फोटोग्राफी तथा फोटोपत्रकारिता तालिम सम्पन्न

July 12th, 2011

एस हङकङ/ एचकेनेपाल डट कम, जुलाई १२ -
नेपाल पत्रकार संघ हङकङले आयोजना गरेको ६ दिने फोटोग्राफी तथा फोटोपत्रकारिता तालिम सोमवार सम्पन्न भएको छ।

प्रशिक्षण दिंदै वरिष्ठ फोटोपत्रकार विकास रौनियार। तस्वीरः जगतअम्बु गुरूङ, हङकङ/ एचकेनेपाल डट कम

नेपालका वरिष्ठ फोटोपत्रकार तथा कान्तिपुर दैनिकका फोटो सम्पादक विकास रौनियारले जुलाई ६ देखि ११ तारिखसम्म फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका थिए।

जोर्डनको फेरी स्ट्रीटस्थित लिटलबड्स किन्डरगार्टेनमा सञ्चालन भएको फोटोपत्रकारिता तालिममा यहाँका फोटोपत्रकार, सम्पादक तथा फोटोग्राफीमा रूची राख्नेहरू गरी २९ जना सहभागी थिए।

सहभागीहरू

प्रशिक्षण सम्पन्नपछि एचकेनेपाल डट कमसंग बोल्दै वरिष्ठ फोटोपत्रकार रौनियारले भने- ‘नेपाली फोटोपत्रकारितामा मात्र होइन विश्वकै फोटोपत्रकारिताको लागि हङकङका फोटोपत्रकारहरूबाट राम्रो सम्भावना देखेको छु।’ फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धी थुप्रै अनुभव संगालेका रौनियारले राम्रो फोटोग्राफर बन्नलाई राम्रो दृश्य हेर्ने क्षमता हुनु पर्ने बताए।

नेपाल पत्रकार संघ हङकङले यहाँका फोटोपत्रकारहरूका रूची र आवश्यकता हेरी फोटोग्राफी तथा फोटोपत्रकारिता प्रशिक्षण दिने व्यवस्था गरेको हो। केही महिनाअघि गठन भएको संघले निकट भविष्यमै अन्य विविध कार्यक्रमहरू आयोजना गर्दै लैजाने जनाएको छ।


संघका उपाध्यक्ष पशन तमूद्वारा प्रशिक्षक रौनियारलाई प्रमाणपत्र प्रदान गरिदै।


संघका अध्यक्ष किसन राईद्वारा प्रशिक्षक रौनियारलाई मायाको चिनो प्रदान गरिदै।

भिडियोः कार्यक्रमको झलक, प्रशिक्षक रौनियार र सहभागीहरूको प्रतिक्रिया।


तस्वीर सबैः जगतअम्बु गुरूङ, हङकङ/ एचकेनेपाल डट कम

Recent Videos:

Popularity: 4%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in July, 2011

Most Popular Posts