मिस्टर धर्मश्री प्रतियोगितामा हङकङबाट पनि सहभागी हुने

August 28th, 2011

एस, हङकङ / एचकेनेपाल डट कम -
नेपाल व्यायाम मन्दिरद्वारा आयोजना हुने नेपालको प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिता १२ औ मिस्टर धर्मश्रीमा हङकङबाट पनि सहभागिता जनाउने भएको छ।

४ वर्षको अन्तरालपछि सेप्टेम्बर १८ र १९ तारिख सम्पन्न हुन गईरहेको प्रतियोगितामा हङकङ नेपाल बडीबिल्डिङ एशोसिएशनले पनि सहभागिता जनाउने निर्णय गरेको छ।

संस्थाका तर्फबाट संस्थाका सदस्य मिस्टर हङकङ नेपाल २००८ लोकेन्द्र परियारले प्रतियोगितामा सहभागिता जनाउने एशोसियनले जनाएको छ। मिस्टर हङकङ नेपाल २००९ शम्भुकुमार तामाङसमेत सहभागिताको लागि पूर्ण तयारी अवस्थामा रहेपनि काम विशेषले सहभागी हुन नसक्ने बताएको छ।

लोकेन्द्र परियार हेभी वेट समूहमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन्। पहिलेदेखि नै प्रतिस्पर्धामा सहभागी हुने चाहना राखेका परियारले भने- ‘नेपालको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन पाउदा खुशी लागेको छ। प्रतियोगितामा हार जित त भई हाल्छ नै, तैपनि प्रतियोगिताको लागि पूर्ण तयारी अवस्थामा रहेकोले आफू आशावादी नै रहेको छु।

त्यसै गरी, शम्भु तामाङले प्रतियोगिताको लागि पूर्ण तयारी अवस्थामा रहेर पनि आफ्नो काम विशेषले प्रतियोगितामा सहभागी हुन नपाउदा धेरै दुख लागेको बताए। ‘मेरो व्यक्तिगत साथै संस्थाको तर्फबाट लोकेन्द्र परियारलाई प्रतियोगिताको लागि सफलताको शुभकामना छ।’ उनले भने।

लगातार २ पल्ट १० औ र ११ औ धर्मश्री विजेता सानु गुरुङ तेस्रो पल्ट पनि बिजयी हुन पूर्ण तयारी अवस्थामा रहेका छन्। सानुले यसपालिको प्रतियोगिता विगतका प्रतियोगिता भन्दा कडा प्रतिस्पर्धा हुने र आफूले पनि कडा मेहनतको साथ तयारी गरिरहेको बताएका छन्। ‘मेरो मेहनतले गर्दा नै कडा प्रतिस्पर्धाको वागजुद आफू बिजयी हुनेमा आशा राखेको छु।’

आयोजकका अनुसार सेप्टेम्बर १८ तारिख प्रिजजिंग र १९ तारिख फाइनल राउण्ड हुनेछ।

Recent Videos:

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. ASHIS  |  August 31st, 2011 at 12:49 am

    लोकेन जी! सफलताको शुभकामना / आशा छ तपाईले जित्नु हुनेछ /

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts