‘पोखरेली झ्याल आठौं’ बेलायतमा आयोजना हुने

July 19th, 2011

एस हङकङ/ एचकेनेपाल डट कम-
विगत सात वर्षदेखि हङकङमा भइरहेको पोखरेली झ्याल मेला यो बर्ष बेलायतमा आयोजना हुने भएको छ।

पोखरेली कला र संस्कृतिको विस्तार तथा सम्पूर्ण नेपालीबीच भाइचारा अभिवृद्धिका लागि हुदै गरेको पोखरेली झ्याल कार्यक्रम यो बर्ष बेलायतको बर्गफिल्ड रिडिङमा आयोजना हुने आयोजकहरूले बताएका छन्।

सेप्टेम्बर ११ तारिखका दिन हुने महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, बालबालिकाबीच चित्रकला प्रतियोगिता, युवाहरूबीच निवन्ध लेखन प्रतियोगिताका साथै ट्यालेन्ट प्रतियोगिताहरू हुने छन्। सोही अवसरमा पोखरास्थित फेवातालमा डुङ्गा प्रतियोगितासमेत आयोजना गरिने पोखरेली मञ्च युकेका महासचिव मानप्रसाद गुरूङले बेलायतबाट जानकारी दिएका छन्।

‘आठौं पोखरेली झ्याल २०११- युके’ पोखरेली मञ्च युके र मितेरी सेवा समिति हङकङ पोखराको संयुक्त आयोजनामा हुन लागेको हो। यस कार्यक्रमबारे जानकारी दिने क्रममा मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले हङकङमा हुंदै गरेको यस महोत्सवलाई विश्वव्यापी गर्न यस पटक बेलायत रोजेको बताए। बेलायतपछि अर्को वर्ष यो महोत्सवलाई पोखरामा गर्न गइरहेको गुरूङले बताए।

‘पोखरेली झ्याल आठौं’ बारे जानकारी दिदैं मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङ। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।

समितिले पोखरेली झ्याल मेलामा विविध साँस्कृतिक कार्यक्रम मात्र नभइ सृजनात्मक गतिविधिहरूसमेत गर्दै आएको छ। समितिले पशन तमूको संयोजनमा वृहत कविता प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ। प्रतियोगिताका निर्णायकहरूमा नेपाली साहित्यका हस्तीहरू पोखराका वरिष्ठ साहित्यकार, कवि तथा गीतकार सरूभक्त, तीर्थ श्रेष्ठ र प्रकट पगेनी शिव थिए। त्यसैगरी, समितिले सिक्स ए साइड फुटबल प्रतियोगिता ‘पोखरेली झ्याल कप’ र विगत दुई वर्षयता पोखरेली झ्याल आइडल गीत गायन प्रतियोगिता गर्दै आएको छ।

समितिले पोखरेली झ्याल आइडलहरू टोपराज तामाङ (आइडल २०१०), सन्तोष गुरूङ (आइडल २००९), रोशा लिम्बू (फस्ट रनरअप २०१०), सहित नृत्यका आइडल एलिना थापालगायतलाई बेलायतको कार्यक्रममा सहभागी गराइने जनाएको छ।

‘आठौं पोखरेली झ्याल २०११- युके’ मा कन्दरा ब्याण्डका विवेक श्रेष्ठ, रोविन श्रेष्ठ (नेपथ्य ब्याण्डका पूर्व सदस्य) ब्रोसिसका दिपु गुरूङ, इष्ट लाइभ ब्याण्डका राजु गुरूङ र शीतल पुनसहित हङकङका चर्चित वाद्य वादक टोलीहरू सहभागी रहने छन्।

पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 4%

Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. देश/ विदे&hellip  |  August 16th, 2011 at 11:38 am

    […] यो पनि पढ्नुहोस्: ‘पोखरेली झ्याल आठौं’ बेलायतमा आयोजना हुने […]

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Most Recent Posts

Most Popular in July, 2011

Most Popular Posts