संघिय लिम्बुवान सिंगापुर र हङकङ प्रवास कार्यसमिति गठन

February 23rd, 2010

संघिय लिम्बुवान गोर्खा भूपू सैनिक तथा भूपू सिंगापुर प्रहरी परिषदको हङकङ प्रवास कार्य समिति गठन
श्याम इङ्नाम, हङकङ/एचकेनेपाल डट कम -
अव वन्ने नेपालको संघिय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा विशिष्ट स्वायत्त राज्य हुनु पर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला- अरुण- सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनु पर्छ भन्ने दृढ संकल्पका साथ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको भात्रृ संगठन संघिय लिम्बुवान गोर्खा भूपू सैनिक तथा सिंगापुर प्रहरी परिषद गठन भएको छ।

जोर्डन, काउलूनस्थित हङकङ नेपाली महासंघको कार्यालयमा २१ फेब्रुअरी २०१० आइतवारका दिन अधिवेशन गरी हङकङ प्रवास कार्य समिति गठन गरिएका हो। सो कार्यक्रममा प्रमुख अतिथि संलिरा परिषदका अध्यक्ष नवराज काम्वाङ्ग लिम्बू, अतिथि नवप्रवेशी भूपू गोर्खा मेजर शरण कुमार पालुङ्वा, कार्यक्रम सञ्चालन संलिराप हङकङ प्रवास समितिका जनसंगठन सचिव गजवहादुर काम्वाङ्गवाट भएको थियो भने गोर्खा भूपू सैनिक तथा सिंगापुर प्रहरी परिषदका संयोजक तथा प्रमुख मनप्रसाद आङ्देम्वेको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमवाट भूपू गोर्खा डबलूओटु मनप्रसाद लिम्बू आङ्देम्वेलाई निर्विरोध अध्यक्षमा चुनिएको छ। त्यस्तै उपाध्यक्षमा मनवहादुर चोङवाङ, सचिवमा देउवहादुर लिम्बु, अर्थ सचिवमा तर्नवहादुर लिङ्देन, सल्लाहकारहरु भूपू गोर्खा मेजर शरणकुमार पालुङ्वा, गोर्खा भूपू सैनिकलगायत साम्सोहाङ, चिनाहाङ पन्धाक र सदस्यहरुमा कृष्णप्रसाद मादेन, के.वि. मादेम्बा, श्री प्रसाद योङहाङ, एल.वि.काम्वाङ, गौरीप्रसाद राई, ज्ञानवहादुर खेवा लिम्बू र जि.एन. हुक्पाचोङवाङहरु चुनिएका छन्। नवनिर्वाचित पदाधिकारीहरुलाई परिषदका अध्यक्ष नवराज काम्वाङ्गद्धारा संलिरापको विधान २०६२ अनुसार पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम पनि सम्पन्न गरिएको छ। त्यसै दिन अन्य पार्टी छोडी संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नु हुने यामवहादुर सैम्वु, डम्वर वनेमलाई परिषदको साधारण सदस्यता प्रदान गरिएको छ।

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Tribhuwan Sambahangphe Limbu  |  February 25th, 2010 at 1:32 pm

    The Resident of Limbuwan State People’s would united togerther for the voice to right of our History,Culture,Language,and
    I’m very much sure that, The Limbu’s Tribe is most a Peaceful People’s is live in Nepal with other communities!I always support to
    Limbuwan voice for The Limbuwan State!Please support the Limbuwan State whom may specially Live Generation to Generation!

    Jay Limbuwan
    Tribhuwan sambahangphe Limbu
    Wanchai,Hong Kong

  • 2. desh ra janta ko sewak  |  June 21st, 2010 at 12:18 am

    limbuharu lahurea bhaera des bidesh ma nokari gare pani lahur ma dummako masu khan diera dumba bhne jastai aru phtaha limbu ko kura sunera arun khola purba limbuwan rajya banau chuu bhanne ulka ma lagnu bhaneko murkha harule kura nabujhi pagal jasto sapana dekhnu ho heraula tii limbuharuko matrai rajya ho ki aruko pani ho diusoi sapan nadekhnu la.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in February, 2010

Most Popular Posts