प्रधानमन्त्रीको राजिनामा माग्दै हङकङमा ज्ञापन पत्र

May 12th, 2010

एस, हङकङ /एचकेनेपाल डट कम-
हङकङमा रहेका माओवादी भातृ संगठनका कार्यकर्ताहरूले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा माग गर्दै महावाणिज्यदूत विनोद उपाध्याय (नेपाल) लाई बुधवार विहान ज्ञापन पत्र बुझाएका छन्।

नेपाली जनसरोकार समाज हङकङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ, मगर राष्ट्रिय मुक्ति मोर्चा र किरात राष्ट्रिय मोर्चा हङकङले संयुक्त रूपमा प्रधानमन्त्री नेपालको राजिनामा माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।

तस्वीरः जगतअम्बु गुरूङ/एचकेनेपाल डट कम। थप तस्वीरहरू

चिम शा चुई ईष्टस्थित कनकोर्डिया प्लाजाको महावाणिज्यदूतावासको कार्यालयमा नेपाली जनसरोकार समाज हङकङका कार्यवाहक अध्यक्ष कृष्ण लिंखाले महावाणिज्यदूत उपाध्यायलाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउनुअघि समाजका सचिव पवन बस्नेतले ज्ञापन पत्र पढेर सुनाएका थिए।

ज्ञापन पत्रको पूर्ण पाठः

ज्ञापनपत्र
मितिः २९ बैशाख २०६७
एप्रल १२, २०१०
सम्माननीय प्रधानमन्त्रि श्री माधब कुमार नेपाल,
प्रधानमन्त्रिको कार्यालय सिंहदरबार, काठमाण्डौ।
मार्फत नेपाली महावाणिज्यदूत
नेपाली महावाणिज्य दूताबासको कार्यालय, हङकङ

बिषयः ज्ञापनपत्र बुझाउने सम्बन्धमा।

बिगतको १० बर्षे माओवादी जनयुद्घ, १२ बुंदे बृहत शान्ति सम्झौता, १९ दिने दोश्रो जन आन्दोलन हुदै २०६३ सालको अन्तरिम संबिधान तथा २०६४ को संबिधान सभाको निर्बाचन मार्फत शदियौं बर्षदेखि नेपाली सामन्तबादको नाइकेको रुपमा रहेको राजा र त्यसको संस्था राजतन्त्रलाई क्रान्तिकारी परिवर्तनकामी नेपाली जनताले समाप्त पारी नागरिक सरह बनाएका तमाम नेपालीलाई सर्ब बिधितै छ।

संबिधान सभाको चुनाबमार्फत सबै भन्दा ठूलो दलको रुपमा निर्बाचित भई एकिकृत नेकपा (माओवादी) पार्टीले बिगतमा सरकार सञ्चालन गर्दाको अबस्थामा पटक पटक सरकारको निर्णय तथा आदेशलाई चुनौती दिने तात्कालीन प्रधानसेनापति रुक्मानगट कटुवाललाई हटाउने गरी गरेको मन्त्रीपरिषदको निर्णयलाई उल्टाउन नेपाली कांग्रेस र एमालेको नेतृत्वमा राष्ट्रपति रामबरण यादब समक्ष रातारात बिन्तीपत्र चढाई राष्ट्रपति हटाउन गरेको मन्त्रीपरिषदको निर्णय उल्टाउन लगाई प्रधानसेनापतीलाई थमाउने असंबैधानिक कदम चाल्न लगाएको कार्य नेपालको अन्तरिम संबिधान २०६३ को बिपरित छ, खिलापमा छ। वर्तमान संबिधानले राष्ट्रपतिलाई सांस्कतिक राष्ट्र प्रमुख (ceremonial head of the state) र प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख (de facto chief executive of state) को रुपमा ब्यबस्थित गरेको प्रष्ट संबैधानिक प्राबधान तथा मुल्य मान्यताको ठाडो उलंघन गरी गठित माधबकुमार नेपालको नेतृत्वको सरकार नेपालका सबैखाले सामन्त, दलाल नोकरशाही पुजीपतिबर्ग तथा प्रतिगामी तत्वहरुको हित रक्षाको पक्षपोषण गर्ने कठपुतली सरकार मात्र हो।

यहि कुरा यस सरकारको प्रमुख जिम्मेवारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र घोषित मिति आउदो जेठ १४ गते सम्ममा संबिधान निर्माण गर्ने कुरा त परै छोडौं देशमा संघीयताको बिरोधी, नेपालमा हिन्दूराज्य पुनर्स्थापित गराउने तथा २०४७ सालको संबिधानलाई ब्युँताउने षडयन्त्रमा तल्लिन छ भन्ने कुरा उसको पछिल्लो काम ब्यबहारले स्पष्ट पारेको छ। तसर्थ यो संगीन तथा संवेदनशील घडीमा विगतका आन्दोलनहरुबाट प्राप्त उपलब्धिलाई गुम्न नदिन र देश र जनताको पक्षमा अग्रगामी जन संबिधान निर्माण गर्न तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन यो माधबकुमार नेपालले यथाशीघ्र प्रधानमन्त्रिबाट राजिनामा गरी एकिकृत नेकपा (माओवादी) पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न मार्ग प्रशस्त गर भनि हामी प्रवास हङकङमा रहेका सम्पूर्ण न्यायप्रेमी नेपालीहरु जोडदार माग गर्दै हङकङस्थित नेपाली माहावाणिज्यदूताबासको कार्यालय मार्फत यो ज्ञापनपत्र पेश गर्दछौं।

ज्ञापनपत्र प्रस्तोता संगठनहरुः

१, नेपाली जनसरोकार समाज हङकङ,
२, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ,
३, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङ,
४, किरात राष्ट्रिय मुक्ति मोर्चा हङकङ ।
सम्माननीय सभामुख श्री सुबासचन्द्र नेम्बाङ संबिधान सभाको कार्यालय,
अन्तराष्ट्रिय सार्क भवन, नयाँ बानेश्वर काठमाण्डौ, नेपाल
सम्माननीय राष्ट्रपति श्री रामबरण यादव राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास महाराजगंज, काठमाण्डौ

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

12 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. tilok magar  |  May 12th, 2010 at 10:56 pm

    TATO NA CHHAROKO GYAPAN PATRA NEPALMA TA CHANDA UTHAYE PUGCHHA YAHA KASLE DINCHHA CHANDA

  • 2. kul  |  May 13th, 2010 at 9:55 am

    yo maaobadiko gaai jatra ko natk ndekhu nkchoro ho

  • 3. danfe kanchha  |  May 13th, 2010 at 1:11 pm

    Abo udo bhagne pani ukalo chadaunebho baa,Kathmandu lagai aru sahari chhetrama pani khasaune hola jehos bichar ramrai hola.9 mahina sarkar chalauda chalauda guhar bhandai rajinama diyo,ma sifaris garchhu aba palo nima kipa party lai ek choti,hunnara?

  • 4. S. R. HK  |  May 13th, 2010 at 3:07 pm

    U r doing bull shit job, and other socity as well, dnt break our image after all this..Frm here we just can see who is the big trouble maker in our country.. If country wana be communist country must be fully confidence like China and Rusia, otherwise become like a Norht korea.. Think before speak.. thank u..

  • 5. Mantra  |  May 13th, 2010 at 7:08 pm

    HK ma pani maobadi bhanne janawar haru rahechhan. Kurasura bujhnu chhaina keko Gyapan Patra. Meaubaddis very bad. Maobaddis ko nam sunda pani allergic hunchha.

  • 6. HK  |  May 14th, 2010 at 6:08 pm

    कमेन्ट १ देखि ५ सम्मको कुमेन्टर हरू तिमीहरु ले चाही के बुझेको छोऊ ? माओबादीको यो माग र आन्दोलन जाएज छ / हांगकांग मा अर्काको गुलामी गर्दैमा ठिक्क छोऊ देशको परिस्थिति, राजनितिक को कुरामा जान्ने किन ? एक पटक देश भएर बाचने कोशिस गर अनी थाहा पाउने छोऊ /

  • 7. kul  |  May 14th, 2010 at 6:58 pm

    nambar 6 kunbakula ho nam binako sayad bakulamaai holaa mitra yo dui paisako natk ngar

  • 8. Fulmaya  |  May 14th, 2010 at 8:15 pm

    Comment No. 6: Babu timi ramri padha, Thula manchhe bana, Babu Aama lai ramri hera, Bhai Bahiniharulai hera, ramro jagir khayera Paisa kamau, sake dekhi timro chhar chhimekiharulai pani nirbyaji rin diyera sahayog gara. Yo Maobadi ma nalagnu babu. Chatta Maobadi chhodera aafno jiban sudharna tira lagi hal babu.

  • 9. syam  |  May 14th, 2010 at 9:12 pm

    Dear Mr. Krishna Linkha, President Jana Sarokar Samaj , HK,
    You had delivered the gyapan patra to H.E. the consular general Mr Binod Upadhya (Nepal) on behalf of all Nepalese people living in HK.
    How could you say on behalf of all Nepalese living in HK? did you take any concensus from all the individuals or organizatoin in HK? Did they gave you the authority to talk on behalf of them ?
    I guess not. I would say the correct word would be ” gyapan patra only on behalf of your and your 3 affilates morchas which you had mentioned their names. I would appreciate your clarifications on this matter. And in the future please donot include all nepalese living in HK for any matters blindly.
    Secondly to the press or photographer of this blog:
    Did you guys think this news is so important to have picturized shaking duo’s hand.
    Dear H.E the consular general Mr. Upadhya (Nepal):
    Was that a matter or pride to receive this kind of gyapan patra, shake hands and click the photo to paste in the news
    for this sort of news? I feel that was not that necessary. Only the news I think was enogh.
    Is the prime minister going to resign just because of these so called politcal issues. If they are going on doing whatever they feel I am sure our country is not going forward anymore. Did we hear any NEPAL BANDHAS in Panchayat regime ?
    I would like to request Mr. Linkha to send message to Maoist in Nepal to please kindly stop these Nepal Bandhas for the sake of Nepalese people’s right to freedom and peace and development. Political parties are playing games for their personal powers etc , whereas ornidary citizens are facing trouble to lead their normal lives. All nepalese people should wake up now and understand what actully they need to do for themselves and for countries betterment. Please just dont beleive this politicians. Long live Nepalese people Long live Nepal.
    Yo mero bhanai matra ho. No intentions against anyone.
    Dhanyabad.

  • 10. kul  |  May 14th, 2010 at 9:42 pm

    pheri nambar 7ma kun bakula fulmaya lato aayachh yo janmara maaobadiko puchhar

  • 11. HK  |  May 15th, 2010 at 1:45 pm

    Commentor 7, timi chai bakulla hou. Yek patak desh lai bujhera ta bola. Kati garchhou arkako gulami. Timaile afulai yek patak deshko lagi samrapit bhayera socha. commentor 8 timi paisako lagi afulai bechne jasto nasoche hunchha. Rastra ko lagi aahudi diyera bhok bhokai ladne maobadiharu bhanda aru ko chai deshbhakta hunchha ? Timi ? ki bhaaraitiya puchhar MAKUNE ?

  • 12. lal bahadur  |  May 15th, 2010 at 1:57 pm

    6 ra 8 kamet mitraharu kamred prachandlai ab yapanptra hoin ek patk debi debtako pujaa garn lagauneki bhaisi pujaa ta garisknu bhayo aamhadtal pani garnu bhayo jhan katputali sarkar ta jhan jhan tagda hodei gayo

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in May, 2010

Most Popular Posts