नेपाली स्रष्टाहरू विदेश भ्रमणमा
July 22nd, 2010
एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपालका एक दर्जनभन्दा बढि साहित्यकार, पत्रकार र साँगीतिक समूहसहितको एक टोली अहिले विदेश भ्रमणमा छन्। हङकङ पहिलो गन्तव्य रहेको उक्त टोली मंगलवार हङकङ आएका हुन्।
साहित्यकार, पत्रकार तथा सुकर्म साँगीतिक समूहका गरी १४ सदस्सीय उक्त टोली हङकङ हुंदै शुक्रवार दिउंसो दक्षिण कोरिया प्रस्थान गर्ने छन्।
टोलीमा डा. गोविन्दराज भट्टराई, सरूभक्त, डा. ध्रुवेशचन्द्र रेग्मी, उषा शेरचन, कृष्ण प्रसाईं, महेन्द्र गुरूङ, मोमिला जोशी, राजेश्वरी कार्की, अरूणा वैद्य, महेश पौड्याल, प्रमोद उपाध्याय, श्याम नेपाली, नरेन्द्रराज गुरूङ र जयदेव भट्टराई छन्।
हङकङ रहने बेला बुधवार साँझ टोलीले याउ मा तेइस्थित कम्युनिटी सेन्टरको सभाकक्षमा पोएट्री कन्सर्ट म्युजिक विथ पेन्टिङ कार्यक्रम प्रस्तुत गर्र्यो। स्रष्टाहरूले साँगीतिक धुनमा कविता वाचन तथा मन्तव्य व्यक्त गरेका थिए।
साहित्यकार सरूभक्त श्रेष्ठ सुकर्म समूहसंग ‘चट्टानहरू’ शीर्षकको कविता वाचन गर्दै, भिडीयोः देवराज राई/ एचकेनेपाल डट कम
नेपाली कलासाहित्य डटकम, हङकङ एकीकृत नेपाली समाज तथा नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रम कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन नसकेको सहभागी एक दर्शकले बताए। प्रचारप्रसारको कमीले कार्यक्रमममा दर्शकको उपस्थिति न्यून थियो।
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. देश/ विदे&hellip | July 22nd, 2010 at 6:52 pm
[…] एस, हङकङ/ एचकेनेपाल डट कम- नेपालका एक दर्जनभन्दा बढि साहित्यकार, पत्रकार र साँगीतिक समूहसहितको एक टोली अहिले विदेश भ्रमणमा छन्। हङकङ पहिलो गन्तव्य रहेको उक्त टोली मंगलवार हङकङ आएका हुन्। (more…) […]
2. हङकङ समाच&hellip | July 24th, 2010 at 5:46 pm
[…] नेपाली स्रष्टाहरू विदेश भ्रमणमा […]
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed