अल्पसंख्यक समुदायबाट दुईलाई ‘मेडल अफ अनर’

July 1st, 2010

एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ स्थापना दिवस (जुलाई १) को अवसर पारेर हङकङ सरकारले अल्पसंख्यक समुदायबाट दुई जनालाई ‘मेडल अफ अनर’ प्रदान गर्ने निर्णय गरेको छ।

अल्पसंख्यक समुदायबाट ‘मेडल अफ अनर’ प्राप्त गर्नेहरूमा नेपालीतर्फ बुद्घिबहादुर थापा र अर्का भारतीय कानुन व्यवसायी बन्दना राजवानी रहेका छन्। यसअघि, हङकङ सरकारबाट डा. शर्मिला गुरूङ र पुष्पा गुरूङले पदक प्राप्त गरिसकेका छन्।

चीनको राष्ट्रिय दिवसका अवसरमा अगष्ट १ तारिखका दिन थापालगायत अन्यलाई पदक प्रदान गरिने छ।

हङकङ एकीकृत नेपाली समाजका अध्यक्षसमेत रहेका थापा सरकार निकट मानिन्छन्। स्थापना कालदेखि समाजको सदाबहार अध्यक्ष रहेका थापाले सरकारबाट बजेट लिएर नेपाली तथा अल्पसंख्यक जातिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने गर्छन्।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिनको सम्झनामा प्रत्येक वर्ष जुलाई १ तारिख ‘हङकङ स्थापना दिवस’को रूपमा मनाइन्छ।

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

8 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. achamma  |  July 2nd, 2010 at 9:12 pm

    but i m sorry i heard his name first time,probably he has done many cotribution to nepalese comunity.anyway congrats mr buddi thapa.

  • 2. prem  |  July 3rd, 2010 at 3:28 pm

    बधाई छ थापा सर, नेपाली हरु बाट सर्बाधिक मन पारिएका सदाबहार नेपाली समाज को सेवारत व्यक्तित्व
    लाइ सरकार का तर्फ बाट गरिएको यो उच्च सम्मान ले सम्पूर्ण नेपाली को गर्ब ले छाती फुले को छ
    नेपाली को सेवा मा समर्पित हिंस र बुद्धि सर लाइ धेरै धेरै बधाई

  • 3. dilip kaucha  |  July 3rd, 2010 at 3:31 pm

    हंगकंगमा सम्मान पाउनेमा नेपाली पनि
    .हंगकंग नेपाली सम्वाददाता
    जुलाई ३, हंगकंग ।

    हंगकंग चीनलाई हस्तान्तरणको तेह्रौ‌ वर्षगांठको अवसर पारेर विभिन्न व्यक्तित्वहरूलार्इ सम्मान प्रदान गर्ने क्रममा यसपल्ट हंगकंग सरकारले नेपाली समुदायमा सक्रिय एकजना व्यक्तिलाई पनि “मेडल अभ अनर” को पदकले सम्मानित गरेको छ।
    गत विहिबारको साउथ चाइना मर्निंग पोष्टमा दिइए अनुसार हंगकंग एकिकृत नेपाली समाजका अध्यक्ष बुद्दि बहादुर थापालाई उनले नेपाली समुदायलाई पुर्याएको सेवा वापत सम्मान प्रकट गरेको जनाइएको छ।

    यो वर्ष हंगकंगका विभिन्न क्षेत्रमा योगदान गरे वापत सम्मान पाउने करीब ३०६ जना व्यक्तिहरू मध्ये नेपाली समुदायबाट बुद्दि बहादुर थापा मात्र परेका छन्। नेपालबाट प्रकाशित हुने नागरिक दैनिकका अनुसार हंगकंगमा नेपालीहरूलाई दिइएको यो सबैभन्दा उच्च सम्मानको पदक भएको बताइएको छ। यस अघि पुष्पा गुरूंग र नेदरसोल कम्यूनिटी हेल्थ सर्भिसकी डा. शर्मिला गुरूंगले पनि भिन्न प्रकृतिको सम्मान पाइसकेका छन्।

    यसपटकको सम्मान प्राप्त गर्नेमा हंगकंगका अल्पसंख्यक समुदायबाट २ जना मात्र व्यक्तित्वहरू परेको जनाइएको छ। लामो समयदेखि कानुनी पेशामा सेवारत भारतीय मूलकी बासिन्दा बन्दना रजवनीले “चिफ एक्जिक्यूटिभज कमेन्डेसन फर कम्यूनिटी सर्भिस” नामक सम्मान पाएकी छिन्। बन्दना रजवनी हंगकंगको जातिय भेदभाव विरूद्दको कानुन ल्याउनमा अहम भूमिका खेल्ने स्थानीय वकिलहरूमा पर्छिन्। बुद्दि बहादुर थापा हंगकंग एकिकृत नेपाली समाजको अध्यक्ष रही विगत ६ वर्षदेखि कार्यरत छन्। उनकै नेतृत्वमा नेपाली समुदायिक सहयोग समूह संचालनमा रहेको छ। जसको लागि हंगकंग सरकारले विगत ३ वर्षदेखि आर्थिक अनुदान प्रदान गरिरहेको छ।

    समाजले नेपालीहरूसंग सम्बन्धित विभिन्न सामाजिक सेवाहरू लगायत नेपालीहरूको लागि भाषा अनुवादका सेवाहरू पनि प्रदान गर्दै आएको छ।

  • 4. prem  |  July 3rd, 2010 at 3:34 pm

    नेपाली हरु बाट सर्बाधिक मन पारिएका सदाबहार नेपाली समाज को सेवारत व्यक्तित्व
    लाइ सरकार का तर्फ बाट गरिएको यो उच्च सम्मान ले सम्पूर्ण नेपाली को गर्ब ले छाती फुले को छ
    नेपाली को सेवा मा समर्पित हिंस र बुद्धि सर लाइ धेरै धेरै बधाई

  • 5. danger dagner  |  July 5th, 2010 at 10:54 pm

    ko ho yo buddhi bahdur thapa bhaneko ,hong kong baseko 10 barsa bahyo yasto mahan samajsewi ko naam first sundai chu ,hoina yo mahan manaab le nepali lai kaha kaha ke gareko cha yeso bataidiye ramro hunethiyo
    saahi nai achamma

  • 6. dharane  |  July 20th, 2010 at 1:46 am

    hk goverment bata paisa thapne ra afno ra pariwar ko pet bharne 1 no.ko fataha ausarbadi ho ..maobadi ko naya jogi ho yo budhi bahadur bhanne

  • 7. ram  |  July 21st, 2010 at 9:40 am

    Budhhi Ji congratulation and well done for deserving award, and highly appriciate for your distinction service among the Nepali community. Do not listen other. ‘Bander le aphno ghhar bnauna pani jandena ra arkale banaye ko ghhar pani bharkauchha’ Well done keep it up.

  • 8. ram  |  July 21st, 2010 at 9:40 am

    Budhhi Ji congratulation and well done for deserving award, and highly appriciate for your distinction service among the Nepali community. Do not listen other. ‘Bander le aphno ghhar bnauna pani jandena ra arkale banaye ko ghhar pani bharkauchha’ Well done keep it up.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in July, 2010

Most Popular Posts