एनआरएन र च्याम्बर अफ कमर्सद्वारा महावाणिज्यदूत उपाध्यायको स्वागत
February 5th, 2010
एस, हङकङ / एचकेनेपाल डट कम, फेव्रुअरी ५-
गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङ र नेपाल च्याम्बर अफ कमर्स हङकङले शुक्रवार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एक संयुक्त कार्यक्रमको आयोजना गरी नवनियुक्त महावाणिज्यदूत विनोद उपाध्याय (नेपाल) लाई स्वागत गरेका छन्।
नवनियुक्त महावाणिज्यदूत उपाध्यायले स्वागत कार्यक्रममा आफ्ना भनाईहरू राख्दै आयोजक संस्थाद्वय गैरआवासीय नेपाली संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङप्रति आभार व्यक्त गरे। एनआरएन हङकङका महासचिव अर्जुन गुरूङद्वारा सञ्चालित कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरूङ र नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष जेएन ज्ञवालीले आफ्ना भनाईहरू राखेका थिए।
स्वागत कार्यक्रमका भिडीयो झलकहरूः
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
________________________________________
सबभन्दा पहिले हामी नेपाली हौं- नवनियुक्त महावाणिज्यदूत विनोद उपाध्याय
एस, हङकङ / एचकेनेपाल डट कम, फेव्रुअरी ४-
नेपाली आदिवासी जनजाति महासंघ हङकङले प्रधानमन्त्री माधवकुमार नेपालका भाइ विनोद उपाध्याय (नेपाल)महावाणिज्यदूतमा भएको नियुक्तिको विरोध गरिरहंदा नेपाली जनसम्पर्क समिति हङकङले सबैभन्दा पहिले स्वागत कार्यक्रम गरेर महासंघको आग्रहप्रति बेमति जनाएको छ।
जनजाति महासंघले नवनियुक्त महावाणिज्यदूत उपाध्यायलाई आफ्ना कार्यक्रमहरूमा सहभागी नगराउन विभिन्न संघसंस्थाहरूसंग आग्रह गरेको थियो।
जनसम्पर्क समितिले विहीवार साँझ महावाणिज्यदूत उपाध्यायको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरी स्वागतको सिलसिलालाई अगाडि बढाएको छ। जनसम्पर्क समितिको स्वागत कार्यक्रमपछि विभिन्न संघसंस्थाहरूले नवनियुक्त महावाणिज्यदूत उपाध्यायको सम्मानमा स्वागत कार्यक्रमहरू आयोजना गर्दैछन्।
जनसम्पर्क समितिले विगतमा जस्तै नवनियुक्त महावाणिज्यदूत र नेपालबाट हङकङ आउने विशिष्ट व्यक्तित्वहरूलाई स्वागत तथा सम्मान गरिने संस्थाको परम्परालाई निरन्तरता दिएको बताएको छ। महावाणिज्यदूत उपाध्याय र श्रीमति उपाध्यायलाई सम्पर्क समितिका अध्यक्ष ईश्वर खाँडलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरूले फूलका गुच्छा, खादा तथा माला पहिर्र्याएर भव्य स्वागत गरेका थिए।
हङकङे नेपाली समाजमा पहिलो पटक सार्वजनिक हुनुभएका महावाणिज्यदूत उपाध्यायले कार्यक्रममा वोल्दै सबैभन्दा पहिला त हामीहरू नेपाली हौं र त्यसपछि मात्र बाहुन क्षेत्री, लिम्बू राई र विभिन्न जाति आउने बताउनु भयो। नेपाल, नेपाली जनता र हङकङका नेपालीहरूको उन्नति र प्रगतिका लागि कसरी सबै एक जुट भएर लाग्न सकिन्छ भन्ने विषयमा महावाणिज्यदूत उपाध्यायले आफ्ना भनाई राख्नुभएको थियो।
हङकङमा प्रधानमन्त्रीका भाइ एवं महावाणिज्यदूत विनोद नेपाल (उपाध्याय) को पहिलो भाषणः
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
________________________________________
महावाणिज्यदूतविरुद्ध आदिवासी जनजातिको प्रदर्शन
भूपेन्द्र, हङकङ / एचकेनेपाल डट कम, जनवरी २८-
हङकङका लागि नवनियुक्त महावाणिज्यदूत विनोद नेपाल (उपाध्याय) को नियुक्तिको विरोधमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले विहीवार एक विरोध प्रदर्शन गरेकोछ।
विहान साढे ८ वजेदेखि शुरु गरिएको विरोध कार्यक्रममा जातीय हैकम विरोधी नाराहरु लगाइनुका साथै महावाणिज्यदूतावासमार्फत नेपाल सरकारलाई विरोधपत्र वुझाइएको छ। जातीय हैकम वन्दगर, गैरआदिवासी जनजाति महावणिज्यदूतलाई फिर्तागर, जनजातिको अस्तित्वको सम्मान गर, समानुपातिक तथा समावेशी सिद्धान्त अवलम्वन गर जस्ता नाराहरुका साथ करीव एक घण्टा लामो कार्यक्रम नेपाली महावाणिज्यदूतावास रहेको कंकर्डीया प्लाजाको अगाडि आयोजना गरिएको थियो। असमावेशी तथा जातीय हैकम तुरुन्त वन्द हुनु पर्ने आशयका दर्जर्नौ प्लेकार्डहरु सहभागीहरुले वोकेका थिए।
करीव ५० जनाको हाराहारीमा जम्मा भएका हङकङे जनसमुदायलाई सम्वोधन गर्दै नेपाली आदिवासी जनजाति महासंघ हङकङका प्रवक्ता भक्तवहादुर दुराले देश संघीयतामा गइसक्दा पनि अझैसम्म नेपाल सरकार असमावेशी तथा असमानुपतिक र आदिवासी जनजातिहरुलाइ पुरानै शैलीमा दवाउन खोजिएकोमा सरकारको नीतिप्रति खेद प्रकट गरेका थिए। आदिवासी जनजातिहरुको अस्तित्व सम्मान नगर्ने सरकार प्रजातान्त्रिक सरकार हुनु नसक्ने उनको दावी रहेको थियो।
संस्थाका उपाध्यक्ष विष्णु पाख्रिन तामाङले सन्चालन गरेको सो अर्ध औपचारिक कार्यक्रमको अन्तमा महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले पटक पटक हङकङको ९८ प्रतिशत आदिवासी जनजातिहरुको मागको वावजुद्ध सरकारले हङकङको लागि गैरआदिवासी जनजाति महावाणिज्यदूत पठाएर हेपाहा प्रवृत्ति दोहोरयाएको वताउँदै सरकारको रवैयाको विरुद्धमा अव चरणवद्ध आन्दोलन गर्ने वताए। कार्यक्रमको अन्तमा विरोधपत्र पढेर सुनाई सकेपछि संस्थाकै अध्यक्ष भूपेन्द्र चेम्जोङले वाणिज्यदूत सुशीलकुमार लम्साललाई वुझाएका थिए। स्मरण रहोस्, नेपाली आदिवासी जनजाति महासंघले महावाणिज्यदूतको प्रमुख आतिथ्य कतै पनि स्वीकार नगर्ने उनी प्रमुख अतिथि भए उनलाई वहिष्कार गर्ने र आफ्ना मातहतका संस्थाहरुलाई पनि सोही वमोजिम गर्ने गराउने अनुराध गरे वमोजिम जातीय संस्थाहरुले उनलाई प्रमुख अतिथि वा अतिथि आफ्नो कार्यक्रममा नवनाउने निर्णय धमाधन गर्न थालेको वुझिएको छ।
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
________________________________________
महावाणिज्यदूत नियुक्तिको विरोध तथा खेद
नेपाली आदिवासी जनजाति महासंघ हङकङले सरकारले हङकङका लागि गैरआदिवासी जनजाति महावाणिज्यदूत नियुक्ति गरेकोमा त्यसको विरोध गर्दै खेद प्रकट गरेको छ। जनजाति महासंघले नेपाली महावाणिज्यदूतावास हङकङमार्फत प्रधानमन्त्री माधवकुमार नेपाललाई एक ज्ञापन पत्रसमेत पठाएको छ।
ज्ञापन पत्र
नेपाली आदिवासी जनजाति महासंघ हङकङ
The Ethnic Nepalese Federation of Hong Kong
M/F 566 Canton Road,Jordan, Kln Tel: 2770 6903/97730264
सम्माननीय प्रधानमंत्री ज्यू
प्रधानमंत्रीको कार्यालय,काठमाण्डौ नेपाल
मार्फत
नेपाली महावाणिज्यदूतावास हङकङ ।
विषयः गैरआदिवासी जनजाति महावाणिज्यदूत नियुक्ति विरोध तथा खेद व्यक्त।
महोदय,
उपरोक्त वियषमा हङकङमा रहेका ९८ प्रतिशत नेपाली आदिवासी जनजातिहरुको भावनालाई कदर गर्दै नेपाली आदिवासी जनजाति महासंघले हङकङमा आदिवासी जनजाति महावाणिज्यदूत नियुक्ति गरेर यहाँका नेपाली आदिवासी जनजातिहरुको भावना कदर गर्नको लागि हङकङको महावाणिज्यदूतदेखि नेपालका प्रधानमंत्री सम्मलाई ज्ञापनपत्र पटक पटक वुझाउँदा पनि हङकङमा रहेका आदिवासी जनजातिहरुको भावना विपरीत फेरि पनि गैरआदिवासी जनजाति महावाणिज्यदूत नै नियुक्ति गरी पदस्थापना गरिएकोले नेपाली आदिवासी जनजाति महासंघ घोर असहमति प्रकट गर्दै सरकारको यो निर्णयमा खेद प्रकट गर्दछ।
यसै अवसरमा गैर नेपाली आदिवासी महावाणिज्यदूतलाई फिर्ता वोलाई सोही स्थानमा नेपाली आदिवासी जनाजति मूलका व्यक्ति नियुक्ति गर्नको लागि जोडदार माग गर्दछौं।
हाम्रा मागलाई वेवास्ता गरी सरकारको पूरानै निर्णय अडिग रहेमा नवनियुक्त महावाणिज्यदूतले सार्वजनिक विरोधदेखि सामाजिक वहिष्कार सम्मको विरोध सामना गर्न पर्ने कुरा जानकारी गराउन चाहान्छौं।
भूपेन्द्र चेम्जोङ
अध्यक्ष
आदिवासी जनजाति महासंघ
मिति २८ जनवरी २०१०
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
________________________________________
नवनियुक्त महामाणिज्यदूत नेपाल हङकङमा
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २६-
हङकङका लागि नेपाली महावाणिज्यदूत विनोद नेपाल (उपाध्याय) मंगलवार हङकङ आइपुग्नु भएको छ। मंगलवार बिहान ड्रागन एयर हुंदै हङकङ आइपुग्नु भएका नेपालले सोही दिनदेखि कार्यभार सम्हाल्नु भएको छ।
पूर्व महावाणिज्यदूत केशवप्रसाद भट्टराई सचिवमा बढुवा हुनु भएपछि रिक्त रहेको उक्त पदमा विनोद नेपाल (उपाध्याय) नियुक्त हुनु भएको हो।
प्राविधिक तर्फका कर्मचारीलाई पहिलो पटक महावाणिज्यदूतमा नियुक्त गरिएपछि चर्चामा रहनु भएका नेपालले यसलाई संघर्षको प्रतिफलका रूपमा लिनु भएको छ। ‘प्राविधिक तर्फका कर्मचारी पछि परिरहेको अवस्थामा महावाणिज्यदूतमा नियुक्ति पाउनुलाई सफलता ठानेको छु’-उहाँले एचकेनेपाल डट कमसंग कुराकानीको क्रममा भन्नुभयो। ‘प्राविधिक तर्फका कर्मचारीहरूलाई पनि सरकारले चलायमान बनाउनुपर्छ’ -उहाँले भन्नुभयो।
प्रधानमन्त्री माधवकुमार नेपालका भाइसमेत रहनु भएका विनोद नेपालको नियुक्तिको विषयलाई लिएर आदिवासी जनजाति महासंघ हङकङले व्यापक विरोध गर्दै आइरहेको थियो। जनजाति महासंघले पटक पटक सरकारसंग हङकङमा जनजातिमूलका महावाणिज्यदूत हुनु पर्ने माग राख्दै आइरहेपनि सरकारले पुनः गैरजनजातिमूलका महावाणिज्यदूत नियुक्त गरेपछि जनजाति महासंघ रूष्ट बनेको थियो।
विनोद नेपालको नियुक्ति रोक्ने प्रयाशमा जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ नेपालसम्म पुगेका थिए भने विनोद नेपालको नियुक्ति रोक्न हङकङ सरकारलाई ज्ञापन पत्रसमेत बुझाएर दबाव दिदै आईरहेका थिए। जनजाति महासंघले विभिन्न निकायहरूमा पुगेर दबाव दिए पनि अन्ततः विनोद नेपाल हङकङका लागि नेपाली महावाणिज्यदूतका रूपमा हङकङ आइपुग्नु भएको छ।
आदिवासी जनजाति महासंघ हङकङको माग जायज ठान्ने नवनियुक्त महावाणिज्यदूत नेपालले देशमा जातिय तथा क्षेत्रीयका कुराहरू उठिरहेको सन्दर्भमा जनजाति महासंघको माग स्वभाविक रहेको बताउनु भयो। सरकारले विश्वास गरेर ४ वर्षका लागि हङकङ महावाणिज्यदूतमा पठाएको छ। ‘जनजाति महासंघको माग राम्रै होला, तर नैसर्गिक अधिकारको कुरा गर्दा अरूका अधिकारको पनि ख्याल गर्नुपर्छ’- महावाणिज्यदूत नेपालले भन्नुभयो।
एचकेनेपाल डट कमसंग नवनियुक्त महावाणिज्यदूत विनोद नेपाल (उपाध्याय)ले फोनमा गरेको कुराकानीः
कुराकानी सुन्न समस्या भए यहाँ क्लिक गर्नुहोस्
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
________________________________________
प्रमको भाइको स्वीकृति रोक्न हङकङ सरकारलाई दवाब
अन्तर्वार्ताः भूपेन्द्र चेम्जोङ- अध्यक्ष, नेपाली आदिवासी जनजाति महासंघ
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
________________________________________
प्रमको भाइको स्वीकृति रोक्न हङकङ सरकारलाई दवाब
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङका लागि नेपाली महावाणिज्यदूतमा नियुक्त भएका प्रधानमन्त्री माधवकुमार नेपालका भाइ विनोद उपाध्याय (नेपाल)को (एग्रिमो) स्वीकृति रोक्न नेपाली आदिवासी जनजाति महासंघले हङकङ सरकारलाई दवाब दिएकोछ।
महासंघले मंगलबार साँझ पत्रकार सम्मेलन गरी उपाध्यायको एग्रिमो रोक्न हङकङ सरकारलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिएको हो। ‘चीन सरकारलाई पनि छिट्टै उपाध्यायको एग्रिमो रोक्न दवाब दिने तयारीमा छौ’ -महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले जानकारी दिए। उपाध्यायको एग्रिमो नरोके त्यसबाट उत्पन्न परिणामको लागि हङकङ सरकारलाई तयार रहन जानकारीसमेत दिइएको अध्यक्ष चेम्जोङले बताए। उपाध्यायको नियुक्ति नियम र प्रक्रियासंगत नभएको भन्दै स्वीकृति रोक्न आग्रह गरिएको अध्यक्ष चेम्जोङले बताए। ‘गैरजनजाति र गैरप्रशासनिक क्षेत्रका उपाध्यायलाई महावाणिज्यदूतमा नियुक्त गर्नु हाम्रो घोर आपत्ति हो’ चेम्जोङले भने। ‘तर हाम्रो विरोध विनोद नेपालको नभएर सरकारको नीति र प्रक्रियाको हो। त्यसैले त्यसका विरोधमा हाम्रो आन्दोलन जारी रहने छ।’ -चेम्जोङले बताए।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चेम्जोङ। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू
९८ प्रतिशत नेपाली जनजातिको वाहूल्य रहेको हङकङमा महासंघले पटक पटक जनजाति महावाणिज्यदूत नियुक्ति गर्न नेपाल सरकारसंग आग्रह गर्दै आएको थियो। महासंघले पटक पटक गर्दै आएको आग्रहलाई लत्याएर नेपाल सरकारले यसअघि केशवप्रसाद भट्टराई र अहिले विनोद उपाध्यायलाई नियुक्त गरेपछि महासंघ झन रूष्ट बनेको हो।
सरकारले कार्तिक १२ गते विनोद उपाध्यायलाई हङकङको महावाणिज्यदूतमा नियुक्त गरेपछि नियुक्ति खारेज गर्न हङकङका नेपाली जनजातिहरूका आवाज लिएर महासंघका अध्यक्ष चेम्जोङ नेपाल गएका थिए। उनले प्रधानमन्त्री नेपालसहित विभिन्न दलका नेताहरू, जनजाति महासंघ पदाधिकारी र नेपालका सञ्चारकर्मीहरूसंग भेटघाट र छलफल गरेका थिए। प्रधानमन्त्री नेपालले वर्तमान परिस्थिति बुझेर मिलेर जान आग्रह गरेको चेम्जोङले बताए। प्रधानमन्त्री नेपालले वाणिज्यदूतमा जनजाति पठाइने आश्वासन दिइएपनि महावाणिज्यदूतमा जनजाति नै हुनु पर्ने अडान आफूले दोहोर्र्याएको चेम्जोङले बताए। चेम्जोङले नवनियुक्त महावाणिज्यदूत विनोद नेपाललाई समेत भेटेर आफूहरूको भावनाको कदर गरी हङकङ नआउन आग्रह गरिएको बताए।
महासंघले हङकङमा रहेका सबै जातिय र सामाजिक संघ संस्थाहरूलाई छिट्टै पत्राचार गरी नवनियुक्त महावाणिज्यदूत उपाध्यायलाई सामाजिक वहिष्कार, असहयोग र कालो झण्डा देखाइएने तयारी गरिरहेको छ। यद्यपि, उपाध्याय हङकङ आइसकेका छैनन्। चीन सरकारले उपाध्यायको स्वीकृति दिने भएकाले एग्रिमो र भिषा प्रक्रियाको क्रम जारी रहेको जनाइएको छ। त्यसैगरी, हङकङका लागि नेपाली वाणिज्यदूतमा किरण शाक्य नियुक्त भैसकेको जानकारी प्राप्त भएको अध्यक्ष चेम्जोङले पत्रकार सम्मेलनमा बताए।
रिता गुरूङद्वारा सञ्चालित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष विष्णु पाख्रिनले स्वागत मन्तव्य र प्रवक्ता भक्तबहादुर दुराले आफ्ना भनाईहरू राखेका थिए।
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
Popularity: 9%
Entry Filed under: हङकङको समाचार

39 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. danfe kanchha | December 16th, 2009 at 4:55 pm
Madav kmr Nepal HK aunda sabaikura haru bheneko jasto lagchha,samanapatik bhaneko apno bhai lai PM bhae pachhi consolete general banaune bichar rachha nepalko bhumi putra haru phussa?
jutta ko mala tayar pakka hunchha,
2. अँ तो ताँ...हो !!! | December 16th, 2009 at 6:46 pm
हा..हा..हा होइन हौ नेपाली दाजुभाईहरु…. के भनेर दवाव दिने ?*उ नेपाली होइन ?*हाम्रो देशको प्रधानमन्त्रीको भाई हो ?*हामी जनजाती मात्र हौ नेपाली होइनौ भनेर ?* जनजाती तर्फको भए मात्र हाम्रो हित हुन्छ भनेर?आखिर के भनेर…? हामीले हामी नेपाली हौ ( विशेष बिदेशमा )भन्ने नबिर्सौं ! हामी जान्दा छौ उ यहाँ आउनमा शक्ति प्रयोग भएको छ तर hongkong सरकारलाई एस्तो दवाव ( भनौ विचार )नराखौ, कमजोरी नदेखाऊ उ आए पछी हामी हाम्रो तालमा नचाउ चाहे -डम्फुचब्रुन्ग्को तालमा चाहे भोटे शेलोमा चाहे लोसारमा !तीनवटा कुरा भन्न चाहन्छु !१ मानिस बदलेर केहि हुदैन (नेपाल को अवस्था ले बताउछ ) २ संसारका मानिस कोहि पवित्र छैनन् ! ३ हामीले विदेशमा हाम्रो (नेपालीको )इज्जत आफैले राखनु पर्छ ! मेरो यो तर्क मात्र हो कसैलाई मन दुखाउने विचारले भनेको होइन (म पनि जनजाती भित्रै को हु र माकुने को दलाल पनि होइन )
3. madan | December 16th, 2009 at 11:26 pm
माथिको मित्रको कुरा पनि ठीकै हो तर हामी जनजाति सारै सोझो भएर इतिहास देखि बर्तमान सम्म राज्यले दबाई राखेको छ . यति धेरै जनजाति बसोबास रहेको हंग कंगमाँ एउटा जनजाति को माग गर्दा अटेरी गर्ने सरकारको बिरोध गरेन भने झन जनजातिलाई दबाउने मौका पौछ. माकुने हंग कंग आउदा जनजातिको खूब प्रसंसा गरेको थियो र जनजाति नै हुनुपर्छ भनेर आस्वासन पनि दिएको थियो त्यों बेला. यस्ता छन माकुने , त्यों पनि आफ्नै भाई लाई पो नियुक्ति गराएर ? यस्ता कुरालाई तपाई हामी सबै एकसाथ भएर बिरोध गरौ र भोली को हाम्रो अधिकार सुनिश्चित गरौ , खोई सथिहरुलाई कस्तो लाग्यो तर मेरो सुझाव चै यही छ . धन्यबात
4. Lahure | December 16th, 2009 at 11:47 pm
haina hau ramro kam garne manchhe pathaye ta bhaihalyo ni sathi haru ho. Nepali ko kamjori HK government le ta thaha paihalyo ni. Bholi janjati bhanne tara Gurung magar rai wa limbu hunuparthyo bhanne khalko bibad hune ho bhane aajai bahun nai thick chha hola haina ra.Nepali ho bhanne bhawana le prerit hunu paryo mitra ho.
5. Prachanda | December 16th, 2009 at 11:54 pm
Bhupendra —kam chhaina babai –. jatiya kura uthayera des ma magar gurung rai limbu tamang sherpa yadav tharu bahun chhetri ko bicha ma maramar huna laisakyo tainle janjati ko chairperson hun bhanne ghamanda le hongkong ma pani katmar garaunchhas ki danka. Resign de tyo pad bata tan jasto kam chhaina
6. Milan | December 17th, 2009 at 1:18 am
Hongkong ka Nepali haru, Tapai haru dharai Ghamada nahunus. Kaam garne Netritwo matrai ho , tya jana jati ra aaru jati bhandai bhadbhailo garnu tapai haru ko lagi ramro hoina, bholi sabai lai Hongkong chodne pare ke garnu huncha , samaye jata pani bangina sakcha . Hoos puryaunus. Nepali bhayera Nepali ra Nepal ko Jejat garna siknus. Ghamandi nahunus. yesai ma sabai ko bhalo huncha . Ma kunai party ko Kutta hoina, jo gaye pani Hongkong ma hune kehi hoina, ke ko tatto na charo ko radako gareko hola MR. CHEMJANG LE ? KI TIMI HONGKONG BASI LE NEPALI BASI LAI KHEDNE ? NATRA NEPALI BHAYERA BASNE , ANI NEPALI KO NAI BEIJEET GARNE , KE CHALA HO MR. CHEMJAANG ?
MILAN FROM SAUDI ARABIA
7. Dsampang | December 17th, 2009 at 1:36 am
Hoina hajur Nepalko Dasha Nepal le nai bujhena.Thikai chhani ,pathawos usko bhai bhatij,bhanja bhanji aru aphantaharlai.Tapai hami jana jati chai usko goda dhudai basaun.akhir Upadhya rahechha.OM NAMAYE SUHA .
8. Rajesh | December 17th, 2009 at 9:08 am
Dear Bhupendra !
hahaha Janajati Mahabinjya Doot..>>> Yesbarema ma hami sahamat chhaina… sabai hong kong ko nepali bhanera dosh launa paudaina.
Pradhanmantri Nepal, Rastrapati Yadav and they have to send you janajati rajdoot,
I know you need Limbu>no others>you need chemjong hahaha .
9. Himalee | December 17th, 2009 at 9:46 am
माकुनेको भाईलाई महाबनिज्यदुत नियुक्त गरेर पठाउनु लागेको छ यो सरकारले अनि नेपालको जनजातिको संघ सस्था चाहि के हेरेर बसि राखेको छ ? भुत्रो?
त्येसको लागि प्रभाबकारी कदम उठाउनु पर्यो नि नेपालमा नै तर hONG kONG मा चाहि त्येस्तो काम गर्नु भनेको मुर्खता हो/ हो म पनि चाहन्छु जन-जाति समुदायको महाबनिज्यदुत आयोस भनेर तर त्येसको लागि पनि सहि कदम पो हुनु पर्यो त / यहाको स्थानीय संघ सस्थाले ” फलानो” लाई महाबाणिज्य दुत स्वीकार नगर भनेर HKSAR सरकारलाई भन्नु भनेको सारै नै गलत र लाजमर्दो काम हो , अब तपाईहरु नै भन्नुहोस भोलि hksar सरकारले “यो हाम्रो निर्णय होइन यो तिमीहरुको सरकारको नै निर्णय हो यस बिषयमा हाम्रो बोल्ने अधिकार छैन ” भनेर भन्ला रे/अवस्य पनि भन्छ (कानुनी रुपमा / कुटनैतिक मर्यादा अनुरुप पनि कुनै पनि सरकारले मित्र रास्त्रले गरेको निर्णयमा दखल दिन मिल्दैन र दिदैन पनि ) हेरी राख्नुस कि त hksar सरकारले यो बिषयमा बोल्दै बोल्दैन कि त हामीले त्येस्तो दबाब दिनु मिल्दैन भनेर अवस्य भन्छ त्येस अवस्थामा तपाई हरुको प्रतिक्रिया कस्तो हुन्छ? कहिले सोचेको छौ? अथवा HKSAR सरकारले हाम्रो कुटनीति अन्तरास्ट्रिय मापदण्ड अनुरुप “अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ” खालको छ (चीनको कुटनीति त्येस्तै छ पनि )भन्यो भने के भन्ने? कि तिमीहरुको कुटनीति परिबर्तन गर भन्ने ? सक्छौ भन्न? (फेरी त्येसो भनेर जगत हसाउलाउ नि मुर्ख हो ) /
यस्ता यावत कुरोहरुलाई बिचार नै नगरी मुर्खता पूर्ण हर्कत गर्नु भनेको कत्तिको लाभदायी हुन्छ अलिक दुरदृष्टि राख मुर्खहरु हो/ “टाउकोको दबाई नाइटोमा लाइ ” भन्या जस्तो नगर न / जे होस् यस सम्बन्ध मा नेपालमा नै जे जे हुनु पर्छ होस्, गर्नु पर्छ गर/गरौ / रंग न ढंग मा नेतागिरी नगर जनजाती महासंघका नेताहरु हो / यहाँ होंग कोंग म बिदेशीको सामु तमासा नदेखाऊ , भन्छन नि “झिंगाको प्वाख उखेल्यो भने मुटु-कलेजो देखिन्छ” त्येस्तै आफ्नो प्वाख आफै न-उखेल / खबरदार /
हिमाली
10. nitaa | December 17th, 2009 at 10:14 am
hi man/woman? ( comment No. 2 )
perhaps, you r a broker of MKN or very colose man of him and i think you r not a man of JANJATI also. i think we should present the case to the hong kong government before the processing of the visa. hong kong government will really consider of this case, but we don’t delay about. this is no. 1 point to proof that we don’t like him coming here
11. chau-chau | December 17th, 2009 at 10:17 am
yeah hong kong ma kati % newar haru riachan ta
12. raj | December 17th, 2009 at 7:01 pm
MITRA HARU Kun jati ko aaya ramro hola. limbu,rai gurung,magar, thakali. kami. damai kramas………….. jun jogi aaya pani kan chireko nai aauane hola ni
13. in_fact | December 17th, 2009 at 7:57 pm
सम्पूर्ण गवाहिहरुको बयानलाई मध्ये नजर बाट हेर्दा मलाई एस्तो लाग्यो(लाग्थियो पनि) कि-
येस्ता घटिया, पोचा, अहितकारी विषयेहरु… जिम्मेवार व्यक्तिद्वारा सोच्नु र राखिहाल्नु अगाडी सम्पूर्ण hk वासी नेपाली समच्छा राखनु हितकारी हुने छ !(चाहे कुनै पनि संचार माध्यामबाट होस् ) विशेस नोट :- यीनै हुन् ती संसार भरि नेपालीको इज्जत बढाउने सुरमा बेइज्जत गराउने !
14. prem singh | December 17th, 2009 at 11:22 pm
swarth bhaneko yaita ho ghar banau ani janta gayo bhadma………..ye chor haru……..
15. viks | December 18th, 2009 at 9:51 pm
yasma hamro ke tauko dukhai kaam gara kau raajniti ho bhane nepal gayera yesho prachanda, girija , baburam sanga
yeso lesson siknu parchha . kin antarik kura hk lai
kin hepne mauka dine .yeso neta bhanau le po
garneho . bola bhaat pachaune ra mukh chilaune lai kole
rokna sakchha
16. viks | December 18th, 2009 at 9:56 pm
la bhayo kin nepal bata magaune hk ma bhayeko kasailai
banna man lagechha hola teslai banaune . hola kohi
17. हङकङ समाच&hellip | December 20th, 2009 at 4:29 am
[…] विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस् ________________________________________ […]
18. hk nepali | December 20th, 2009 at 2:43 pm
the teacher is hired coz of his qualification rather than his cast demand.Even ur own uncle teach u the same thing according to text……………….A baby demands his own uncle coz uncle always buy a chocolate for the baby.but we re not a baby,we are matured enough to understand todays world(global warming).lets talk more like a man of todays world……………
bhupen bro,do u have any problem with the consular,your personal problems doesn'’t work.if the consular is misbehaving,impolite,disturbing than slogan should be voiced.i mean that your argument to the nepal and hk government is not reasonable………………….stop this …………..
19. chature | December 20th, 2009 at 3:00 pm
limbulai kurkure haddi chilaye jasto chha ni hoina?
20. Rai | December 22nd, 2009 at 3:25 am
————————-
21. Rai | December 23rd, 2009 at 3:22 pm
——————
22. dip dip | December 29th, 2009 at 1:29 am
hoina yslai k bho jo aayea pani .aafnokam ghar na aafno thauma basera
23. Himalee | January 27th, 2010 at 9:27 am
” प्र. म. माधब नेपालको भाइ महाबाणिज्य दुत भएर हिजो २६ जनवरी २०१० मा HK आए ”
अस्ति नै मैले भनेको थिए HKSAR सरकारलाई उनको नियुक्ति रोक्नु दबाब दिनु भनेको मुर्खता बाहेक केहि पनि होइन र त्येसो गर्दा आफ्नै ब्येजती हुन्छ, घरको झगडा विदेशीलाई देखाएर / तर यहाको नेता भनौदा बज्रस्वाठहरुलाई त्यति कुरो को हेक्का पनि छैन / मैले भनेको नै थिए कि HKSAR सरकारले यस बिषयमा “बोल्दै बोल्दैन” र बोलि हाले पनि “यो तिमीहरुको अन्तरिक मामला हो हामीले केहि पनि भन्नु बोल्नु मिल्दैन” भन्छ भनेर आखिर त्येही भयो होइन त?
ये महामुर्खहरु हो तिमीहरुको दिमागमा के छ ? गोबर ? अलिकति पनि दुर दृस्टी छैन कि के हो? आफुले चलेको कदमको प्रतिक्रिया के हुन्छ भनेर सोच्नु पनि नसक्ने नेता बनेर हिड्नु लाज लाग्दैन ? यदि त्यति पनि सोच्नु सक्दैनौ भने चुप लगेर बस न किन बेकारमा जान्ने पल्टनछौ ? जान्नु न तान्नु नेता भएर हिडेको छ गोबरहरु / बेकारमा HKSAR सरकारलाई ज्ञापन पत्र दिएर सम्पूर्ण नेपालीको बेइजत गरेउ होइन त? अब तिमीहरु नै भन् HK सरकारले नेपाली प्रति कस्तो दृस्टी राख्छ होला आगामी दिनहरुमा? जब नेता भन्ने मान्छे त “के बोल्नु हुन्छ के बोल्नु हुदैन” भनेर जान्दैन भने अरु जनसाधारण प्रति उनीहरुको धारणा के हुन्छ होला? आज नेपालीहरु प्रति विदेशमा हीन दृष्टिले हेरिनुमा यस्तै गोबरे-नेताहरुको योगदान छ / यस्ता नेताहरुलाई समयमा नै चिंनौ/
हिमाली
24. देश/ विदे&hellip | January 27th, 2010 at 2:26 pm
[…] एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २६- हङकङका लागि नेपाली महावाणिज्यदूत विनोद नेपाल (उपाध्याय) मंगलवार हङकङ आइपुग्नु भएको छ। मंगलवार बिहान ड्रागन एयर हुंदै हङकङ आइपुग्नु भएका नेपालले सोही दिनदेखि कार्यभार सम्हाल्नु भएको छ। (more…) […]
25. Moon | January 27th, 2010 at 3:22 pm
Kunai euta qualified nepali aaye hudaina ra? unqualified janajati aunu bhanda kunai qualified non janjati mahabanijyadut aunu ramro hoina ra.. akhir sabai jana nepali daju bhai nai ta ho ni hoina ra? Yesari jatiyeta ko prasna uthauda pakkai pani nepali nepali bich ma fato ta auncha ni. Nepali ekata lai daro parna please yesto jatiyeta ko kura nauthaidina huna anurodh garchu.
26. deleted | January 27th, 2010 at 5:47 pm
—————–
27. Deleted | January 27th, 2010 at 5:53 pm
——————————–
28. Nepali Kancha | January 28th, 2010 at 1:01 pm
very good himali
29. ADIBASI | January 28th, 2010 at 1:30 pm
Aadi Basi Jan Jati Mahasangh HKG;
HIMALE le Adi Basi Jan Jati haru maha MURKHA ho ra Jan Jati ko dimag ma GOBAR le bhariye ko chha bhane lekh parda sarhai dukha lagyo. Ke hami Jan Jati ko dimag ma saachikai GOBAR le nai bharieko chha ra???
HIMALE jasta pade lekhe ko manche le yesto kura lekhnu pani murkhata nai hoon, diplomatic way ma ghunaera milaera lekhnu parne. Ma euta anapad gawar manchhe, HIMALE le jastai ramro sanga milaera lekhna audaina, tyasai nalekhi basna pani sakina.
Offcourse, Nepal Sarkar Brahman haru ko Sarkar ho…. tyasaile Adi Basi Jan Jati jati karae pani kehi hunewala chhaina … Kag karaudai garchha Pina sukdai garchha… Tyasaile Jan Jati na pathae ko birudhha kehi garne prayas garnu parchha ra Nepal Sarkar lai chunauti dinu parchha ra bhabisya ma yesto galti pheri na dohoriyos bhanera maag garnu parchha. Yedi kunai protest, kalo jhanda ko programme chha bhane publish/ inform garnus, hami Jan Jati sathai mera sathi bhai, didi bahini, chacha mama haru lai liera sahabhagi huna aunechhu.
JAI Aadibasi Janajati Mahasangh HKG.
30. Himalee | January 28th, 2010 at 1:44 pm
“महाबनिज्यदुत्लाइ खुला पत्र ”
नब-आगन्तुक महामहिम महाबाणिज्य दुत ज्यु,
सर्ब प्रथम त यहाँलाइ Hong Kong मा स्वागत छ तर पनि यहाको असहज आगमनको कारण केहि प्रश्नहरु राख्न चाहन्छु /
यहाँ ले प्रतिक्रियामा यहाँ “जनजति नै दुत भएर आएको भए राम्रो हुने” विचार राख्नु भएछ त्यो स्वागत योग्य देखिए पनि फगत ओठे समर्थन मात्र देखाउनु भएको जस्तो बुझ्नु त्यति गार्हो छैन किनकी यहालाई यहाको नियुक्ति बारेमा चर्को बिरोध भएको पूर्व रुपमा नै थाहा थियो र त्येस बिरोधको ( आवाजको ) सम्मान यहाले साच्चै नै गर्नु भएको भए त नैतिकताको आधारमा यहाँ Hong Kong न-आउनु पनि सक्नु हुन्थ्यो नि होइन र ? तर पनि यहाँ आउनु भयो र यहाको ” काग कराउदै गर्छ, पिना सुक्दै गर्छ” भन्ने भित्रि भावना छर्लंग भयो , यस बिषयमा महामहिमको के प्रतिक्रिया छ?
अर्को कुरो यहाको नियुक्तिलाइ Hong Kong मा बहिस्कार गर्ने धम्कि (त्यो धम्कि गलत पनि होला) को बाबजुद तपाई सपरिवार आइपुग्नु भएको खबर प्राप्त भयो, येत्रो आत्मा बिस्वास ?!?!, यसको मतलब यिनीहरुले केहि पनि गर्नु सक्दैन, गए पछि गएको गएकै हुन्छ भन्नु खोज्नु भएको जस्तो देखियो, जे होस् समग्रमा यहाको नेपाली समुदायलाई नपत्याएको जस्तो प्रस्ट देखियो, यहाको के छ यो बारेमा प्रतिक्रिया?
“नैसर्गिक अधिकारको कुरो गर्दा अरुको अधिकारको पनि ख्याल गर्नु पर्छ” यहाको प्रतिक्रियामा येस्तई पढ्नु पाइयो, यो एउटा प्रथम श्रेणीको कुटनैतिक अधिकृतले बोल्ने भाषा जस्तो नभएर अन्यथा जस्तो भएको गन्ध यहालाई महशुस भएन?
hknepal .com Hong Kong मा एउटा राम्रो पहुच र स्थापित भएको संचार सेवा हो र यहाले पनि यहि वेबसाइट आफ्नो धारणा राख्नु हुने बिस्वासको साथ् सफल कार्यकालको शुभकामना/
हिमाली
31. tilak gurung | January 28th, 2010 at 11:44 pm
,,,,SARKAR SANGA KO MAG ,YATI SANO MAG PANI APURTI HUNU………….THIS IS REALLY FUNNY….ADIBASI IS GOING RIGHT,SARKAR SANGA BARTA GARERA PANI YAS KURA LAI
POSITIVE NASOCHNU BHANEKO ,ITS REALLY FUNNY..ABA K GARNE TA…AUTA BHANAI CHA NI'’.BAAT LE MANDAI NA BHANE LATLE'’………CONSULATE MA BAT GARNE NABHAYE …….ARU UPAYA CHAINA………YO KURA CHADAI SUNNA PAU HAI BHUPEN JI…..BEST OF LUCK….GO AND KICK HIM
32. MA | January 29th, 2010 at 12:02 am
AREEEE.. YAR ADI BASI LE PANI TA INDIAN MAGE KO HOINA NI,,,,,,,,,,,,,,,NEPALI NAI MAGEKO HO….TARA MAJORITY KO HISAB LE,AUTA JANJATI MAGE KO HONI,, SARKAR LE AFAI BUJHNU PARCHA ,MA BHANCHU………..YASTAI KURA LAI,,,,,,,,,, YASTAI SAMASYA LAI NIBHAUDAI JANU PARCHA SARKARLE…..
TARA ADIBASI BHITRA PANI KUN JATI LAI CHUNNE HO ,YO ARKO SAMASYA HUNCHA..SO ADIBASI SHOULD BE UNITIED…RA UNITE HUNA KO LAGI HK MA KEHI SOCIAL WORKS HARU GARNU PARYO NI.DEKHAUNU PARYO NI WE RE RIGHT BHANERA…AKASI MAG GARNU,,,,KASLE SATH DINCHA.TYSAILE MAJORITY BADAUNE HO BHANE DO SOMETHING FIRST.HAITA BEST OF LUCK………………………
33. Lahure | January 29th, 2010 at 1:58 am
Limbu ra Dura. Buddhi kahile phirne no. Nepali mathi aaipareko samsyalai kasari hal garne bhanne kahilei soncheka chhau? Ariu samasya thapdai jane bahek aru kam chhaina ki kya ho ram ram ram ram……..Haina k garna khojya? ma pani pachhi pachi gayen play card bokera.Lina lagayeu k k nai thulai julus hune ho ki bhanne lagyo. …. laj marnu. 20 jana pani hundaina bhane k ko birodh hou??? kurkure sanchai chilayekai ho ki k ho? yo limbu ra dura ko. khai janamat??? ….labastaro haru. Kasari neta hunchhau khai?
34. Raag | January 29th, 2010 at 10:11 am
Mathika Kunikunai Sathiharu Janajati Bhanna Daraune Khale Rahechhan, K Tiniharu Ko Thar ( Jastai Dalle Gururung Lai Dalle Nepal,Aani Ramesh Rai Lai Ramesh Bhandari, Testai Bishnu Magar Lai Bishnu Chapagai Kina Nalekhe Hola? Janajai Janjati Nai Bhaisakyo Aaba Uniharulai Tagadari Banauna Nikai Samaya Kurnu Parla Wa Niyam Nai Badanu Parla, Jati Sukai Aadhuniktama Jana Khoje Pani Yo Saskriti Aani Samskaar Turuntai Pherdaina, Aani Yo HK Ka Aadhikams Jnaati Bhaekai Natale Euta Janajatibata Junsuai Jatko Pathauda Tyo Makuneko K Nai Janthyo Ta? Bhailai apathaera Uskai Party Bhakti Emakle Samarthak KP Ra Biddhyahin Rakshamantriko Ksatrabata Kunai Euta Newar Pathai Die K Hunthyo Ta ? Yo Makune Janajatilai Hepekai Ho Yesma Dui Mat Chhaina. Nabhujnelai Jaanakari Ra Bujhi-Bujhi Bujhpachaunelai Chetana Bhaya.
35. chau-chau | January 29th, 2010 at 1:40 pm
well come nepal ji ,thaar pani nepal ,come from nepal very nice yo birodh garne ma dui tin jana id kinera aune nakkali id wala haru pani pani chaan .aba karyabhar samlae paachi investigate garne ani yesto parasite haru lai hong kong bata deport gari dine ……
36. Himalee | January 29th, 2010 at 4:40 pm
Reply to comment no : 29 (Mr.Adibasi)
आदिबासी जी
यहाले मैले “आदिबासी जनजाती महामुर्ख हो र जनजातिको दिमाग गोबरले भरिएको छ / ” भन्यो भनेर आरोप लगाउनु भएछ /
मैले कहाँ ? कहिले ? त्येस प्रकारको कुरो गरे? मैले त् “बाणिज्यदुतको नियुक्तिको बिषयमा HKSAR सरकारलाई ज्ञापन पत्र दिनु पो मुर्ख्याई हो र त्येसो गर्ने नेता भनौदाहरु चाही गोबरे नेता हो” भनेको छु त / सबै जन जाति मुर्ख हुन् भन्ने कुरो मैले कहिले पनि र कहिँ पनि गरेको छैन र गर्दिन पनि (यहाको जानकारीको लागि म स्वयम पनि HK बासी जनजाति हु तर पहिले नेपाली हु)/ अफ्टर रेअदिंग यौर कमेन्ट You are just distorting my opinion though my comments are still here in the webpage (thank you hknepal .com ). and still anybody can read my comment and people are clever enough understand what did I say and how you are analysing them. भन्नै पर्दा यहाँले ठिक नेपालको त्येही गतिछाडा नेताहरुको भाषा बोल्नु भयो, सोझो सिधा कुरोलाइ बंग्याउने र गलत अर्थ निकाल्ने काम यहाँबाट भएको यहाको कमेन्टमा प्रस्ट देखिन्छ /
जहाँ सम्म शभ्य भाषाको प्रयोग गरिनु पर्ने कुरो गर्नु भयो त्यो सहि छ तर काम चाही असभ्य गरेर त्येसको प्रतिक्रिया चाहिँ शभ्य खालको आउछ नै भन्नु सकिन्न, हुनत म सके सम्म संयमित भएर नै प्रतिक्रिया लेख्नु रुचाउछु /
हिमाली
37. shersingh | January 30th, 2010 at 7:08 pm
यो हिमाले भन्ने गोबर निकै बाठो भै राखेको छ ? ए हिमाले होंग्कोंगबासि नेपालीहरु होंग्कोंगबासि भएकोले आफ्नो सरकारलाई दबाब दिन किन नमिल्ने ?
38. Himalee | February 5th, 2010 at 9:02 am
Reply to comment No. 37
भने पछि दबाब दिनु भो होइन त ?
And what about the result ? The big zero ?
39. AJ | February 6th, 2010 at 10:01 pm
Absolutely… No doubt! Himalee is 100% right…. Others who mis-understood Himalee’s words are……(beeppppppp….). This is a public place had to censor…
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed