लिम्वूको रगत वगिरहेको घाउ थिच्ने प्रयास गरे। उनले विट रेडियो मार्फत ओपन फायर भन्ने संकेत दिए। उनले अघिनै आकस्मिक वटन दवाई सकेको हुनाले उनले वोलेका सवै कुराहरु प्रहरी कन्ट्रोल रुममा सुन्न सकिन्थ्यो। उनले एम्वुलेन्स मगाए। घटना स्थलमा सवभन्दा पहिले एकजना महिला प्रहरी आइपुगे त्यसपछि कन्स्टेवल होइलाई पालो दिए।

बुधवार वयानको क्रममा घटना स्थलमा प्रयोग गरिएको प्रहरी ज्याकेट, ग्लोव, रिभल्भर, लोडर र गोली र गोलीका खोकाहरु सवुतको रुपमा देखाइएको थियो।

बुधवार सातौं दिन पनि नेपली समुदायको उपस्थिति अत्यन्तै न्युन थियो। नेपाली पत्रकारको उपस्थिति शुरुदेखि आज सातौ दिनसम्म पनि शून्य नै रहेको छ। त्यस्तै नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति पनि प्रायः शून्य नै रहेको छ। एकातिर नेपाली समुदायले दिलवहादुर लिम्वूको मुद्दालाई पूर्ण रूपमा वेवास्ता गरेकाछन् भने अर्कोतिर अदालतका न्यायधीश लगायत सम्पूर्ण पक्ष दिलवहादुर लिम्वूको विरुद्धमा एकजुट भएर उभिएकाछन्। दिलवहादुर लिम्वू पक्षका वकील नाइजेल केटले माग गरेका हरेक कुराहरु कोरोनरले अस्वीकृत गरिरहेको छ। कोरोनर विलियम ङ सिङ वाईले क्यान्टोनिज नवोल्ने लिम्वू परिवारको लागि गरिने सुनुवाईमा क्यान्टोनिज प्रयोग गर्ने निर्णय गरेर मुद्दाको शुरुदेखिनै दिलवहादुर र यहाँका अल्पसंख्या जातिहरुलाई अपमान गरेका मात्र नभएर दिलवहादुर लिम्वूलाई हराउन भरमग्दुर प्रयास गरिरहेको वुझिन्छ। अदालतमा उपस्थित नेपाली समुदाय र सोनीले अदालतभित्र रहदाँ न्यायदिने अदालत नभई नेपालको पञ्चायती कालको प्ररही हिरासतमा भएको महसूस गर्न थालेकाछन्। यस्तो अवस्थामा नेपालीहरुको उपस्थिति पनि न्युन हुनुले सरकार तथा अदालतमा लिम्वूको विपक्षमा उभिएका सम्पूर्ण पक्षलाई हौसला मिलेको महसूस भएको छ। हाल हङकङ प्रहरीले हरेक दिन सोध्ने गर्दछ। कति नेपाली आएर भनेर। जुलुसमा ५ हजार उपस्थित हुन सक्ने नेपालीले दिनमा २ जना सम्मले पनि उपस्थिति देखाउन नसक्नु हाम्रो यस मुद्दाको विषयमा सरकारको नकारात्मक धारणाको जन्म दिन खोज्नु हो।

दिलवहादुरको मुद्दाका मुख्य साक्षी विहीवार पनि जारी रहने छ। हङकङ नेपाली महासंघ अन्तर्गत दिलवहादुर लिम्वू हत्याविरूद्ध संर्घष समितिको तर्फबाट अध्यक्ष हेम लिम्वूले वढीभन्दा वढी उपस्थिति जनाएर दवाव सृजना गर्न आव्हान गरेकाछन्।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

——————————————————————————–

गोली हान्ने प्रहरीको वयान सुरु
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपालडट कम, सेप्टेम्बर १५ -
दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवान होई काई केलाई मंगलवारदेखि कोरोनर्सको अदालतमा वयान लिन शुरु गरिएको छ। प्रहरी जवान होईको बयान दिउँसो करिव १२ वजेदेखि शुरु भएको थियो।

साइवान होमा अवस्थित कोरोनर्स अदालतमा विहानैदेखि वयान लिने भनिएता पनि मुद्दाको प्रमुख साक्षी भनिएका होइलाई साक्षी वयानको अन्तमा मात्र लिइयोस् भनी पीडितको प्रतिनिधि अधिवक्ता केनले निवेदन दिएको विषयमा छलफल भएको थियो। अन्तमा श्री केनको निवेदन कोरोनस विलियम ङ सिङले अस्वीकार गरेको थियो।

वयान दिने क्रममा होइ वाई भन्ने एकजना महिलाले डाँडामा फोहोर मैला वटुलेर दुगर्न्ध फैलाएको भन्ने उजुरी प्रहरीमा गरेपछि त्यस उजुरीको सुन्न कन्स्टेवल होई र एकजना उनका सहकर्मी त्यस डाँडातर्फ खटिएका थिए। वाईले एकजना कालो वर्णको मान्छे सम्भवत गैर कानुनी अप्रवासी हुन सक्ने संकेत पनि दिएको होइले वताए। त्यस ठाउँको लागि खटिएका दुइ जना प्रहरीहरु मध्ये कन्स्टेवल होइ लोकमा शुन चुन इस्टेट तिर लागे। उनले स्टेटको माथिल्लो छेउ पुगेर आफ्नो मोटर साइकल विसाए र फेरि उजुरी गर्ने महिलालाई फोन गरे र स्थान निधो गरे। भर्र्याङवाट केही माथि चढेपछि रुखमा प्लाष्टिकका झोलाहरु झुण्डाएको देखे। त्यसपछि उनी त्यस रुखतिर नै अगाडि वढे अन्ततोगत्वा त्यस कालो वर्णको मानिस रातो सोफामा सुतिरहेको अवस्थामा देखे। त्यस व्यक्ति घाँटीमा चाँदीको गहना लगाएको, जीउमा शरीरको माथिल्लो भागमा कपडा नलाएको तर जीन्सको पेन्ट लगाएको अवस्थामा भेटिएको थियो। प्रहरी देखेपछि उनी तुरुन्त उठे। प्रहरीले नजिकै गएर डिड यु हेव आईडी कार्ड भनेर सोधे। उत्तरमा त्यस मान्छेले नो भन्ने जवाफ दियो। प्रहरी तिर नहेरी सरासर उठेर हिडे। प्रहरीले स्टप भनेर अंग्रेजीमा भने। उनले प्रहरीको कुरा वास्ता नगरी विपरित दिशामा हिड्न लागे। उनी सरासर हिडेको देखेपछि प्रहरीले पछिल्लो पटिवाट कुममा ढाप मार्दै हे भनेर फेरि वोलाए। उनी जङगिएर एक मुक्का हान्यो प्रहरीलाई। उनको चश्मा फुट्यो तर प्रहरीलाई खासै चोट लागेन। त्यसपछि प्रहरीले व्याटन लिकाल्यो र त्यस व्यक्तिलाई कुट्यो। कति चोटि कुट्यौ भनी सोधिएको उत्तरमा कन्स्टेवल होइले धेरै चोटि होइन भन्ने जवाफ दियो। त्यस कालो वर्णको व्यक्तिले कुर्सी उचालेर आक्रमण गर्यो। होइले खुसार्नीको झोलले हान्यो तर लागेन। झोल पनि सिद्धियो। त्यसकालो वर्णको मान्छेको आँखामा अलिअलि मात्र पर्यो उनले नजिकैको वोतलको पानीले खन्याउँदै आँखा धुन लाग्यो। होईले इमरजेन्जसी वटन दवायो। त्यस पछि त्यस कालो वर्णको मान्छेले कुर्सी रूखमा ठोकाएर टुक्रा वनायो र कुर्सीको एच आकारको खुट्टाले आक्रमण गर्न थाल्यो। उनले तुरुन्त व्याटन लुकाएर रिभल्भर निकालेर चेतावनी दियो। क्यान्टोनिज भाषामा।

यो माथिको वयान गत मार्च १७ तारिख दिलवहादुर लिम्वूको हत्या गर्ने प्रहरी होइ का केइ को हो। वयान दिने क्रममा उनलाई कति पनि पश्चाताप नलिई ढुक्कले वयान दिइरहेको देखिन्थ्यो। उनको वयान भोलि पनि जारी नै रहने छ। दिलवहादुर लिम्वूको हत्याको विरोधमा हजारौं नेपालीहरु सडकमा उत्रे पनि लिम्वूको अदालती सुनुवाईमा भने हङकङे नेपाली समुदायले खासै चाख लिएको देखिएन। हरेक साना भन्दा साना कार्यक्रममा पनि उपस्थित भएर मिलाई मिलाई फोटो खिच्ने फोटो पत्रकार, तथा सामान्य व्यक्तिको वर्थडे तथा विवाहको समेत समाचार छाप्न लालायित पत्रकारहरु समग्र हङकङे नेपाली तथा यहाँका अल्पसंख्यक जातिहरुको समस्या रहेको दिलवहादुर लिम्वू मामलामाको सुनुवाईमा दोश्रो हप्तासम्म आइपुग्दा पनि नेपाली पत्रकारहरुको अनुपस्थितिले हङकङे पत्रकारिताको लक्ष्यमाथि प्रश्न उठाउने प्रशस्त ठाउँ रहेको पर्यवेक्षकहरुले महसूस गरेकाछन्।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

——————————————————–

दिलवहादुर हत्या प्रकरण सम्वन्धी सुनुवाई सुरु
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, सेप्टेम्बर ७-
गत मार्च १७ तारिख हङकङ प्रहरीद्वारा मारिएको दिलवहादुर लिम्वूको मृत्युको कारण सम्वन्धी सुनुवाई सोमबारदेखि साईवानहो स्थित इस्टन अदालतमा शुरु भएको छ।

२५ दिन लाग्ने अनुमान गरिएको सो सुनुवाईको पहिलो दिन चार महिला र एक पुरुष रहेको ५ जना स्वतन्त्र जुरीहरु नियुक्त गरिएका थिए। त्यसै गरी, मृत्यु सम्वन्धी सुनुवाई गर्ने कोरोनर्स अदालतको प्रकृया, यसको कार्यक्षेत्र र अधिकारको वारेमा जानकारी गराइएको थियो। मृतक परिवारको तर्फबाट अधिवक्ता केनले लिम्वूको हत्याको वेला मोवाइलमा खिचिएको चलचित्रलाई ठूलो वनाउनको लागि निवेदन गरेका थिए। यस प्रकृयाको लागि हङकङ डलर २० हजार लाग्ने अनुमान गरिएको छ।

त्यसपछि वाँकी समयमा मृतक परिवारका वकील र विपक्ष वकीलहरुले आ-आफ्नो कुराहरु प्रस्तुत गरेका थिए। मृतक परिवार तर्फका वकील केनले मृत्युसंग सम्वन्धित साक्षीहरुले दिएको लिखित वयानहरुको वारेमा असहमतिका वुँदाहरु कोरानर विलियम ङ अगाडि प्रस्तुत गर्दै कोरोनरलाई केही सुझावहरु प्रस्तुत गरेका थिए। भोलि सम्भवत हत्यामा संलग्न प्रहरी र प्रहरीलाई उजुरी गर्ने व्यक्तिको वयान लिइने छ।

६० को हारा हारीमा साक्षीहरु भएकोले मुद्दा पूर्ण रूपमा सुनुवाई गर्न २५दिन भन्दा वढी समय लाग्ने सक्ने अनुमान गरिएको छ। गत मार्च महीनाको ३० तारिख दिलवहादुर हत्याको निन्दा गर्दै ६ हजार भन्दा वढी नेपालीहरुको उपस्थिति भएता पनि सुनुवाईको पहिलो दिन नेपालीहरुको ज्यादै न्युन उपस्थिति रहेको थियो। मृतक लिम्वूका श्रीमति सोनी र लिम्वूका केही परिवारहरुको मात्र अदालतमा उपस्थिति रहेको थियो। सुनुवाईको शुरुमा सर्वसाधारणको लागि अदालत खुला गरिएको भएतापनि अन्तमा च्यार्म्वर्सको लागि मात्र सुनुवाई भएकोले सर्वसाधारणलाई निषेध गरिएको थियो।

स्मरण रहोस् गत मार्च १७ तारिख होमान्टिन वसोवास गर्ने एक व्यक्तिले पार्कमा पिसाव गरेको खवर प्रहरीलाई उजुरी गरेपछि त्यस उजुरीको जवाफ दिन एक प्रहरी कन्सटेवल मोटर साईकलवाट त्यस क्षेत्रमा सवार भएको थियो। केही वेरमै होमान्टिनको डाँडामा वस्दै आएका मृत लिम्वू र प्रहरीवीच झडपको क्रममा प्रहरीले गोली चलाई लिम्वूको ज्यान लिएको थियो।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

Popularity: 37%

Entry Filed under: हङकङको समाचार

29 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Jogee Limbu  |  September 19th, 2009 at 7:18 pm

    Hongkong bashi sabai nepali hsangh shasthale yo bihsayema chasho diyera aagadi badnu paryo. yo sabai nepali lai hune kura ho ..badhi bhanda badhi chaso dinu paryo.Nepali news reporter haru ko upasthiti hunu jaruri6.tapai haru ke gardai hunu hun6, khali mr hong kong ra miss hong kong ko tasbir nikalnu ma matrai nadaudinus,,yo shamajma bhairaheko bastabik kuralai sabaiko shamu leune jamarko garnus patrakar G haru. Euta Nepali ko pir ,marka sabai Nepali haruko dhhukha aani shamasya ho ,,shamjhanus.voli yesto kura timi mathi pani parna sak6. yo nabirsha .bado dhukha lagyo malai yo shamachar dekhera.Jagnus hong kong bashi haru ke gardai hunu hun6 ????????????

  • 2. Magar Gurung  |  September 25th, 2009 at 11:14 am

    Ho Ho jagnus Nepali daju vai didi bahiniharu. k gardai hunu hunchha? Jagnus, yesta tyabe, addictharule hami nepali haru ko badnaam gardai chha. Yesta tyabe, khatey, beijjati haru lai chinese policeko haat bata marna dinu hudaina, hami afaile samapta garnu parchha. yesta byakti haru hamro kalanka ho.

    Thukka, beijjati

  • 3. sony  |  September 26th, 2009 at 9:16 pm

    nobody at special force of gurkha ?

  • 4. Kebi Gurung  |  September 27th, 2009 at 12:29 pm

    आदरणीय नेपाली महानुभाव्हरू ! दिलबहादुर लिम्बुको मुद्दा सुनुवाइअनुसर हाल हंगकंग प्रहरीले नेपलिहरुलाई भेदभाव गर्न खोजीरहेको अवाश्था छ भन्ने बुझिन्छ, त्यसैले अब फेरी एक पटक सामूहिक रुपमा हंगकंग सरकारलाई दबाब दिनुपर्छ, अन्यथा हामी नेपालीहरु सधै अपहेलित र भेदभावाको शिकार हुनेछौ भन्ने मलाई लग्दछ ]

  • 5. santos  |  September 29th, 2009 at 2:13 pm

    HELLO TO ALL THE NEPALESE OF H.K,!!!!!!

    EVERYONE IN HERE HONG KONG SHOULD HAVE THE THINKING AND HAVE KINDHEART TOWARSD OUR POOR AND INNOCENT LATE FRIEND DIL BAHADUR LIMBHU ,, SO IN MY OPNION THE CRAZY POLICE THAT SHOT OUT DIL SHOULD BE PROSECUTED AND SHOULD BE PUT INTO POLICE CUSTODY AND ALSO PAY THE FIXED PENALTY ( H.K. $ 5,00,00,000 ) TO THE VICTIMS FAMILY,, COZ IN H.K SHOTING IS NOT ALLOWED ,, IF IMPO,,, ALSO CAN SHOT ONLY BELOW THE HIPS,, SO THAT POLICEMAN MADE A BIGGEST MISTAKE IN THE H.K FOR THE ETHIC AS WELL AS CHINESE PEOPLE HISTORY IN H.K TILL NOW,, SO I REQUEST TO ALL THE PEOPLE OF H.K TO RAISE THE VOICE AGAINST THE CRAZY POLICE ,, ANY HOW THE GOVERNMENT DEPT, AND THE POLICE DEPARTMENT SHOULD TAKE STRONG ACTION FOR THESE KINDS OF CASE,, IF NOT THE CRAZY POLICE OF H.K IS AGAIN GONNA REPEAT THESE KIND OF MISTAKE AGAIN AND AGAIN,,,
    SO LASTLY I AGAIN REQUEST TO ALL THE NEPALESE “N” ETHIC MINORITIES PEOPLE OF HERE IN H.K TO HELP FOR THE FAMILY OF DIL BDR. LIMBHU TO SUPPORT IN COLLECTING THE MONEY AND RAISE THE
    FAMILY INCOME ,,,

    SANTOS,,,H.K.

  • 6. Mabi Khajum Limbu  |  October 1st, 2009 at 2:51 pm

    bayan anusar bujhda tyo police le je payo tei bhandaichha, ani judge le pani police lai support gardaichha, yestai ho bhane yo mudda jitanu garo parchha. so all the nepalese of HK should do somthing like before, or else HK ko chinese le Nepali haru lai yesarinai hepdai lanchha. adalat ma wokil lai ta terdaina rahecha ani baki sarbha sadharan lai ta ke ternu chinese haru le.

  • 7. tom gurung  |  October 2nd, 2009 at 12:38 pm

    first of all i would like to thank nigel for fighting on DIL bahadur’s behalf. This cowboy policeman doesn’t know the consequence of
    killing an unarmed civilian.don’t they get trained to use proportionate
    amount of force while dealing with this type of public order situation. this crazy policeman’s evil action raises the question of integrity of HONG KONG police force. We hear a lot about HK’s rule of law,why the judge is not listening the victim’s lawer?
    You can’t shoot a tramp armed with a chair by fucking your
    your gun.
    Thank you once again nigel and best of luck.

  • 8. देश/ विदे&hellip  |  January 8th, 2010 at 12:46 pm

    […] भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम - दिलवहादुर लिम्वूको हत्या छानविनको क्रममा मृतक लिम्वूलाई गोली लागेपछि लगत्तै क्वीन एलिजावेथ अस्पतालमा लगिएपछि त्यहाँ आकस्मिक कक्षमा कार्यरत दुइजना डाक्टरहरुको वयान लिइएको छ। (more…) […]

  • 9. Dsampang  |  January 17th, 2010 at 11:06 pm

    koshis garnus.

  • 10. सुरेश  |  January 19th, 2010 at 1:30 am

    कोर्टको ठेगाना त थाहा भो । तर समय भने थाहा पाउन सकिएन। कति बजेतिर शुरु भएर कति बजेतिर सकिन्छ? थाहा पाउन पाए दिनभर नभएपनि केहिबेर उपस्थित हुन भ्याईने थियौ‌ कि? जानकारी दिन सक्नुहुन्छ होला?

  • 11. lolz  |  January 19th, 2010 at 8:15 pm

    tyaso bhaye tyo video khichne ketale 40 m tada bata police le boleko sabai suneko rahecha hai? yesto pani hudo rahecha….

  • 12. jake  |  January 19th, 2010 at 9:29 pm

    junsukai des ma police le public lai marna sakdiana only ghaite matra banaunu sakne adhikaar sarkar le diyeko hunchha tara yedi jun yes ghatana ma police le tin wata justfied din sakyo bhane police ko jeet hunchha tar video bayan dine manis ko bayan anusar police ko galti chha yes bisayma sampurna hk basi le sarkar lai dabab dinu paryo yesto ghatana pheri nahos.

  • 13. Nepali  |  January 20th, 2010 at 10:48 am

    Next or all future hearings ….. Date, Time, Place, Floor Nos, Room Nos, Please……. Busy at work if can make it,,, offcourse y not we will join for hearings,,, THANKS! Good Luck Mr. Nigel.

  • 14. Naina Gurung (UK)  |  January 21st, 2010 at 7:04 am

    Sabai Hongkong ka nepali sang samstha ra Hong Kong basi daju vai didi bahini haru le sath diyo vanne mudda jitne samvab hunchha hares kahnu vayena. Antim samma chhodnu hunna.

  • 15. in_fact  |  January 21st, 2010 at 7:44 pm

    नेपालमा पनि यस्तै मानवअधिकार, कानूनको सर्बोच्चता हुने भए–विकालमा मरेका देशका कर्णधारहरुको,बृद्धा जवान सबै को
    निसाफ हुने थियो र फेरी मर्न पाउने थिएनन् / कठै कसले गरिदिने वकालत तिनीहरुको????आखिर केहि पाउने आशा पनि छैन ///

  • 16. som thapa magar usa  |  January 22nd, 2010 at 10:47 am

    hooo bad new sorry
    sano lai maya garnu dholo lo kadar garnu .sabai ko desh ma afno afno culture anfo dhram hunca sabai lai maya kadargarna sikau tesh pachi problem chaina.hk ma hami nepali aye ko kati nai barsa bhayo ra?

  • 17. Aquila  |  January 26th, 2010 at 9:15 pm

    डाक्टर टेरीलाई हार्दिक धन्यवाद छ ।
    निर्दोसको पक्षमा परमेश्वर हुनुहुन्छ ।
    उहाँनै न्यायधिसहरुको न्यायकर्ता हुनुहुन्छ ।
    उहाँमा भरोसा पर्नेहरु कहिल्यै शर्ममा पर्नेछैन ।

  • 18. Concerned Nepali  |  January 27th, 2010 at 4:09 pm

    Can someone please let us know the date, place and the time for the next hearing, thank you very much, sorry for late response.

  • 19. हङकङ समाच&hellip  |  February 1st, 2010 at 9:45 pm

    […] पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस् […]

  • 20. Aquila  |  February 2nd, 2010 at 12:13 am

    Our beloved Sist Sony & all her Supporters We should not be disappoint. Truth is true. I can’t be there with all of you.
    Though I’m far off you, Since beginning am praying unto God to be
    right judgement.
    God never do partiality.
    Let us take Courage and stand agaist that cruel murder.
    It is sure, God is always with guiltless.

  • 21. Laxmi  |  February 2nd, 2010 at 5:39 pm

    सोझो कुरा, जंगलमा बसेकाले कहाँ बाट पाए त खुर्सानिको झोल?

  • 22. danfe kanchha  |  February 4th, 2010 at 2:05 pm

    HKPF ka jyanmara constble lai bachauna bahut koshis gareko bujhinchha.tyo euta nimukh byakti limbulai khursani wa marij ko jhol chharna chai gaeko hoina,bastama tyo limbu phata hoina, tyo constable le kasiko kura sunyo tara kura bujhena sidai gaera goli haneko jasto dekhinchha.bujhne byaktiharu sabai sabhagi hunuparne dekhinchha.

  • 23. Nepali Ho Ma Nepali  |  February 6th, 2010 at 4:32 pm

    To , Comment No. 18
    Please :-You can Go to Hong Kong MTR Sai Wan Ho Station , Exit ‘A’ , Right Hand Side, You can See Mc Donald , Zebra Cross , You can see Cafe De Coral , 7-Eleven then you can see Park N Shop , Zebra Cross , You can see HK Flag House that is ” Eastern Court Building ” 10/Floor , Court No. 15 , ( No Camera , No Eating, No Drinking , Switch Off your Mobile Or any Alarm Watches before Entry and No Hat/Cap also have to Bow head while hearing Enrty-Exit. Court Hearing Starts from : 09:30am - 03:30pm , sometimes time table may change and Days are Monday - Friday only Office Opening Days. Saturday , Sunday and Public Holidays Close. You can Also Contact :- 9612 1049 , 9773 0264 , 6345 8941 and you can also contact to HK Maha Sandh.
    Thanks for yours Support , Please Support.
    Please Come All and Support Nepali ,Just Nepali.
    We are Nepali.Please Come Please Please Please.

  • 24. Dilendra k.Tumbahangphe  |  February 7th, 2010 at 5:40 am

    hoina, nepaliharu tyaha gayepachhi tebal thokayer karauna kin sakdainan???????????? “lata le kera here jhai “herer basne nepali lataharu thuikka………………….

  • 25. Aquila  |  March 8th, 2010 at 10:43 am

    जसको आँखामा स्वर्ग, पृथ्वी र समुद्र तिनमा भएको यावतथोक लुक्न सक्दैन । उहाँनै राजाहरुका महाराजा, न्यायकर्ताहरुको पनि न्यायकर्ता जो हुनुहुन्थ्यो, अहिलेपनि हुनुहुन्छ र सदासर्वदै रहनुहुने सँच्चा परमेश्वरले ठीक समयमा ठीक फैसलागर्नु हुनेछ ।

    हाम्रा प्रीया सोनी लगायत उहाँकी शोकित परिवार तथा यो समस्याको बोझ उठाईरहनु भएका सम्पूर्ण कार्यकर्ताहरु हामी धीरजी हुनैपरेकोछ । पक्ष र विपक्ष भएको हुँनाले समय त लम्बिने भैहाल्छ ।

    निश्पक्ष न्याय चाँडैहोस् हाम्रो यहीँ प्रार्थनाछ ।

  • 26. Gandaki Kancha  |  March 15th, 2010 at 2:59 am

    Oho,

    Aba Christians haru ko ghuiro lagnu thalayo [17 & 25]. Bato chad.

    Cheer

  • 27. shyam kumar  |  March 30th, 2010 at 12:11 am

    first of all the place where mr dil bahdur limbu was living is a not his house nor that was a public place i guess. and again if you raise a chair to a policemen who has a gun of course he has to protect him self. so he shot, just imagine in case if limbu took his gun and shoot the police Office what will happen. so why are we even wasting our precious time to worry.

    fo9lks this is not nepal or india this is hong kong, this country has a law and order. that is why the country is prospering and we are minority people here to have a better life. so please wake up stop being stupid. the man was a homeless man and he was on drugs most of the time.

    i think it is time to chage your attitude and behave your self in a good manner according to this country, if not why don’t you pack your bags and go back to your own mother land and have fun.

  • 28. motiyata  |  March 30th, 2010 at 5:21 am

    OHHH DUMB HEAD HONG KONG POLICE TRY NOT TO HIDE YOUR TRUE COLOUR, FUCKING YOU ARE MURDER, YOU CAN NOT HIT THE TARGET EVEN YOU SHOOT PROPERLY AT TARGET, HOW COME YOU SHOT AT HEAD CLOSING YOUR EYE? YOU MIGHT BE STUPID MAN IN THIS WORLD BUT TRY NOT TO FOOLED ALL

  • 29. dinesh  |  May 4th, 2010 at 12:15 am

    O SHYAM KUMAR'’ ok i agree with you Dil was a homeless and a addict but that does not mean what police did was a right…and by reading your comment i would at least suggest you to respect humankind eventhough you dont respect your own minority..thnx.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in May, 2010

Most Popular Posts