हङकङमा एनआरएन परिचय पत्रको वितरण सुरू

May 30th, 2010

एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपाल सरकारले जारी गरेको गैरआवासीय नेपाली परिचय पत्र वितरण आइतवारदेखि हङकङमा पनि सुरू भएको छ।

गैरआवासीय नेपाली संघ हङकङले जोर्डनस्थित कंगन रेष्टुरेण्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एनआरएन परिचय पत्र वितरण गरिएको हो।

तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम। थप तस्वीहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली महावाणिज्यदूत विनोद उपाध्यायले एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरूङलाई पहिलो नम्बरको परिचय बितरण गर्नु भयो। एनआरएन परिचय पत्र तथा वितरणबारे जानकारी दिएइएको उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत टंक कार्कीसमेत उपस्थित हुनुहुन्थ्यो।

एनआरएनको सिफारिसमा महावाणिज्यदूतावासले वितरण गरिने परिचय पत्रको शुल्क नेपाली राहदानी वाहकको लागि ५०, हङकङ राहदानी वाहकका लागि २ सय ५० र बेलायतीलगायत अन्य देशका राहदानी वाहक नेपालीका लागि ५ सय डलर तोकिएको छ।

एनआरएन परिचय पत्रको समयावधि दश वर्षको रहेको छ।

विदेशमा रहेका नेपालीहरूका लागि नेपाल सरकारले व्यवस्था गरिएको एनआरएन परिचय पत्र हङकङवाहेक अन्य देशहरूमा पनि वितरण भैरहेको छ।

Popularity: 3%

Entry Filed under: हङकङको समाचार

9 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. देश/ विदे&hellip  |  May 31st, 2010 at 12:23 am

    […] एस, हङकङ/ एचकेनेपाल डट कम- नेपाल सरकारले जारी गरेको गैरआवासीय नेपाली परिचय पत्र वितरण आइतवारदेखि हङकङमा सुरू भएको छ। (more…) […]

  • 2. MER SING THAPA  |  May 31st, 2010 at 10:34 am

    NRN परिचय पत्र कौवालाई बेल पाक्यो हर्ष न बिश्मात,काम पाइनाश बुहारी …..कनाइदे / काम गरी खाने नेपालीलाई यो एउटा बोझ मात्र हो /अब नेपाल एअरपोर्टमाँ बिदेशबात दुःख गरी कमाएको पैसा लुटने सजिलो उपाय हो यो / साधारण नेपालीलाइ कही गएर पनि चैन छैना हरे शिव इ फटाहाहरूबात कसरी बचने होला,जाग नेपाली बंधुहरू जाग..

  • 3. jeevan  |  June 1st, 2010 at 10:39 am

    What is the use of holding NRN indetity card for those who are holding Nepalese Passport? Could anyone with a good knowledge explain about it except HK NRN executive members because there is not a single member with good knowledge.

  • 4. हिमाली  |  June 1st, 2010 at 11:25 am

    NRN परिचय पत्र ?

    Passport जस्तो अत्यावस्यक कागजात त उपलब्ध गराउनु नसक्ने सरकारले NRN परिचय पत्र बाड्नु भनेको
    ” मुखमा हाल्ने मोही छैन, ,,,,,,,, मा लगाउने घिउ ” भनेको जस्तो भयो /

    NRN परिचय पत्र आफैमा नराम्रो होइन तर सरकारको नालायकीपनले गर्दा नेपाली जनता आज राहदानी बिहिन हुनु परेको छ र त्यति ठुलो असर गर्ने मुद्दालाइ थाती राखेर तपसिलका मुद्दाहरुमा अल्झिरहेको छ र यस्तो NRN परिचय पत्र वितरण कार्यक्रम पनि त्येही नेपाली नोकरशाही कर्मचारीतन्त्रको प्रतिबिम्ब जस्तो देखिएको छ र हो पनि / बिगतको दश दश बर्ष सम्म नेपालले किन एउटा passport धरि छपाउनु सकेन यस प्रश्नको उत्तर प्रबासी नेपालीहरुले को संग खोज्ने ? महामहिमज्यु आफै एउटा नेपाली सरकार तथा कर्मचारीतन्त्रको हिस्सा भएको हैसियतले यसको जवाफदेही हुनु पर्छ र हामीले Machine readable passport कहिले प्राप्त गर्न सक्छौ ? यसको उत्तर चाहान्छौ तर global tender को प्रक्रिया अघि बढिसकेको छ भनेर हामी चित्त बुझाउने पक्ष्यमा छैनौ /

    जय नेपाल
    हिमाली

  • 5. desbhakta  |  June 1st, 2010 at 9:50 pm

    NRN CARD RAAMRAI HOLA TARA YO CARD VITRA KK ADHIKAAR HARU CHHAN,ESKO BISESTA K HO,NEPAL MA YO CARD LIYEPACHHI K BIDESHI NEPALI LE LE AAFNO JAGGA JAMEEN RAAKHNA PAAUCHHA PAAUDAINA,AADI ITYAADEE,PLEASE JAANKAARI KO AASHA RAAKHCHHU.DHANYABAAD.

  • 6. Stranger  |  June 2nd, 2010 at 2:01 pm

    Hey you Mer Sing Thapa, What is your problem and what is this rabbish Bla-Bla-Bla. Its better you go to hell.I think you don’t have brain .The nepal government and all major political parties are serious and agreed with this NRN ID card why you have headache ??? No body forceing you to take this card, This is not mandatory.if you don’t want its okey,just eat and sleep like P–.

  • 7. kish  |  June 11th, 2010 at 11:53 pm

    दुखले कमाएको धन निचोर्ने राम्रो आइडिया ,,,,,,हाम्रो भाते दाजू भाई हरु को दिमाग अझै आउदैन क्यारे,,,,फन-फानी घुमाको छ,,,छ ,,,कठैबरा तातो न छारो को पद मा दंग छ |

  • 8. phk  |  June 30th, 2010 at 2:30 am

    NRN parichya patra ko bisesta k hola ra auda din haru ma yeslae ke kasta subidha upalabdha dincha bidhesma raheka nepali haru lai kripaya yesko barema spastha garidinu vaye jhanai ramro hunethiyo hola.

  • 9. achamma  |  June 30th, 2010 at 11:55 pm

    Hernusna saathi ho saacho kuro bujhda kasailaai matlab chhaina.aakhir k ho yo nrn card esma k bebasthha chha vani sodda,ko hi pani niskena unnecessary coment ani tyo photo hernus chatta ssukilo vaera hatama nrn liera k na paayo jhai makhkhha .he murkha nepali ho kaam garyo raamrai hola yo nrn tara jaankari dida apuro jaankari nadeuna gaathee.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in May, 2010

Most Popular Posts