धरान मञ्चद्वारा बधाई ज्ञापन
August 22nd, 2011
एस, हङकङ / एचकेनेपाल डट कम -
हङकङबाट कानुनमा एलएलबी गरेका रिगम राई र सहदेव राईलाई एक कार्यक्रमको आयोजना गरि धरान हङकङ मञ्चले बधाई ज्ञापन गरेको छ।
हिमालयन रेष्टुरेण्ट वानचाइमा आइतबार सम्पन्न कार्यक्रम मञ्चका भूपू अध्यक्ष हङकङ नेपाली महासंघका अध्यक्ष दीप थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
मञ्चका उपाध्यक्ष मधुकुमार राईले स्वागत मन्तव्य व्यक्त गर्दै बधाई लिइरहेका दुइजनाको सफलताले धरानको गौरव बृद्धि भएको बताएका थिए। सोही समारोहमा दुवैजनालाई कदरपत्र प्रदान गरिएको थियो।
रिगम धरान १९ की स्थायी बासिन्दा हुन् भने सहदेव राई भारतीय भए पनि एक समय धरानमा शिक्षक रहेका थिए। दुवैजना अहिले कानुन क्षेत्रमा कार्यरत रहेका छन्। रिगम येओङ एण्ड कं. र सहदेव मेस्सी एण्ड क्लेमेन्टमार्फत ट्रेनी सोलिसिटरको रहेको बताउछन्।
मञ्चका अध्यक्ष बुद्धिबहादुर सुनुवारको अध्यक्षता रहेको कार्यक्रममा एटीभीका समाचारवाचक तथा पत्रकार योन्देन लाटु विशेष अतिथि रहेका थिए। सचिव चन्द्र लिम्बूको सञ्चालन रहेको कार्यक्रममा मञ्चका भूपू अध्यक्षद्वय प्रेम सुब्बा र किसन राईलगायतका अतिथिहरु रहेका थिए।
Recent Videos:
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed