सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित

June 24th, 2010

सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन २४-
नेपालको धर्मश्री उपाधि र हङकङमा विभिन्न उपाधि जितेका सानु गुरूङ दुई वर्षका लागि प्रतिबन्धित भएका छन्। गुरूङलाई इन्टरनेशनल नेचुरल बडी बिल्डिङ एसोसिएसन (आइएनबीए) ले शारिरीक सुगठनका सबै खेलहरूमा प्रतिस्पर्धा गर्न दुई वर्षका लागि प्रतिबन्धित गरेको हो।

जुन ६ तारिख हङकङमा सम्पन्न शारिरीक सुगठन प्रतियोगितामा डोपिङ टेष्ट गर्न इन्कार गरेको आरोपमा अन्तर्राष्ट्रिय नियम र अनुशासन उलंगन गरेको भन्दै आयोजक संस्था हङकङ चाइना बडी बिल्डिङ एसोसिएसनले गरेको सिफारिसको आधारमा आइएनबीएले गुरूङलाई कारवाही गरिएको हो।

सानु गुरूङले सो प्रतियोगितामा मास्टर्स र ७५ केजी तौल समूह दुबैमा फस्ट रनअपसहित दुई बेस्ट पोजिङ उपाधि जितेका थिए। गुरूङ अनुशासनको कारवाहीमा परेपछि इरानको राजधानी तेहरानमा अगष्ट महिनामा हुने ‘मिस्टर एसिया’ शारीरिक सुगठन प्रतियोगिताका सहभागी हुन बञ्चित भएका छन्। उनी त्यस प्रतियोगिताका लागि तयारी गरिरहेका थिए।

अन्तिम चरणको एक प्रतियोगिताको नतिजा घोषणा भएलगत्तै गुरूङमाथि भेदभाव गरिएको भन्दै हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनका अध्यक्ष मेख गुरूङसहित गुरूङका समर्थकहरूले तत्काल प्रतिक्रिया र आपत्ति जनाएका थिए (हेर्नुहोस् भिडीयो)। एसोसियसनका अध्यक्ष गुरूङले तत्काल संस्थाको झण्डा लिएरै स्टेचअघि गएर विरोध जनाएका थिए।

भिडीयोः

प्रतियोगिता भइरहंदा गलत ढंगले प्रस्तुत भएपछि रूष्ट भएको आयोजकले सानु गुरूङलाई डोपिङ टेष्ट गर्न वाध्य पारेका थिए। प्रतियोगिता अघि नै अनिवार्य गर्नु पर्ने डोपिङ टेस्ट आयोजकले नगरेपनि गुरूङ पक्षले पछि भेदभाव भएको आवाज उठाएपछि अप्ठ्यारो पार्न गुरूङलाई डोपिङ टेस्ट गर्न वाध्य पारेका थिए।

डोपिङ टेस्टका लागि आग्रह गर्न स्टेच पछाडि आएका आयोजक पदाधिकारीलाई गुरूङ पक्षले अहिले डोपिङ टेस्ट गर्न नसकिने बताएका थिए (हेर्नुहोस् भिडीयो)। प्रतियोगितापछि थाकेको र पराजित मनस्थितिमा मुड अफ भएको कारण जनाउंदै गुरूङले डोपिङ टेस्ट नगर्ने मौखिक जवाफ दिएर गुरूङ पक्ष त्यहाँबाट हिडेका थिए।

प्रतियोगिता सकेपछि पनि सानु गुरूङको पक्षबाट रूष्ट बनेको आयोजक संस्था त्यतिकै चुप लागेर बसेन। गुरूङलाई कारवाही गर्न संस्थाले आइएनबीएलाई सिफारिस गर्यो। अन्ततः आयोजक संस्थाको सिफारिसमा आइएनबीएले गत विहीबार गुरूङलाई दुई वर्षको लागि प्रतिबन्धित गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया तथा शुभकामना व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्
——– ————–

शारीरिक सुगठनमा सानु र लोकेन्द्रलाई सफलता
भिडीयो अपडेटः सानु गुरूङ र लोकेन्द्र परियार
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन ८-

Hong Kong Miss body fitness 2010:

शारीरिक सुगठनमा सानु र लोकेन्द्रलाई सफलता
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन ६-
हङकङ चाइना बडीबल्डिङ एसोसियशनद्वारा आइतवार साँझ आयोजित शारीरिक सुगठन प्रतियोगितामा दुई नेपालीलाई सफलता मिलेको छ।

मिस्टर नेपाल सानु गुरूङले मास्टर तथा ७५ केजीको तौल गरी दुई समूहमा दुई फस्ट रनरअपसहित दुई बेस्ट पोजिङ उपाधि जितेका छन्। त्यसै गरी, मिस्टर हङकङ नेपाल २००८ लोकेन्द्र परियारले नोभाइस समूहमा शीर्ष उपाधिसहित ८० केजी तौल समूहमा सेकेण्ड रनरअपको उपाधि जितेका छन्।

लोकेन्द्र परियार नोभाइस समूहको शीर्ष उपाधि लिंदै। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम।


सानु गुरूङ फस्ट रनरअपको उपाधि थाप्ने क्रममा … थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

वान चाईस्थित क्वीन एलिजावेथ स्टेडियममा आइतवार साँझ सम्पन्न प्रतियोगितामा सानु गुरूङ हङकङ नेपाल बडीबिल्डिङ एसोसियशनको तर्फबाट सहभागी थिए। प्रतिगोगितापछि एचकेनेपाल डट कमसंग बोल्दै गुरूङले निर्णायक टोलीले दिएको परिणामप्रति आफू सन्तुष्ट हुन नसकेको बताए। उनले भने- ‘राम्रो जर्जमेन्ट भएन। यस्तो भेदभाव होला जस्तो लागेको थिएन।’ गुरूङले गत साल पनि प्रतियोगितामा सहभागिता जनाएका थिए। उनले त्यसबेला दुई सेकेन्ड रनरअपसहित दुई बेस्ट पोजिङका उपाधि जितेका थिए। यस पटक गत सालको भन्दा राम्रो नतिजासहित शीर्ष उपाधि जित्ने आशाका साथ उनी जुन १ तारिख नेपालबाट हङकङ आएका थिए।

कुनै संघसंस्थाको सहयोग बिना प्रतियोगितामा एक्लै भिडेका लोकेन्द्र परियारले नोभाइस समूहमा शीर्ष उपाधि नै जितेर चिनीयाँ र नेपाली दर्शकलाई छक्क पारे। उनी प्रतियोगितामा सहभागी हुंदै छन् भन्ने जानकारी स्थानीय नेपाली मिडीया तथा दर्शकलाईसमेत थिएन। स्टेशमा एकै चोटी देखिएका उनले नोभाइस समूहमा शीर्ष उपाधिसहित ८० केजी तौल समूहमा सेकेन्ड रनरअप भएर चर्चित भए। उनले एचकेनेपाल डट कमसंग बोल्दै शीर्ष उपाधि जित्न पाएकोमा खुशी र गर्व लागेको बताए। उनले बोल्ने क्रममा खुशी साटासाट मात्र गरेनन्, अन्य नेपालीहरूबाट सहयोग तथा समर्थन नपाएकोमा गुनासोसमेत व्यक्त गरे। ‘म पनि नेपाली नै हुं, नेपाली नै भएर प्रतियोगितामा सहभागी भएको छु। कसैलाई काखा कसैलाई पाखा गर्नु उचित हुंदैन।’ उनले भने- ‘म नेपालीकै रूपमा सहभागी भएर शीर्ष उपाधि जितेकोमा गर्व लागेको छ।’

प्रतियोगितामा महिला तथा पुरूषतर्फ बडीबिल्डिङ, एथलेटिक र मोडल फिजिक समावेश थिए।

पाठक प्रतिक्रिया तथा शुभकामना व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्


IMG_8578.JPG


IMG_8993.JPG


IMG_8926.JPG

_________________________________________

सानु गुरूङ फेरि भिड्ने/ प्रतियोगिता जुन ६ तारिख
एस, हङकङ/ एचकेनेपाल डट कम, जुन ३-
हङकङमा हुन लागेको शारीरिक सुगठन प्रतियोगितामा मिस्टर नेपाल सानु गुरूङ फेरि भिड्ने भएका छन्।

हङकङ चाइना बडीबिल्डिङ एसोसियशनको आयोजनामा जुन ६ तारिख हुने प्रतियोगितामा भाग लिन गुरूङ मंगलबार नेपालबाट हङकङ आएका छन्।

नेपालको प्रतिनिधित्व गर्दै गुरूङले गत सालको प्रतियोगितामा नन क्याटोगरी र ८० केजी समूहमा सेकेण्ड रनरअप र बेस्ट पोजिङको उपाधि जितेका थिए।

वान चाईस्थित क्वीन एलिजावेथ स्टेडियममा जुन ६ तारिख साँझ हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भिड्न लागेका गुरूङको हौसला बढाउन एसोसियशनका सदस्य तथा हङकङबासी नेपालीलाई कार्यक्रमको दिन उपस्थित हुन एसोसियशनले आग्रह गरेको छ।

हङकङ नेपाल बडीबिल्डिङ एसोसियशनका सदस्यसमेत रहेका गुरूङले आगामी अगष्ट महिनामा हुने ‘मिस्टर एसिया’ प्रतियोगितामा समेत सहभागी हुने एसोसियशनले जनाएको छ। मिस्टर एशिया प्रतियोगिता इरानको राजधानी तेहरानमा सम्पन्न हुंदैछ।

Popularity: 13%

Entry Filed under: हङकङको समाचार

42 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. देश/ विदे&hellip  |  June 3rd, 2010 at 5:11 pm

    […] एस, हङकङ/ एचकेनेपाल डट कम- हङकङमा हुन लागेको शारीरिक सुगठन प्रतियोगितामा मिस्टर नेपाल सानु गुरूङ फेरि भिड्ने भएका छन्। (more…) […]

  • 2. chandra  |  June 3rd, 2010 at 10:44 pm

    सानुजी लाई सफलताको शुभकामना छ । तपाईको प्रतियोगिता हेर्न म र मेरो साथीहरुसंग अवस्य आउनेछु सम्पूर्ण हंगकंग बासि नेपालीहरुलाई प्रतियोगितामा उपस्थितिको लागि अनुरोध गर्दछु यसपाली तपाई विनर नै हुनुहुन्छ भन्ने आशा लिएको छौ । एसिया गेममा पनि भिड्नु हुदै रहेछ खुशी लाग्यो । त्यस प्रतियोगिताको लागि पनि तपाईलाई अग्रिम शुभकामना ।
    c u on sunday. gud luck sanu bro!

  • 3. ashis  |  June 4th, 2010 at 3:08 am

    सानुजी लाई सफलताको शुभकामना छ । तपाईको प्रतियोगिता हेर्न म र मेरो साथीहरुसंग अवस्य आउनेछु सम्पूर्ण हंगकंग बासि नेपालीहरुलाई प्रतियोगितामा उपस्थितिको लागि अनुरोध गर्दछु यसपाली तपाई विनर नै हुनुहुन्छ भन्ने आशा लिएको छौ । एसिया गेममा पनि भिड्नु हुदै रहेछ खुशी लाग्यो । त्यस प्रतियोगिताको लागि पनि तपाईलाई अग्रिम शुभकामना ।

  • 4. ram gurung uk  |  June 4th, 2010 at 6:15 am

    sanu gurung lai hausila ko lagi janu hos and jitaera leunus tks

  • 5. Ram grg  |  June 5th, 2010 at 12:29 am

    Dear bro,
    Wel come back to HK again I wish you all the best for comming event.
    Regards
    Ram G

  • 6. हङकङ समाच&hellip  |  June 7th, 2010 at 3:16 am

    […] पाठक प्रतिक्रिया तथा शुभकामना व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस् […]

  • 7. Gobin  |  June 7th, 2010 at 5:01 am

    Lokendra ra Sanu lai badhai chha. Saphalta ko subhkamana hk nepal bba le kina tyasto gareko ho, lokendra pani member hoina ra? ani ke lokendra nepali hona?

  • 8. ashis  |  June 7th, 2010 at 5:42 am

    हो हो सानूजी ! दुइटै समुहको विनर हुनुहुन्छ तर उहालाई फस्ट रनर अप मात्र बनाईयो यो नतिजाले मलाई पनि चित्त बुझेन र सारै दुःख लाग्यो । तपाईहरु जो कोहिले भिडियो रिप्ले गरेर हेर्नुहोस आफै थाहा पाउनु हुनेछ । सानुजी ! जजको नजरमा तपाई फस्ट रनर अप भये पनि दर्शकको नजरमा तपाई विनर हुनुहुन्छ । तपाईलाई साउथ एशियन गेम र मिस्टर एशियामा सफलताको शुभकामना छ तर आशा छ जजमेंट निष्पक्ष हुनेछ ।

  • 9. rocky  |  June 7th, 2010 at 7:57 am

    badai cha lokendraji safalta hasil garekoma.i’m proud of you

  • 10. Dev  |  June 7th, 2010 at 12:16 pm

    congratulation lokendra you did rally really proud of us. as a hk bhanja hk nepali.owo keep it up.no matter even though anybody doesnot support you r the real hero. we r really happy.

  • 11. DEVSANKER  |  June 7th, 2010 at 12:42 pm

    Yes finally you did really really good job. big big congratulation. we know where ever we go and we participate for such event sometime not fare but.and HKNBA SHOULD SUPPORT TO YOU BECAUSE U R A ONE OF WINNER OF 2008, WE CAN SEE HERE SOME UNFARE. WHY THEY ALWAYS SUPPORT SANU GURUNG. COMPARE TO HONG KONG DISPITE BUSYNESS WITH HONG KONG IT IS NOT JOK AND NOT EASY TO DO TRAINING SPEND ALOT OF MONEY , BUT TODAY YOU REALLY A HERO. THANKS

  • 12. RAJU KHADKA  |  June 7th, 2010 at 3:09 pm

    Lokendra ji ra Sanu ji dubai lai dherai Badhai B . bulding marfat Nepali ko naam rakhanu bhaya ko ma, Yahi aaudo june 13,20 ma HK open black belt competition hudai chha.Hami pani Taekwon do bata Nepali ko naam rakhene chhau.

  • 13. ganesh  |  June 7th, 2010 at 6:35 pm

    bhadai 6 lokendra keep it up.

  • 14. chandra  |  June 8th, 2010 at 12:22 am

    congratulation Sanu bro. And wish U all the best for MR. SOUTH ASIA & MR ASIA.

  • 15. ARON GURUNG  |  June 8th, 2010 at 12:28 am

    first of all thanks alot to you guys who left the comments here actually mr. ashis’s comment is absolutely right if you guys doesn’t believe please watch the video one time so congratulation to mr. sanu. you are a such person. you have great job. weldone. we are so proud to you. MR . LOKE is not nepalese. cause he changed his name but his english is very poor.

  • 16. raj kumar thapa  |  June 8th, 2010 at 12:48 am

    loke dra bro tapai lai dherai dherai badai chha, hajur le jun 2009 ko mr, hknepal ko game ko aasafaltale garda hkcbba ma bhaga lina pugnu bhayo ra , juna game tapai ko ejet ko sawal thiyo tara aaja murkha haru le sochenan ki hk bat lokendra le yasto aachamma garla bhanera , badhai pheri pani you tapai lagayat sampurna nepali ko safalata ho, bro really im proud of you its not easy for every one….you really done great job…..keep it up…..any thing if you want to said to those murkha haru lai…..you must voice out, aaja dui char jana nepali le support garena bhanera chinta nagarnu aaba tapai lai singgo nepal le sahayoga garchha, may the god be with you always…..you are the number one hero at this moment, any one do your best ra aarko lokendra banne kosis gar…..thans to all……..nepal and bigreko nepali samaja, raj kumar from uk (london).

  • 17. priben  |  June 8th, 2010 at 4:41 am

    botht did gr8 job congratulation to sanu and lokendra, regarding sanu there is not doubt the judgment wasnt fair. there was a discrimintation. btw i think we first have to look on our discrimination behaviour before we say on some one else behaviour . the game was good lession for nepali and i think we can solve it with rationally,love and peace. gr8 nepali .

  • 18. prakash  |  June 8th, 2010 at 9:33 am

    congrats sanu bro.,u’ve done our head up,regarding mr.LOKE,he is not nepali,so just ignore whatever he do,if somebody wants to gain respect then he should respect to other as well.Its not just having big flesh and think himself is the greatest.For sanu bro once agian hats off to you!

  • 19. AShok  |  June 8th, 2010 at 1:01 pm

    Congratulations to both!

  • 20. Rajendra Lamichhane  |  June 8th, 2010 at 2:58 pm

    Lokendra Dai ra Sanu Dai lai Congratulations.
    Please someone help me to get Lokendra’s e mail or Mobile No. akoj1521@hotmail.com

  • 21. Ramkaji  |  June 8th, 2010 at 3:29 pm

    LOKE> I tell u something, as a sportman u have to show up ur sportmanship, u have ur own egos, its drag u down, u work hard and u did good but most of HK nepalese dosn’t appriciated wid ur hard work bec.of ur ego. Look.. Mr.sanu, he has good sportmanship attitude all HK nepalese support and hutting him.. Remember, any sport need public suport, how top u r. anyway well done..

  • 22. someone  |  June 8th, 2010 at 4:47 pm

    big congrates to sanu & loke who made us proud as being in nepali, I was in QE stadium on that night ya ofcourse for sanu there was not fair result specially in senior over 75kg within two no doubt sanu looks much better .but i as a viewer i was bit disapointed while HKNBBA’s president walk over infront of people were around12 judges & Protest about result with in such a behave .Does it makes any sense? isn’t it stupidity? there might b some solution which can b discussed later officially . pls i might b wrong but as we b proud on being nepali as we c loke & sanu ,what we b if u guys c HKNBBA’s president behave like that infront of few hundreds peoples

  • 23. ashis  |  June 9th, 2010 at 1:07 am

    तपाईहरु को लोकेंद्रको कुरा गर्नु हुन्छ ? उ लोकेन्द्र होईन र आफुलाई नेपाली भनेर परिचय दिएको छैन । उसको नाम कॉलिन र बेलायतको नागरिक त्यसैले उसले नन क्याटगरिमा विनर भयो नत्र उसको पनी सानुजिको जस्तै हालत हुन्थ्यो र उसले नेपाली भनेर प्रतियोगितामा भाग लिएको भये सबै नेपालीहरुको जित हुन्थ्यो तर उसले प्रतियोगितामा भाग लिदा आफ्नो नाम कॉलिन र बेलायतको नागरिक भएर भाग लिएको छ ।एच के नेपालको सम्पादक ज्यू र अम्बु जी तपाईहरु पनि कार्यक्रममा हुनुहुन्थ्यो। के स्टेजमा उसलाई नेपोलिया लोकेन्द्र परियार भनेर नाम बोलाएको थियो ? जसरि सानुजीलाई नेपोलिया सानु भनेर बोलाइएको थियो । यदि उ सच्चा नेपाली आमाको छोरा भने, यदि उसको नशामा सच्चा नेपालीको रगत बगेको छ भने उ किन आफुलाई नेपाली भनेर चिनौन चाहदैना ? उ मिस्टर हंगकंग नेपाल २००८ र २००९ को फस्ट रनर अप सम्पूर्ण नेपालीले लोकेन्द्र परियार भनेर चिनेको छ तर बिडम्बना स्टेजमा एक्कासी देखा पर्यो बेलायत नागरिक कॉलिन बनेर त्यसैले कसरि पाउछ नेपालीको सपोर्ट ? मिस्टर राज कुमार ब्रो तपाई बेलायतमा हुनुहुन्छ पहिले कुरा नबुझी नभुक्नुहोस तपाईले नेपाली बिग्रेको समाज भनेर कस्लाई इंगित गर्नुभएको ? कृपया प्रस्ट पारिदिनुहोस ।

  • 24. priben  |  June 9th, 2010 at 2:07 am

    HKBBAS President did what he have to do, last year judgment wasnot fair enough,he did what he could do through office visit and forwarding letter against unfair judgment but the result of his complain shows its consequences this year , in 75kg weight sanu has clearly won the compitetion the judges are doing unfair we can clearly see it . respective game is a god for respective players, i am sad for sanu,hope he wont discourage and sortly will defeat and dominate the hk selceted player in asain bodybuilding competion, HKBBA president RAISING THE FLAG AND VOICE did what exactly he have to do after unfair judgment,i wish all local and international news media have captured that moment so every sport person and sport lover can see how discriminatinng hk sport is around the world, who is try to creat a globe city image cant even do fair judgment in a sport. raising flag president have gave judges a bitter feeling and make them at list what wrong act they did by giving unfair judgment to true sport like sanu.

  • 25. santoz  |  June 9th, 2010 at 5:40 am

    this is again damm unfair judgement against nepalese, hongkong judgement was failed 2nd time.now everybody knows hongkong judges n there fairness.. with us.shame hongkong judges..go to collages again..

  • 26. santoz  |  June 9th, 2010 at 5:50 am

    यो त फेरे पनि अति नै भयो होंग्कोंग जुद्गेमेंटले दोश्रो चोटी पक्चापति गरियो हामी नेपालीहरु संग|अब प्रस्था भयो कि होंग्कोंग्को जुद्गेमेंट गर्नेतरिका कति कम्जोर छ भनेर प्रमाण गरे दीयो|

  • 27. dut  |  June 9th, 2010 at 10:32 am

    hi bro
    you dioing relly good bro [sanu] in your life keep it up i wish you all best forthcoming time too.your the man.from kuwait

  • 28. Ramkaji  |  June 9th, 2010 at 4:13 pm

    For comment 23>>Oh my God shame on LOKE how come British citizen did he can speak english? did heard on script?

  • 29. jeevan  |  June 10th, 2010 at 3:03 pm

    ASHIS BRO KO KURO 100% RIGHT HO,KURAI NABUJI NA BHUKNOS RAJ KUMAR BRO.,KASARI BIGREKO CHHA NEPALI SAMAJ,EK DUI JANA TYAPE HARU BIGRYO BHANERA SABAI LAI DOSH LAGAUNA MILCHHA,K TAPAI BELAYET MA BASERA AFNO SUR MA BASEKO CHHU BHANERA ARU NEPALI SABAI LAI BIGREKO DEKHNU BHAYEKO?SWARTHA KO LAGI AFNO JAAT NAI FALNE LAI PANI KASLE SUPPORT DINCHHA?YES PAHILA KATI SAMMAN THIYO TYO LOKE PRATI HAMI NEPALI BATA,TARA JUN DIN DEKHI TESLE JAT PHALYO TESKO PATAN BHAYO HAMRO NEPALI SAMAJ MA,CHI..CHI…CHI LAAJ NAPACHEKO,KURA SUNDA TA RAJ KUMAR BRO TAPAI PANI TEHI DYANG KO MULA JASTO CHHA,HAHAHAHAHAA…..BELAITI NAGRIK COLLIN RE,TARA ENGLISH BHANE HAHAHAHAHAA………..SAYED ABCD DANTE GIRL FREN SANGA SIKYA HOLA,GHAMANDI NABAN BRO.,SAMAYA MA NAI CHETNA BHAYA.

  • 30. danger dagner  |  June 13th, 2010 at 3:28 pm

    lets discuss about sanu grung becuase he is representing hong kong nepalese people and stop talking about this idiot lokendra as he is british . and lets give him antoher gold medal for the winner of catagory “a brit who cant speak proper english ” ha ha ha ha. though lets keep one thing in mind not a single person is greator than hknepal body building association , its really doing great job in the body building among nepales youth ,if this loke is not happy let him be british

  • 31. gurung  |  June 19th, 2010 at 2:03 am

    la la!! thik cha thik cha !!! kta ho pragati ramro cha tara kt chahi kharo cha hai .

  • 32. laxmi  |  June 22nd, 2010 at 6:43 am

    This is great to see that sort of body all the way from Nepal. I can’t believe that kind of energy can product by the Nepali boys. Thiis is big proud for individual as well as nation. You—politicians do not grab whole nation budget for you wife and children. If you corrupt 1 million just invest 1 thousand rupee to this boys.

    I am so proud of you guys. What can i do but i can send my feelings to you.
    cheers

  • 33. Dipak lopchan  |  June 26th, 2010 at 3:53 pm

    lau ta Sanu ji Darkhako ejjat rakhnu parchha sadhai, sadhai thulo pragatiko kamana gardachhu sath sathai aaphno sarirlai pani take care garnuhos.

    Dipak
    Singapore

  • 34. lalait hk  |  June 26th, 2010 at 8:35 pm

    h appyn n sade .pls respect rual n regulation of organigation thanks all

  • 35. someone  |  June 27th, 2010 at 12:35 am

    # 22 comment I did b4 , now you can see the result of our HKBBA’s president ,Now Sanu’s dream for tehran been spoilt. please think b4 u do something . ofcourse protest can b done but on right way. this is not nepal . I am very sad for what INBA did to sanu for two years banned.please learn a lesson there are hundreds of oppurtunity if one doesn’t.

  • 36. desbhakta  |  June 27th, 2010 at 11:40 pm

    please everything do positively.donot go negetively.so sad sanu has been banned 4 two years.haami nepali haru ali taato rish dekhaauchhau.aba ta bidesh baseko pani etika ber bho sikana sathi ho k hi.

  • 37. uk ma basai nasarne  |  June 28th, 2010 at 12:05 am

    haami nepali haru pani achammanai chhau desbhakta le bhane jasto.kunai kura ko decision garnu bhanda pahile sochnu parchha jasto laagchha. ahile uk ma k k paayo bhanera jaane haru pani dukhha ko kura sunaau na thaaleko chhan.khoi arka ko desh ma basaai sareko chha k ho k ho.hare nepali haru.

  • 38. suman  |  June 28th, 2010 at 8:43 am

    OMG……what is gone there, i am really shy to say this some words, what he did Mr Sanu Gurung? don’t insult to any one , there are many people are in front of you and watching to all. you are not make decision yourself. disgusting . this is not Nepal this is HK Mr Gurung. So now, you got result for 2 years,,,,,,oooophsssss………

  • 39. uk ma basai nasarne  |  June 29th, 2010 at 12:17 am

    mekh soaltee,taato rish bho ki jasto chha,bistarai positively jaana partyo.

  • 40. hero  |  June 29th, 2010 at 1:12 am

    hahhahaha guys this is not nepal that everything can do by ur self….remember this is hong kong. This country doesnot belong to ur….u r just depend of hong kong ..i n u know well that u never love hk what ever happen we just love nepal ….so than y u guys show your power …so be quite what ever u have won the game take it easy be happy…..bythe way the sanu gurung was not hk id holder though he was taken part ….how can he be mr hong kong …….so take it easy guys ….cheers have fun donot banned for us from hong kong tooooooooooooo

  • 41. Raaj  |  July 3rd, 2010 at 6:44 pm

    hello to all I think HKNBBA had learn some lesson.There are some comments i appreciate and I want say something.You guys knows that MR SANU GURUNG banned for two years which is shame for NEPAL and nepalese.Thats good for us he took part in this competition and also in masters category as well.And I want to ask you ‘Is MR SANU GURUNG 40years old then’? If anyone think he is in that age please wrte the comment.Befoe the competition he need to think about this.In my point of view he is the representative of NEPAL and nepalese in Asia so far.When he won the MR DHARMASHREE title(1st time) in NEPAL few years ago I think in 2004 or 2005.And I read his interview and he was only 26yrs old on that interview and how he had been qualified for this masters catogory,I think you all understand what I mean.I dont worry about other catagories.And other think is that doping test can take before or after any game if necessary.

  • 42. np  |  July 9th, 2010 at 4:33 am

    SANU and LOKEN bhai nepali ko gourava rakhe ko ma muri muri dhanyabad.KEEP IT UP.Tara sanu bhai haresh nakhanu please arko patak dekhi HK BODY BUILDING ma bhaag lidaina na bhannu hola.Please try and show your ability.You can get your TARGET.We have to respect their judgement.Thanks.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in June, 2010

Most Popular Posts