बडीबिल्डिङ एशोसिएशनको नयाँ कार्यसमिति गठन
May 16th, 2010
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाल बडीबिल्डिङ एशोसिएशनको आइतवार सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको गठन गरेको छ।
याउ मा तेई कम्युनिटी हलमा सम्पन्न अधिवेशनले समितिका पूर्ववत पदाधिकारीहरूलाई कायमै गरी केही सदस्यहरूमा हेरफेर गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा मेख गुरूङ, उपाध्यक्षमा दिलीप पोमो, सचिवमा लोकराज लिम्बू, सहसचिवमा शम्भु तामाङ, कोषाध्यक्षमा तारा सुब्बा रहेका छन्। त्यसैगरी, सदस्यहरूमा बिनोद बिक, विश्वबहादुर थापा, श्याम गुरुङ, नेत्र तिमल्सिना र हरि लामा रहेका छन्। बाँकी खालि रहेका सहकोषाध्यक्ष र सदस्यहरूको पद पूर्ति पछि गरिने जनाएको छ।
एशोसिएशनले मे २३ तारिख अपरान्ह ३ बजे हङकङ नेपाली महासंघको कार्यालयमा नियमित बैठक बोलाएको छ। बैठकले सल्लाहकार समितिको चयन र कार्यसमितिमा थप सदस्यहरूको पदपूर्तिका गरिने छ। त्यसै गरी, सोही बैठकमा ‘मिस्टर हङकङ नेपाल २०१०’ प्रतियोगिताका लागि व्यापक छलफल गरिने एशोसिएशनले जनाएको छ।
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed