वरिष्ठ गायक दीप श्रेष्ठ हङकङमा सम्मानित

June 19th, 2011

एस हङकङ/ एचकेनेपाल डट कम-
वरिष्ठ गायक दीप श्रेष्ठ हङकङमा सम्मानित भएका छन्। कतारमा एकल साँगीतिक साँझ सम्पन्न गरेर फर्केका गायक श्रेष्ठलाई हङकङ एकीकृत नेपाली समाजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

चार दशकभन्दा बढी समय नेपाली गीत संगीतमा अनवरत लागेका सदाबहार गायक श्रेष्ठले विदेशमा जहाँ गएपनि नेपालीहरूबाट आफूले माया र सम्मान पाउंदै गरेको बताउंदै सबैलाई कृतज्ञता ज्ञापन गरे। कतार हुंदै हङकङ आइपुगेका श्रेष्ठले चीनको गुवान्ग्झोउमा कार्यक्रम गरेर नेपाल फर्कने बताए।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष बुद्धिबहादुर थापाले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्न पाउंदा ज्यादै खुसि लागेको बताए। शनिबार साँझ केनेडी टाउनस्थित काठमाडौँ रेस्टुरेण्टमा आयोजित कार्यक्रममा स्थानीय गायक कलाकारद्वय गायक चेतमान गुरुङ र तबला बादक हरि श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।

समाजका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिव केसीले गरेका थिए। कार्यक्रमका प्रमुख अथिति एकनारायण शर्माले गायक दिप श्रेष्ठको स्वरको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरेका थिए।

Recent Videos:

Popularity: 7%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in June, 2011

Most Popular Posts