आठ वर्षपछि नेपथ्यका अमृत गुरूङ हङकङमा

February 16th, 2010

आठ वर्षपछि नेपथ्यका अमृत गुरूङ हङकङमा
लाली गुराँस नाइट छैटौं भव्यताका साथ सम्पन्न

एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुअरी १६-
आठ वर्षपछि हङकङको दर्शकमाझ आउंदा नेपथ्यका अमृत गुरूङको गेटअप चेञ्ज भइसकेको थियो। लामो कपाल र अलिअलि फुलेका केश बाँधेर मञ्चमा प्रवेश गर्दा दर्शक दिर्घाले एकैचोटी ताली र हुटिङ दिएर गायक अमृत गुरूङको हङकङमा भव्य स्वागत गरे।

‘भेंडाको उन जस्तो..’ गीतबाट गीत आरम्भ गरेका अमृतले ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘जोमसोमे बजारमा..’, ‘चरी मर्र्यो सीसाको गोलीले..’, ‘हिमाल चुचुरे’, ‘तालको पानी माछीले खानी’, ‘रेशम..’लगायत आफ्ना चर्चित र लोकप्रिय गीतहरू प्रस्तुत गरे। चिसोले गाँजिदै गएको वातावरणमा अमृतको गीतले दर्शकलाई तताएनन् मात्र, गर्मीले आत्तिएका गायक स्वयंले आफूले लगाएको ज्याकेट खोलेर गाउंदा उनको टिसर्टसमेत भिझेको थियो। हरेक गीत सकेपछि दर्शकबाट वान्स मोरका अफर पाएका अमृतले समय अभावका कारण अरू धेरै गीतहरू गाउन पाएनन्।

आठ वर्षपछि हङकङ आएका गायक अमृत पहिलेको भन्दा बढी क्रेज बढेको पाउंदा मख्ख थिए। दर्शकले दिएको न्यानो माया, ताली र हुटिङले उनको लोकप्रियताको पारो सोझै बढेको देखिन्थ्यो। ‘म आठपछि मात्र हङकङ आएं’-अमृतले भनें। ‘यसबीच कसैले बोलाएनन्.., कसैले बोलाए आउंला भनेर सोचेंको थिएं..’ -उनले ठट्टै ठट्टामा भने। ‘आयोजक भाईहरूले बोलाएपछि यो मौका मिल्यो।’ उनले आयोजकलाई धन्यवाद ज्ञापन गर्दै भने।
कार्यक्रमको भिडीयो झलकः

कार्यक्रममा गायक विजय लामा र द एज ब्याण्डका जीवन गुरूङले आफ्ना चर्चित गीतहरू गाए। हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को चोटिलो उद्घोषण रहेको कार्यक्रममा मदन केसी र शिवहरि पौड्यालले ‘इमरजेन्सी वार्ड’ नामक प्रहसन प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। सोही कार्यक्रममा स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।


चिनीयाँ नयाँ वर्षको अवसरमा लाली गुराँस एशोसियनले छैटौं संस्करणको रूपमा आयोजना गरेको लाली गुराँस नाइट हेर्न मंगलवार साँझ नेपाली दर्शक युन लङ थियटर हलमा ओरिएका थिए। कतिले टिकट नपाएर कार्यक्रम हेर्न नपाएपछि रित्तो मन लिएर फर्किएका थिए।

लाली गुराँस एशोसियनले यसअघि पनि पाँचवटा सफल कार्यक्रमहरू सम्पन्न गरिसकेको छ। गत साल कार्यक्रममा चलचित्र नायक दीलिप रायमाझी, अमुल स्टार भ्वाइस अफ इण्डिया- २ का चर्चित प्रतियोगी रोहित सुनार, अमुल स्टार भ्वाइस अफ इण्डिया छोटे उस्तादकी टप थ्री प्रकृति गिरी र मुन्द्रेका समूहलगायत हङकङ आएका थिए।

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. देश/ विदे&hellip  |  February 18th, 2010 at 9:25 pm

    […] एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुअरी १६- आठ वर्षपछि हङकङको दर्शकमाझ आउंदा नेपथ्यका अमृत गुरूङको गेटअप चेञ्ज भइसकेको थियो। लामो कपाल र अलिअलि फुलेका केश बाँधेर मञ्चमा प्रवेश गर्दा दर्शक दिर्घाले एकैचोटी ताली र हुटिङ दिएर गायक अमृत गुरूङको हङकङमा भव्य स्वागत गरे। (more…) […]

  • 2. limbuu boe  |  February 19th, 2010 at 9:36 am

    good job man.juss i like the performence of BAND NEPATHYA

  • 3. miss asha  |  February 19th, 2010 at 10:06 pm

    Special one comment fm all our frens group . nepal bata lyaeko programe ma please local english dance ani local hk ko dance haru rakhnu vhayena zosle garda hami sabai le zate nepal bata lyaeko artist haru ko programe dherai ani pura hernu nai paudaina zun sabai ko ichhya huncha ..so pls yo point laii mark garnu paryo… for next yr.. anyhow amrit gurung ko songs haru superb thiyoo.. we was expect more events fm mundre n grops but….

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in February, 2010

Most Popular Posts