हङकङमा १७ औं विश्व आदिवासी दिवस
August 7th, 2011
हङकङमा १७ औं विश्व आदिवासी दिवस
एस, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट ७-
आदिवासी नेपाली जनजाति महासंघ हङकङको आयोजनामा १७ औं विश्व आदिवासी दिवस आइतवार साँझ याउ मा तेइस्थित हेन्री जि लियुङ कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ।
१७ औं विश्व आदिवासी दिवसको फोटो झलकहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
जनजाति नेता डा. भट्टचन हङकङमा
एस, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट ६-
नेपालका चर्चित समाजशास्त्री तथा आदिवासी जनजाति नेता डा. कृष्ण भट्टचन शनिवार हङकङ आएका छन्।
डा. भट्टचन आदिवासी नेपाली जनजाति महासंघ हङकङको निम्तोमा हङकङ आएको संघले जनाएको छ। १७ औं विश्व आदिवासी दिवसको अवसरमा महासंघले आयोजना गर्न लागेको विशेष कार्यक्रममा सहभागीका लागि उनी हङकङ आएका हुन्।
क्यालिफोर्निया विश्वविद्यालयबाट सन् १९९३ मा समाजशास्त्रमा विद्यावारिधि गरेका डा. भट्टचन आदिवासी जनजाति आन्दोलनका अगुवामध्ये एक मानिन्छन्। समाजशास्त्र तथा मानव शास्त्र केन्द्रीय विभागमा सन् १९८१ मा विभागको स्थापना भएदेखि प्राध्यापन गर्दै आएका भट्टचनले आदिवासी जनजाति, दलित, लैङ्गिक, मधेसीलगायतका सवालमा कैयन मौलिक र सम्पादित पुस्तक, लेख रचनाहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा २०० जति लेख रचना प्रकाशित गरिसकेका छन्।
आदिवासी नेपाली जनजाति महासंघ हङकङको आयोजनामा हुने विशेष कार्यक्रममा डा. भट्टचनले आदिवासी नेपाली जनजातिका सवालमा आफ्ना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।
कार्यक्रम अगष्ट ७ तारिख साँझ याउ मा तेइ कम्युनिटी सेन्टरमा हुदैछ। १७ औं विश्व आदिवासी दिवसको अवसरमा स्थानीय कलाकारहरूले जातिय साँस्कृतिक झलकहरू प्रस्तुत गर्ने छन्।
Recent Videos:
Popularity: 3%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed