धरान हङकङ मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
February 21st, 2010
प्रदीप मेन्याङ्वो, हङकङ /एचकेनेपाल डट कम-
धरान हङकङ मञ्चको आइतबार सम्पन्न १० औं वार्षिक उत्सवको अवसरमा भाष शास्त्री डा. टंक न्यौपाने, धरानका संचारकर्मी तथा कथाकार प्रदीप मेन्याङ्वो सम्मानित भएका छन्।
जोर्डनको याक एण्ड यति रेष्टुरेण्टमा सम्पन्न वार्षिक उत्सवमा सम्मानित डा. न्यौपाने, संचारकर्मी कथाकार मेन्याङ्वोलाई मञ्चका अध्यक्ष प्रदीप थापा मगर, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र प्राज्ञ डा. गोविन्दराज भट्टराई, धरान हङकङ मञ्चका भूपू अध्यक्ष इन्द्र वनेमले सम्मानपत्र प्रदान गरेका थिए।
समारोहमा डा. न्यौपानेले धरानेहरुले हङकङमा बसेर पनि नेपाली मन बोकेर सामाजिक कार्यमा समेत सकृय रहेकोमा प्रशंसा गरे। उनले धरान हङकङ मञ्च नमूना सामाजिक संस्था रहेको उल्लेख गर्दै मञ्चले धरानमा घण्टाघर, धरान रंगशाला निर्माणमा समेत आर्थिक सहयोग गरेर धराने मन जितेको बताए। कार्यक्रममा डा. भट्टराईले धरान हङकङ मञ्च हङकङमा स्थापित भइसकेको संस्थाले हङकङमा नेपाली समुदायलाई एकजुट बनाइ सहयोग आदनप्रदान गर्नकालागि एकजुट बनाएको बताए।
समारोहमा सम्मानित पत्रकार तथा कथाकार प्रदीप मेन्याङबोले हङकङमा वसोवास गर्ने नेपालीले आफूलाई मात्र आर्थिक रुपले आत्मा निर्भर नबनाएर मातृभूमिलाई पनि वर्षेनी रेमिट्यान्स पठाएर आर्थिक सहयोग गरिरहेको बताए। समारोहमा गायक सुभान लिम्बू, बालगायक तुहिन लिम्बूलाई पनि प्रशंसा गरिएको थियो। हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूले नेपालबाट हङकङ आएका नेपालीहरुले आफ्नो भविष्य सुनिश्चित गर्न हङकङमा संघर्ष गरिरहेको बताए।
सांगीतिक कार्यक्रम समेत गरिएको वार्षिक समारोहमा मञ्चका पूर्व अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए। मञ्चका अध्यक्ष प्रदीप थापाको सभापतित्वमा सम्पन्न समारोहलाई मञ्चका पूर्व सदस्य देवराज राईले कार्यक्रम संचालन गरेका थिए।
Popularity: 3%
Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. ananda stha | March 4th, 2010 at 6:39 pm
dharan hk 10th barsik utsav ko suvhakamana . dhaRAN KO BARAY MA CHARCHA TA BHAYO HOLA TARA YAHA KO SAMASAY KO BARAY MA PANE CHALFAL BHAYAKO BHAYA RAMRO HUNTHEYO . AHELAY DHARAN KO thulo samasay bhane ko pane ko ho . pane ko lage hame kay baykte samuha ra ahelay political parte haru pane lagnu bhayako cha aba desha baher basnu hune dharane haru lay pane saso rakhanu paryo natra tapae har dharan audha nuhaune khane pane paunu hune chaena
kinaki ahely pane ko lage dharane haru behan bayluki mara mara garchan .
2. bhisan rai | April 25th, 2010 at 5:19 pm
drn uk samparka manchale yasarinai barsik rupma agraj lai samman garekoma khusi lageko 6. yastai sadhai hos ani Happy new year2067
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed