हङकङबाट स्याक्लुङकोट भ्यु टावरलाई सवा लाख सहयोग
July 18th, 2010
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
कास्की हंसपुर ७ स्याक्लुङ घर भइ हङकङमा रोजगारीमा रहेका स्याक्लुङबासीले स्याक्लुङकोट भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित १ लाख २४ हजार १ सय २६ रुपैयाँ आज पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ।
हङकङमास्थित डाँडा गाउंले समाजका कार्यसमिति सदस्य उदयकुमार तमुले स्याक्लुङकोट गाँउ पर्यटन विकाश समितिका उपाध्यक्ष चन्द्रप्रसाद तमुलाई हस्तान्तरण गर्नुभएको हो।
रकम हस्तान्तरण गर्दै उदयकुमार तमु
भ्यु टावरका लागि स्याक्लुङ, थुम्की, माझठाना, रुपाकोट, थप्रेकबाट रोजगारीका लागि हङकङ पुगेकाहरुसँग सहयोग संकलन गरिएको उदयकुमार तमुले जानकारी दिनुभयो।
कार्यक्रममा गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से तमु, इन्सेकका सनबहादुर थापालगायतले जन्म ठाँउको विकासको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो।
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि स्याक्लुङकोट गाउँ विकास समिति र सेभेज स्टार युथा क्लवको पहलमा ८ लाख रुपैयाँमा निर्माण भएको टावर पैतिस फिट अग्लो रहेको छ।
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. देश/ विदे&hellip | July 18th, 2010 at 6:41 pm
[…] हुम तमु, पोखरा/ एचकेनेपाल डट कम- कास्की हंसपुर ७ स्याक्लुङ घर भइ हङकङमा रोजगारीमा रहेका स्याक्लुङबासीले स्याक्लुङकोट भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित १ लाख २४ हजार १ सय २६ रुपैयाँ आज पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ। (more…) […]
2. kesh gurung | July 28th, 2010 at 5:36 am
येसरी तपीहरु को दुखको कमाई बटा दिएको चंदाले सधै VARI यहाँ हरु को आत्मा सधै ख़ुशी रहूँ भन्ने कमाना गर्दछु
.येसरी नई VABISEMA उत्तर उत्तर को कमाना गर्दछु./
kesh खड़ागौं,कास्की
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed