कवयित्री केवल गंगा गुरुङको कविता संग्रह विमोचित
July 24th, 2010
एस, हङकङ/ एचकेनेपाल डट कम-
कवयित्री केवल गंगा गुरुङको कविता संग्रह ‘कविता केवल गंगा गुरुङका’ बुधवार बिमोचन भएको छ। प्राज्ञ तथा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले हङकङस्थित हेनरी जी ल्योङ कम्युनिटी हलको सभा कक्षमा सञ्चालित साहित्यिक कन्सर्टमा गुरूङका कविता संग्रह विमोचन गरेका हुन्।
नेपाली स्रष्टाहरूको विदेश भ्रमणको क्रममा हङकङमा आयोजित साहित्यिक कन्सर्टमा गुरूङको कविता संग्रह विमोचन गरिएको हो। गुरुङले हङकङमा चार वर्षको अवधिमा लेखेका डायस्पोरीक चेतनाले युक्त कविताहरु उक्त संग्रह संग्रहित छन्।
तस्वीरः टंक सम्वाहाम्फे / एचकेनेपाल डट कम
साहित्यिक कन्सर्टमा नेपालका स्रष्टाहरू सरुभक्त श्रेष्ठ, उषा शेरचन, भट्टराई, सरूभक्त, डा. ध्रुवेशचन्द्र रेग्मी, उषा शेरचन, कृष्ण प्रसाईं, महेन्द्र गुरूङ, मोमिला जोशी, राजेश्वरी कार्की, अरूणा वैद्य, महेश पौड्याल, प्रमोद उपाध्याय, श्याम नेपाली, नरेन्द्रराज गुरूङ र जयदेव भट्टराई सहभागी थिए।
नेपाली कलासाहित्य डटकमको पहलमा विश्वभरी नेपाली साहित्य, कला, संगीतको प्रचार प्रसारसाथै विश्व साहित्य यात्राको पहिलो थालनी हङकङ हुदै कोरिया सम्मको यात्रा तय गरेको छ। हङकङमा साहित्यिक कन्सर्ट सुकर्म ब्याण्डको संगीत गुञ्जनसंगै नेपालका वरिष्ठ कवि, कवयित्रीहरुले कविता वाचन गरेका थिए। कविता वाचनमा हङकङका कविहरु टंक सम्वाहाम्फे, देश सुब्बा, डि.बि.पालुङवा र वाल कवि निङवाशक्ति मादेन सहभागी थिए।
नेपाली स्रष्टाहरू विदेश भ्रमणमा
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. purna macau | August 5th, 2010 at 1:08 pm
thank ganga grg thats great . i was read ur poet tamu sansar . i am happy bimochan kabita.
purna
deurali kaski
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed