पैयूँखोला समाज हङकङको तीज कार्यक्रम सम्पन्न
August 21st, 2011
खुम गुरुङ / एचकेनेपाल डट कम-
हङकङ, पर्बत पैयूँखोला समाजले जोर्डन स्थित इंडिया क्लबमा शनिवार भव्यताका साथ तीज कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पैयूँखोले चेलीबेटी तथा ज्वाईचेलाहरुको समेत राम्रो उपस्थिति रहेको समाजका अध्यक्ष झमबहादुर गुरुङले जानकारी दिए। सचिब निमबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा झमबहादुर गुरुङको अध्यक्षता रहेको थियो।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
त्यसैगरी, समाजका अन्य बिशिष्ट व्यक्तिहरु, भूपू अध्यक्ष ठाकुरप्रसाद गुरुङ, दुर्गासिंह गुरुङलगायत अन्य सदस्यहरुलाई पनि आशन ग्रहण गराइएको थियो। महासचिब बिकाश गुरुङले स्वागत मन्तब्य र दुर्गा सिङ गुरुङले शुभकामना मन्तब्यसहित आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने शुभेच्छा प्रकट गरेका थिए।
महिलाहरुको उल्लेख्य सहभागी रहेको कार्यक्रममा तीजका गीतहरुमा नाचगानसहित दिदी-बहिनीहरुलाई मात्र समाबेश गरी भाग्य- चिट्ठाको समेत व्यवस्था गरिएको थियो। राति अबेरसम्म चलेको नाचगान मनोरञ्जनपूर्ण रहेको थियो।
Recent Videos:
Popularity: 2%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed