नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा
February 28th, 2010
ईन्द्र थापा मगर, हङकङ/ एचकेनेपाल डट कम-
नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभाले पुनः तुलाजंग गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
मङककको हङकङ प्रोफेसनल टिचर्स् यूनियन हलमा सम्पन्न वार्षिक साधारण सभाको खुला सत्र यूनियनका अध्यक्ष तुलाजंग गुरुङको अध्यक्षता, सचिव होम घलेको संचालन र स्वागत भाषण सदस्य रित गुरुङको रहेको थियो। अतिथिहरुमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ, मोना हङकङका अध्यक्ष दल सेर्बुजा, लम्जुङ सेवा सेवा समितिका अध्यक्ष सुरेश गुरुङ, नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखा र तामाङ घेदुङ संघका दुर्गा तामाङ थिए।
उक्त अवसरमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ र नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखाले यूनियनको तेस्रो वार्षिक साधारण सभाको सफलताको कामना तथा ऐक्यवद्वता व्यक्त गरेका थिए। त्यसपछि अध्यक्ष तुलाजंग गुरुङले यूनियनलाई यहाँसम्म ल्याउन सहयोग गर्ने कार्यसमिति तथा शुभेच्छुकहरु सबैलाई धन्यवाद दिदै उक्त समिति विघटन गरेका थिए भने बन्द सत्र संचालन गर्नको लागि हेजेन राईको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गर्दै खुला सत्रको समापन गरेका थिए।
वन्द सत्र हेजेन राईको अध्यक्षतामा सदस्यहरु HKCTU का म्याक टक चिङ, फियानो हङकङ सदस्य भिम गुरुङ, घरेलु कामदार यूनियनका भू.पू. अध्यक्ष माया राई तथा नेपाली जनाधिकार सरोकार समाजका पूर्ण कुमार लोपसाम रहेको समितिले संचालन गरेको थियो। निवर्तमान सचिव होम घलेद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष मनिष खापुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको थियो। त्यसपछि यूनियनको विधानमा भएको निर्वाचन सम्बन्धि निवर्तमान सदस्य सत्यप्रसाद घलेले जानकारी दिएका थिए। तुलाजंग गुरुङको अध्यक्षतामा उपाध्यक्ष मोहन राना मगर, सचिव रित गुरुङ, कोषाध्यक्ष मनिष खापुङ सदस्यहरुमा सत्यप्रसाद घले, होम घले, ईन्द्र थापा, मनिष थापा, जीवन पमु, बसन्त थापा, टंक तरामु, नरबहादुर गुरुङ र बेलबहादुर गुरुङ सर्बसम्मतरुपमा निर्वाचित भएका थिए।
Popularity: 3%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed