हङकङमा ‘केवलपुरे किसान कविता मेला’

February 21st, 2010

एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङका साहित्यकर्मी तथा व्यवसायी कमल पौड्यालले आफ्नै कङ्गन रेष्टुरेण्टमा आइतवार केवलपुरे किसान कविता मेला आयोजना गरे। अन्तर्राष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरका उपाध्यक्षसमेत रहेका पौड्यालले अर्धवार्षिकीका रूपमा आयोजना गर्दै आएको कङ्गन कवि गोष्ठीको यो चौंथो संस्करण थियो।

नेपाली प्रगतिशिल साहित्य र समाज सुधारक आन्दोलनमा छुट्टै पहिचान बोकेका कवि देवीप्रसाद पौडेल “केवलपुरे किसान” का छोरा कमल पौड्यालले यस पटक बाबुको नाममा केवलपुरे किसान कविता मेला मात्र आयोजना गरेनन्, पौड्यालले बाबुको नाममा रेष्टुरेण्टमा पुस्तकालयसमेत स्थापना गरेका छन्।

हङकङ भ्रमणमा रहेका प्रा. डा.द्वय गोविन्दराज भट्टराई र टंक न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै प्रा. डा.भट्टराईले बाबुको नाममा साहित्यिक कार्यक्रम आयोजना र पुस्तकालयको स्थापना जस्ता कार्यबाट आफू ज्यादै भावुक भएको बताए। ‘यही नै बाबुप्रति सच्चा सम्मान हो’ -उनले भने। यस्ता विशुद्ध कार्यहरूबाट देशवाहिर नेपाली भाषा र साहित्यको विस्तारमा टेवा पुग्ने भट्टराईको भनाई थियो।

प्रा. डा. टंक न्यौपानेले कार्यक्रममा बोल्दै केवलपुरे किसानको मन खोलेर खुबै चर्चा गरे। बाहुनले हलो जोत्न नहुने अन्धविश्वासले व्याप्त समाजमा बाहुनको छोरोले पहिलो पटक हलो जोतेर समाज सुधार्ने बाटोतर्फ केवलपुरे किसान लागेको न्यौपानेले बताए। ‘समाजमा केवलपुरे किसानजस्ता स्रष्टा र समाज सुधारकहरूको सम्मानमा यस्ता कार्यहरू हुनु गर्व कुरा हो’ उनले भने।

केवलपुरे किसान कविता मेलामा हङकङ र हङकङ वाहिरबाट पठाइएका गरी २६ जना नवोदित तथा परिचित कवि कवयित्रीहरूका कविता, गीत तथा गजलहरू वाचन गरिएको थियो। कार्यक्रममा कमल पौड्याल, प्रकाश केसी, रामजी अधिकारी, प्रकाश रोदुङ, भोगेन एक्ले, पिताम्बर राई, पवित्रा राई, ईप्सु मगर, पूर्णिमा शाह, चन्द्र मादेन, बालकवि निङ्वा मादेन, किन्दर राई, टंक सम्वाहाम्फे, टिका माखेम, दिल पालुङ्वा, रिता गुरूङ, राजेन्द्र थापा, अनिता गुरूङ, एनबि थापा, विष्णुचन्द्र चाम्लिङ, विमल राई, प्रकाश छान्छा राई, भूपेन्द्र चेम्जोङ र कल्पना तिम्रोकका रचनाहरू वाचन भएका थिए। कार्यक्रममा रचना पठाएर उपस्थित हुन नसकेका कवि तथा कवयित्रीहरूको रचना देवराज राई, रिता गुरूङ र कमल पौड्यालले वाचन गरेका थिए।

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2010
M T W T F S S
« Jun    
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Most Recent Posts

Most Popular in February, 2010

Most Popular Posts