प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता भव्यता साथ सम्पन्न
August 1st, 2010
ब्याडमिन्टन प्रतियोगितामा हिमाल, कुमार, सुनिता र बीरेन विजयी
एस, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट १-
भिडीयोः
हङकङमा पहिलो पटक नेपाली खेलाडीबीच भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरूष युगल तर्फ हिमाल चन्द र कुमार राई प्रथम भएका छन्। त्यसै गरी, पुरूष एकलमा बीरेन थापा र महिला एकलतर्फ सुनिता राई प्रथम भएका छन्।
पुरूष युगलतर्फ बिजयी जोडी हिमाल चन्द र कुमार राई। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
जोर्डनस्थित क्वुन चुङ स्पोर्टस् सेन्टरमा अगष्ट १ तारिख सम्पन्न प्रतियोगितामा पुरूष युगलतर्फ हिमाल चन्द र कुमार राईको जोडी मेख गुरूङ र कमानसिंह लावतीको जोडीलाई ३ सेटमा २१-१८, १९-२२ र २१-१६ ले पराजित गर्दै प्रथम भएको छ। प्रतियोगितामा मेख गुरूङ र कमानसिंह लावतीको जोडी द्वितीय भए। वीरेन थापाले एकल पुरूषतर्फ रोशन सिकर्मीलाई २ सेटमा २१-११ र २१-१६ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे। एकल पुरूषमा द्वितीय भएका रोशन सिकर्मी सर्वोत्कृष्ट खेलाडी घोषित भए। हङकङ ब्याडमिन्टन एशोसियसनका व्यवसायी रेफ्रीत्रय ज्याक्की, हामण्ड र लुइसीको मूल्यांकनको आधारमा सिकर्मी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
सर्वोत्कृष्ट खेलाडी रोशन सिकर्मी
महिला एकलतर्फ नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिता राई प्रथम भइन्। सुनिताले बिन्दीया लिम्बूलाई पराजित गर्दै प्रथम भएकी हुन्। प्रतियोगितामा तीन महिलासहित ३९ जना खेलाडीहरूमध्ये पुरूष एकलतर्फ १२ र युगलतर्फ २४ जना सहभागी थिए।
पुरूष एकलतर्फ विजयी खेलाडी बीरेन थापा
महिला युगलतर्फ बिजयी खेलाडी सुनिता राई।
हङकङ वर्कर्स युनियनले आयोजना गरेको प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी तथा सहभागी खेलाडीहरूलाई आयोजक तर्फबाट डासुराम पराजुली, मेख पुन र प्रायोजकहरू जेएन ज्ञवाली, वाईवि राई, कृष्ण पाण्डे, कमल पौड्याल र राजेन्द्र थापालगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
एस, हङकङ/ एचकेनेपाल डट कम, जुलाई २२-
हङकङमा पहिलो पटक नेपाली खेलाडीबीच प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
अगष्ट १ तारिख जोर्डनस्थित कुन चुङ स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितालाई हङकङ वर्कर्स युनियनले आयोजना गरिन लागेको हो।
युनियनले खेलकुदसंग सम्बन्धित अन्य नेपाली संघसंस्थाको सहकार्यमा प्रतियोगिता आयोजना गरिन लागेको हङकङ नेपाल बडीबिल्डिङ एसोसियशनका अध्यक्ष मेख गुरूङले बताए। महिला र पुरूषको ब्याडमिन्टन प्रतियोगिता नेपाली खेलाडीहरूको उत्साह र मनोबल बढाउन आयोजना गरिन लागेको गुरूङले बताए।
प्रतियोगितामा सहभागी हुन जुलाई २५ तारिखभित्र आवेदन दिइसक्नु पर्ने युनियनका डासुराम पराजुलीले एचकेनेपाल डट कमलाई जानकारी दिए। पराजुलीका अनुसार प्रतियोगिता अगष्ट १ तारिख १२ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।
आवेदन दिन तल उल्लेख गरिएका फोन नं.हरूमा सम्पर्क गर्न ब्याडमिन्टनप्रेमी महिला तथा पुरूष खेलाडीहरूसंग आयोजक संस्थाले आग्रह गरेको छ।
प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै आयोजकहरू। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
Popularity: 3%
Entry Filed under: खेलकुद

8 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. kaila | August 2nd, 2010 at 10:57 am
aayojana garnu vayeko ma dhanyabad , kheladi ko man thulo haina sano banaidinu vayeko ma dukhkha byakta garda6u, vabisya ma aayojana garne jamarko yo para le nai ho vane??????????????? pls ,
2. danesh limbu | August 5th, 2010 at 10:44 pm
wah wah MEKH SIR,
BODY BUILDING ko CHAIRMAN winner in BADMINTON ma. congratulation hai MEKH SIR LAI keep it up.
3. mala gurung | August 5th, 2010 at 10:46 pm
congratulation MEKH JI,
KEEP IT UP thats why you looks sporty & sexy body.
4. agnesh limbu | August 5th, 2010 at 10:58 pm
WAH WAH MEKH JI,
congratulation hai BODY BUILDING ko chairman WINNER IN BADMINTON,. keep it up.
5. bonkaila | August 11th, 2010 at 9:29 am
pragaati ramro cha ,ko ho tyo ghaar bithra paani etro kaalo chasma laune ,ke tesko chasma begaar thopda bigrincha ki ,,kohi kohi ta khelna bhanda paani bhutuw ra raksi khana gyeko hola jasto cha aaaaaaaaaiyu
6. agnesh limbu | August 13th, 2010 at 10:23 pm
oi BONKAILA,
tanlai k thaha chha ra yo modern yugma yo chasma ANDHYAROMA lagaune ho bhanera ta banbko manchhe lai ke thaha ta janawarlai k thaha hunchha ra ? yo duniyama k kati pragati bhayo & bhairahechha bhanera.
7. bonkaila | August 14th, 2010 at 11:53 am
ha ha ha hasaayis anus limbu ,soory ta andha bhanera chaahi taha thiye na hai …la la la ramro dekhiyeko cha .bhaira gaam ma chaahi fukaal hai …
8. raja | August 14th, 2010 at 11:59 am
hoina sir tyo chasma chaahi ahileko chalaan anusar alik celibrity hnu bhaaney haruley lagune ho ,aba aru bhanda ma kohi hnu bhanele laune ho waha paani aauley afulai banyeko celebrity nai ho .
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed